11 अनिवार्य नेपाली प्रश्नपत्र दुई

11 अनिवार्य नेपाली प्रश्नपत्र दुई

अनिवार्य नेपाली प्रश्नपत्र २०७८ नमुना दुई 

 

कक्षा : ११                                                            

पूर्णाङ्कः ७५                                                 

विषयः अनिवार्य नेपाली  (००१)                                   

समयः ३ घण्टा

 

१. तल दिइएका अनुच्छेदबाट रेखाङ्कित वर्णहरूको उच्चारण प्रयत्न र प्राणत्व छुट्याई लेख्नुहोस् : ३

  सरी परिछनले आफ्नो पाखुरी जारेकै भमा मालिकलाई खुसी बनाएको छ ।

 

 

२. शुद्ध गरी पुनर्लेखन गर्नुहोस् : 

हिजो दिनभरी जिपमा कुँजियर बस्दा र जिपले हुइक्याउँदा थाकेर लखतरानभई हिजो दश बजे सुतेको हामी बिहान चारै बजे उठ्न बाध्य भयौँ ।

 

३. तलको अनुच्छेदमा रेखाङ्कन गरिएका पदहरूको पदवर्ग पहिचान गरी लेख्नुहोस्: २ 

 

मिहिनेती किसानले मिहिनेत नगरे हामी के खाएर बाचौंला है ? 

 

 

४. दिइएका प्रश्नहरूको उत्तर दिनुहोस् : (२+२=४)

 

क.दिइएको अनुच्छेदबाट दुई दुईओटा तत्सम र तत्भव शब्द पहिचान गरी लेख्नुहोस्ः

 

 विशेष गरेर उसले पसलबाट दुध घिउ किनेर फर्कदा एक जना मनुष्य बाटोमा आफ्नो दुःख व्यक्त गरिरहेको हुन्थ्यो।

 

 

ख)दिइएका शब्दहरूलाई शब्दकोशीय क्रममा मिलाई लेख्नुहोस् : 

व्यवहार, मृत्यु, ज्ञान, त्रास

 

५. तल दिइएको अनुच्छेदबाट तीनओटा पारिभाषिक शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् : ३

वर्तमान तथ्याङ्कले प्रतिवर्ष लगभग एघार लाख विदेशी पर्यटक नेपाल भित्रने हुँदा हाम्रो पारिस्थितिक प्रणाली भित्र हामी अतिथिहरूको स्वागत गर्दछौँ । तिनको उपस्थितिले भने वातावरणमा कुनै किसिमको प्रतिकूल प्रभाव पर्न र पार्न दिनुहुँदैन ।

 

              अथवा 

 

दिइएको अनुच्छेदबाट एउटा अनुकरणात्मक शब्द, एउटा उखान र टुक्का पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :

जति जोगी आएपनि कानै चिरेको भनेझै अस्थिर राजनीति र अनेक जाल रच्न सिपालु नेताहरूको एक अर्काको मुख ताक्ने बानीले गर्दा नेपाल जलस्रोतको धनी राष्ट्र भएपनि विश्वलाई चकित पार्ने छिमेकीलाई टुलुटुलु हेरेर गाँस बासकै समस्यामा पिरोलिन बाध्य हुँदा जनताहरूलाई बेला बेलामा झनक्क सँग रिस उठ्नु स्वभाविक नै हो।

 

६.कुनै दुई प्रश्नहरूको उत्तर दिनुहोस् : (२+२=४)

(क)अनुच्छेदबाट दुईवटा उपसर्ग र दुईओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् :

 

यस संसारमा थरी थरीका मानिस छन् । कतै शिक्षित, बुद्धिमान् र असल मानिस भेटिन्छन् भने कतै बेइमान , फटाहा , नालायक र बिकामे मानिस पनि भेटिन्छन्। 

 

 

(ख)तलको अनुच्छेदबाट दुईवटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस् र दुईवटा द्वित्व शब्द पहिचान गरी दोहोरिएको अंश छुट्याउनुहोस् :

घरायसी विवादलाई लिएर झैझगडा त हुने गरेको पाइन्छ । चौबाटोमै आ-आफ्ना घरका समस्यालाई लिएर मानमर्यादा बिर्सी इज्जतसिज्जत फ्याक्ने दाजुभाइहरू गोबर गणेश नै हुन् । 

 

(ग) तलका अनुच्छेदबाट चारवटा सन्धियुक्त शब्द पहिचान गरी सन्धि विच्छेद गर्नुहोस् :

 नरेशले अत्याचार सहन सकेन । लोकतन्त्रले जनताको अनुहार हँसिलो पार्ला भन्ने  कुरा पनि गफै रहेछ । नेपालीले आफ्नो मनोरथ पुरा गर्न पाएका छैनन् ।

 

७. तल दिइएका प्रश्नहरूको उत्तर दिनुहोस् : ४

 

क) तल दिइएका अनुच्छेदलाई पुलिङ्ग भए स्त्रीलिङ्ग र स्त्रीलिङ्ग भए पुलिङ्गमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :

ठुलीआमा चौतारीमा शीतल तापि रहनु भएको थियो । ठुलाबा पनि त्यहीँ आइपुग्नु भएछ । बहिनी पनि चौतारीमा आएर बसी । भाइ पनि आयो।

 

 

 

ख)तल दिइएका अनुच्छेदलाई एकवचन भए बहुवचन र बहुवचन भए एकवचनमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :

काला चराहरू आकाशमा उडे । सिकारीले गुलेली ताक्यो । कमिलाले सिकारीको खुट्टा टोकिदियो। ऊ छटपटायो। 

 

 

८. दुबै प्रश्नको एक एक उत्तर दिनुहोस् : ४

 

(क)तलको गद्यांशबाट दुईओटा उद्धेश्य र विधेय तथा दुईओटा उद्धेश्य विस्तार र विधेय विस्तार पद पहिचान गरी लेख्नुहोस् :

भाइ कविता पढ्छ । उसले पढाइ तथा खेलकुदमा पनि रुचि राख्छ । पोखराबाट आएको मेरो भाइ निकै चलाख छ । धेरै राम्रा राम्रा कविता सुनेर साथीहरूले पनि उसको पशंसा गर्दछन्। 

 

           अथवा

दिइएका अनुच्छेदलाई सङ्गति मिलाई पुनर्लेखन गर्नुहोस् : 

 

बहिनीले तरकारी किन्यो । ऊ तरकारी पकायो । सबैले तरकारी भात खायो। सबै आआफ्नो काममा गयो । 

 

(ख)तल दिइएका अनुच्छेदलाई करण भए अकरण र अकरण भए करणमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :

अस्ति भाइले राम्ररी पढेन । पढे सफल भइदो रहेछ । मेरा साथीहरू भाग्यमा विश्वास गर्दैनन् । म भने असाध्यै भाग्यमा विश्वास गर्छु । 

 

अथवा

दिइएका वाक्यहरूलाई प्रत्यक्ष भए अप्रत्यक्ष र अप्रत्यक्ष भए प्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस्। 

 

क. मैले उसलाई धन्यवाद दिएँ।

 

ख. सुमनले भन्यो, "म त सिनेमा हेर्छु ।"

 

ग. बुबाले मलाई भाग्यमानी हुने आशीर्वाद दिनुभयो ।

 

घ. उसले भन्यो, "आज पानी पर्ला ।"

 

 

९. दुबै प्रश्नहरूको उत्तर दिनुहोस् :  (४+४=८)

क) तल दिइएको गद्यांश पढी सोधिएका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् : 

 

परिछन पनि पहिले गोठालो थियो , लगभग छसात वर्षकै उमेरदेखि । चौधपन्धको किशोर वय नहुदै बनी कमाउन थाल्यो र पछि हली बस्यो, सायद ज्यालादारीमा । छोरालाई पनि त्यही काम सिकाउँछ र पछि छोराले पनि आफ्नो छोरालाई पनि त्यही काम सिकाउला। यसरी एवम् रितले यो परम्परा अनन्त परिछनहरूका बलिया पाखुरीहरूबाट क्रमश : हस्तान्तरण हुदै रह्यो । हुन त सायद म पनि त्यही नै हुन्थे होला तर कता, कहाँनिर गल्ती वा सहि भयो र मैले काला अक्षरहरूसित मितेरी गाँसे, टोलका मानिसहरूले मेरा आमाबालाई हुटहुटी लगाइदिए , “चलाख छ, कुरो चाँडै टिप्छ । विद्यालय पठाइदिनुस, भविष्य राम्रो हुन्छ ।” म विद्यालय जान थालें काठको पाटी बोकेर । यहीदेखि परिछन र म बिचको अन्तराल बढ्न थाल्यो । हामी, म परिछनदेखि र परिछन म देखि , तर्की तर्की हिड्न थाल्यो । धेरैपछि जब म केही बुझ्न थालें अनि मैले पहिलोपटक अनुभव गरें-परिछनहरूसँग अन्तराल कदापि बढ्न दिइनुहुन्न र जो हुँदै छ त्यो गल्ती गरिदै छ । यसपछि परिछनलगायत ती बालदौतरीहरूसँग फेरि सम्बन्ध कायम गर्न मैले निकै श्रम गर्नुपर्यो । विद्यालय बिदा परेको बेला कहिले ओरहा खाने, कहिले गिर खेल्ने , कहिले कपर्दी खेल्ने वा त्यस्तै केही निहुँ पारेर म उनीहरूसँग मिसिन्थें । 

 

प्रश्नहरू: 

 

क)"म" पात्रलाई पढाउनुपर्छ भनी उत्साह भर्ने को थिए ?

 

 ख)परिछनको नियति कसरी पुस्तान्तरण भएको हो ?

 

ग)"म" पात्रले परिछन लगायतका बालदौंतरीसँग सम्बन्ध सुधार्न के के गर्यो  होला? 

 

 

घ) यस अनुच्छेदको मूल आशय के हो ?

 

ख) तल दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् : 

प्राकृतिक प्रकोप भन्नाले बाढी, पहिरो , वर्षा , खडेरी, हिमपात , हुरीबतास जस्ता कुराहरू पर्दछन् । प्राकृतिक प्रकोप मानिसहरूको बसमा हुदैन । तर मानिसले चाहेमा यसको न्यूनीकरण गर्न सक्दछ , धनजनको क्षतिबाट जोगिन सक्दछ । प्राकृतिक प्रकोपको ख्याल नगर्ने हो भने यसले धनजनको विनाश गरी  मानव जीवनलाई तहसनहस बनाउँदछ।

 

नेपालको सन्दर्भमा प्राकृतिक प्रकोपमा सबैभन्दा बढि जनमानसलाई दुःख दिने बाढीपहिरो एक हो । वर्षा लागेपछि बाढीपहिरोका कारण धेरै जनधनको क्षति भएको समाचार हामी सुन्दछौं । यस्ता बाढीपहिरोलाई न्यूनीकरण गर्न बाढी आउने ठाउँमा वृक्षारोपण गर्नुपर्दछ । खोलाका किनारामा तटबन्ध बाँध्नुपर्दछ । वनजङ्गलको संरक्षण गर्नुपर्दछ । खोला किनाराबाट अत्यधिक बालुवा, गिटी निकाल्नु हुदैन । पहिरो जाने ठाउँमा पानीको निकास छोडनु हुँदैन । पहिरो जाने क्षेत्रमा बर्षाको समयमा खेतीपाती पनि गर्नुहुँदैन । खेतीपातीले गर्दा माटो कमलो भई पहिरो जाने झन बढी सम्भावना रहन्छ । अत्याधिक जनसङ्ख्या वृद्धि, वातावरणीय सन्तुलनको अभावमा अत्याधिक वर्षा तथा खडेरी पर्न सक्छ । यस विषयमा हमी मानवले सजग र सचेत भएर सोच्न जरुरी छ । यस्तै वातावरणीय सन्तुलनको अभावमा हिमपात हुने र हुरीबतास आउने गर्दछ । यस्ता प्राकृतिक प्रकोपबाट बच्न , आउने सम्भावित खतराबाट बच्न सुरक्षित वसाइको व्यवस्था गर्नु जरुरी छ । यदि बसाइ सुरक्षित भएन भने मानवको जीवन र धनको क्षति हुन सक्दछ ।

 

प्रश्नहरू:

क)मानिसले चाहेमा प्राकृतिक प्रकोपलाई के गर्न सकिन्छ ?

(अ) वशमा राख्न

(आ) न्यूनीकरण गर्न

(इ) बेवास्ता गर्न

(ई) लेखाजोखा गर्न

 

 ख)तटबन्ध भनेको के हो ?

(अ) खोला छेक्ने काम

(आ) खोला किनारामा वृक्षारोपण गर्ने काम

(इ) खोलालाई अर्कातिर फर्काउने काम

(ई) खोला किनारामा पर्खाल लगाउने काम

 

ग) खोला किनाराबाट मानिसहरूले के निकाल्नु हुदैन ?

 (अ) बोटबिरुवा 

(आ) पैनी अथवा नहर

(इ) पानीको निकास

(ई) बालुवा तथा गिट्टी

 

घ)माथिको अनुच्छेदमा व्यक्त 'हुरीबतास' शब्द कस्तो शब्द हो ?

(अ) समस्त शब्द

(आ) द्वित्व शब्द 

(इ) उपसर्ग व्युत्पन्न 

(ई) प्रत्यय व्युत्पन्न 

 

 

१०) तल दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिपी एक तृतीयांसमा सारांश गर्नुहोस् : (२+२=४) 

 

मेरो गाउँ सहरी सभ्यताभन्दा टाढा छ । छलछाम , छक्कापन्जा , जालझेल , धुँवाधुलो , होहल्ला , कोलाहल , विरोध , हड्तालभन्दा अलग छ । प्राकृतिक सौन्दर्यको अनुपम उदाहरण मेरो गाउँमा पाउन सकिन्छ । कञ्चनजङ्घा हिमाललाई शिरमा बोकी पहाडी टारलाई टेकेर रहेको मेरो गाउँ फरक छ, शान्त छ अनि सौम्य प्रकृतिको छ । छेउमा बग्ने जबरे खोलाले मेरो गाउँलाई र गाउँले जिन्दगीलाई नै सङ्गीतमय बनाइरहन्छ । हिँउ पग्लेर बग्दै दर्शनढुङ्गसँग लडीबडी गर्दै आएको पानीलाई धारामा समेटेर गाउँको बिचमा ल्याइ पुऱ्याइएको पानीले तनको प्यास मात्र मेट्दैन , मनको सारा प्यासहरु निशेष गरिदिन्छ । लाग्छ त्यो धाराको पानी अन्जुलीमा वा गाभाको पातमा थापेर पिउँदा पानी होइन , अमृत पिइरहेको छु । त्यसैले मलाई मेरो गाउँ स्वर्गको एउटा टुक्राझैँ लाग्छ।

 

 

११. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४

क) सरस्वती माध्यमिक विद्यालयको आधारभूत तहका निम्ति विज्ञान विषय शिक्षक आवश्यकता सम्बन्धी विज्ञापनको नमुना तयार पार्नुहोस् ।

 

 

ख)आफन्तजनलाई शुभ-विवाहको अवसरमा पठाइने निमन्त्रणा पत्रको नमूना  तयार पार्नुहोस्। 

 

 

१२. कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

 क) आफ्नो विद्यालयले आयोजना गरेको शैक्षिक भ्रमण कार्यक्रमका सबै कुरा समेटी १५० शब्दसम्मको प्रतिवेदन लेख्नुहोस् ।

 

ख.'पर्यटन र रोजगारी' विषयमा १५० शब्दसम्मको बक्तृता तयार पर्नुहोस् ।

 

१३. युवावर्गलाई दुर्व्यसनबाट कसरी मुक्त गर्न सकिएला ? १२५ शब्दसम्ममा आफ्नो प्रतिक्रिया लेख्नुहोस्। ४

 

 

१४ कुनै दुई प्रश्नहरूको उत्तर लेख्नुहोस् : (४+४=८)

 

क) दिइएको कवितांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :

नाका थुनी नेपालीलाई कसले छेक्न सकेथ्यो र

हिमालको हिमनदी कसले रोक्न सकेथ्यो र

वीर पुर्खा ! तिम्रै रगत नेपालीका नसा भरि

उही गीत उही गौरव चन्द्रसूर्य ध्वजाभरि

 

 प्रश्नहरू:

(अ) नेपालीको वीरता कसरी गुन्जिएको छ ?

(आ) चन्द्रसूर्य ध्वजामा कस्तो गौरव अङ्कित छ ? 

 

 

ख) दिइएको रिपोर्ताजको अंश पढ़ी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :

“उहाँले योग र ध्यानका सबै विधि सिकाउनुभयो र गर्न पनि लगाउनुभयो । आयुर्वेदिक औषधी पनि दिनुभयो ।" सुन्दरले भने । “मनोचिकित्सकलाई पनि सोधियो, त्यो पनि एउटा राम्रो पद्धति हो , आराम पनि हुन्छ भन्ने सल्लाह दिनुभयो । नभन्दै बिस्तारै मन शान्त हुन थाल्यो । मैले योगको विषय पनि बोध गर्दै गएँ । यसमा यम, नियम, आसन, प्रणायाम, प्रत्याहार, धारणा, ध्यान हुदै समाधिसम्मको यात्रा गरिन्छ भन्ने पनि बुझे । यस बोधले त मेरा मनका विकार हट्दै गए र जीवनमा बाँच्ने इच्छाशक्ति जागृत भयो।" सुन्दरले भने । “अनि त म झन् योग र ध्यान सिक्न थालें र प्रशिक्षक बनें । डाक्टर झा मेरा डाक्टर मात्र नभएर गुरु पनि हुनुहुन्थ्यो।"

 प्रश्नहरू:

(अ) सुन्दर छन्त्यालमा कसरी बाँच्ने इच्छाशक्ति जागृत भयो ?

(आ) योग साधनाले मानव स्वास्थ्यमा पार्ने प्रभावहरू के के हुन ? 

 

 

 

ग) दिइएको निबन्धको अंश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :

विहङ्गम दृष्टिले विचार गर्दा सम्पूर्ण पृथ्वी एउटा घर हो , गृह हो । यहाँ जल, स्थल , वायु , आकाश र तेज (प्रकाश) यी पाँच तत्व -पञ्चतत्वका बिच जलचर, स्थलचर , नभचर र सबै चराचर आफ्नो जीवन बिताउँदछन् । पृथ्वीलाई छोडेर अन्य ग्रहमा जीवनको अस्तित्व भेटिएको छैन । त्यसैले हामी सबैले यही बाँच्नुपर्छ , यही मर्नुपर्छ । यो सिवाय अरु जाने ठाउँ छैन । पृथ्वीको पारिस्थितिक प्रणालीलाई विथोलिदियौं भने हाम्रो अस्तित्व सङ्कटमा पर्छ । हालका दिनमा जलवायु परिवर्तनका विषयमा विशेष गरेर वायुमण्डल प्रदुषणका कारण पृथ्वीको सतह अप्रत्यासित ढङ्गले तात्ने क्रमलाई लिएर विशेष चिन्ता र चासो हाम्रो सामु तेर्सिएको छ। 

 

प्रश्नहरू: 

 

(अ) पृथ्वी नै सबैको साझा घर हो , कसरी ?

(आ) वायुमण्डल प्रदुषणका कारण पृथ्वीको सतह अप्रत्यासित ढङ्गले तात्ने क्रमलाई लिएर किन चिन्ता र चासो बढेको छ? 

 

१५. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ८

क) सत्यनिष्ठा र समानतामूलक समाजको स्थापनामा योगमायाले दिएको योगदानको चर्चा गर्नुहोस् ।

 

ख) नेपालमा बिद्यमान संकृतिका सबल र दुर्बल पक्षको चर्चा गर्नुहोस् । 

 

 

१६. दिइएका मध्ये कुनै एक शीर्षकमा २५० शब्दसम्ममा नघटाई निबन्ध लेख्नुहोस्ः ८

(अ) शान्ति र विकास 

 

(आ) नेपालमा पर्यटन 

 

(इ) देश विकासमा महिलाको भूमिका

 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login