class 7: Social note

class 7: Social note

तयार पार्ने : वीरेन्द्र पोख्रेल 

विद्यालय : श्रीपुर मावि भरतपुर ,चितवन 

कक्षा 7 सामाजिक अध्ययन 

 

एकाइ १ हामी र हाम्रो समाज (पाठ १ समाजको उत्पत्ति र आवश्यकता)

 

1) समाज भनेको के हो ?

साझा उदेश्य प्राप्तिका लागि निश्चित भौगोलिक क्षेत्रमा बसोबास गरेका ठुलो मानव समुदायलाई समाज भनिन्छ । हाम्रो घर वरपरको समुदाय नै समाज हो ।

 

2) समाजको उत्पत्ति कसरी भयो ?

समाजको उत्पत्ति आदिम काल (धेरै पहिला)मा मानिस अरू प्राणीसँग जङ्गली क्षेत्रमा बस्थे । जङ्गली जनावरसँग लड्दै भिड्दै दुःखपूर्ण जीवन बिताउथे । मानिसहरू क्रमशः घना जङ्गली क्षेत्रबाट नदी किनारतिर निस्किन थाले । नदी किनारमा पानीको सुविधा र बगरको ढुङ्गाबाट हतियार बनाउन सजिलो भयो । त्यस्तै ढुङ्गा घर्षण गरेर आगो निकाल्ने उपाय पत्ता लागेपछि मानिसहरू समूहमा बस्न थाले ।

एक ठाउँमा भेला भएपछि आपसका भावना साटासाट र दुःखसुख बाँड्ने कार्य सुरु भयो । यसरी आपसी सहयोग र जङ्गली जनावरको आव्रmमणबाट बँच्ने उपाय खोज्ने व्रmममा समाजको उत्पत्ति भयो । अफ्रिका महादेशको नाइल नदीको किनारलाई समाज उत्पत्तिको एउटा उदाहरण स्थलका रूपमा लिन सकिन्छ ।

 

3) समाज किन आवश्यक भएको होला ?

  • समाजको आवश्यकता सुरक्षित भई एकअर्काका आवश्यकता पूरा गर्न

 

  • व्यक्तिगत र सामूहिक हितका कार्य गर्न

 

  • परम्परा र मूल्यको रक्षा गर्न नयाँ पुस्तामा सामाजिक मूल्य मान्यता हस्तान्तरण गर्न

 

  • सामूहिक रूपमा सव्रिmय रही उद्देश्य प्राप्त गर्न

 

  • सामूहिक भावनाको विकास, सहकार्य र अन्तरसम्बन्धको विकास गर्न

 

  • सामाजिक न्याय प्रदान गर्न

 

4) समाजबाट हामीलाई के फाइदा भएको छ ?

समाजबाट हामीलाई निम्न फाइदा भएको छ :

  • आपत बिपत पर्दा सहयोग पाईन्छ ।

 

  • सरसापट तथा मेला पर्म गरिन्छ ।

 

  • चाडपर्वहरुमा समुहमा रमाइलो हुन्छ ।

 

  • नजानेका कुराहरु अग्रजहरुबाट सिक्न पाइन्छ ।

 

  • अनुशासन तथा आनीबानीहरु पनि सिक्न सकिन्छ ।

 

Note :तपाइँ पनि कुनै पनि तह र विषयको सामग्री Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा इमेल गर्न सक्नुहुन्छ



  • Reviews (1)
  • kpsharma
  • 4 Years, 3 Weeks ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login