कार्यमूलक अनुसन्धान : नमुना छइसठ्ठी

कार्यमूलक अनुसन्धान : नमुना छइसठ्ठी

अनुसन्धानकर्ता शिक्षकः  कुमार लौडारी

विद्यालय : श्री रामनगर मा वि

ठेगाना :  भ.म.न.पा–१, चितवन ।

 

अनुसन्धानको  शीर्षक : मैले प्रकाशको आवर्तन कसरी हुन्छ भनी विध्यार्थीलाइ सिकाउन सकिन ।

 

१)सन्दर्भ

हरेक पेशाकर्मीहरू आफ्नो कार्यक्षेत्रमा निरन्तर रुपमा लागिरहदा त्यहाँ उत्पन्न भएका कठिनाइहरूको तत्काल पहिचान, समस्याको चिरफार गर्नका लागि समस्याका कारण र समाधानको उपाय निकाली सुधारुन्मुख र कार्यदक्षता अभिबृद्धि गरी कार्यकुशलतामा थप सफलता प्राप्त गर्ने र उपलब्धि बृद्धि गर्ने हेतुले तत्काल कार्यक्षत्रमा नै रहि गरिने अनुसन्धान कार्यमूलक अनुसन्धान हो । शिक्षण कार्य एक गहन र जिम्मेवारीपुर्ण कार्य भएकोले शिक्षा र शिक्षण क्षेत्रमा कार्यमूलक अनुसन्धानको अझै ठुलो र महत्वपुर्ण भूमिका रहेको हुन्छ ।

शिक्षण सिकाइको दौरानमा शिक्षकहरूले सामना गर्ने विभिन्न समस्याहरू जसले गर्दा सम्पुर्ण शैक्षिक क्रियाकलाप नै उथलपुथल हुन गइ अपेक्षित उपलब्धि हासिल गर्न नसकिरहेको अवस्थामा कार्यमूलक अनुसन्धानले उक्त समस्याको कारणमात्र पहिचान गर्दैन कि यसले त बरु समस्याको समाधान के कसरी गर्न सकिन्छ र सिकाइलाइ दिर्घकालिन बनाउने दिशातर्फ शिक्षकलाइ उन्मुख गरी योजनावद्ध तथा उच्च  सिकाइ उपलब्धि हासिल गर्ने र शिक्षण सिकाइ सहजिकरण प्रक्रियालाइ थप व्यवहारिक बनाउन महत्वपूर्ण सहयोग गर्दछ ।

यहा म आफु पनि शिक्षण पेशामा आबद्ध एक शिक्षक भएको र कक्षा ८ मा अध्यापन गर्ने क्रममा मैले प्रकाशको आवर्तनको पाठ्यवस्तुलाइ कक्षाकोठामा प्रयोग गरिआएको सिकाइ सहजिकरण क्रियाकलापबाट बिध्यार्थीहरूमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको कारण मैले गर्ने यस कार्यमूलक अनुसन्धान पनि फलदायि र उपलब्धिपुर्ण होला भन्ने विश्वास लिइ यो अनुसन्धान कार्य सुरु गरेको छु ।

 

 २. समस्याको कथन

मैले कक्षा ८ को भौतिक विज्ञान अन्तर्गत प्रकाशको आवर्तन सँग सम्बन्धित व्यवहारिक ज्ञान, सिप तथा धारणाको विकास बिध्यार्थीहरूमा गराउन सकिन ।

 

३. समस्याको पहिचान

प्रकाशको आवर्तन, आवर्तन हुने कारण तथा प्रकाश आवर्तनको नियम बारे कक्षाकोठामा छलफल तथा आवश्यक बुँदा टिपोट गरी शिक्षण गरिसकेपछि विभिन्न प्रश्नहरू तयार गरी विध्यार्थी मूल्याङ्कन गर्दा धेरै विध्यार्थीले जवाफ दिन सकेनन् साथै प्रकाश आवर्तन हुने आधारभूत नियमहरू पनि बताउन सकेनन् ।

 

४. कार्यमूलक अनुसन्धानको उदेश्य

कार्यमूलक अनुसन्धान गरिरहँदा विभिन्न उदेश्यहरू निर्माण तथा किटान गरी सुरुवात गर्दा समस्यामा केन्द्रित भइ समस्या समाधान गर्न छिटो र छरितो हुने भएकोले यस अनुसन्धानलाइ थप विशिष्ट, वैद्य तथा तत्काल मापनयोग्य बनाउन माथि उल्लेखित समस्यामा आधारितभइ विभिन्न उदेश्यहरू निर्धारण गरे ।

  • प्रकाशको आवर्तन नबुझ्नुको मुख्य कारण पत्ता लगाइ समाधानका लागि आवश्यक रणनितिको प्रयोग गर्ने ।

 

  • दैनिक जिवनमा हुने प्रकाश आवर्तनका बिभिन्न उदाहरणहरूको माध्यमबाट आवर्तन सम्बन्धित व्यबहारिक ज्ञान दिने ।

 

  • शिक्षण सिकाइ क्रियाकलापमा जति सक्यो बढी बिद्यार्थीको सक्रिय सहभागिता बृद्धि गर्ने ।

 

 ५. समस्याका सम्भावित कारणहरू :

मैले उक्त पाठ शिक्षण गरिसक्दा पनि विद्यार्थीको सक्रिय सहभागिता नहुनु, शिक्षण सिकाइ उपलब्धी न्यून हुनुका पछाडि केहि सम्भावित कारणहरू पहिचान गरी निम्नानुसार बुँदागत गरे ।

  • प्रयोगात्मक भन्दा सैद्धान्तिक सिकाइमा बढि जोड दिनु ।

 

  • म आफुमा शिक्षण कला, कौशलता र तालिमको अभाव हुनु ।

 

  • बिद्यार्थी केद्रित शिक्षण सिकाइ विधिको छनौट तथा प्रयोग गर्न नसक्नु ।

 

  • सान्दर्भिक, उपयुक्त र प्रभावकारी उदाहरण दिइ विषयवस्तुलाइ रोचक ढङ्गले प्रस्तुत गर्न नसक्नु ।

 

६ सम्भावित बिकल्पहरूको खोजी :

माथि उल्लिखित बिभिन्न कारणहरू पहिचान गरे पश्चात ति कारण र समस्या समाधान गर्न कुन विकल्प बढी उपयुक्त र प्रभाभकारी हुन्छ, भनि चिन्तन गर्दै जाँदा निम्नानुसारको विकल्पहरू निकाले ।

  • प्रकाश आवर्तन लाइ प्रयोगात्मक रुपमा सिकाउने ।

 

  • म आफु समयानूकुल हुन तथा शिक्षण कला कौशलतामा बृद्धी गर्न तालिमको अवसर खोज्ने तथा तालिममा सिकेका कुराहरू कक्षाकोठामा प्रयोग गर्ने ।

 

  • विद्यार्थी केन्द्रीत शिक्षण सिकाइ बिधिको प्रयोग गर्ने ।

 

  • दैनिक जीवनसँग सम्बन्धित घटना तथा उदाहरण दिइ शिक्षण कार्य गर्ने ।

 

७ सम्भावित विकल्पहरूको प्राथामिकिकरण :   

  • प्रयोगात्मक शिक्षण सिकाइमा बढी जोड दिने ।

 

  • विद्यार्थी केन्द्रीत शिक्षण सिकाइ बिधिको प्रयोग गर्ने ।

 

  • दैनिक जीवनसँग सम्बन्धित घटना तथा उदाहरण दिइ शिक्षण कार्य गर्ने ।

 

  • म आफु समयानूकुल हुन तथा शिक्षण कला कौशलतामा बृद्धी गर्न तालिमको अवसर खोज्ने तथा तालिममा सिकेका कुराहरू कक्षाकोठामा प्रयोग गर्ने ।

 

८ .कार्यमूलक अनुसन्धानका चरणहरू :

प्रथम चक्र : पहिलो विकल्पमा आधारीत

क) योजना : उक्त विकल्प कार्यान्वयनको लागी देहायबमोजिमको योजना निर्माण गरीएको थियो 

क्र.स.

के गर्ने

किन गर्ने

कसरी

कहिले गर्ने

बिद्यार्थीलाइ विभिन्न समूहमा बिभाजन गर्ने ।

समूह कार्य गरी सिक्न र प्रयोग गर्न ।

 

प्रत्येक समूहमा बढीमा ५ जना हुने गरी जान्ने र नजान्ने बिद्यार्थी मिलाएर राख्ने ।

२०७७–०९–१२

 

प्रत्येक समूहमा एउटा एउटा ग्लास स्लाब , केही पिन, सेतो कागज र फिक्सिङ्ग बोर्ड दिने ।

प्रकाश आवर्तन भएको हेर्न ।

प्रत्येक समूहलाई सेतो कागज माथी ग्लास स्लाब राखी पेन्सिलले चित्र (घेरा) खिच्न लगाइ एक साइडमा पिन गाड्न लगाउने र रेखाचित्र पुरा गर्न लगाई अबलोकन गर्न लगाउने र छलफल गर्ने ।

२०७७–०९–१२

 

प्रत्येक समूहमा एउटा एउटा ग्लास स्लाब, सिसाकलम र सिक्का दिने ।

प्रकाश आवर्तन भएको हेर्न ।

गिलासमा पानी भर्न लगाई पानीमा आधा पेन्सिल डुबाउन लगाउने र सिक्का पनि डुबाउन लगाई अबलोकन र छलफल गर्ने ।

२०७७–०९–१३

 

ख) कार्यन्वयन : विद्यार्थीको सक्रिय सहभागिता वृद्धि गरी शिक्षण सिकाइलाई प्रभावकारी, दीर्घकालिन तथा समयानूकुल बनाइ सिक्ने वातावरण सिर्जना गर्न विभिन्न प्रयोग तथा क्रियाकलापहरू गरियो, जसका लागी विद्याथीहरूलाई ५/ ५ जनाको समूहमा विभाजन गरी प्रयोगात्मक विधिबाट शिक्षण   गरी आवश्यकता अनुसार व्याख्या तथा बुँदा टिपोट गरी विभिन्न उदाहरणहरू प्रस्तुत गरियो साथै समुह छलफलबाट विद्यार्थीहरू स्वयम्ः लाई नै निष्कर्ष निकाल्न लगाई आवश्यकता अनुसार सल्लाह तथा सुझाव दिने कार्य पनि म (शिक्षक) बाट गरियो ।

 

ग) अवलोकन : यसरी शिक्षण सिकाइ तथा सहजिकरण क्रियाकलाप गरीसकेपछि विद्यार्थीको चिन्तन गर्ने क्षमता ,उनिहरूको धारणा व्यवहार , अध्ययन तथा विभिन्न प्रश्न उत्तर को माध्यम बाट उनिहरूको व्यवहारमा अनुसन्धान पहिले र पछिको परिवर्तन नियाल्ने काम मैले गरे ।

 

घ) प्रतिविम्वन : प्रयोगात्मक क्रियाकलाप गरी शिक्षण सिकाई गर्दा विद्यार्थिको रुचि बढ्नुको साथै सक्रिय सहभागिता भएको र उत्साह पनि बढेको देखियो , त्यसैगरी विद्यार्थीले छिटो र सजिलैसँग विषयवस्तु ग्रहण गर्न सकेको र त्यसरी सिकेको सिकाइ दिगो र व्यवहारिक भएको मैले अनुभूति गरे ।

 

९) निष्कर्ष :

माथि उल्लेखित समस्या झट्ट हेर्दा विद्यार्थीमानै भएको समस्या जस्तो देखियो । तर वास्तवमा त्यो समस्या विद्यार्थीको मात्र नभई मेरो आफ्नै शिक्षणसिकाई गतिविधिलाई प्रयोगात्मक ढंगले विद्यार्थी सामु पस्कन नसक्नु रहेछ । र त्यस समस्यामाथि गहन अध्ययन तथा कार्यमूलक अनुसन्धान गरि कक्षाकोठामा प्रयोग गर्दा उपलब्धिमूलक भएको र अन्य यस्तै कठिनाई तथा समस्याहरू उत्पन्न हुदा पनि कार्यमूलक अनुसन्धान ति समस्या समाधान गर्ने साधन मात्र नभई शिक्षकका लागि पनि नभई नहुने खुराक हो भन्ने निष्कर्ष मैले निकाले ।

तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।

 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login