- Home
- Show Content
दैनिक पाठ योजना ८
दैनिक पाठ योजना ८
दैनिक पाठ योजना नमुना ८
|
विषय : नेपाली पाठ शीर्षक: सन्दुक रुइत (जीवनी) पाठ्यांश : कार्यमूलक व्याकरण पाठ्यवस्तु :सर्वनाम शिक्षण विद्यालयको नाम : ................... शिक्षकको नाम : ................... |
कक्षा: १० मिति: ............ घण्टी : चौथो समय : ४५ मिनेट विद्यार्थी संख्या : ४५
|
१.उद्देश्य :यस पाठको शिक्षणपछि विद्यार्थीहरू निम्नलिखित कार्य गर्न सक्षम हुने छन्:
(क) नामको सट्टामा प्रयोग हुने शब्दहरू सर्वनाम हुन् भन्ने धारण राख्न
(ख) बोलचालमा सर्वनामको प्रयोग गर्न
(ग) सर्वनामको सामान्य परिभाषा दिन
२.शैक्षिक सामग्री
- सर्वनाम शब्दहरू लेखिएका शब्दपत्ती,
- वाक्यमा सर्वनामहरू प्रयोग भएको अनुच्छेद
३.शिक्षणसिकाइ क्रियाकलाप
(क) विद्यार्थीहरूलाई तल दिएजस्तो अनुच्छेद पढ्न दिने र अनुच्छेदभन्दा तल रहेका प्रश्न सोध्ने :
धनबहादुर मिहिनेती थिए । उनी काम गरिरहन्थे । उनका तिन छोरा थिए। जेठाको नाम बमबहादुर थियो । ऊ दिनभरि डुल्दथ्यो । माहिलाको नाम मनबहादुर थियो । ऊ दिनभरि सुत्थ्यो । कान्छाको नाम लालबहादुर थियो । ऊ दिनभरि साथी जम्मा गरेर गफ गर्दाथ्यो। धनबहादुरले छोराहरूलाई जम्मा पारर भने – 'तिमीहरू पनि मिहिनेत गर । छोराहरूले बाबुका कुरा सुनेनन् । उनीहरू आफ्नै सुरमा लागे । बाबु मरेपछि उनीहरूले दुःख पाए। '
-माथिको अनुच्छेदमा उनी कसको सट्टामा आएको छ ?
-ऊ कसको सट्टामा आएको छ ?
- उनीहरू कसको सट्टामा आएको छ ?
-ऊ, उनी, उनीहरू कस्ता शब्द हुन् ?
(ख) विद्यार्थीहरूलाई ऊ, उनी, उनीहरू जस्ता शब्द सर्वनाम हुन् भनेर बताइदिने । उनीहरूलाई समूहमा सर्वनाम शब्दहरू सङ्कलन गरेर प्रस्तुत गर्न तथा भन्न लगाउने र उनीहरूले प्रस्तुत गरेका शब्दहरू सेतोपाटीमा टिप्ने।
(ग) सेतोपाटीमा भएका सर्वनाम शब्दहरूलाई वाक्यमा प्रयोग गर्न लगाउने ।
(घ)पाठको व्याकरण खण्डका अभ्यासहरू गराउने।
(ङ) कस्ता शब्दलाई सर्वनाम शब्द भनिन्छ भनेर प्रश्न सोध्ने। विद्यार्थीले सर्वनाम शब्दका बारेमा सही परिभाषा दिन नसके शिक्षकले सहजीकरण गर्ने ।
४.मूल्याङ्कन
(क) विद्यार्थीहरूले सर्वनाम शब्दहरू चिनेर यस्ता शब्दहरूको सूची बनाए बनाएनन् हेर्ने।
(ख) विद्यार्थीहरूले सर्वनाम शब्दहरूको अर्थ बुझेर वाक्य बनाउन सके कि सकेनन्, ख्याल गर्ने।
(ग) विद्यार्थीहरूले सर्वनाम शब्दहरूलाई कसरी परिभाषा गर्न खोज्दछन्, सुन्ने र शिक्षकले सहजीकरण गर्ने
५.गृहकार्य: विभिन्न सर्वनाम शब्दहरू प्रयोग गरेर एउटा अनुच्छेद लेखेर ल्याउनुहोस्।
विषय शिक्षक…………… प्रधानाध्यापक………………
facebook :


- Reviews (0)
Nothing Found...Leave a review