कार्यमूलक अनुसन्धान : नमुना सतसठ्ठी

कार्यमूलक अनुसन्धान : नमुना सतसठ्ठी

अनुसन्धानकर्ताको नामः सेर बहादुर लामा

पदः माध्यमिक गणित शिक्षक 

विद्यालय :श्री गणेश उ.मा.वि. मझुवा

 

१. कार्यमूलक अनुसन्धान कार्यको शीर्षक


" गणित सिकाइमा अर्धगोलाको सतहको क्षेत्रफल सम्बन्धि स्पष्ट अबधारणा कसरि दिन सकिएला?"

 

२. समस्याको परिचयः

म विगत ९ वर्ष देखि श्री गणेश उ.मा.वि. मझुवमा अध्यापनरत गणित शिक्षक हुँ । म कक्षा ९ र १० मा गणित पढाउँदै आइरहेको छु । खास गरि कक्षा १० मा गणित शिक्षण गर्ने क्रममा अर्धगोलाको सतहको क्षेत्रफल शिक्षण गर्दा विद्यार्थीहरू अलमलिएको, समस्या समाधान सहि तरिकाले गर्न नसकेको देखिन्छ । तसर्थ उक्त समस्याको कारण पत्ता लगाई विद्यार्थीहरूमा अपेक्षित सुधार गर्नका लागि मैले यो विषयवस्तुमा कार्यमुलक अनुसन्धान थालनि गरेँ ।

 

३. समस्याको कारणः

विद्यार्थीहरूमा माथि उल्लेखित समस्याहरू रहनुका सम्भावित कारणहरू के-के होलान् ? ति समस्याहरू पहिचान गर्न पाए सुधार गर्न सहज हुने थियो भन्ने मैले सोचेँ । त्यसैले सुधारका लागि सम्भावित कारणहरूको सुचि तयार गरेँ ।

  •  ठोस वस्तुहरूको सतहको क्षेत्रफल शिक्षण गर्दा ठोस वस्तुको नमुनाको प्रयोग नगर्नु ।

 

  •  शिक्षणको क्रममा सुत्र लेखाउने र सुत्रको प्रयोग गरेर शिक्षण गर्नु ।

 

  •  ठोस वस्तुको वास्तविक सतहहरूको पहिचान नगराउनु ।

 

४. अध्ययनको उद्देश्यः

  • विद्यार्थीहरूलाई अर्धगोलाको सतह सम्बन्धी स्पष्ट अबधारणा दिनु ।

 

  •  अर्धगोलाको सतहको क्षेत्रफल निकाल्न सक्षम बनाउनु ।

 

५. कार्य योजना निर्माणः

उल्लेखित समस्याको सुधार एवं समाधानको लागी निम्न अनुसार कार्य योजना बनाएँ ।

क्र.स.

के गर्ने?

किन गर्ने?

कसरी गर्ने?

कसले गर्ने?

कहिले गर्ने?

१.

 

 

 

 

 

विद्यार्थीहरूलाई कागतिको दाना संकलन गर्न लगाउने । सो कागतिको दाना काट्नको लागि चक्कुको व्यवस्था गर्ने । संकलित कागतिको दानालाई लगभग आधा हुने गरी काट्न लगाउने ।

आधा गरिएको कागतिको दानाको  सतहको अवलोकन गर्न लगाई सो सतहको आकार-प्रकार बारे जानकारी प्रदान गर्न ।

विद्यार्थीहरूलाई घरबाट एउटा-एउटा दाना कागती ल्याउन लगाई कक्षाकोठामा एउटा  कागति काटेर प्रदर्शन गरी सोको सतहको बारेमा अवलोकन गर्ने/गराउने ।

विद्यार्थी  र शिक्षक दुबैले ।

 

०७५/११/१७

६.योजनाको कार्यन्वयनः

  •  विद्यार्थीहरूलाई चारवटा वटा समुह विभाजन गरीयो ।

 

  •  समुहका हरेकलाई संकलित कागति ठीक विचमा पारेर काट्न लगाईयो ।

 

  •  काटिएको कागतिको सतह अवलोकन गर्न लगाई समूहमा छलफल गर्न लगाइयो ।

 

  •  समूहगत रुपमा छलफल पश्चात सिङ्गो कागती गोला तथा आधा पारिएको कागति अर्धगोला हो भन्ने जानकारी गराईयो ।

 

  • गोलाको सतहको क्षेत्रफल  हुने भएकोले सिङ्गो कागतिको क्षेत्रफल पनि  हुने तर गोलालाई आधा गरिएपछि अर्धगोलाको सतहको क्षेत्रफल  नभएर  काटिएको भागमा पनि थप सतह रहने भएकोले अर्धगोलाको सतहको क्षेत्रफल  हुने कुराको जानकारी प्रदान गरियो ।

 

७. अवलोकनः

  •  प्रत्यक्षरुपमा आफुहरूले संकलित ठोसबस्तुहरूको प्रयोग गरी क्रियाकलाप मार्फत सिक्ने मौका पाउँदा विद्यार्थीहरू निक्कै उत्साहित र खुसिसाथ सक्रिय भई सिकेको पाइयो ।

 

  •  कक्षाकोठामा सिकाईमा निस्क्रिय विद्यार्थीहरू पनि सक्रिय भई क्रियाकलापमा भाग लिएको देखियो ।

 

८. प्रतिविम्बनः

कक्षाकोठा भित्र मात्र सिमित रहि शैक्षिक सामग्री बिना व्याख्यान विधिको प्रयोगबाट गरिने शिक्षणले केहि विद्यार्थीहरूले मात्र सिक्ने  र प्राया निरस र निस्क्रिय हुने रहेछन  भने विषयवस्तुसँग सम्बन्धित सिकारुहरूले देखेका, प्रयोग गरेका वास्तविक ठोसवस्तुहरूसँगको साक्षातकार गराई क्रियाकलापबाट शिक्षण गर्दा विद्यार्थीहरू उत्साहित भई सबैले सजिलैसँग सिक्ने रहेछन भन्ने महशुस भयो ।

 

९.निस्कर्षः

विद्यार्थीहरूलाई विषयवस्तुसँग  सम्बन्धित स्थानिय सामग्रीहरू संकलन गर्न लगाई क्रियाकलाप मार्फत वास्तविक वस्तुहरूको प्रयोग गरी शिक्षण गरेमा स्पष्ट गणितिय अवधारणा हासिल गर्न सकिने रहेछ भन्ने निस्कर्षमा म पुगेँ ।

 

तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login