दैनिक पाठ योजना २ 

दैनिक पाठ योजना २ 

दैनिक पाठ योजना २ 

 

विषय : नेपाली 

पाठ शीर्षक: सन्तुष्टि 

पाठ्यांश : कार्यमूलक व्याकरण    

पाठ्यवस्तु : पदसङ्गति

विद्यालयको नाम   : ................... 

शिक्षकको नाम : ...................   

 

कक्षा:  १०

मिति: २०७७।०५।२ 

 घण्टी : चौथो  

समय : ४५ मिनेट

विद्यार्थी संख्या : ४५

 

 

१. विशिष्ट उद्देश्य : यस कक्षा शिक्षणको अन्त्यमा विद्यार्थीहरू निम्नलिखित कुरामा सक्षम हुनेछन् :

(क) पदसङ्गतिको परिचय बताउन,

 

(ख) लिङ्ग, वचन, पुरुष र आदर मिलाई विभिन्न वाक्यहरू निर्माण गर्न ।

 

 

२. शिक्षण सामग्री :

-पदसङ्गतिको परिचय र प्रयोग समावेश गरिएका स्लाइडहरू,

 

-लिङ्ग, वचन, पुरुष र आदर मिलाई निर्माण गरिएका वाक्यहरू,

 

- कम्प्युटर, प्रोजेक्टर आदि।

 

३. शिक्षण सहजीकरण कार्यकलाप :

(क) कुनै प्रेरक कथा सुनाएर विद्यार्थीहरूको ध्यान शिक्षणीय विषयवस्तुतिर केन्द्रित गर्ने,

 

(ख) प्रोजेक्टरको माध्यमद्वारा पदसङ्गतिको परिचय र उदाहरण विद्यार्थीहरूलाई देखाउने,

 

 (ग) वाक्यमा लिङ्ग, वचन, पुरुष र आदरको सङ्गति विद्यार्थीहरूबिच छलफल गराउने,

 

(घ) प्रोजेक्टरद्वारा सङ्गतियुक्त वाक्यहरू विद्यार्थीहरूलाई पढ्न लगाउने,

 

(ङ) आवश्यक छलफलपछि विद्यार्थीहरूलाई पदसङ्गतिको परिचय बताउन लगाउने र शिक्षकले आवश्यक पृष्ठपोषण दिई छलफल गराउने

 

(च) लिङ्ग, वचन, पुरुष र आदरको सङ्गति मिलाई विभिन्न वाक्यहरू निर्माण गर्न लगाउने।

 

४. मूल्याङ्कन :

(क) पदसङ्गतिको परिचय बताउनुहोस्।

 

(ख) लिङ्ग, वचन, पुरुष र आदरको सङ्गति मिलाई कुनै १० वटा वाक्यहरू निर्माण गर्नुहोस्।

 

 ५. गहकार्य : लिङ्ग, वचन, पुरुष र आदरको सङ्गति मिलाई आफूले गरेको कुनै कामको बारेमा एक अनुच्छेद तयार पार्नुहोस्।

 

 

विषय शिक्षक…………  प्रधानाध्यापक……………



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login