दैनिक पाठ योजना ७ 

दैनिक पाठ योजना ७ 

दैनिक पाठ योजना नमुना ७ 

 

विषय : नेपाली 

पाठ शीर्षक: सन्दुक रुइत (जीवनी)

पाठ्यांश : सिर्जनात्मक अभ्यास

पाठ्यवस्तु :जीवनी लेखन    

विद्यालयको नाम   : ................... 

शिक्षकको नाम : ...................   

कक्षा:  १०

मिति: ............

 घण्टी : चौथो  

समय : ४५ मिनेट

विद्यार्थी संख्या : ४५

 

 

१. विशिष्ट उद्देश्य : यस कक्षा शिक्षणको अन्त्यमा विद्यार्थीहरू निम्नलिखित कुरामा सक्षम हुनेछन् :

(क) दिइएका बुँदाका  आधारमा  लक्ष्मीप्रसाद देवकोटाको छोटो जीवनी तयार पार्न ।

 

 

२. शिक्षण सामग्री:

  • लक्ष्मीप्रसाद देवकोटाको जीवनका मुख्य मुख्य घटना समावेश गरिएका बुँदाका स्लाइडहरू,

 

- कम्प्युटर,प्रोजेक्टर आदि।

 

 

३.शिक्षण सहजीकरण कार्यकलाप :

(क) कुनै प्रेरक भनाइ सुनाएर विद्यार्थीहरूको ध्यान शिक्षणीय विषयवस्तुतिर केन्द्रित गर्ने,

 

(ख) पावरप्वाइन्टमा तयार पारिएका लक्ष्मीप्रसाद देवकोटासम्बन्धी बुँदाहरू प्रोजेक्टरको माध्यमद्वारा विद्यार्थीहरूलाई देखाउने,

 

 (ग) पावरप्वाइन्टमा तयार पारिएका बुँदाहरू विद्यार्थीहरूलाई पढ्न लगाउने,

 

(घ) अब लक्ष्मीप्रसाद देवकोटाको छोटो जीवनी कसरी तयार पार्ने भनेर विद्यार्थीहरूबिच छलफल गराउने,  

 

(ङ) बुँदाका आधारमा विद्यार्थीहरूलाई लक्ष्मीप्रसाद देवकोटाको जीवनी रचना गर्न लगाउने,  

 

(च) विद्यार्थीहरूले तयार पारेका जीवनी शिक्षकले परीक्षण गरी आवश्यक सहजीकरणसहित  पृष्ठपोषण दिने।

 

 

४. मूल्याङ्कन :

(क) पाठमा दिइएका बुँदाका आधारमा लक्ष्मीप्रसाद देवकोटाको जीवनी तयार पार्नुहोस्।

 

 

विषय शिक्षक…………….     प्रधानाध्यापक…………………



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login