Social seven Note 2

Social seven Note 2

तयार पार्ने : वीरेन्द्र पोख्रेल 

विद्यालय : श्रीपुर मावि भरतपुर महानगरपालिका ,चितवन

 

 

कक्षा ७ सामाजिक अध्ययन ( Unit one _lesson 3 पठन सामाग्री )

 

एकाइ १ _पाठ : ३ सामाजिकीकरण ( पढ र लेख )

 

क. सामाजिकीकरण भनेको के हो ?

  • समाजमा रहेका मूल्य मान्यता, चालचलन, नीति नियम बुभ्mने बुझाउने, सिक्ने सिकाउने प्रव्रिmया हो ।

 

  • व्यक्तिले अनुकरण, सल्लाह सुझाव र भाषाका माध्यमबाट समूहको मूल्य मान्यता, व्यवहार, जीवन शैली, परम्परा, विचार तथा सामाजिक व्यवहार सिक्ने प्रव्रिmया हो ।

 

 

ख. सामाजिकीकरण भएको व्यक्ति कस्तो हुन्छ ?

  • सामाजिकीकरण भएको व्यक्तिले विभिन्न सामाजिक ज्ञान, सिप, शील, स्वभाव सिकेर समाजमा घुलमिल भएर बस्दछ ।

 

  • सामाज अनुरुपको नीति नियम तथा अनुशासन सिकेर असल नागरिक बन्न सक्छ ।

 

  • समाजमा एक आपसमा सहयोग दिन र लिन सिकेको हुन्छ ।

 

 

ग. सामाजिकीकरणका विशेषताहरूको सूची बनाउ ।

सामाजिकीकरणका विशेषताहरु :

  • सामाजिकीकरण व्यक्तिलाई असल र व्यावहारिक बनाउने जीवनभर चल्ने प्रव्रिmया हो ।

 

  • प्रव्रिmया र स्थानअनुसार सामाजिकीकरण फरक फरक तरिकाको हुन्छ ।

 

  • सामाजिकीकरण सांस्कृतिक हस्तान्तरण तथा सांस्कृतिक आत्मसात् गर्ने प्रव्रिmया हो ।

 

  • सामाजिकीकरण सामाजिक सदस्य बनाउने र आत्मविश्वास बढाउने प्रव्रिmया हो ।

 

 

घ. तल दिइएका शब्दका अर्थ मिल्ने गरी खाली ठाउँमा भर :

(कृयाकलाप, आत्मसात्, सामाजिकीकरण, अनौपचारिक, आत्म विकास, औपचारिक, हस्तान्तरण)

(क) .............. – समाजमा घुलमिल हुन सक्ने, समाजमा भिज्न सक्ने कार्य

 

(ख) .............. – एउटा पुस्ताबाट अर्को पुस्तामा सार्नु

 

(ग) .............. – स्वीकार गर्ने वा अरूको विचारलाई स्वीकार गर्ने कार्य

 

(घ) .............. – आफ्नो आन्तरिक विकास



  • Reviews (1)
  • kpsharma
  • 4 Years, 1 Month ago

it is most helpful for me

Leave a review

To leave a review, please login to your account. Login