कार्यमूलक अनुसन्धान : नमुना सन्ताउन्न

कार्यमूलक अनुसन्धान : नमुना सन्ताउन्न

अनुसन्धानकर्ता :  तिलक बहादुर अधिकारी नि.मा.शि. ( विज्ञान )

विद्यालय  : श्री बागेश्वरी माध्यमिक विद्यालय

ठेगाना : गल्छी – ६, बैरेनी, धादिङ

 

शीर्षक :– विद्यार्थीलाई नियमित स्कूल यूनिफर्ममा आउने बनाउन गरिएको कार्यमूलक आनुसन्धान

 

१. पृष्ठभूमि

विद्यार्थीले नियमित विद्यालय यूनिफर्म लगाउनु एउटा विद्यालयको मर्यादाको कुरा हो र विद्यार्थीको पहिचान पनि हो । पढ्ने पढाउने कुरा पाँच पाण्डब र कौरवलाई द्रोणाचार्यले, भगवान कृष्ण र सुदामालाई पाणिनीले, रामचन्द्रलाई वशिष्टले प्राचीनकाल देखि चलिआउको हो र उहाँहरूले पनि शिष्य भएको नाताले गुरुले भने बमोजिमका ड्रेस लगाउने गनुहुन्थ्यो । त्यसै अनुसार शिक्षा लिनु हुन्थ्यो ।

              

२. समस्या

विद्यालयको कक्षा ६ मा गरेको यस अनुसन्धानमा विद्यार्थीले नियमित ड्रेस नलगाएको पाइयो । उनीहरूलाई विहानको प्रार्थनामा भनियो र कक्षामा पनि ड्रेसमा आउन भनियो तर त्यति भनेको कुरा पालना भएको पाइएन । कारण के रहेछ ? कक्षामा उपस्थीती नै नहुन थालेको पाईयो । यो झन् समस्या पो भयो ।

 

३. शीर्षक

   -विद्यार्थीलाई नियमित स्कूल यूनिफर्ममा आउने कसरी बनाउने ?

 

४. समस्याको प्रमाण

जुन–जुन विद्यार्थीले स्कूल यूनिफर्म लगाउँदैनन् ती विद्यार्थीका अभिभावकसित सोधखोज गरिएको तर सोधेको प्रश्नमा उदासिनता र मतलब नगरेको पाइयो । सायद बाटोमा जहाँ भेटियो त्यहीं सोधेकोले हुन सक्छ कि भनी अभिभावकको घरदैलो गर्ने योजना बनाएँ ।

 

५. संभावित कारणहरू

कतिपय ठाउँमा सौताने माम्लो भएको, घरमा झड्केलो छोराछोरी भएको ठाउँमा बाउआमाले राम्रो ख्याल नगरेको, ती बालबालीकाहरूले हिनताबोध भएर बाँच्नु परेको पनि देखियो । त्यसैले विद्यालयमा ड्रेस त परै जावस् विद्यालय नै नगई आफ्नो सानो बच्चा  हेरचाह गरिदिए हुन्थ्यो भन्ने गरेको पाइयो ।

 

६. छानिएको कारण

  खास सौताने माम्लो भएका र तथाकथित दलित जातिहरूमा मतलब नगरेको पाईयो । र उनीहरूलाई सम्झाउनु र शिक्षा र अनुशासनको महत्व आवश्यक देखियो ।

७. समाधानका उपायहरू

जब ती विद्यालय युनिफर्ममा नआउने बच्चाहरूले युनिफर्मको कुरा माता पितालाई गर्दछन्, माता पितालाई केही दिनपछि बर्खे लुगा हाल्दा स्कुलको ड्रेस नै किन्न लगाईयो । दशै तिहार जस्ता चाडपर्वमा मातापिताको इच्छा मुताविक खरिद गर्ने कपडामा विद्यलयको युनिफर्मसँग मेलखाने कपडा खरिद गर्न आग्रह गरियो ।

 

८. छानिएको समाधानको उपाय

चाडपर्वमा खरिद गनुपर्ने कपडाको सट्टामा विद्यलयको युनिफर्म किन्न लगाउनु अति उपयोगी हुने पाइयो । अरु किसिमको कपडा खरिद गर्नुको साटो ड्रेस किन्नु समाधानको उपाय पाइयो ।

 

९. छानिएको उपाय उपयोगी हुने प्रमाण

आर्थिक भार कमी गर्न र वाध्यताले ड्रेस समयमा किन्न नसकी हिनताबोध भएको विद्यार्थीको लागि आमाबाबुले अनिवार्य कपडा खरिद गर्नुपर्ने बेलामा हामी शिक्षकद्धारा घच्घच्याएकोले यही मौकामा किन्दा बढी उपयोगी भएको पाईयो । कतिपय पिताहरूले ड्रेस जुनसुकै भएपनि हाम्रो छोराछोरी नाङगै हिडेको छ र ? भनी प्रतिप्रश्न गर्दा त्यस्ता अभिभावकलाई यस्तो अवसर छान्नुपर्दोरहेछ भन्ने कुराको बोध भयो ।

 

१०. समाधानको उपायको कार्यान्वयनको योजना

बैशाख महिनादेखि नयाँ शेसनको थालनी भयो । लगभग २० गते सम्म विद्यार्थी भर्ना अभियान र त्यसपछि पठन पाठन कार्यको सुभारम्भ भयो । शुरु–शुरुमा उनीहरूलाई मुस्कानका साथ युनिफर्मको कुराकानी र कतिपय विद्यार्थीहरूले शुरुदेखि नै लगाएर आएको त कतिपयले सिलाउन दिएको र कतिपय बोल्दैनबोल्ने पाइयो । यो कक्षा ६ मा गरिएको अनुसन्धान भएकोले जेष्ठ महिनाको २० गते सम्म अपेक्षा गर्दै गरियो ।

त्यसपछि स्टाफ मिटिङ बसियो र स्टाफ मिटिङको निर्णय अनुसार अभिभावकसँग कुराकानी थालियो  तर अभिभावकको मिश्रीत प्रतिक्रीया पाईयो । Research Methodology form को विकास गरियो र घरदैलो कार्यक्रममा प्रत्येक कक्षाका वर्ग शिक्षक गई फारम भर्ने काम गरियो र त्यही अवसरमा उत्पीडित, उपेक्षित र हिनता बोधमा हुर्किएका बालबालिकाको तथ्यांक संकलन भयो र त्यस अनुसार विद्यालय युनिफर्म किन्न र लगाउन सकिने बनाईयो।  

 

११.कार्यान्वयनको विश्लेषण र उपलब्धी

मानिसले बुझेर पनि अबुझ् जस्तो भइदिन्छ । घरमा Dish Home  किन्नेले पनि युनिफर्म नकिनिदिएको हुनसक्छ  । सौतेनी मामला र झडकेला बालबालिका भएको ठाँउमा आमाको कारणले हेँला भएको पाइयो । तैपनि छिमेकीको लाजले पनि किन्न बाध्य हुन परेको र उनीहरूले नहाली नहुने बेलामा विद्यालयको यूनिफर्म किन्न लगाईयो ।

 

१२. निष्कर्ष

शैक्षिक बेरोजगरीलाई राज्यबाट खासै व्यबस्था गर्न नसकिएको कारणले कतिपय अभिभावक आफ्ना बालबालिकाको पढाइ प्रति कम चासो दिने र पढाउन नचाहने तथा पहिला पहिला जस्तो योग्यताको महत्व हाल आएर हराउँदै गएकोदेखिन्छ । एनकेन प्रकारेण विद्यालय पढाईहाले पनि विद्यालय युनिफर्मको व्यवास्ता गर्ने गरेकोमा शिक्षकले विद्यार्थीलाई मात्र हप्काउने र दण्ड सजायँ नदिएर आफुले सक्रिय भुमिका खेलेमा सहज रुपमा समस्याको समाधान हुन्छ ।

 

१३. अनुभव आदान प्रदान

कार्यमूलक अनुसन्धान गर्ने शिलसिलामा हामी शिक्षक स्टाफको बीचमा धेरै रमाइला र तीता अनुभवहरू एक आपसमा आदान प्रदान गर्दा अझै घनिष्ट र बलियो टिम विकास भएको महशुस भयो ।

तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login