- Home
- Show Content
दैनिक पाठ योजना १०
दैनिक पाठ योजना १०
दैनिक पाठ योजना नमुना १०
|
विषय : नेपाली पाठ शीर्षक: थाङ्का (निबन्ध ) पाठ्यांश :कार्यमूलक व्याकरण पाठ्यवस्तु : क्रियापद शिक्षण विद्यालयको नाम : ................... शिक्षकको नाम : ................... |
कक्षा: १० मिति: ............ घण्टी : चौथो समय : ४५ मिनेट विद्यार्थी संख्या : ४५
|
१. व्यावहारिक उद्देश्य: यस पाठको शिक्षणपछि विदयार्थीहरू निम्नलिखित कार्य गर्न सक्षम हुने छन् :
(क) उदाहरणका आधारमा क्रियापदको परिचय दिन
(ख) प्रयोगका आधारमा क्रियापदको प्रकार बताउन
(ग) वाक्यमा क्रियापदको उपयुक्त प्रयोग गर्न
२. शैक्षिक सामग्री:
-क्रियापद भएका शब्दपत्ती, वाक्यपत्ती
-गोजी तालिका/ फलाटिन पाटी
३.शिक्षणसिकाइ क्रियाकलाप :
(क) शिक्षकले विभिन्न वाक्यहरू फलाटिन पाटी वा सेतोपाटीमा प्रस्तुत गर्दै वाक्यमा क्रियापदको कामका सम्बन्धमा विद्यार्थीहरूलाई स्पष्ट गरिदिने। त्यस क्रममा विद्यार्थीहरूलाई पनि त्यस्ता विभिन्न उदाहरण दिन लगाउने।
(ख) वाक्यमा क्रियापद हुँदा र नहुँदा हुने फरक स्पष्ट पार्न क्रियापद भएका र नभएका वाक्यहरूको उदाहरण दिई दुवैको भिन्नता अवलोकन गर्न लगाउने।
(ग) क्रियापद र अन्य शब्दहरू छ्यासमिस गरी क्रियापद चिन्न लगाउने ।
(घ) उपर्युक्त क्रियाकलापका आधारमा विद्यार्थीहरूलाई क्रियापदको परिचय दिने।
(ङ) सेतोपाटीमा वा फलाटिन पाटीमा कर्म भएका वाक्य र कर्म नभएका वाक्यहरूका विभिन्न उदाहरण प्रस्तुत गर्दै दुवैमा भिन्नता पहिल्याउन लगाउने । विद्यार्थीहरूलाई त्यस्तै अन्य विभिन्न उदाहरण दिन लगाउने र तिनका बारेमा छलफल र सोधपुछ गराउने।
(च) सकर्मक र अकर्मक क्रियापदका विभिन्न शब्दहरू दिई वाक्यमा प्रयोग गर्न लगाउनुहोस् । जस्तैः
(क) लेख्नु - म किताब लेख्छु।
पढ्नु -
गाउनु -
खानु -
(ख) सुत्नु - म चाँडै सुत्छु/म सुत्छु।
हॉस्नु-
जानु-
आउनु-
(छ) माथिका उदाहरण, छलफल र प्रयोगका आधारमा विद्यार्थीहरूलाई सकर्मक र अकर्मक क्रियाको परिचय खोज्न र भन्न लगाउने । आवश्यक ठाउँमा आफूले मदत गरिदिने।
(ज) सकर्मक र अकर्मक क्रिया छ्यासमिस गरी विद्यार्थीहरूलाई छान्न लगाउने ।
(झ) विद्यार्थीहरूलाई पाठबाट सकर्मक र अकर्मक क्रिया खोजी वाक्यमा प्रयोग गर्न लगाउने।
४.मूल्याङ्कन
(क) क्रियापदका उदाहरण दिन लगाउने।
(ख) अभ्यासमा दिइएका वाक्यमा क्रियापद चिन्न लगाउने।
(ग) क्रियापदको परिचय दिनुहोस् र यसका प्रकारहरू भन्नुहोस् ।
(घ) क्रियापद र अन्य शब्द छ्यासमिस गरेर दिएर छुट्याउन लगाउने।
५.गृहकार्य
(क) पाठबाट क्रियापद खोजी सकर्मक र अकर्मक क्रिया छुट्याई तालिका बनाएर ल्याउनुहोस् ।
विषय शिक्षक……………………प्रधानाध्यापक………………
facebook :


great
Leave a review