कार्यमूलक अनुसन्धान : नमुना साठी

कार्यमूलक अनुसन्धान : नमुना साठी

नुसन्धान कर्ताः रामकृष्ण अधिकारी (मा.शि.तृ.)

विद्यालय र ठेगाना : श्री टङ्गाल माध्यमिक विद्यालय,काठमाडौं, नेपाल

 

अनुसन्धानको  शीर्षक :कक्षा १० का विद्यार्थीहरूमा ग्राफिक विधिबाट नेपालको  नक्सा निर्माण कार्यमा देखिएको समस्या : एक अध्ययन

 

१.परिचय

   यस प्रतिवेदनमा काठमाडौं जिल्ला अन्तरगत का. म. पा. वार्ड न. ५ मा अवस्थित श्री टंगाल मा.वि. टंगालमा माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूलाई सामाजिक विषय अध्यापन गराउँदा देखिएको समस्याबारे अनुसन्धान गरी प्रतिवेदन तयार पारिएको छ । सामाजिक बिषयमा नक्सा निर्माणको कार्य गर्नुपर्ने हुन्छ  तर यस विद्यालयमा अध्ययनरत सो तहका अधिकांश विद्यार्थीहरूमा नक्सा निर्माण कार्य केहि जटिल महसुस भएको पाइयो । तसर्थ , सो समस्यालाई केहि हदसम्म भएपनि सहजिकरण तथा समाधान गर्नको लागि यो अनुसन्धान गरीएको हो । जसबाट सम्बन्धित पक्षलाई सहयोग पुग्ने अपेक्षा गरीएको छ ।

 

 विद्यालयको शैक्षिक उपलब्धी वृद्धि गर्ने सन्दर्भमा कार्यमूलक अनुसन्धानको महत्वपूर्ण भूमिका रहन्छ । अध्ययन–अध्यापन गर्ने सवालमा देखा परेका विषयगत समस्याहरूको समाधानको निमित्त यो अनुसन्धान गर्ने गरिन्छ । कक्षाभित्र सिकाइ क्रियाकलाप भईरहदा देखा परेका समस्यालाई सोहि क्रियाकलापमा सम्वद्ध व्यक्तिहरूबाट खोज अनुसन्धान गरी हल गर्ने प्रक्रियालाई कार्यमूलक अनुसन्धान भन्ने गरिन्छ । तसर्थ, विद्यालयमा कार्यरत शिक्षकहरूले आफुले अध्यापन गरेको विद्यालयमा देखिएका समास्याहरूको बारेमा अनुसन्धान गरी प्रतिवेदन तयार गरिन्छ ।

      सामाजिक विषय एक बहुआयामिक विषय भएको हुँदा यस विषयमा धेरै प्रकारका विषयहरू मिश्रण गरी अध्यापन गरिन्छ । जस अन्तरगत इतिहास , भुगोल , जनसंख्या , अर्थशास्त्र , गणित , राजनीतिशास्त्र , समाजशास्त्र , ग्रामीण विकास , संस्कृति , मानवशास्त्र , लगाएतका विषयहरूको समिश्रण गरिएको हुन्छ । यसरी विभिन्न विषयको समष्ठिगत रूप नै माध्यमिक तहको सामाजिक विषय वन्न गएको छ । विशिष्टिकरण तालिकालाई हेर्दा पनि नक्सा कार्य अनिवार्य तथा ठूलो अंकभार ओगटेको देखिन्छ । यसैले सम्पूर्ण विद्यार्थीहरूमा नक्सा निर्माण कार्यको सिप हुन जरुरी छ ।

 

सामाजिक अध्ययन विषय शिक्षण गर्ने शिक्षक भएको नाताले मैले यस विषय अध्यापन गराउँदा हाम्रो भूगोल एकाई अन्तर्गत नेपालको नक्शामा विभिन्न तथ्यहरू भर्ने अभ्यास गराउनुपर्ने हुन्छ । विशेषत माध्यमिक तहको शिक्षक भएको कारणले र विद्यार्थी मूल्यांकनमा पनि विशेषतः एस.इ.इ परीक्षामा पनि यस्ता खालका प्रश्नहरू सोधिने कारणले पनि विद्यार्थीहरूमा नक्शामा सही तथ्य भर्ने सीप विकास गरिनु तथा तथ्यहरूलाई सही सङ्केतले देखाउनु पर्ने हुन्छ । त्यसलाई कसरी सहज ,यथार्थपरक र वास्तविकतामा आधारित वनाउने भन्ने तर्फ मेरो ध्यान आकृष्ट भयो र आफ्नो शिक्षण शैली र  सहजीकरण प्रक्रिया मार्फत यसमा सुधार ल्याउन सकिन्छ भन्ने आत्म विश्वासको साथ यस कार्यमा संलग्नता वढाउन सुरु गरे ।

 

नक्शा निर्माण गर्ने सीप आवश्यक हुन्छ र सो अनुरूप विद्यार्थीमा सो सीपको विकास गराउन सक्षम भएपछि त्यसमा सही तथ्य र सङ्केत भर्ने कुराले महत्व राख्ने कुरामा म विश्वस्थ थिए । तथ्यहरूको खोजी गर्ने,त्यसलाई विभिन्न उपक्षेत्रमा विभाजन गर्ने र ति तथ्यहरू विभिन्न सहजीकरण विधि मार्फत विद्यार्थीमा जानकारी गराउने गर्दै निरन्तर अभ्यास गराएँ ।योजनावद्ध रूपमा गरिएका ति सवै कार्यहरूको सुक्ष्म अवलोकन गरी सवल पक्ष र सुधारात्मक पक्षहरूलाई नछुटाईकन नोट गरे । उक्त विधिको प्रयोगमा देखिएका कमजोर पक्षमा फेरी योजना गरी सुधार गर्ने प्रयास गरिएको थियो ।

 

 

 

२.समस्याको कथन

उल्लेखित विद्यार्थीहरूको सुधार गर्नुपर्ने पक्ष यस प्रकार पाइयो ।

  • ग्राफको प्रयोग नगरेको साथै सामान्य नक्सा स्केलकोसहित ध्यान नदिएको ।

 

  • नक्सामा दिसा उल्लेख नभएको ।

 

  • भर्नुपर्ने ठाउँहरूको स्पष्ट ज्ञान नभएको ।

 

  • अधिकांश विद्यार्थीलाई सो कार्यमा चासो नरहेको ।

 

  • अभ्यास कम भएको ।

 

  • सङ्केतको प्रयोग नभएको ।

 

  • पेन्सिलको सही प्रयोग नभएको ।

 

  • विद्यालयमा तथ्य भराउने अभ्यास गराउँदा धेरै विद्यार्थीहरूमा तथ्यको जानकारी कमजोर रहेको ।

 

  • भरिएका तथ्यहरू पनि सहि सङ्केतमा नभरिएको ।

 

  • गत विगत वर्षमा पनि यस्तो प्रकारको समस्या रहेको ।

 

  • विभिन्न परीक्षाहरू जस्तै मासीक,त्रैमासिक,एकाई परीक्षामा पनि धेरैलाई सही तथ्यहरू भर्न समस्या रहेको ।

 

  • एस.इ.इ.को उ.पु. परिक्षण गर्दा धेरैले सही तथ्य भर्न नसकेको देखिएको ।

 

  • विभिन्न भौगोलिक तथ्यहरूको जानकारी कमजोर रहेको

 

  • नक्शा अध्ययन गर्ने सीपको अभाव

 

 

 

 

३.उद्देश्य

    यो अनुसन्धानले तपशिल बमोजिमको उद्देश्य पुरा हुने अपेक्षा राखिएको छ ।

  • नक्सा निर्माण कार्यको लागि आवश्यक पर्ने सीपको विकाश भएको हुनेछ ।

 

  • नक्सा कार्य गर्न किन विद्यार्थीलाई कठिन महसुस भइरहेको छ सो पत्ता लगाउन ।

 

  • विद्यार्थीको आधारभुत सिप, ज्ञान तथा अभिवृत्ति पहिचान गरी नक्सा निर्माण संबन्धमा आवश्यक सुझाव दिन ।

 

  • कार्यमूलक अनुसन्धानबाट देखिएका विभिन्न समास्यको हल गर्नको लागि विद्यार्थी, शिक्षक तथा विद्यालय प्रशासनमा सुझाव दिन ।

 

 

 

४. विधि

  यो अनुसन्धानको लागि तपशिलका विधिहरू प्रयोग गरिएको छ ।

  • प्रयोगात्मक विधि

 

  • सिप परिक्षण विधि

 

  • प्रश्नोत्तर विधि

 

  • प्रश्नावली विधि

 

  • खोज अवसन्धान विधि

 

५.सूधारका लागि गरिएका प्रयासहरू

श्री टंगाल मा.वि. काठमाडौंको कक्षा १० मा अध्ययनरत जम्मा विद्यार्थीहरू मध्ये अनुसन्धानको क्रममा सेक्सन ए बाट सहभागी १९ जना र सेक्सन बि बाट ३१ जना गरी ५० जना विद्यार्थीहरू माझ यो अनुसन्धान गरिएको थियो । ती विद्यार्थीहरू विच आ–आफ्नो पेरियडमा सेक्सन वाइज तथा कक्षा वाइज अनुसन्धान कार्य भएको थियो । यो कार्य ४० दिन सम्म चलेको थियो । कक्षा भित्र भएको यो अनुसन्धानमा छलफल, प्रश्नोत्तर सिप परिक्षण तथा प्रयोगात्मक कार्यहरू सामुहिक रूपमा गर्न लगाई presentatio समेत गराइएको थियो ।

 

               प्रयास नं १

  • यस तहमा विद्यार्थीहरूलाई ७ वटा समूहमा विभाजन गरियो प्रत्येक समूहलाई समूहगत जिम्मेवारी तोक्ने काम भयो । जस्तै :

 

  • समूह क लाई सुदुर पश्चिम प्रदेश का हिमाल,नदी,ताल ,सडक ,जातजाती आदिको विवरण संकलन

 

  • समूह ख लाई कर्णाली प्रदेश का हिमाल,नदी,ताल ,सडक ,जातजाती आदिको विवरण संकलन

 

  • समूह ग लाई प्रदेश ५ का हिमाल,नदी,ताल ,सडक ,जातजाती आदिको विवरण संकलन

 

  • समूह घ लाई गण्डकी प्रदेशका हिमाल,नदी,ताल ,सडक ,जातजाती आदिको विवरण संकलन

 

  • समूह ङ लाई बागमती प्रदेशका हिमाल,नदी,ताल ,सडक ,जातजाती आदिको विवरण संकलन

 

  • समूह च लाई प्रदेश २ का नदी,ताल ,सडक ,जातजाती आदिको विवरण संकलन

 

  • समूह छ लाई प्रदेश १ का हिमाल,नदी,ताल ,सडक ,जातजाती आदिको विवरण संकलन

 

  • समूहमा वनाएको चार्टको समूह नेतावाट प्रस्तुती गर्न लगाई छलफल गर्न लगाइएको थियो ।

 

  • अगाडी छलफल गरिएका विषयवस्तुमा आधारित रही हाजिरी जवाफ प्रतियोगीता संचालन गरिएको

 

  • यसरी विषयवस्तुमा आधारित रही धेरै अभ्यास गरी सकेपछि जिल्लाहरूको भएको नेपालको नक्शामा विभिन्न तथ्यहरू भर्ने अभ्यास गराइएको थियो ।

 

  • यसरी सातवटै समूहको गतिविधि अवलोकन गर्दा हरेक समुहवाट चार्टगत प्रस्तुती गरेको र हाजिरी जवाफमा पनि सोधिएका ३० वटा प्रश्न मध्ये समूह क ले ६ वटा,ख र ग ले ५/५ वटा र समुह घ वाट ४ वटा ,समुह ङ वाट ३ वटा , च ले ५ वटा र छ ले ६ वटा प्रश्नको जवाफ दिएका थिए र ७ वटा प्रश्नको जवाफ कुनै पनि समुहले दिन नसकेको देखियो । यसरी अभ्यास गरिसके पछि नेपालको ७७ वटै जिल्ला खुलेको नेपालको नक्शामा अभ्यास गराउँदा ६० प्रतिशत विद्यार्थीहरूले सहि तथ्य भरेको ५० प्रतिशतले उपयुक्त संंकेत प्रयोग गरेको पाईयो । २५ प्रतिशत विद्यार्थीले भने तथ्य र चित्र दुवैमा गल्ति गरेको अवस्था थियो ।

 

  • विद्यार्थीहरूले उत्साहपूर्वक छलफल र हाजिरी जवाफमा भाग लिएको पाईयो ।तर नक्शामा तथ्यहरू भर्ने र उपयुक्त सङ्केत प्रयोग गर्ने कुरामा भने विद्यार्थीहरूमा समस्या रहेको पाइयो । एउटा शिक्षकको लागि यो सन्तोषप्रद नतिजा थिएन । सो तर्फ पून योजना र कार्यन्वयन गर्नुपर्ने कुरामा ध्यानाकृष्ट भयो ।

 

            प्रयास नं २

  • यस चरणमा विद्यार्थीहरूलाई सहयोगात्मक तरिकावाट सिक्ने रणनितीलाई उपयोग गर्ने योजना गरी सो अुनुरूप क्रियाकलाप संचालन गरिएको थियो । जस अनुसार कक्षालाई ५ समुहमा विभाजन गरी निम्नानुसार समुहगत जिम्मेवारी दिईएको थियो ।

 

  • समुह क ले निम्नानुसारका नदीहरूलाई नेपालको खाली नक्शामा सङ्केतवाट देखाउनुपर्ने जस्तै: कमला,मेची ,सानो भेरी ,सुनकोशी ,पश्चिम रापती

 

  • समुह ख ले निम्नानुसारका हिमालहरूलाई नेपालको खाली नक्शामा सङ्केतवाट देखाउनुपर्ने जस्तै,कंचनजंघा,अपी,कान्जीरोवा,गणेश र नुप्त्से

 

  • समुह ग ले निम्नानुसारका सडकहरूलाई नेपालको खाली नक्शामा सङ्केतवाट देखाउनुपर्ने जस्तै महेन्द राजमार्ग, वि.पि. राजमार्ग, रत्न मार्ग,कर्णाली राजमार्ग र अरनिको राजमार्ग

 

  • समुह घ ले निम्नानुसारका राष्टिय निकुञ्जहरूलाई नेपालको खाली नक्शामा सङ्केतवाट देखाउनुपर्ने जस्तैः सगरमाथा, बाँके,शिवपुरी,खप्तड,लाङटाङ

 

  • समुह ङ ले निम्नानुसारका धार्मिक स्थलहरूलाई नेपालको खाली नक्शामा सङ्केतवाट देखाउनुपर्ने जस्तै हलेसी, चन्दननाथ, शैलेश्वरी, छिन्नमस्ता, पलाञ्चोक भगवती

 

  • शिक्षकले हरेक समुहमा गई सहजीकरण गरेको र त्यस पछि हरेक समूहलाई टोली नेता छनौट गर्न लगाईएको थियो ।

 

  • त्यसपछि हरेक समुहका टोली नेता मात्र आफ्नो समुहमा वसी समुहमा अन्य सदस्यलाई पालैपालो अरु समुहमा गएर अरु समूहले गरेका कामको वारेमा जान्ने ,वुझ्ने र प्रश्नोत्तर गरी प्रष्ट हुने काम सम्पन्न भयो ।

 

  • सवै समूहमा गएर फर्के पछि समूहमा अन्य सदस्यले टोली नेतालाई हरेक समुहवाट आफूहरूले लिएको जानकारी पालैपालो भन्न लगाईएको थियो ।

 

  • अव पहिले समुहले तयार गरेका सवै नक्शा शिक्षकले फिर्ता लिई फेरी एक एक वटा खाली नक्शा प्रत्येक विद्यार्थीलाई वितरण गरियो । जसमा हरेक विद्यार्थीहरूले कमला नदी,रारा निकुञ्ज,अपी हिमाल,अरनिको राजमार्ग, छिन्नमस्ता मन्दिर,चन्दननाथ मन्दिर ,खप्तड रा.नि.,गणेश हिमाल,हलेसी महादेव मन्दिर र रत्नमार्ग लाई सङ्केतवाट नक्शामा देखाउन लगाईयो ।

 

  • सवैको नक्शा संकलन गरी फरक समूहका साथीलाई मूल्यांकन गर्न लगाईयो ।

 

  • यसरी नक्शामा सङ्केत गराउँदा धेरैले नक्शामा सही तथ्य भर्न सफल भएको पाईयो । अन्य साथीहरूलाई सुधार गर्न सल्लाह दिन विद्यार्थीहरू नै सक्रिय रहेको देखियो । ८० प्रतिशत विद्यार्थीहरूले सवै तथ्यहरू राम्रोसँग नै भरेको देखीयो भने २० प्रतिशतले केही सङ्केत हरू प्रयोग गर्न र तथ्यहरू भर्न छुटाएको पाईयो । केहि विद्यार्थीले अझै पनि सुधार गर्न नसकेको अवस्था छ ।

 

६. निष्कर्ष तथा सुझाव

माथिका अभ्यासहरूबाट अघिल्ला दुईवटा कक्षाहरूमा भन्दा पछिल्लो कक्षाहरूमा नक्शामा तथ्यहरू भर्ने र सङ्केत देखाउने कमजोरी, त्रुटि सङ्ख्या क्रमशः घट्दै गएको पाएँ । समुह छलफल,हाजिरी जवाफ र गितको माध्यमवाट विषयवस्तुमा सक्षमता वृद्धि गराउन सफल भयो भने सङ्केत चिनारीमा भएको छलफल ,अभ्यास र सहयोगात्मक सिकाइले आपसी सिकाइ र सहयोगमा वढोत्तरी गरेको थियो ।

 

निष्कर्ष

यस अध्ययनबाट नक्शामा तथ्यहरू सहीरूपमा देखाउने र उपयुक्त सङ्केत प्रयोग गर्ने विषयवस्तुलाई निर्धक्क भएर शिक्षण गर्ने क्षमताको विकास भयो । जसले मेरो अध्ययनले सही दिशामा काम गरेको महसुस भयो  । मैले गरेको प्रस्तुत अनुसन्धान हाललाई तेस्रो चरणमा अन्त्य गर्ने निधो गरेँ । विद्यार्थीको सिकाइमा सुधार हुने अपेक्षा का साथै क्रियात्मक अनुसन्धानको मर्म अनुरूप आफ्नो कार्ययोजना सफलतामिलेको महसुस गरेको छु ।

       माथिको विश्लेषणबाट के स्पष्ट हुन आउछ भने विद्यार्थीहरू नक्सा निर्माण कार्यमा अव्यस्त छैनन् । नियमित कार्य गर्दैनन्, सहि औजारको प्रयोग गर्दैनन् साथै तल्लो कक्षाबाटै उनिहरूको सिपमा कमी भएको निष्कर्ष निकाल्न सकिन्छ ।

 

सूझावहरू :

  • शिक्षकले नयाँ विधिको प्रयोग गरी सिकाइ प्रक्रिया अघि बढाउँदा अलि प्रभावकारी हुने थियो ।

 

  • विद्यार्थीहरूले आवश्यक औजारका साथमा कडा मेहनत गर्नु पर्ने देखिन्छ

 

  • एटलसको प्रयोग गर्दा रााम्रो हुने थियो ।

 

  • सिकाइ सामाग्रीहरू (आवश्यकता मात्रामा) व्यवस्था भएमा राम्रो हुन्थ्यो ।

 

  • तयारी (प्रिन्टेड) नक्साहरूको राम्रो सँग अध्ययन गरी नियमित अभ्यास गर्न सके राम्रो हुने थियो ।

 

  • अडियो–भिडियो विधिबाट शिक्षण गर्न सकेमा बढि प्रभावकारी हुने थियो ।

 

  • ग्राफ पेपरमा नक्सा कार्य गर्दा सिकाइमा सहजता हुने थियो ।

 

तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login