कार्यमूलक अनुसन्धान : नमुना अन्ठाउन्न

कार्यमूलक अनुसन्धान : नमुना अन्ठाउन्न

अनुसन्धानकर्ताको नामः परशुराम बस्नेत

तह र श्रेणीः नि.मा.,तृतीय

अनुसन्धान गरिएको कक्षाः ९

विद्यार्थी संख्याः ५२

विद्यालयको नाम र ठेगाना : नयाँकिरण कमलकुसुम मा.वि., भोजाड,भरतपुर महानगरपालिका-११,चितवन,बागमती प्रदेश

 

अनुसन्धानको शीर्षक : कक्षा  ९ का विद्यार्थीहरुलाई देशान्तरको आधारमा कुनै ठाउँको स्थानीय समय पत्ता लगाउन सक्ने कसरी बनाउन सक्छु ?

अनुसन्धान अवधिः २०७६/०२/०१ - २०७६/०२/१६ सम्म (११ दिन)

 

 

१.समस्याको पृष्ठभूमिः

माध्यमिक शिक्षा पाठ्यक्रम (कक्षा ९-१०) अन्तर्गत कक्षा ९ सामाजिक अध्ययन विषयको एकाइ: ६ हाम्रो पृथ्वीको सिकाइ उपलब्धिमा देशान्तरको कारणले समय र तिथिमा पर्ने फरक र प्रभाव बताउन सक्ने भन्ने अपेक्षा गरिएको छ तर हाम्रा कक्षा ९ का विद्यार्थीहरुले देशान्तरको आधारमा कुनै ठाउँको स्थानीय समय पत्ता लगाउन नसक्दा अपेक्षित उद्देश्य पूरा गर्न सकिएको छैन ।सामाजिक अध्ययन विषयको मुख्य उद्देश्य नै सक्षम, जिम्मेवार र असल नागरिक बनाउने हो ।

स्थानीय समयको धारणा एक व्यवहारिक पक्षसँग सम्बिन्धित रहेकोले यस समस्या समाधान गर्नका लागि र व्यवहारिक उपयोग एवं विद्यार्थीको औसत प्राप्ताङ्क समेत अपेक्षाकृत वृद्धि गराउन मैले आफ्नो पेसागत समस्यालाई सुधार गर्न यो कार्यमूलक अनुसन्धान गर्ने निधो गर्न पुगे ।

 

२. समस्याको कथन :

मैले अध्यापन गर्ने विद्यालयको कक्षाः ९ मा ५२ जना विद्यार्थीहरु रहेका छन् । एकाइ: ६ हाम्रो पृथ्वीको सिकाइ उपलब्धिमा देशान्तरको कारणले समय र तिथिमा पर्ने फरक र प्रभाव बताउन सक्ने भन्ने अपेक्षा गरिएको छ तर मेरो कक्षाका विद्यार्थीहरुले देशान्तरको आधारमा कुनै ठाउँको स्थानीय समय पत्ता लगाउन सकेनन्। सबै विद्यार्थीहरुले स्थानीय समय पत्ता लगाउन नसक्नुका विभिन्न कारणहरु हु सक्छन् । जस्तैः गणित विषय अधिकास विद्यार्थीहरुले कठीन मान्ने विषय हो ।

सामाजिक विषयको पाठ्यक्रमले तोकेको उद्देश्य अनुसार देशान्तरको आधारमा कुनै एक ठाउँको स्थानीय समय पत्ता लगाउनु पर्ने समस्या पनि गणित भूगोलसँग सम्बन्धित विषयवस्तु नै भएकोले गणित विषय कठीन लाग्ने विद्यार्थीका लागि टाउको दुख्ने पाठ मानिन्छ र शिक्षकले पनि सहजीकरण र सरलीकृत तरिकाले धारणा दिन नसक्ने भएकाले यस कार्यमा विद्यार्थीहरु अनविज्ञ रहने समस्या सधैं रहने कार्य एक शिक्षण सिकाइको प्रमुख समस्या रहेको देखिन्छ ।

शिक्षकले पढाएको विषयवस्तु राम्रोसँग नबुझ्नु, विद्यार्थीले कक्षामा ध्यान नदिनु, नबुझेको कुरा शिक्षकसँग सोध्न डर, त्रास, संकोच मान्नु, शिक्षकले कमजोर विद्यार्थीहरुलाई महत्व र अवसर नदिनु मुख्य कारण रहेको ठानेको छु । परीक्षा प्रश्न अङ्कको हिसाबले यसबाट परीक्षामा आउने अङ्कभार जम्मा ४ अङ्क हो तथापि व्यवहारिक उपयोगमा स्थानीय समय जान्नु ज्यादै महत्वपूर्ण विषयवस्तु एवं यो कार्य जीवन पर्यन्त व्यवहारिक ज्ञानसँग सम्बन्धित भएकाले देशान्तरको आधारमा कुनै एक ठाउँको स्थानीय समय पत्ता लगाउन सिक्न र सिकाउने समस्या विद्यार्थी र शिक्षक दुबैको प्रमुख समस्या मान्नु पर्दछ ।

 

नोट: यो PDF File मा रहेको हुनाले यसको पूरा सामग्री हेर्न माथी रहेको OPEN   मा Click गरेर हेर्न सक्नुहुन्छ

 

तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।



  • Reviews (1)
  • saemonchang
  • 4 Years, 4 Months ago

राम्रो छ????

Leave a review

To leave a review, please login to your account. Login