प्रेरक :एकता नै बल

प्रेरक :एकता नै बल

एक पटक एक ट्रेनरले आफ्नो तालिममा सहभागीहरुको बीचमा एक नौलो खेल खेलाउछन । खेल बमोजिम उनले सहभागी जती सङ्ख्यामा छन् त्यती नै सङ्ख्यामा बेलुनहरू ल्याइ ती बेलुनमा हावा भर्न लगाउछन । यसरी हावा भरिएका बेलुनमा बाहिरबाट एक एक जना सहभागीहरूको नाम लेख्छन र ती बेलुनलाई ठुलो टोकरिमा राखी ट्रेनिङ चलिरहेको हलमा एकै चोटि उडाइदिन्छन । हावा भरिएका ती बेलुनहरू जब हलमा उडिरहेका थिए तब ट्रेनरले भन्छन "ल अब पाँच मिनेट भित्र आफ्नो नाम लेखिएको बेलुन समातेर मेरो नजिक ल्याउनुस् । "
 
ट्रेनरले यती भन्दा नभन्दै हल भित्रका सबै सहभागीहरु एकै चोटि उठेर आफ्नो नाम लेखिएको बेलुन खोज्न थाल्छन् । यसरी भीडमा खोसा खोस् र तछाड मछाड गरेर आफ्नो नाम लेखिएको बेलुनको पछी दौडिएको हुनाले सबै बेलुनहरू फूट्न पुग्छन । अन्त्यमा कसैले पनि आफ्नो नाम लेखिएको बेलुन फेला पार्न सक्दैनन ।
 
यसपछी फेरि ट्रेनरले अघिको जस्तै बेलुनहरूमा हावा भरेर सहभागीको नाम लेखी हावामा उडाउछन तर यसपटक भने उनले सहभागीलाई अनौठो निर्देशन दिन्छन, निर्देशन बमोजिम यसपाली पनि सहभागीले आफ्नो नाम लेखिएको बेलुन नै समातेर ट्रेनरको नजिक ल्याउनु पर्थ्यो तर यसपटक उनिहरूले आफ्नो बेलुन नखोजेर आफ्नो हातमा जस्को नाम लेखिएको बेलुन आउछ त्यसलाई सुरक्षित साथ सम्बन्धित ब्यक्तिलाई बुझाउनु पर्थ्यो ।
 
जब खेल सुरु भयो यस पटक सहभागिहरू तछाड मछाड् नै गरेनन किनकी उनिहरूलाई भागाभाग गर्न जरुरी नै थिएन । उनिहरूले आफ्नो नजिक जस्को लाम लेखिएको बेलुन आउछ त्यसलाई मात्र चुपचाप समातेर सम्बन्धित ब्यक्तिलाई दिनु पर्ने थियो । अनी त के चाहियो , यसरी आफ्नो बेलुनको पछी नदौडिएर आफ्नो हातमा जसको नाम लेखिएको बेलुन आउछ त्यो बेलुन सम्बन्धित ब्यक्तिलाई सुरक्षित तरिकाले दिएको हुनाले कुनै पनि बेलुन फुटेनन अन्त्यमा सबैले आफ्नो आफ्नो बेलुन पाए र सबैजना खुशी भए ।
 
 
Moral: मैखाऊँ - मैलाऊँ र म नै ठीक भन्ने प्रब्रित्तिले कसैको हित गर्दैन । भनिन्छ नि जहाँ एकता र मिलाम हुन्छ त्यहाँ शान्ति र बिकास हुन्छ । कमिलाहरू एक अर्कासँग मिलेर नै आफूभन्दा सयौ गुणा बढी तौल भएको शिकार बोकेर हिंड्न सक्छन । हाम्रा हातका औँलाहरू जब एक्ला एक्लै हुन्छन तिनिहरू एक्लैले केही गर्न सक्दैनन तर ती पाँचै औँलाहरू एक अर्कोसँग मिलेर काम गर्न थाले भने धेरै भन्दा धेरै गार्हो काम पनि सजिलै गर्न सक्छन ।
 
जब आकाशमा छुट्टा छुट्टै घुमिरहेका बादलका टुक्राहरू एक अर्कासँग मिल्छन तब जमिनमा बर्षा हुन थाल्छ । जब एक एक फूलका थुँङ्गाहरू धागोद्वारा जोडीन्छन अनि त सुन्दर मालाको निर्माण हुन्छ। जब नौमती बाजा मध्ये एउटा बाजा मात्र बजाइन्छ त्यसको कुनै सुर ताल हुँदैन तर जब नवै बाजाहरू एक साथ आफ्नो आफ्नो ताल पक्डेर बजाइन्छ तब एउटा छुटै सङ्गीतको झङ्कार गुन्जायमान हुन्छ । आजको बिकसित विश्व धेरै भन्दा धेरै ब्यक्तिहरूको सिर्जनाहरूको जोड हो। हामी टुटेर होइन जुटेर मात्र संसारलाई सम्पन्नशाली बनाउन सक्छौँ ।
 
 



  • Reviews (1)
  • Chakra bdr.
  • 4 Years, 2 Months ago

bbl xa hhr

Leave a review

To leave a review, please login to your account. Login