- Home
- Show Content
कार्यमूलक अनुसन्धान : नमुना छपन्न
कार्यमूलक अनुसन्धान : नमुना छपन्न
अनुसन्धानकर्ता शिक्षक :तारा दत्त अवस्थी
बिद्यालय : श्री हंसबाहिनी मा. बि साफेबगर न. पा. ११ देबिस्थान, अछाम
अनुसन्धानको शीर्षक : कक्षा ३ का विद्यार्थीलाइ समयका बारेमा धारणा बसाउन कसरी सकिएला ?
पृष्ठभूमि :
समय एक गति हो । यो निरन्तर चलिरहन्छ ।सबैलाई रोक्न सकिएला तर समयलाई रोक्न सकिंदैन ।दिनपछी रात रातपछी दिन भएझैं समय सधैं आफ्नै गतिमा चलिरहन्छ ।यो एक चक्रिय गति हो । श्री हंसबाहिनी मा बि साफेबगर न. पा. ११ देबिस्थान ,अछाम कक्षा ३ मा सत्र जना विद्यार्थीहरू अध्ययनरत छन् ।समय पाठ अन्तर्गत घडी र भित्तेपात्रोको बारेमा दिइएको छ ।सोही अनुसार पाठ शिक्षण गर्दा विद्यार्थीलाई समय के हो भन्दा घडी हो सर भने ।उनीहरूलाई घडी र भित्तेपात्रो देखेका छौ भन्दा घडी त देखेका छौं तर भित्तेपात्रो देखेका छैनौं भने । उनीहरूलाई घडी र भित्तेपात्रोबाट हामी के थाहा पाउँछौं हेर्न आउँछ भन्दा अलमल परे र त्यस समस्यालाई उठान गरी विद्यार्थीहरूमा समयका बारेमा स्पष्ट धारणा बसाल्न २०७७-१०-०४ गतेदेखि २०७७-१०-०७ गतेसम्म कार्यमूलक अनुसन्धान हो ।
समस्याको पहिचान :
समयका बारेमा कक्षा ३ का विद्यार्थीलाई स्पस्ट धारणा नबसेको पाइयो ।उनीहरूमा समय भनेको घडी हो भन्ने सामान्य धारणा मात्र रहेको पाइयो ।केहीको घरमा घडी भएतापनि धेरैजसोको घरमा घडी र भित्तेपात्रो नभएको उत्तर पाइयो ।उनीहरूको घरमा घडी र भित्तेपात्रो नभएकाले समयको स्पस्ट धारणा नभएको पाइयो ।
अध्ययनको उद्देश्य : कक्षा ३ का विद्यार्थीलाई समयको पहिचान गर्न लगाइ स्पस्ट धारणा बनाउन
समस्याको कारण :
-अधिकांश विद्यार्थीहरूसँग उनीहरूको घरमा घडी र भित्तेपात्रो नभएकाले घडी र भित्तेपात्रो हेर्न नजानेको
-शिक्षण सिकाइ क्रियाकलापमा शिक्षकले पनि शैक्षिक सामग्रीको प्रयोग नगरेको हुँदा विद्यार्थीमा समयका बारेमा स्पस्ट धारणा बस्न नसक्नु
समाधानका उपायहरू
-विद्यार्थीहरूलाई आफ्नो अभिभावकसँग सकभर घरमा एक भित्तेपात्रो र घडी राख्न आग्रह गर्न लगाउने
-शिक्षकले शिक्षण सिकाइ क्रियाकलाप संचालन गर्दा वास्तविक घडी,नमूना घडी र भित्तेपात्रोको प्रयोग शैक्षिक सामग्रीको रूपमा कक्षाकोठामा प्रयोग गर्ने
पहिलो चरण :
१.कार्यमूलक अनुसन्धानको योजना :
विद्यार्थीहरूलाई घडीका सुईमध्ये कुन कुन सुईले घण्टा,मिनेट र सेकेन्ड जनाउछ भनी छलफल गर्ने ।उनीहरूलाई घडी,घडीको नमूना चार्ट देखाई उनीहरूलाई घडीमा भएका सुई ,समयको रूपान्तरणबारे व्यावहारिक प्रश्न गरेर धारणा स्पस्ट पार्ने
२.कार्य :
विद्यार्थीहरूलाई सर्वप्रथम कक्षाकोठामा समयको धारणा स्पस्ट पार्नका लागि वास्तविक घडी,घडीको नमूना, चार्टहरूलाई कक्षामा प्रस्तुत गरियो ।उनीहरूलाई घण्टा,मिनेट र सेकेन्ड सुइँको पहिचान र घडी हेर्ने तरिकाबारे धारणा प्रष्ट पारियो । उनीहरूलाई घडी हेर्ने तरिका र त्यसको रूपान्तरण गर्ने तरिकाबारे बताइयो ।
१ मिनेट = ६० सेकेण्ड
१ घण्टा =६० मिनेट
मैले विभिन्न समय अन्तरालमा भएको कुराकानीको समय उनीहरूसँग केही मौखिक प्रश्नहरू सोधेर घडीको अवधारणा स्पस्ट पारें । जस्तै गणित विषयको शिक्षण कति बजे हुन्छ ?विद्यालय कति बजे खुल्छ ?जस्ता प्रश्नहरू सोधी उनीहरूको जवाफअनुसार वास्तविक घडी,नमुना घडीमार्फत् सुइहरूको स्थान देखाई धारणा प्रष्ट पारियो ।
३.अवलोकन :
घडीको प्रयोग र त्यसबारे धारणा विद्यार्थीहरूले बुझे वा बुझेनन् ,उनीहरूबीच त्यसका बारेमा विभिन्न प्रश्न उत्तर,छलफल र वास्तविक घडी ,नमूना घडीको चित्रमार्फत् विद्यार्थीका उत्तरहरूको अवलोकन गरियो ।
४.प्रतिविम्बन :
विद्यार्थीसँग गरेको विभिन्न प्रश्न उत्तर र घडीको प्रयोग मार्फत विद्यार्थीहरूलाई विभिन्न किसिमका प्रश्नहरू सोध्दा सबै विद्यार्थीहरूले घडी हेर्न समय ठिक तरिकाले भन्न सकेको पाइयो ।उनीहरूसँग गरेको केही दैनिकी व्यवहारमा गर्ने क्रियाकलाप जस्तै :विहान उठ्ने समय ,खाजा खाने समय ,विद्यालय जाने समय ,फर्किने समय,गृहकार्य गर्ने समय,खेल्ने समय ,सुत्ने समयबारे प्रश्नहरू तथा घडीका चित्रहरू मार्फत स्पस्टसँग धारणा बसेको पाइयो ।विभिन्न समस्यामूलक चित्रहरू देखाउँदा समयका बारेमा सजिलै भन्न सक्ने पाइयो ।उनीहरूको घरमा भित्तेघडी पनि छ र त्यही हेरेर ठिक समयमा विद्यालय उपस्थित नहुने विद्यार्थी ठिक समयमा उपस्थित पनि भएको पाइयो तर
विद्यार्थीहरूलाई भित्तेपात्रोको बारेमा सोध्दा उनीहरूले भित्तेपात्रो नदेखेको र हेर्न पनि नजानेको पाइयो ।सोही बारेमा धारणा स्पष्ट पार्न र समयको धारणा बसाल्न दोस्रो चरण अबलम्बन गरियो ।
दोस्रो चरण :
१.योजना
विद्यार्थीहरूलाई भित्तेपात्रोको प्रयोग र समयको रूपान्तरणको बारेमा धारणा बसाल्न उनीहरूलाई भित्तेपात्रो कक्षाकोठामा देखाई उनीहरूलाई भित्तेपात्रो हेर्ने तरिका र समयको रूपान्तरणका बारेमा धारणा बसाल्ने योजना बनाइयो साथै घरमा पनि भित्तेपात्रो राख्न लगाउने योजना बनाइयो ।
२.कार्य
कक्षाकोठामा भित्तेपात्रो लगी उनीहरूलाई भित्तेपात्रो देखाई भित्तेपात्रो हेर्मे तरिका,आफूले अध्ययन गरिरहेको साल ,बिभिन्न महिना,बार र गतेका बारेमा बुझाइयो ।उनीहरू लाई वर्षमा हुने महिना र दिन साथै हप्ताका बारका बारेमा पनि बताइयो ।
|
१ वर्ष = ३६५ दिन १ वर्ष = १२ महिना १ वर्ष = ५२ हप्ता |
१ महिना = ३० दिन १ हप्ता = ७ दिन १ दिन = २४ घण्टा |
विद्यार्थीहरूलाई आफू जन्मेको महिना,गते र बारका बारेमा भन्न लगाइयो र उनीहरूलाई एक आपसमा आ आफ्नो जन्मेको जन्मेको महिना,गते र बारका बारेमा छलफल गर्न लगाइयो ।उनीहरूलाइ १ महिनामा ३० दिन हुन्छ भने ६ महिनामा कति दिन हुन्छ जस्ता प्रश्नहरू गरि महिनालाई दिनमा,हप्तालाई दिनमा बदल्न सिकाइयो ।
३.अवलोकन
विद्यार्थीहरू बीच गरिएको छलफलका आधारमा विद्यार्थीहरूले भित्तेपात्रोमा भएको वर्ष,महिना,बार र गते हेर्न र भन्न जाने नजानेको सम्बन्धमा र समयको रूपान्तरणका बारेमा प्रश्न दिई अवलोकन गरियो ।
नमुना प्रश्न १
२०७७ साल पुस महिनाको पात्रो
|
Sunday |
Monday |
Tuesday |
Wednesday |
Thursday |
Friday |
Saturday |
|
|
|
|
1 |
2 |
3 |
4 |
|
5 |
6 |
7 |
8 |
9 |
10 |
11 |
|
12 |
13 |
14 |
15 |
16 |
17 |
18 |
|
19 |
20 |
21 |
22 |
23 |
24 |
25 |
|
26 |
27 |
28 |
29 |
|
|
|
प्रश्नहरू :
क. ८ गते कुन बार हो ?
ख. यो महिना बिहिबार कुन कुन गते परेको छ ?
ग. पुस ४ गतेदेखि २६ गतेसम्म कति दिन हुन्छ ?
नमुना प्रश्न २ :
- १ हप्तामा ७ दिन भए ३ हप्तामा कति दिन हुन्छ ?
- १महिनामा ३० दिन हुन्छ भने २ महिनामा कति दिन हुन्छ ?
४) प्रतिबिम्बन
भित्तेपात्रोका बारेमा विद्यार्थीलाई विभिन्न प्रश्नहरू गर्दा उनीहरूले त्यसको जवाफ सजिलैसँग दिएको पाइयो ।उनीहरूले आफूले जन्मेको वर्ष,महिना,दिन,बार भन्न सके भने समयको रूपान्तरण -दिनलाई घन्टामा,महिनालाई दिनमा,हप्तालाई दिनमा बदल्ने जस्ता प्रश्नहरूको उत्तर सजिलैसँग दिन सकेको पाइयो ।विद्यार्थीले पनि आफ्ना अभिभावकलाई आग्रह गरी आफ्नो कोठामा भित्तेपात्रो राखेको र कहिले केहि दिनमा आउने र सधैं भित्तेपात्रो हेरी आफ्नो समयतालिका बनाउने कुराले मलाइ हर्षित बनायो ।मैले गरेको यो प्रयासले विद्यार्थीमा वर्ष,महिना,बार र दिन याद हुन थाल्यो साथै विभिन्न चाडपर्व ,दिवसका बारेमा थाहा पाउन थाले ।अपेक्षित उपलब्धि प्राप्त भएको पाइयो ।
निष्कर्ष :
अंग्रेजीमा एउटा भनाइ छ "Actions speak louder than words" भने झैं गर्यो भने असम्भव केही हुँदैन ।विद्यार्थीलाई सुरुमा घडी र भित्तेपात्रो नभएका कारण विद्यालय समयमा नपुग्ने,दिन बार थाहा नपाउने समस्या थियो ।उनीहरूलाई कुन पिरियड कति बजे सुरु हुन्छ ?सरस्वती पूजा कहिले छ ? कति बजे सुत्छौ ?विद्यालय छुट्टी कति बजे हुन्छ ?आदि विविध अनुत्तरित जवाफ हुन्थे भने अब विद्यार्थीले आफ्नो कोठामा एउटा भित्तेपात्रो र भित्तेघडी राख्नाले सजिलैसँग समयका पाठको उत्तर दिन सके भने कक्षाकोठामा गरिएको छलफलबाट सहज भयो ।
शिक्षण सिकाइ क्रियाकलापमा विद्यार्थीलाई बाहिरी दुनियाका प्रश्नसँग मिलन गराउनु भन्दा उनीहरूकै दैनिक जीवनका व्यावहारिक प्रश्नहरूको प्रयोग र शैक्षिक सामग्रीको कक्षामा प्रयोगले सजिलैसँग उत्तर दिन र बुझ्न सक्छन ।त्यसैले शैक्षिक सुधारका निम्ति कार्यमूलक अनुसन्धान एक अपरिहार्य कार्य हो ।विद्यार्थीहरूले यस कार्यमूलक अनुसन्धानमा घडी हेर्न,ठिक समय बताउन,भित्तेपात्रो हेर्न ,समयको रूपान्तरण र आफ्नो दैनिकी समय अनुसार चलाउन सफल भएकाले यो अनुसन्धान सफल रहेको निष्कर्ष निकालियो ।
तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review