दैनिक पाठ योजना ३

दैनिक पाठ योजना ३

दैनिक पाठ योजना नमुना ३ 

 

विषय : नेपाली 

पाठ शीर्षक: जन्मभूमि(कथा)

पाठ्यांश : पहिलोदेखि दशौँ अनुच्छेदसम्म    

पाठ्यवस्तु : शब्दोच्चारण,शब्दार्थ र वाक्यमा प्रयोग,सस्वर वाचन ,वोध

विद्यालयको नाम   : ................... 

शिक्षकको नाम : ...................   

 

कक्षा:  १०

मिति: २०७७।०५।३

 घण्टी : चौथो  

समय : ४५ मिनेट

विद्यार्थी संख्या : ४५

 

 

 

१.उद्देश्य : यस पाठको अन्त्यमा विद्यार्थीहरू सक्षम हुने छन् :

क. अपहरण,वनवास , प्रहर, स्वजन, विभीषण, कुलद्रोही शब्दको शुद्ध र स्पष्ट उच्चारण गर्न,

 

ख. अपहरण,वनवास , प्रहर, स्वजन, विभीषण, कुलद्रोही आदि शब्दलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्न,

 

ग. निर्धारित पाठ  गति, यतिको ख्याल गरी शुद्ध र स्पष्टसँग सस्वर वाचन गर्न,

 

घ. तलका प्रश्नको मौखिक जवाफ दिन :

१. मस्त निद्रामा को थिए ?

 

२. वनवास आएदेखि लक्ष्मण किन राम्ररी निदाएका थिएनन् ?

 

३. लक्ष्मण सारै खुशी हुनाको कारण के थियो  ?

 

४. विभिषणलाई किन निद्रा परेन होला  ?

 

२.सामग्री  : शब्दार्थ पत्ती, पाठ्य पुस्तक, वाक्यपत्ती, टाँस।

 

 

३.क्रियाकलाप : पूर्व पाठमा आधारित भई ध्यानाकर्षणका उपाय गर्ने र पाठ शीर्षक भित्तेपाटीमा लेख्ने ।

 क.पाठमा प्रयुक्त कठिन शब्दको छनोट गर्न कुनै एउटा विद्यार्थीलाई पाठ सस्वर पढ्न लगाउने र बाँकी विद्यार्थीलाई ध्यानपूर्वक सुन्न र पाठ्य पुस्तक हेरी कठिन शब्दको टिपोट गर्न निर्देशन दिने।

१. विद्यार्थीले टिपोट गरेका शब्द सोध्दै क्रमशः सेतो पाटीमा टिपोट गर्ने ।

 

२. टिपोट गरिएका शब्दहरुको शुद्ध र स्पष्ट उच्चारण (टाँसको सहायता लिई शब्दपत्ती क्रमशः देखाउदै) को सामूहिक र व्यक्तिगत अभ्यास गराउने।

 

 

ख. पाठ मनमनै पढ्न निर्देशन दिदै अर्थ बुझ्न कठिन भएका शब्द छनोट गर्न लगाउने।

१. छनोट भएका कठिन शब्द विद्यार्थीलाई सोध्दै सेतो पाटीमा टिपोट गर्ने ।

 

२. लेखिएका शब्दको अर्थ विद्यार्थीलाई नै पहिले सोध्ने।

 

३. विद्यार्थीबाट प्राप्त अर्थलाई समेट्दै टाँसको सहायता लिई शब्दार्थ पत्ती देखाउँदै शब्दार्थ दिने प्रयास गर्ने।

 

४. शब्दार्थसँगसँगै प्रत्येक शब्दलाई वाक्यमा प्रयोग गरिएको वाक्यपत्ती नमुना रूपमा प्रदर्शन गरी विभिन्न प्रकारका मौलिक वाक्य निर्माणको अभ्यास गराउने।

 

५. विद्यार्थीले बनाएका वाक्यमा भएका त्रुटिहरु सुधार्न आवश्यकतानुसार सहयोग गर्ने ।

 

 

ग. शिक्षक/शिक्षिकाले निर्दिष्ट पाठको आदर्श वाचन गरिदिने, विद्यार्थीलाई ध्यानपूर्वक सुन्न निर्देशन दिने । विद्यार्थीहरुलाई पालैपालो (व्यक्तिगत रूपमा) शुद्ध र स्पष्टसँग सस्वर वाचन गर्न लगाउने।

 

१. बाँकी विद्यार्थीलाई साथीले पढेको ध्यानपूर्वक सुन्न र पढ्दा गरेको गल्ति ठम्याउन निर्देशन दिने।

 

२. आवश्यकतानुसार त्रुटिको शुद्धीकरण (सामूहिक र व्यक्तिगत) गर्ने।

 

घ. विद्यार्थीलाई पाठ मनमनै पढ्न निर्देशन दिने।

१. पाठ पढि सकेपछि पुस्तक बन्द गर्न लगाई बोधसंग सम्बन्धित प्रश्न एकपछि अर्को गर्दै क्रमश :. मौखिक रूपमा सोध्ने।

 

२. प्रश्नहरु सबैलाई सचेत गराई समूहमा राख्ने र उत्तरका लागि विद्यार्थी तोक्ने।

 

३. विद्यार्थीबाट प्राप्त उत्तर अन्य विद्यार्थीलाई ठिक-वेठिक भन्ने र थपघट गर्ने अवसर प्रदान गर्ने।

 

४. चित्त बुझ्दो उत्तर दिनेलाई स्यावासी दिने र बेठिक जवाफ दिनेलाई सही उत्तर दोहोयाउन लगाउने।

 

 ५. उत्तर दिंदा विद्यार्थीलाई आवश्यकतानुसार सघाउ पुयाउने।

 

६. शब्दार्थ र बोधसँग सम्बन्धित कुराको आवश्यकतानुसार पुनरावृत्ति गर्ने।

 

 

४.मूल्याङ्कन :

क. निर्दिष्ट पाठ शुद्ध र स्पष्टसँग सस्वर वाचन गर्नुहोस्।

 

ख. अपहरण,वनवास , प्रहर, स्वजन, विभीषण, कुलद्रोही आदि शब्दलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् ।

 

ग. तलका प्रश्नको मौखिक जवाफ दिनुहोस् :

१. मस्त निद्रामा को थिए ?

 

२. वनवास आएदेखि लक्ष्मण किन राम्ररी निदाएका थिएनन् ?

 

३. लक्ष्मण सारै खुशी हुनाको कारण के थियो  ?

 

 ४. विभिषणलाई किन निद्रा परेन होला  ?

 

 

विषय शिक्षक……          प्रधानाध्यापक……



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login