- Home
- Show Content
दैनिक पाठ योजना ९
दैनिक पाठ योजना ९
दैनिक पाठ योजना नमुना ९
|
विषय : नेपाली पाठ शीर्षक: थाङ्का (निबन्ध ) पाठ्यवस्तु :पठनबोध विद्यालयको नाम : ................... शिक्षकको नाम : ................... |
कक्षा: १० मिति: ............ घण्टी : चौथो समय : ४५ मिनेट विद्यार्थी संख्या : ४५
|
१. विशिष्ट उद्देश्य : यस कक्षा कार्यकलापको अन्तमा विद्यार्थीहरू थाङ्का निबन्धको पहिलो,दोस्रो र तेस्रो अनुच्छेदमा आधारित निम्न बोध प्रश्नहरूको मौखिक र लिखित उत्तर दिन सक्षम हुने छन्।
- थाङ्का भन्नाले के बुझिन्छ ?
- थाङ्कामा विषेशत कुन धर्मका देवी देवताका चित्र बनाइन्छन् ?
- थाङ्का बौद्ध दर्शन सिकाउने महत्वपूर्ण सामग्री हो कसरी ?
- थाङ्कालाई कुन कारणले गर्दा महत्वपूर्ण व्यवशायका रूपमा लिइन्छ ?
- थाङ्का कलाको उत्कृष्ट रुप हो ,पुष्टी गर्नुहोस् ।
२. शिक्षण सामग्री :
-पाठ्यपुस्तक
-बोध प्रश्नहरूको सूची
-प्रक्षेपक/प्रदर्शन (फलाटिन) पाटी।
३. सिकाइ सहजीकरण प्रक्रिया :
- केही विद्यार्थीहरूलाई कक्षामा गृहकार्य प्रस्तुत गर्न लगाउने
-अध्यापनको मुख्य पाठ्यवस्तुबारे कक्षामा जानकारी गराउने।
- निश्चित समय तोकेर शिक्षकले तयार गरेर ल्याएका प्रश्नहरू हेर्न र पढ्न लगाउने
- निश्चित समय तोकेर शिक्षकले थान्का निबन्धको पहिलो,दोस्रो र तेस्रो अनुच्छेदलाई मौन पठन गर्न लगाउने
- विद्यार्थीले मौनपठन गरिरहेको समयमा आवश्यक अवलोकन गर्दै सहजीकरण गर्ने
- विद्यार्थीहरूलाई ससाना समूहमा विभाजन गर्ने
- विद्यार्थीले निर्दिष्ट कार्य गर्दा शिक्षकले सहजकर्ताको भूमिका निर्वाह गर्ने
- विद्यार्थीले उत्तर लेख्दै गर्दा सहजकर्ताको भूमिका निर्वाह गर्ने
-समूह कार्य सकिएपछि निश्चित समूहलाई प्रस्तुतीकरण गर्न लगाउने र क्रमसः सम्भव भएजति समूहलाई पालैपालो प्रस्तुतीकरण गर्न लगाउने
- निश्चित केही विद्यार्थीलाई व्यक्तिगतरूपमा आलोपालो उत्तर भन्न र लेख्न लगाउने
- अन्य समूहका कार्यलाई आवश्यक परीक्षण गरी पृष्ठपोषण दिने
-शिक्षकद्वारा तयार पारिएका बोधप्रश्नहरूको सूची मध्येबाट विद्यार्थीलाई पालैपालो प्रश्न सोध्ने
-प्रश्नोत्तरका क्रममा शिक्षकले विद्यार्थीहरूलाई आवश्यक सहजीकरण गर्ने
- आवश्यक मूल्याङ्कन/प्रतिविम्बनसहित गृहकार्य दिएर कक्षा समापन गर्ने।
४. मूल्याङ्कन
थाङ्का निबन्धको पहिलो,दोस्रो र तेस्रो अनुच्छेद पढेर निम्न प्रश्नहरूको मौखिक र लिखित उत्तर दिनुहोस्।
- थाङ्का भन्नाले के बुझिन्छ ?
- थाङ्कामा विषेशत कुन धर्मका देवी देवताका चित्र बनाइन्छन् ?
- थाङ्का बौद्ध दर्शन सिकाउने महत्वपूर्ण सामग्री हो कसरी ?
- थाङ्कालाई कुन कारणले गर्दा महत्वपूर्ण व्यवशायका रूपमा लिइन्छ ?
- थाङ्का कलाको उत्कृष्ट रुप हो ,पुष्टी गर्नुहोस् ।
५. गृहकार्य
(क) थाङ्का निबन्धको अभ्यास खण्डमा रहेका बोध प्रश्नहरू समाधान गरेर ल्याउनुहोस्।
विषय शिक्षक………… प्रधानाध्यापक…………
facebook :


- Reviews (0)
Nothing Found...Leave a review