- Home
- Show Content
नेपाली : दैनिक पाठ योजना १
नेपाली : दैनिक पाठ योजना १
दैनिक पाठ योजना १
|
विषय : नेपाली पाठ शीर्षक: सन्तुष्टि (कविता विधा) पाठ्यांश : पुरै कविता पाठ्यवस्तु : लयबद्ध पाठ विद्यालयको नाम : ................... शिक्षकको नाम : ................... |
कक्षा: १० मिति: २०७७।०५।१ घण्टी : चौथो समय : ४५ मिनेट विद्यार्थी संख्या : ४५
|
१. विशिष्ट उद्देश्य : यस पाठको अन्त्यमा विद्यार्थीहरू सक्षम हुने छन् :
क. कविता पाठ सुनी यति (विश्राम) पत्ता लगाउन।
ख. पाठ्य पुस्तक हेरी गति, यति मिलाई कविता वाचन गर्न।
२.सामग्री :
-शब्दपत्ती,
-भरतराज पन्तको तस्विर, टाँस पाठ्य पुस्तक।
३.क्रियाकलाप : टाँसको सहायता लिइ शब्दपत्ती देखाई शब्दयुग्मको उच्चारणगत अन्तर परीक्षण (अघिल्लो दिनको पाठमा आधारित शब्द युग्महरु) गरी पाठप्रति ध्यानाकर्षण गर्ने
क. भरतराज पन्तको तस्विर प्रदर्शन गर्दै सन्तुष्टि पाठ शीर्षक भित्ते पाटीमा लेख्ने।
- 'सन्तुष्टि ' कविता कसरी पढदा राम्रो होला ? भनी प्रश्न गर्ने र विभिन्न तरिकाले पाठ गरी सुनाउने र ती तरिकामध्ये एउटा तरिकामा आबद्ध भई मध्यम गतिमा आदर्श वाचन गरिदिने।
- आदर्श वाचन सुनेर अडिनु पर्ने ठाउँ (विश्राम/यति) पहिल्याउन निर्देशन दिने।
- विश्राम स्थान नपहिल्याउन्जेल मध्यम गति मै पाठ गरि दिने।
- ठम्याए स्यावासी दिने, ठम्याउन नसके अझ धिमा गतिमा पाठ गरी उपयुक्त विश्राम निर्देश गर्ने।
- उनीहरुलाई यतिको हेक्का दिलाएपछि आदर्श वाचन अनुकूल सामूहिक (ठुलो र ससानो समूहमा),
- व्यक्तिगत रूपमा पाठ्य पुस्तक हेरी, लयबद्ध पाठ गर्न अभ्यास गराउने।
- आफ्नो आदर्श वाचनको ढाँचालाई पछ्याउन नसकुन्जेल अभ्यासलाई निरन्तरता दिने ,
- आवश्यकतानुसार सामूहिक र व्यक्तिगत रूपमा निर्देशन दिदै सच्याउन प्रयास गर्ने।
ख. पाठ्य पुस्तक हेरी शिक्षकको निर्देशन अनुसार सामूहिक र व्यक्तिगत रूपमा सन्तुष्टि कविताका सबै पदयांश लयबद्ध पाठ गर्न अभ्यास गराउने ।
४.मूल्याङ्कन:
क. सन्तुष्टि कविताको पहिलो पद्यांश गति र यतिको ख्याल गरी पढ।
ख. उक्त कविताको चौथो पद्यांश लयबद्ध पाठ गरी सुनाऊ।
विषय शिक्षक………… प्रधानाध्यापक………………
facebook :


- Reviews (0)
Nothing Found...Leave a review