- Home
- Show Content
दैनिक पाठ योजना ५
दैनिक पाठ योजना ५
दैनिक पाठ योजना नमुना ५
|
विषय : नेपाली पाठ शीर्षक: जन्मभूमि(कथा) पाठ्यांश : कार्यमूलक व्याकरण पाठ्यवस्तु : अव्यय शिक्षण (नामयोगी, क्रियायोगी, संयोजक, विष्मयादिबोधक र निपात) विद्यालयको नाम : ................... शिक्षकको नाम : ................... |
कक्षा: १० मिति: ............ घण्टी : चौथो समय : ४५ मिनेट विद्यार्थी संख्या : ४५
|
१.विशिष्ट उद्देश्य: यस पाठको शिक्षणपछि विद्यार्थीहरू सक्षम हुनेछन :
(क) नामयोगी, क्रियायोगी, संयोजक, विस्मयादिबोधक र निपातको पहिचान गर्न ।
(ख) नामयोगी, क्रियायोगी, संयोजक र विस्मयादिबोधक, निपातको प्रयोग गरी वाक्य निर्माण गर्न।
२.शैक्षिक सामग्री
-शब्पदत्ती,
-वाक्यपत्ती,
-वाक्यमा प्रयोगको नमुना,
-फलाटिन पाटी।
३.शैक्षणिक क्रियाकलाप
(क) शिक्षकले पर्सि, पछाडि, अगाडि, नजिकै, अनुसार जस्तै, झैं, तर, र, अनि, पनि,ओहो, आहा, नि, त, पो जस्ता शब्द भएका शब्दपत्तीहरू गोजी तालिका वा शैक्षणिक पाटीमा प्रस्तुत गर्ने र यस्ता शब्दहरूको चिनारी दिई यिनीहरू रूप परिवर्तन नहुने अविकारी वा अव्यय पद हुन भन्ने कुरा छलफल र जानकारी गराउने।
(ख)कक्षामा नामयोगी, क्रियायोगी, संयोजक, विस्यादिबोधक, निपातसम्बन्धी छुट्टाछुट्टै अभ्यास गराउने।
(ग) विद्यार्थीहरूलाई विभिन्न शब्द दिएर पहिचान गर्न लगाउने।
(घ) पाठको मौनवाचन गराई नामयोगी, क्रियायोगी, संयोजक, विस्मयादिबोधक,निपातको टिपोट गरी वाक्यमा प्रयोग गर्न लगाउने।
(ङ) नि, त, पो, धत्, या, छि जस्ता शब्दहरू दिएर वाक्यमा प्रयोग गराउने।
४. मूल्याङ्कन
(क) निर्धारित अनुच्छेद दिई क्रियायोगी शब्दमा रेखाङ्कन गर्न लगाउने र वाक्यमा प्रयोग गर्न लगाउने ।
(ख) निर्धारित अनुच्छेद दिई नामयोगी र संयोजक शब्दमा रेखाङ्कन गर्न लगाउने र वाक्यमा प्रयोग गर्न लगाउने ।
(ग) विस्मयादिबोधक र निपात दिई वाक्यमा प्रयोग गर्न लगाउने ।
विषय शिक्षक……… प्रधानाध्यापक……………
facebook :


- Reviews (0)
Nothing Found...Leave a review