दैनिक पाठ योजना ६ 

दैनिक पाठ योजना ६ 

दैनिक पाठ योजना नमुना ६ 

 

विषय : नेपाली 

पाठ शीर्षक: सन्दुक रूइत 

पाठ्यवस्तु : शब्दार्थ र पठनबोध  

विद्यालयको नाम   : ................... 

शिक्षकको नाम : ...................   

कक्षा:  १०

मिति: ............

 घण्टी : चौथो  

समय : ४५ मिनेट

विद्यार्थी संख्या : ४५

 

 

 

१.व्यावहारिक उद्देश्य :कक्षा कार्यकलापको अन्त्यमा विद्यार्थीहरू निम्न कार्यमा  सक्षम हुनेछन् :

 

क. दिइएका शब्दहरूको अर्थ भन्न :

अन्तरिक्ष,शल्यक्रिया,सङ्कीर्ण,भूपरिवेष्ठित,समुन्नती,मोतीबिन्दु

 

ख. माथि दिइएका शब्दहरूलाई वाक्यमा प्रयोग गर्न ।

 

ग. पाठबाट सोधिएका निम्न प्रश्नहरूको मौखिक उत्तर दिन ।

  • सन्दुक रुइतका बुबाआमाको नाम के हो ?

 

  • रुइतको सपनालाई साकार पार्न ककसले साथ् दिए ?

 

  • तिलगङ्गा आँखा अस्पतालको स्थापना कहिले भयो ?

 

  • इन्ट्राओकुर लेन्स भनेको के हो ?

 

 

२. शैक्षिक सामग्रीहरू

- चित्रः सन्दुक रूइतको फोटो

 

  • विभिन्न शब्द र वाक्य पत्तीहरू

 

  • विभिन्न प्रश्न र उत्तरको बुँदाको सूची (शिक्षकबाट निर्मित)

 

-फ्लाटिन पाटी,

 

 

- गोजी तालिका (विद्यालयमा भएका सामग्रीबाट लिने)

 

 

३.शिक्षण क्रियाकलाप

  • तोकिएका अनुच्छेदहरू कक्षामा एकजनालाई सस्वर पाठ गर्न लगाउने र अरू विद्यार्थीहरूलाई   उक्त पाठ हेर्न लगाउने ।

 

  • सस्वर पठनपछि उक्त अनुच्छेदमा भएका अर्थ नबुझिएका शब्दहरू भन्न वा टिप्न लगाउने ।

 

  • विदयार्थीले भनेका शब्दहरू शिक्षकले शैक्षणिक पाटीमा टिप्दै जाने ।

 

  • टिपिएका शब्दहरूको अर्थ एक एक गरी विद्यार्थीहरूलाई सोध्दै जाने र विद्यार्थीहरूले सही अर्थ भनेमा त्यसैलाई ठिक हो भन्ने र अर्थ नमिलेमा शब्दार्थपत्ती गोजी तालिकामा देखाउँदै अर्थ बताइदिने ।

 

-शब्दार्थ शिक्षणको अन्त्यमा उक्त शब्दार्थहरूलाई अर्थ स्पष्ट हुने गरी वाक्यमा प्रयोग गर्न लगाउने ।

 

 

  • विद्यार्थीहरूले वाक्यमा प्रयोग गर्न नजानेमा वा वाक्यमा प्रयोगको धारणा स्पष्ट नभएमा वाक्यपत्तीको प्रयोग गरी शब्दका विभिन्न प्रयोगहरू सिकाउने ।

 

  • शब्दार्थ र वाक्यमा प्रयोगपछि विद्यार्थीहरूलाई तोकिएको अनुच्छेदहरू मौन वाचन गर्न लगाउने ।

 

  • मौन वाचन उपयुक्त किसिमले गरे गरेनन् निरीक्षण गरी आवश्यक निर्देशन दिने ।

 

  • मौन वाचन गरिसकेपछि प्रश्नसूचीमा भएका निम्नलिखित खालका प्रश्नहरू विद्यार्थीहरूलाई एक एक गरी सोधी उत्तर दिन लगाउने ।

 

जस्तै : • सन्दुक रुइतका बुबाआमाको नाम के हो ?

 

  • रुइतको सपनालाई साकार पार्न ककसले साथ् दिए ?

 

  • तिलगङ्गा आँखा अस्पतालको स्थापना कहिले भयो ?

 

  • इन्ट्राओकुर लेन्स भनेको के हो ?

 

- उपयुक्त उत्तर नआएमा शिक्षकले पृष्ठपोषण दिने  ।  

 

 

४.मूल्याङ्कन

क. तलका शब्दका अर्थ भन्नुहोस् :

-अन्तरिक्ष,शल्यक्रिया,सङ्कीर्ण,भूपरिवेष्ठित,समुन्नती,मोतीबिन्दु आदि।

 

 ख. अर्थ स्पष्ट हुने गरी वाक्यमा प्रयोग गर्नुहोस् :

-अन्तरिक्ष,शल्यक्रिया,सङ्कीर्ण,भूपरिवेष्ठित,समुन्नती,मोतीबिन्दु आदि।

 

ग. निम्न प्रश्नको उत्तर भन्न लगाउने र उत्तर दिन नसकेमा शिक्षकले सहजीकरण  गरीदिने :

  • सन्दुक रुइतका बुबाआमाको नाम के हो ?

 

  • रुइतको सपनालाई साकार पार्न क कसले साथ दिए ?

 

  • तिलगङ्गा आँखा अस्पतालको स्थापना कहिले भयो ?

 

  • इन्ट्राओकुर लेन्स भनेको के हो ?

 

 

विषय शिक्षक……………प्रधानाध्यापक……………



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login