कार्यमूलक अनुसन्धान : नमुना त्रीसठ्ठी

कार्यमूलक अनुसन्धान : नमुना त्रीसठ्ठी

अनुसन्धान कार्यको शीर्षकः कक्षा ४ मा कोण शिक्षण

 


१. अनुसन्धान गरिएको समस्याको कथनः

 कक्षा ४ को गणित विषयमा ज्यामिति पाठमा कोण शिक्षण गर्दा ८० प्रतिशत विद्यार्थीले प्रोट्राक्टरद्वारा कोणको सही नाप लिन र कोण खिच्न नसकेको पाइयो । कक्षा कार्य अवलोकन र ‘प्रि–टेष्ट’ द्वारा उक्त कुरा पुष्टि गरियो ।

 

२. अनुसन्धानको उद्देश्यः कक्षा ४ का विद्यार्थीमा कोण मापन र रचना सीप अभिवृद्धि गरी १०० प्रतिशत सक्षमता हासिल गराउने ।

 

३. समस्याका कारणः


(क) विद्यार्थीमा पर्याप्त अभ्यासको कमी


(ख) हरेक विद्यार्थीले ज्यामिति औजार बक्स कक्षामा नल्याउनु ।


(ग) शिक्षकद्वारा कोण मापन र रचनाको सजिलो शिक्षण विधि नअपनाइनु ।

 

४. समस्या समाधानका लागि अपनाइएको कार्य योजनाः


“विद्यार्थीमा पर्याप्त अभ्यासको कमी” कारणलाई प्रमुख आधार बनाई समस्या समाधानका लागि अपनाइएको हस्तक्षेपकारी प्रयत्न (Intervention) को कार्य योजना निम्न बमोजिम प्रस्तुत गरिएको छः


(क) २०७० मंसीर १५ र १६ गते कक्षाकोठामा “विद्यार्थीलाई साना–साना समूहमा विभाजन गरी वैयक्तिक शिक्षण” प्रयत्न कार्यान्वयन ।


(ख) २०७० मंसीर १७ गते सिकाइ उपलब्धि लेखाजोखाका लागि ‘प्रि–टेष्ट’ सञ्चालन ।

 

५. कार्य प्रक्रिया


(क) विद्यार्थीलाई ५÷५ जनाको ६ समूहमा विभाजन गरियो । प्रत्येकमा एक जना जान्ने विद्यार्थीलाई समूह नेताको रूपमा समावेश गरियो ।


(ख) प्रत्येक समूहमा शिक्षक आफैं पुगी कोणमाथि प्रोट्राक्टर राख्ने, डिग्रीको अंक हेर्ने र कोण खिच्ने तरिका देखाइयो ।


(ग) प्रत्येक समूहमा एक–एक ओटा न्यून कोण र अधिक कोण कापीमा खिची शिक्षककै सामु प्रत्येक विद्यार्थीलाई नाप्न लगाइयो । समूह नेतालाई अरूको सहयोगको जिम्मा दिइयो । समूह नेता मार्फत अन्य विद्यार्थीलाई व्यक्तिगत रूपमा कोणहरू खिची नाप्ने अभ्यास गराइयो ।

 

(घ) दोस्रो दिन पुनः प्रत्येक समूहमा एक एक ओटा न्यून र अधिक कोण दिई नाप्न लगाइयो । अवलोकन मार्फत सिकाइ प्रगतिको लेखाजोखा गरियो । सिक्न नसकेका विद्यार्थीलाई पुनः पृष्ठपोषण दिइयो ।


(ङ) बोर्डमा ९०, ६०, १२०, ४५, १०५, १३५, ५७, १२२ र १८० डिग्रीका कोणहरू बनाई विद्यार्थीलाई प्रोट्राक्टरको सहायताले कापीमा त्यस्तै कोण खिच्न लगाइयो । प्रत्येक समूहमा शिक्षक र समूह नेता मार्फत सिकाइ प्रगति अनुगमन गरियो ।


(च) सिकाइ उपलब्धि मूल्यांकनका लागि प्रश्नपत्र उपलब्ध गराई ‘पोष्ट–टेष्ट’ (Post-test) सञ्चालन गरियो । (प्रश्नपत्रको नमूना अनुसूचीमा राखिन्छ)

 

६. अनुसन्धानका प्राप्ति


(क) १० पूर्णाङ्कको ‘प्रि–टेष्ट’ र ‘पोष्ट–टेष्ट’ को औसत प्राप्ताङ्क क्रमशः ३.५ र ८.९ आएको हुँदा सिकाइमा सुधार भयो तर १००% लक्ष्य हासिल भएन । (विद्यार्थीको नामावली र प्राप्ताङ्क अनुसूचीमा छ)


(ख) ‘प्रि–टेष्ट’ मा (०–६०%) प्राप्ताङ्क ल्याउने विद्यार्थी २८, (६१–८०%) प्राप्ताङ्क ल्याउने २ र (८१–१००%) प्राप्ताङ्क ल्याउने शून्य भएकामा ‘पोष्ट–टेष्ट’ मा क्रमशः १, १० र १९ जना भयो ।

 

७. अनुसन्धानको प्रतिबिम्बन


कक्षा ४ को गणित विषयको ज्यामिति पाठ अन्तर्गत कोण नाप्ने र खिच्ने उद्देश्य सीप र प्रयोग तह भएकाले विद्यार्थीहरूमा साना–साना समूह विभाजन गरी वैयक्तिक शिक्षण मार्फत पर्याप्त अभ्यास गराइएमा सिकाइ स्तर सुधार गर्न सकिने रहेछ । यसरी नै अन्य प्रयोगात्मक र सीपमूलक पाठहरूमा यही प्रक्रियाद्वारा क्रियाकलाप गराइएमा विद्यार्थीको सिकाइस्तरमा सुधार ल्याउन सकिन्छ भन्ने यो अध्ययनको निष्कर्ष हो ।

 

८. प्राप्त अनुभवलाई कार्यान्वयनका लागि पुनः कार्ययोजनाः कम्पासद्वारा कोण खिच्ने पाठमा पनि यही प्रक्रियाद्वारा शिक्षण गर्ने निधो गरियो ।

 

तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।



  • Reviews (1)
  • dbchhetri1
  • 4 Years, 1 Week ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login