11 अनिवार्य नेपाली प्रश्नपत्र

11 अनिवार्य नेपाली प्रश्नपत्र

अनिवार्य नेपाली प्रश्नपत्र २०७८

 

कक्षा : ११                                                            

पूर्णाङ्कः ७५                                                 

विषयः अनिवार्य नेपाली  (००१)                                   

समयः ३ घण्टा

 

 

परीक्षार्थीले सकेसम्म आफ्नै शब्दमा मौलिक उत्तर दिनु  पर्नेछ । किनारामा दिइएका अङ्कले पूर्णाङ्कलाई जनाउँछ ।

सबै प्रश्नहरूको उत्तर दिनुहोस् :

 

 

१. दिइएको वाक्यको रेखाङ्कित वर्णहरूको उच्चारण स्थान र घोषत्व छुट्याई लेख्नुहोस् : ३ 

 

बाल्यकालमा दसैँ मनाउन मामाघर एको स्मृतिमा अटाएको मन ङ्खफुक्का आज ।

 

२. दिइएको वाक्यलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस् :  ३

 खोलो अचेल फेरी गाउ तिर सोझीएको रहेछ यो खोलाले पनी गाउँ लाई धुरुक्कै रुवायो ।

 

 

३. दिइएको अनुच्छेदमा रेखाङ्कित पदहरूको पदवर्ग छुट्याउनुहोस्: २

 

आज मेरो साथीले मसँग ज्यादै राम्रो कुरा गर्यो । उसका कुरा सुनेर म पनि खुसी भएँ

 

 

४. दिइएका प्रश्नहरूको उत्तर दिनुहोस् : २+२=४

क) दिइएको अनुच्छेदबाट दुई दुई ओटा तत्सम र आगन्तुक शब्द टिपोट गर्नुहोस् :

यात्रीको एकान्तजन्य सङ्कोचको मध्यम स्वर थियो । मसिनो चामल एक माना दुई पैसाको  तरकारी र दुई आनाको घिउ, बस यति मात्रै भए पुग्छ ।

 

 

ख) दिइएका शब्दहरूलाई शब्दाकोशीय क्रममा मिलाएर सार्नुहोस् : 

व्यवहार, अंश, त्रास, ज्ञान,

 

 

५. तलको अनुच्छेदबाट तीनओटा पारिभाषिक शब्द टिपी वाक्यमा प्रयोग गर्नुहोस्: ३

 हिजोभन्दा आज हरेक सङ्क्रामक रोगको उपचार खोपद्वारा सम्भव हुँदै गएको छ । देशमा कुपोषणबाट मृत्यु हुने बालबालिकाहरूको तथ्याङ्क सार्वजनिक गरिएको अभिलेखबाट थाहा पाउन सकिन्छ।

अथवा

 

दिइएको अनुच्छेदबाट एउटा अनुकरणात्मक शब्द,एउटा उखान, एउटा टुक्का पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :

दाजु कोरिया गएपछि उहाँलाई सुरुमा त्यहाँको भाषा त कालो अक्षर भैंसी बराबर जस्तै लाग्यो । पहिले त उहाँलाई राम्रो काम पाएकाले के खोज्छस् कानो आँखो भनेझैँ भएको थियो ।आफूले चाहेको समयमा नेपाल फर्कन नपाउँदा उहाँको मन भतभती पोल्यो र सुक्कसुक्क गर्दै रोएर बस्नुभयो ।अर्को वर्ष नेपाल फर्केर चिटिक्क परेको घरको श्रीगणेश गर्ने योजना बनाएर ती दिन कुर्दै बस्नुभयो ।

 

 

६.कुनै दुई प्रश्नहरूको उत्तर दिनुहोस् : २+२=४

क) तलको अनुच्छेदबाट दुई दुईओटा उपसर्ग र प्रत्यय लागेका शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस् :

 

 प्रमुख राजनीतिक दलहरूले गैर जिम्मेवार बनेर मुलुकलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन । दलीय कर्तव्य र राष्ट्रिय जिम्मेवारीलाई बुझेर सकेसम्म चाँडै नै निकास दिने काममा केन्द्रित हुनु आवश्यक छ।

 

) अनुच्छेदबाट दुई दुई समस्त शब्द र द्वित्व शब्द टिपोट गरी निर्माण प्रक्रिया समेत देखाउनुहोस् : 

 

 देश हितमा लागेका पीताम्बर र नीलकण्ठ आआफ्ना कर्तव्य पूरा  गर्दै गाउँबस्तीको उन्नतिमा मनवचनकर्मले लागेका छन् । एकअर्कामा सरसहयोग र मरमदत गर्ने अनि सुखदुःखमा साथ दिन उनीहरूको आनीबानीको छरछिमेकमा मुक्त कण्ठले प्रशंसा हुने गरेको छ ।

 

 

ग)अनुच्छेदबाट चारवटा सन्धियुक्त शब्द पहिचान गरी सन्धि विच्छेद गर्नुहोस् :

नेपाली युवाहरू आफ्नो पढाइ सकेर प्रगती खोज्न वर्षेनी विदेश जान्छन् । शैक्षिक बेरोजगारी बढेको छ ।शिक्षित नेपालीहरू पनि नैतिक र चरित्रवान् बन्न सकेका छैनन् ।स्वदेशप्रति राष्ट्रिय सद्भाव राख्नु नागरिकको कर्तव्य हो ।

 

 

७. तलका प्रश्नहरूको उत्तर दिनुहोस् । २+२=४

क) दिइएका वाक्यहरूको लिङ्ग परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :

 

बहिनी कविता सुनाएर फर्किइन् । बहिनी बाटामा साथीसँग कुरा गर्न थाली । भान्जाले बाटामै बहिनीलाई भेटे । आमाले पनि बहिनीलाई बाटामै भेट्नुभयो ।

 

ख) दिइएको अनुच्छेदका वाक्यहरूलाई एकवचन भए बहुवचन र बहुवचन भए एकवचनमा   परिवर्तन गर्नुहोस् :

हामीले धेरैबेर कुरा गर्यौँ । साथीले आफ्नो प्रगतिको कुरा सुनायो । तिमी पनि एक छिनमा आइपुग्यौ । उसले तिमीलाई चिनेन ।

 

८. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४

 

क. दिइएका वाक्यहरूलाई प्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस् :

के गर्दै छ्यौ भनी आमाले छोरीलाई सोध्नु भयो । छोरीले वक्तृताका लागि सामग्री सङ्कलन गरिरहेको बताइन् ।आमाले वक्तृताको विषयमा चासो राख्छु भन्नु भयो । छोरीले आमासँग नेपालको सिंचाइ स्थितिका बारेमा प्रश्न गरिन् ।

 

ख. दिइएका वाक्यहरू करण भए अकरण र अकरण भए करणमा परिवर्तन गरि पुनर्लेखन गर्नुहोस् :

उनीहरू प्रदर्शनीमा गए । तिमीहरू पनि गएनछौ नि । उनीहरूले धेरै स्थलहरूको भ्रमण गरेछन् । हामी त त्यतिकै बसिरह्यौं ।

 

 

९. दुवै प्रश्नहरूको उत्तर दिनुहोस् : ४+४=८

 

क) अनुच्छेद पढी सोधिएका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :

 संस्कृतिभित्र कुनै जातजातिका लवाइखवाइ, भेषभुषा, भाषा, दर्शन, मान्यता र विश्वास लुकेका हुन्छन् । जातीय विविधताभित्र सांस्कृतिक विविधता हुन्छ । संस्कृतिको विशेषता जातीय पृथकता पनि हो । बहुजातीय मुलुकमा बहुसांस्कृतिक सम्पन्नता पाइन्छ अनि यसको समन्वय गर्ने मुलुक सौन्दर्यमा श्रेष्ठ ठहर्छ । जहाँ सुन्दर फूल फुल्छन्, त्यहाँ भमराहरू लठ्ठिएर झुल्छन् । हाम्रो सांस्कृतिक उन्नयन सुमनकुन्ज बन्न सके अभ्यागत मौरी र भमरा बनी झुम्मिन्छन् । हामी पराग र मधुरस बटुल्न सक्छौँ । मौरीको लगनशीलता सापटी लिएर मह जम्मा गर्न सक्छौँ । महको रस सुक्दैन । संस्कृति मधुरस हो, सभ्यता घार हो । हामी सुन्दर विश्वबागमा हृदयाकर्षक घार बनाउन सक्छौँ, हृदय केन्द्रमा सांस्कृतिक मधुरस जम्मा  गर्न सक्छौँ ।

 प्रश्नहरूः

क) संस्कृतिभित्र के के कुराहरू लुकेका हुन्छन् ?

 

ख) कस्तो मुलुकलाई श्रेष्ठ मानिन्छ ?

 

ग) बहुजातीय मुलुकका विशेषता के कस्ता हुन्छन् ? 

 

घ) अभ्यागत झुम्मिए हामी के गर्न सक्छौँ ?

 

 

ख) तलको अनुच्छेद पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् : 

 

विश्व श्रम बजारमा घरेलु श्रम एउटा प्रमुख क्षेत्र बनेको छ । विकसित मुलुकहरूमा घरेलु श्रमलाई उच्च महत्व दिइएको पाइन्छ । यद्यपि यो त्यति सम्मानित पेसाका रुपमा स्थापित हुन सकेको छैन । घरेलु श्रमिकको उपस्थितिले महिलाहरूलाई घर बाहिरको पेसा र क्षेत्रमा सहभागी तथा क्रियाशील हुने कुरामा विश्वभर नै योगदान गरेको छ । नेपालको सन्दर्भमा पनि महिलालाई घर बाहिरको उत्पादन, सेवामूलक पेसा र अन्य क्षेत्रको काममा सहभागी गराउन घरेलु श्रमिकको विशेष भूमिका रहेको छ । यति भएर पनि स्वयम् घरेलु श्रमिकका रूपमा काम गर्ने महिला वा पुरुषले सम्मानपूर्वक बाँच्न पाएका छैनन् । हाम्रो समाज, राष्ट्र  तथा परिवार त्यस्ता श्रमिकलाई इज्जत दिन हिच्किचाउँछन् ।घरेलु श्रमिकका समस्या अनेकौँ छन् ।

 प्रश्नहरू 

 

(क) अनुच्छेदको पहिलो बाक्य वाक्य......... हो।

अ.सरल    आ.संयुक्त    इ.मिश्र   ई.कुनै पनि होइन

 

(ख) क्रियाशील शब्दको अर्थ कुन हो ?

अ.मिहेनत   आ.जागरुक     इ.सक्रिय    ई.निष्क्रिय

 

(ग) घरेलु श्रमिकका समस्या अनेकौं छन् । यस वाक्यमा रहेको घरेलु कस्तो शब्द हो ?

अ.उपसर्ग व्युत्पन्न   आ.प्रत्यय व्युत्पन्न    इ.समस्त शब्द     ई.द्वित्व शब्द

 

(घ) कसले सम्मानपूर्वक बाँच्न पाएका छैनन् ?

अ.महिला    आ.कामदार    इ.घरेलु श्रमिक    ई.श्रमिक

 

१०. दिइएको अनुच्छेद पढी मुख्य मुख्य चारओटा बुँदा टिपी एक तृतीयांशमा सारांश लेख्नुहोस्ः२+२=८

प्रत्येक समाजका आआफ्नै मूल्यमान्यताहरू र व्यवहारहरू रहेका हुन्छन् । विभिन्न व्यवहारमध्ये मानव जीवनलाई नकारात्मक असर पार्ने व्यवहारलाई विकृति भन्न सकिन्छ । समाजमा विद्यमान अनेक विकृतिहरूमध्ये एउटा गम्भीर विकृति लागु पदार्थको दुर्व्यसन हो । यस्तो दुर्व्यसनले नेपाली युवा युवतीहरूको जीवन बर्बाद पारिरहेको छ । मुलुकले सक्षम जनशक्ति गुमाई रहेको छ भने अनेक परिवारलाई कष्ट दिईरहेको छ । विभिन्न परिवारका सदस्यहरू लागु पदार्थको कुलतमा फसेर जीवन र मृत्युको दोसाँधमा पुगेका छन् । मन्दिर, पार्क, बगैचा, रेष्टुराँ आदि सार्वजनिक स्थलमा युवा युवतीहरू नसामा झुमि रहेका हुन्छन् । यसो हुनुमा परिवारले आफ्ना सन्तानको क्रियाकलाप तथा बानी बेहोरामाथि निगरानी गर्न नसक्नु हो भने अर्कातर्फ प्रयोगकर्ता आफ्नो जीवनप्रति सचेत हुन नसक्नु हो । लागु पदार्थको कुलतबाट मुक्त गराउन सकिएन भने त्यसले व्यक्ति, परिवार तथा समाजलाई नै नष्ट गर्न सक्छ । तसर्थ सबैले सामूहिक प्रयत्नबाट दुर्व्यसनलाई बहिष्कार गर्ने अवस्था निर्माण गर्नु पर्छ ।

 

११. तलको कुनै एक प्रश्नको उत्तर दिनुहोस् :४

 क) आफूसँगै एसइइ उत्तीर्ण गरी वैदेशिक रोजगारीमा मलेसिया गएका साथीलाई वर्तमान  महामारीबाट जोगिने उपाय बताउँदै एउटा चिठी लेख्नुहोस् ।

 

ख) आफ्नो विद्यालयले आयोजना गरेको वार्षिक कार्यक्रमको लागि अतिथिलाई गरिने निमन्त्रणा पत्रको नमूना तयार गर्नुहोस् ।

 

१२. तलको कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :४

 क) आर्थिक उन्नतिमा कृषि कार्यको भूमिका शीर्षकमा १५० शब्द सम्मको वक्तृता तयार गर्नुहोस् ।

 ख) तपाईंले देखेको कुनै एउटा घटना वा कार्यक्रमलाई समेटी १५० शब्दसम्मको एउटा प्रतिवेदन तयार गर्नुहोस् ।

 

 

१३. महिला उत्थानका निम्ति योगमायाले गरेको त्याग सही थियो कि थिएन तपाईंको धारणा प्रस्तुत गर्नुहोस् । ४

 

१४. कुनै दुई प्रश्नको उत्तर लेख्नुहोस् : 

 

क) दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्ः 

 

त्यही कुराको खुसी छ, हिम्मत त किन हारिन्थ्यो र ! अरे, एक साल भएन त अर्को साल कहाँ जाला ! जब उतर गए रण पे तो पिछे हटना क्यों ? तर एउटा कुराको दुःख छ भाइ ! यस्तो बेलामा, किसुन भाइ ! तिमी पनि गाउँमा हुँदा हौ त हामीलाई धेरै आडभरोसा मिल्थ्यो, बल मिल्थ्यो, आखिर हामी त मूर्ख र गवार न हौँ । तिमी लेखपढ गरेको मान्छे । तिमी भन्या गाउँको अभिमान हौ, हाम्रो इज्जत हौ तर तिमी पनि परदेशी भइदिँदा गाउँ मालिकहरूको एकलौटी रजाइँमा  पर्छ.....।" 

 

प्रश्नहरूः 

 

अ) पढेलेखेका मान्छेले गाउँ छोड्यो भने कस्तो असर पर्छ ? 

आ) कस्ता व्यक्तिलाई गाउँलेले सम्मान गर्छन् ?

 

 

ख) दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् : 

डिगर्चामा डोब तिम्रो चिसो हिउँभित्र होला

वेत्रावती किनारभरि पौरखको चिनो होला ।

वीर पुर्खा ! तिमीलाई मितेरीले मात्रै बाँध्यो

सागर तरी संसारभरि वीर गोर्खा रगत बग्यो ।

 

प्रश्नहरू:

अ) पुर्खाको पौरखको चिनो कहाँसम्म पुग्यो होला ?

 आ) यस कवितांशमा पुर्खाहरूका बारेमा के भनिएको छ ?

 

ग दिइएको निबन्धांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

 संस्कृति हाम्रो परिचय हो, हाम्रो पहिचान हो र हाम्रो अनुभूति हो । संस्कृति हाम्रो बोल्ने, विचार गर्ने र बाँच्ने तरिका पनि हो । हाम्रो संस्कृति बाँच्नु पर्छ, त्यसैले हाम्रा सांस्कृतिक मूल्यहरू बाँच्नु पर्छ । दसैँ हाम्रो संस्कृति हो, तिहार हाम्रो संस्कृति हो । तिज, बुद्ध पूर्णिमा, उधौली, उभौली, ल्होसार, क्रिसमस, इद सबै हाम्रा संस्कृति हुन् । सभ्यताको यस यात्रामा म बारम्बार सोध्छु र यस्ता सुन्दर अवसरलाई हामीले सदुपयोग गर्नै पर्छ । संस्कृतिका नाममा लिङ्ग, वर्ग, जातिका आधारमा हुने भेद विकृति हुन् । ती कुरा हट्नु पर्छ र संविधानले यसको सुनिश्चितता पनि गरेको छ।

प्रश्नहरूः

अ) संविधानले सुनिश्चित गरेका सांस्कृतिक विषयहरू के के हुन् ?

आ) संस्कृति भनेको के हो ?

 

१५. कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् :

 क) गाउँको माया कथामा कस्तो समाजको चित्रण गरिएको छ ?

ख) नेपालको पर्यापर्यटनको विकासमा स्थानीय समुदाय तथा सरकारको के कस्ता भूमिका रहनु पर्छ ? समीक्षा गर्नुहोस् ।

 

 

१६. कुनै एक शीर्षकमा २५० शब्दसम्मको निबन्ध लेख्नुहोस् :

 क) प्रविधिको महत्व

 

(ख) जलस्रोतको संरक्षण

 

(ग) पुस्तकालयको उपयोग 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login