11 अनिवार्य नेपाली प्रश्नपत्र चार

11 अनिवार्य नेपाली प्रश्नपत्र चार

अनिवार्य नेपाली प्रश्नपत्र चार  २०७८

 

कक्षा : ११                                                            

पूर्णाङ्कः ७५                                                 

विषयः अनिवार्य नेपाली  (००१)                                   

समयः ३ घण्टा

 

 

परीक्षार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्ने छ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँदछ ।

 

 

१.दिइएको अनुच्छेदका रेखाङ्कित वर्णहरूको उच्चारण प्रयत्न र घोषत्व छुट्याई लेख्नुहोस् (३)

पानी पिउँदै गर्दा लगभग उदा र आर्द्र उसको स्वर मेरो कामा गुन्ज्यो उसले जसरी यो बर मलाई सुनायो

 

२.शुद्ध गरी पुनर्लेखन गर्नुहोस् (३)

शुदूर क्षीतिजबाट आएको ध्वनी झैं सानी को मुखबाट निस्क्यो-अँ सानी मै हुँ

 

३.अनुच्छेदमा रेखाङ्कित गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् (२)

तिमी भोलि नपुगे पनि पर्सिसम्म पुगौला  

 

 

४.दिइएका प्रश्नको उत्तर दिनुहोस् (२+२= ४ )

(क) दिइएको अनुच्छेदबाट दुई दुईवटा तत्सम र आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस्

रात अँध्यारो थियो म लालटिन बोकेर खेततिर लागे उताबाट जर्नेल साहेब पनि आइपुग्नुभयो उहाँको हातमा रेडियो थियो

 

(ख) दिइएका शब्दहरूलाई शब्दकोशीय क्रममा मिलाई लेख्नुहोस्

अलैंची,अँगार,अदुवा,अंश

 

५.दिइएको अनुच्छेदबाट तीनओटा पारिभाषिक शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् (३)

कुनै पनि अब्बल विद्यार्थीको विशिष्ट तरिकाले मूल्याङ्कन गर्न  निश्चित कार्यविधि बनाइ स्वच्छ वातावरणमा परिक्षा लिने व्यवस्था गर्नुपर्छ

अथवा

दिइएको अनुच्छेदबाट एउटा अनुकरणात्मक शब्द,एउटा उखान र एउटा टुक्का पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस्

भाइ मलेसिया गएपछि उसलाई त्यहाँको भाषा त कालो अक्षर भैसी बराबर जस्तै लाग्यो । पहिले त उसलाई सस्तो शुल्कमा राम्रो काम पाएकामा के खोज्छस् कानो आँखो भनेझैँ भएको थियो ।दशैंमा घर जान नपाउँदा  झलझली  आफ्न्ना साथीहरूलाई सम्झयो र थचक्क भुईमा बस्यो । अर्को वर्ष घर जाने आशामा आफ्नो खुसीलाई तिलाञ्जली दिंदै सरासर आफ्नो काम गर्न कम्मर कसेर लाग्यो ।

 

 

६.कुनै दुई प्रश्नको उत्तर दिनुहोस् ।                (२×२=४)

(क) अनुच्छेदबाट दुईओटा उपसर्ग र दुईओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस्

आधुनिक युगमा अधिकांश गाउँलेहरू सहरीया भएका छन् तर आफ्नो कर्तव्य बिर्सन थालेका छन्अचेल सहरमा प्रशस्त औद्योगिक क्षेत्रको विकास मात्र होइन,दानवीय प्रवृत्ति पनि देखा परेको छ

 

(ख) अनुच्छेदबाट दुईओटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस् र दुईओटा द्वित्व शब्द पहिचान गरी दोहोरिएको अंश छुट्याउनुहोस्

चारकोसे झाडिमा लामपुच्छ्रे मात्र होइन चौपाया पनि प्रशस्त छन्हिजोआज हृष्टपुष्ट कामचोर पनि भेटिन्छन् तसर्थ छिटोछिटो भातसात खाएर अरूसँग झैझगडा नगरी मरमसला बोकेर आफ्नै पेटपूजामा लाग्नुपर्छ

 

(ग) अनुच्छेदबाट चारओटा सन्धियुक्त शब्द पहिचान गरी सन्धि विच्छेद गर्नुहोस्

नेपाली युवाहरू आफ्नो पढाइ सकेर प्रगती खोज्न वर्षेनी विदेश जान्छन्शैक्षिक बेरोजगारी बढेको छशिक्षित नेपालीहरू पनि नैतिक र चरित्रवान् बन्न सकेका छैनन्स्वदेशप्रति राष्ट्रिय सद्भाव राख्नु नागरिकको कर्तव्य हो

 

 

७.कुनै दुई प्रश्नको उत्तर दिनुहोस्।                 (४)

(क) दिइएको अनुच्छेदलाई पुलिङ्ग भए स्त्रीलिङ्ग र स्त्रीलिङ्ग भए पुलिङ्गमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस्

ऊ पोखराबाट भरतपुर गएछउसले बाटामा थुप्रै मान्छेहरू देखिछउसले आफूसँग बसेको एकजना पुरुषलाई साथी बनाइछपुरुषले लैङ्गिक अधिकारका विषयमा कुरा गरेछ

 

(ख) दिइएको अनुच्छेदलाई एकवचन भए बहुवचन र बहुवचन भए एकवचनमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस्

काला चराहरू आकासमा उडेसिकारीले गुलेली ताक्योकमिलाले सिकारीको खुट्टामा टोकिदियो चराहरू भागे

 

८.कुनै एक प्रश्नको उत्तर दिनुहोस् ।               (४)

(क) तल दिइएको गद्यांशबाट दुईओटा उद्देश्य र विधेय तथा दुईओटा उद्देश्य विस्तार पद र विधेय विस्तार पद पहिचान गरी  लेख्नुहोस्

कान्छी छोरी आजै आईभाइ हाँस्योसानी छोरी ज्यादै रोईयो देखेर छोरी फर्केर गई

अथवा

 

दिइएको अनुच्छेदलाई सङ्गति मिलाई पुनर्लेखन गर्नुहोस्

आज बिहान उहाँहरू बजार गएको थियोबजारमा सानो केटो पनि हुनुहुन्थ्योत्यो केटो सहरको एउटा विद्यालयमा पढ्दी रहेछउहाँले बजार जानुको कारण बतायो

 

 

(ख) दिइएको वाक्यलाई करण भए अकरण र अकरण भए करणमा परिवर्तन गरी अनुच्छेद पुनर्लेखन गर्नुहोस्

मेरा साथीहरू काममा गएनन्उनीहरूले तोकेको काम सधैँ गरेकाम नगर्नु राम्रो होइनजसले काम गर्दैन ,उसले दुई छाक राम्ररी खान पाउँदैन

 

अथवा

दिइएका  वाक्यलाई प्रत्यक्ष भए अप्रत्यक्ष र अप्रत्यक्ष भए प्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस्

(अ) श्यामले पढ्न जाने कुरो गर्यो

 

(आ) हरिले भन्यो,"म खाना खान्नँ "

 

(इ) तीमी कहाँ जान्छौँ भनी साथीले सोध्यो

 

(ई) दाजुले भन्नुभयो ,"आज पानी पर्ला "

 

 

९.दुवै प्रश्नको उत्तर दिनुहोस् ।              (४+४=८)

(क) दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरूको छोटो उत्तर लेख्नुहोस्

भाषा यादृच्छिक वाक्प्रतीकहरूको त्यस्तो व्यवस्था हो, जसका सहायताले समाजका व्यक्तिहरू आफ्नो विचार विनिमय गर्दछन्।भाषालाई स्पष्ट रूपमा चिन्न यसका प्रकृति र विशेषताहरूको उल्लेख गर्नु अझ सान्दर्भिक ठहरिन्छ।भाषा पूर्णतः पैतृक सम्पत्ति नभई मानिसको आर्जित सम्पत्ति हो।भाषा सामाजिक वस्तु हो र यो एकप्रकारको परम्परा पनि हो।कुनै पनि व्यक्ति भाषाको आर्जन गर्न सक्दछ तर पूर्णरूपले उत्पादन गर्न सक्दैन।वास्तवमा भाषा अनुकरणद्वारा आर्जन गर्ने गरिन्छ।भाषा परिवर्तनशील हुने भएकाले यसको कुनै अन्तिम स्वरूप हुँदैन।भाषाको भौगोलिक र ऐतिहासिक सीमा हुन्छ।प्रत्येक भाषाको आफ्नै प्रकारको संरचना हुन्छ।स्वाभाविक रूपमा हरेक भाषा जटिलताबाट सरलतातर्फ यात्राशील रहन्छ। त्यस्तै हरेक भाषा आफ्नो विकासको क्रममा स्थलबाट सूक्ष्मतिर र अपरिपक्वको स्थितिबाट परिपक्वको स्थितितिर यात्रारत रहन्छ।सबै भाषाको आफ्नो मानक रूप हुन्छ।यादृच्छिकता, सिर्जनात्मकता, द्वैधता, सान्दर्भिकता, मौखिकता, श्रावणिकता भाषाका विशेषता हुन्।

(क) भाषाका विशेषताहरू के के हुन् ?

 

(ख) भाषा भनेको के हो ?

 

(ग) भाषाको अन्तिम स्वरूप नहुनुको कारण के हो ?

 

(घ) भाषालाई स्पष्ट रूपमा कसरी  चिन्न सकिन्छ ?

 

 

(ख) दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको छोटो उत्तर लेख्नुहोस्

योगमाया छुवाछुतरहित, शोषणरहित र भ्रष्टाचाररहित नेपाली समाजको खोजीमा लागिन् र शासकहरूका विरुद्ध विद्रोह गरिन्।उनले योगसाधना, ध्यान, तपस्या, प्रवचन र सामाजिक व्यवहारका माध्यमबाट सती प्रथा, दास प्रथा, छुवाछुत जस्ता कुरीतिबाट मुक्त न्यायपूर्ण समाज निर्माण गर्ने प्रयास गरिन्।तत्कालीन सामन्ती समाजका अगुवाहरूले यसलाई सुनेनन्।समाजमा सचेत विद्रोहको रूपमा रहे पनि पुराना विचारका मान्छेहरूका लागि उनका विचार रुचिकर थिएनन्।सबैतिरबाट आफ्नो विचारलाई नस्विकारिएपछि सामूहिक जलसमाधिका माध्यमबाट विद्रोहको नेतृत्व लिने योगमाया भौतिक रूपमा जलसमाधिकै मितिदेखि हामीसामु रहिनन्।सत्यनिष्ठा र समतामूलक समाजको सपनाका लागि अनौठो क्रान्ति गर्ने योगमायाको देन मानव सभ्यताको स्मृतिमा अमीट रहेको छ।उनको स्मृतिमा ‘सर्वार्थ योगवाणी' नामक कृतिसमेत प्रकाशन भएको छ।अमेरिकी प्राध्यापक बारबरा निम्री अजिज र बेलायती विद्वान् माइकल हटका अनुसन्धानात्मक कृतिहरूमार्फत उनको अदम्य साहसको चर्चा नेपाली भूगोल नाघेर अमेरिका र युरोपसम्म फैलिएको छ।उनका जीवनीमा आधारित 'योगमाया' शीर्षकको उपन्यास पनि प्रकाशित छ।यसरी औपचारिक शिक्षा आर्जन गर्ने अवसर नपाए पनि योगसाधना, तपस्या, ध्यान, चिन्तन र प्रवचनका माध्यमबाट सामाजिक सचेतना विकास गर्ने योगमायाको जीवन आदर्श र सभ्य समाजको निर्माणका लागि अविस्मरणीय रहेको छ।

(क) जलसमाधि शब्दको अर्थ के हो ?

अ. पानीमा डुब्नु          

आ.पानीमा डुबाइनु  

इ.पानीमा गरिने प्राणत्याग   

ई. पानीमा डुबेर गरिने प्राणत्याग

 

(ख) योगमायाले कस्तो समाज निर्माण गर्ने प्रयास गरिन् ?

अ. छुवाछुतरहित                 

आ. भ्रष्टाचाररहित 

इ. कुरीतिबाट मुक्त न्यायपूर्ण        

ई. छुवाछुतरहित र भ्रष्टाचाररहित 

 

(ग) योगमायाले किन जलसमाधि गर्ने निर्णय गरिन् ?

अ. सबैतिरबाट आफ्नो विचारलाई नस्विकारिएपछि   

आ. सचेत विद्रोह गर्न

इ. शिक्षा आर्जन गर्ने अवसर नपाएर      

ई. समाजमा अनौठो क्रान्ति गर्न

 

(घ) समाजमा सचेत विद्रोहको रूपमा रहे पनि पुराना विचारका मान्छेहरूका लागि उनका विचार रुचिकर थिएनन् ।भन्ने वाक्यमा विचार कस्तो शब्द हो ?

अ.उपसर्ग व्युत्पन्न    

ख.प्रत्यय व्युत्पन्न    

ग. समस्त शब्द     

घ.द्वित्व शब्द

 

 

१०. दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिपी एक  तृतीयांशमा सारांश लेख्नुहोस् (२+२=४)

संस्कृतिभित्र कुनै जातजातिका लवाइखवाइ, वेशभूषा, भाषा, दर्शन, मान्यता र विश्वास लुकेका हुन्छन् । जातीय विविधताभित्र सांस्कृतिक विविधता हुन्छ।संस्कृतिको विशेषता जातीय पृथक्ता पनि हो । बहुजातीय मुलुकमा बहुसांस्कृतिक सम्पन्नता पाइन्छ अनि यसको समन्वय गर्ने मुलुक सौन्दर्यमा श्रेष्ठ ठहर्छ । जहाँ सुन्दर फूल फुल्छन्, त्यहाँ भमराहरू लट्ठिएर झुल्छन् । हाम्रो सांस्कृतिक उन्नयन सुमनकुञ्ज बन्न सके अभ्यागत मौरी र भमरा बनी झुम्मिन्छन्।हामी पराग र मधुरस बटुल्न सक्छौँ । मौरीको लगनशीलता सापटी लिएर मह जम्मा गर्न सक्छौँ।महको रस सुक्दैन।संस्कृति मधुरस हो, सभ्यता घार हो । हामी सुन्दर विश्वबागमा हृदयाकर्षक घार बनाउन सक्छौ, हृदय केन्द्रमा सांस्कृतिक मधुरस जम्मा गर्न सक्छौँ ।

 

 

११. कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् (४)

क. गाउँको विकासका लागि पर्यावरणमैत्री सडक आवश्यक छ भन्ने कुरा खुलाउँदै आफ्नो    पोखरामा बस्ने साथीलाई चिठी लेख्नुहोस् ।

 

ख.तपाईंको प्रियजनको जन्मदिनको अवसरमा दिइने शुभकामना पत्रको नमुना तयार पार्नुहोस् ।

 

 

१२. कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् ।                       (४)

क. सरस्वती पूजाको अवसरमा आफ्नो विद्यालयमा आयोजित विविध कार्यक्रमलाई समेटी १५० शब्दसम्मको प्रतिवेदन लेख्नुहोस् ।

 

ख."समतामूलक समाज निर्माणमा विद्यार्थीको भूमिका'' विषयमा १५० शब्दसम्मको वक्तृता तयार पार्नुहोस् ।

 

 

१३.सामाजिक सञ्जालले मानव जीवनलाई कसरी सहज बनाएको छ ? १२५ शब्दसम्ममा आफ्नो प्रतिक्रिया लेख्नुहोस् ।                         (४)

 

 

१४. कुनै दुई प्रश्नको उत्तर लेख्नुहोस् ।                       (४+४=८)

क. दिइएको कवितांश पढेर सोधिएका प्रश्नहरूको उत्तर लेख्नुहोस् :

 डिगर्चामा डोब तिम्रो चिसो हिउँभित्र होला

वेत्रावती किनारभरि पौरखको चिनो होला

वीर पुर्खा ! तिमीलाई मितेरीले मात्रै बाँध्यो

सागर तरी संसारभरि वीर गोर्खा रगत बग्यो ।

प्रश्नहरू:

(अ) माथिको कवितांशमा हाम्रा पुर्खाहरूका बारेमा के भनिएको छ ?

 

(आ) हामीले हाम्रा पुर्खाको गौरव कसरी जोगाउन सक्छौँ ?

 

 

ख. दिइएको जीवनीको अंश पढी सोधिएका प्रश्नहरूको उत्तर लेख्नुहोस् :

सन्न्यासी जीवन सुरु गरेसँगै योगमायामा सामाजिक चेतना सलबलायो।उनी धार्मिक, सामाजिक, प्रशासनिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा विद्यमान सबै खाले विकृतिहरूका बारेमा खुलेर विरोध गर्न थालिन्।उनी छुवाछुतलाई मानव सभ्यताको सबैभन्दा ठुलो कलक ठान्थिन्।त्यसैले कुनै पनि सामाजिक कार्यमा मानिसहरूलाई छुत र अछुत तथा माथिल्लो जात र तल्लो जातमा छुट्याउनु घोर अपराध मान्थिन् ।सनातनी परम्पराको नाममा जातका आधारमा फरक फरक कानुन प्रचलनमा रहेको त्यस समयको समाजमा छवाहत र जातपात नमान्न घोर आपत्तिको विषय हन्थ्यो।त्यस्ता व्यक्तिहरू विभिन्न दण्डका भागी हुन्थे।त्यस्तो कठोर राणाकालीन समयमा पनि उनले छुवाछुत तथा वर्णाश्रमको खुलेर विरोध गरिन्।पूजा, आराधना, भजन, कीर्तन, प्रसाद वितरण र ग्रहणमा तिनीहरूलाई सहभागी गराएर उनले आफ्नो धारणालाई व्यवहारमा पनि उतारिन्।

प्रश्नहरू :

(अ) योगमायाको धर्मसम्बन्धी मान्यता कस्तो रहेको थियो ?

 (आ) योगमायाले गरेका सुधारका प्रयासहरूको वर्णन गर्नुहोस् ।

 

ग. दिइएका कथांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

त्यो तृष्णा, त्यो अनन्तकालीन प्रतीक्षा, त्यो दिनहुँको अभ्यस्त निराशाको धक्का त्यसको सासमा मिसिइसकेको थियो।त्यही त्यसको जीवन थियो, त्यही त्यसको जीवनक्रम।त्यसैलाई समातेर त्यो आफ्नो जीवन गृहस्थीको गृहिणी थिई, आफ्नी सासूकी बुहारी र पोइकी जोई।तर कदाचित् कुनै हठात् अभिशापले त्यही छिन्नभिन्न गरिदिएको अवस्थामा पनि त्यो सानी चाहिने गृहिणी, बुहारी र लोग्नेकी स्वास्नी भइरहन सक्ली ? कुन हृदयबाट यस्तो आशा गर्ने ?

प्रश्नहरू :

(अ) सानीको प्रतीक्षाले उसको कस्तो मनस्थितिलाई देखाएको छ ?

 

(आ) सानीको जीवनमा के कस्ता उतारचढावहरू देखिन्छन् ?

 

 

१५. कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् ।             (८)

क.'गाउँको माया' कथामा कस्तो समाजको चित्रण गरिएको छ ?समीक्षात्मक उत्तर लेख्नुहोस् ।

 

ख.नेपालमा विद्यमान संकृतिका सबल र दुर्बल पक्षको चर्चा गर्नुहोस् ।

 

 

१६. तलको कुनै एक शीर्षकमा कम्तीमा २५० शब्दसम्मको निबन्ध लेख्नुहोस्  । ()

(क) जीवनमा खेलकुदको महत्त्व

 

(ख) मेरो देश : मेरो गौरव

 

(ग)  पर्यटन र विकास



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login