मायाको चिनो

मायाको चिनो

एक जना सिकर्मीले कुनै कारखानामा धेरै वर्ष काम गरेपछि अवकाश लिने विचार गरे र ठेकेदारकहाँ गए र भने, “ठेकदारजी । मैले यस कारखानामा बिस वर्षको उमेरदेखि लगातार चालिस वर्ष काम गरें । अब चाहिँ मैले अर्को हप्तादेखि अवकाश लिने निर्णय गरेको छु।” 

 

आफ्नो कारखानाको सबैभन्दा सिपालु सिकर्मीको कुरा सुनेपछि ठेकेदारले भने, “ठिक छ त ! तर मैले एउटा घर ठेक्का लिएको छु, त्यो तीन महिनामा सकिन्छ होला । त्यो सिध्याउनुस् अनि अवकाश लिनुस् । हुन्न र ?"

 

सिकर्मीले केही छिन सोचेर हुन्छ भनिदिए । उनी त्यस कारखानामा अरू तीन महिना काम गर्न गए । उनलाई काम छोड्ने निर्णयपछि काममा कुनै जाँगर चलेन । तीन महिनामा जसोतसो त्यो घर सिध्याए र भोलिदेखि अवकाश लिने भए ।

 

त्यही दिन कारखानाका ठेकेदारले उनलाई उक्त घरको साँचो दिदै भने, “तपाईं यस कारखानाको सबैभन्दा पुरानो र सबैभन्दा सिपालु सिकर्मी हुनुहुन्छ । तपाईंको मेहनत र सिपले यस कारखानाले धेरै धेरै प्रगति गर्यो । म तपाईंले यस कारखानामा पुऱ्याउनुभएको योगदानको कदर गर्दै अन्तिम पटक तपाईंले तयार गर्नुभएको यो घर तपाईंलाई नै कारखानाको तर्फबाट मायाको चिनो अर्पण गर्छु  । स्विकार्नुस् ।”

 

 ठेकेदारको कुरा सुनेर सिकर्मीले मनमनै भने, “ओहो ! यो कुरा मलाई तीन महिनाअघि नै थाहा भएको भए ..........!"

 

Note :तपाइँ पनि कुनै पनि शैक्षिक सामग्री,कथा,प्रेरक भनाइ,प्रेरक प्रसंग,चुट्किला आदि  Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा इमेल गर्न सक्नुहुन्छ



  • Reviews (1)
  • Chakra bdr.
  • 4 Years, 2 Months ago

so nice

Leave a review

To leave a review, please login to your account. Login