- Home
- Show Content
सामाजिक नमुना प्रश्न तीन
सामाजिक नमुना प्रश्न तीन
सामाजिक नमुना प्रश्न तीन २०७८
विषय : सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा (Soc.005)
कक्षाः ११
पूर्णाङ्कः ७५
समयः ३ घण्टा
सबै प्रश्नहरुको उत्तर दिनुहोस् ।
समूह क
तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस्। ११x१ = ११
१.डिजिटल साक्षरताको सिप भनेको के हो ?
२.कम्प्युटरको हार्डवेयरमा जोडिएका दुईवटा महत्त्वपूर्ण उपकरणको नाम लेख्नुहोस् ।
३.निर्णयमा अनिर्णीत हुने कुनै दुई अवस्थाहरू उल्लेख गर्नुहोस् ।
४.द्वन्द्व रूपान्तरणको अर्थलाई एक वाक्यमा लेख्नुहोस् ।
५.कुन कुन दुई युगको बिचलाई कृषि युग भनेर चिनिन्छ ?
६.धार्मिक सहिष्णुताको परिचयलाई एक वाक्यमा प्रस्तुत गर्नुहोस् ।
७.संविधान सभाको कुनै एक मुख्य उपलब्धी उल्लेख गर्नुहोस् ।
८.कस्ता घरहरू भएको ठाउँलाई सघन बस्ती भनिन्छ ।
९.उद्यमशीलताको कुनै एक महत्त्व उल्लेख गर्नुहोस् ।
१०.सरकारी वित्त भनेको के हो ?एक वाक्यमा लेख्नुहोस् ।
११.योगका प्रवर्तक कसलाई मानिन्छ ?
समूह ख
तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस् । ८ x ५ = ४०
१२.जीवनोपयोगी सीपका कुनै पाँचवटा महत्त्व उल्लेख गर्नुहोस् ।
अथवा
कम्प्युटरको महत्त्व र यसको उपयोगिताबारे चर्चा गर्नुहोस् ।
१३. ढुंगे युगलाई "गुजारा प्रणाली" नामले चिनिन्छ । किन ? कारण दिएर लेख्नुहोस् ।
१४.विश्व मानचित्रमा नेपालको अवस्था उल्लेख गर्नुहोस् ।
१५.मध्यकालीन एसियामा आर्थिक संकुचनको स्थिती आउनुका कारणहरूबारे चर्चा गर्नुहोस् ।
१६.उपजात र आर्थिक विस्तार विषयमा छोटो टिप्पणी लेख्नुहोस् ।
१७.नेपाल एक धार्मिक स्वतन्त्रता भएको धर्म निरपेक्ष राष्ट्र हो । यस भनाइलाई पुष्टी गर्नुहोस् ।
१८.राष्ट्रिय सुरक्षाका चुनौतीहरू कम गर्ने विषयमा आवस्यक सुझाव दिंदै गृह मन्त्रालयलाई लेख्ने पत्रको नमुना तयार गर्नुहोस् ।
१९.नेपाली अर्थतन्त्रको प्रमुख आधार भनेकै कृषि क्षेत्र हो ।यो भनाइलाई पुष्टी गर्ने आधारहरू प्रस्तुत गर्नुहोस् ।
अथवा
मानसिक स्वास्थ्य भनेको के हो ? मानसिक स्वस्थता प्राप्त गर्ने उपायहरू लेख्नुहोस् ।
समुह ग
तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस् ।३ x ८ = २४
२०.इमेलको परिचय दिई यसको महत्त्व पनि उल्लेख गर्नुहोस् ।
२१.मानिस र वातावरणविचको सम्बन्धलाई सविस्तार वर्णन गर्नुहोस् ।
अथवा
औद्योगिक क्रान्तिको पृष्ठभुमि उल्लेख गर्दै यसका प्रमुख कारणहरू लेख्नुहोस् ।
२२.नेपालमा पोषणको स्थिति कमजोर हुनुका कारण र सुधारका उपायहरूको चर्चा गर्नुहोस् ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review