सामाजिक नमुना प्रश्न चार

सामाजिक नमुना प्रश्न चार

सामाजिक नमुना प्रश्न चार २०७८

 

विषय : सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा (Soc.005)

कक्षाः ११                   

पूर्णाङ्कः ७५            

समयः ३ घण्टा

 

   सबै प्रश्नहरुको उत्तर दिनुहोस् ।

 

समूह क

तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस्।           ११x१ = ११

 

१.साइबर नैतिकता भनेको के हो ?

 

२.तनाव सिर्जना गर्ने कुनै दुई वातावरणीय  तत्वहरू लेख्नुहोस् ।

 

३.अन्तरवैयक्तिक सिप भन्नाले के बुझिन्छ ?

 

४.नेपालमा वि.स.२०२८ मा पहिलोपटक जनगणनामा कम्प्युटर प्रयोग गरिएको थियो ,उक्त कम्प्युटरको नाम के थियो ।

 

५. चार्ल्स डार्विनले मानवका पुर्खा कसलाई मानेका छन् ?

 

६.जात प्रथाको दैवी धारणा कुन धर्मको कुन ग्रन्थसँग सम्बन्धित छ ?

 

७.संविधानको परिभाषालाई एक वाक्यमा उल्लेख गर्नुहोस् ?

 

८.कस्तो बस्तीलाई हाम्लेट भनिन्छ ?

 

९.जनसंख्या विस्फोटको अवस्था भन्नाले के बुझिन्छ ।

 

१०.नेपालको अर्थतन्त्रका कुनै दुई महत्त्वपूर्ण आधारहरू उल्लेख गर्नुहोस् ।

 

११.कस्तो कामलाई उद्यमशीलता भनिन्छ ?

 

समूह ख

तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस् । ८ x ५ = ४०

 

 

१२.डिजिटल साक्षरताको महत्त्वलाई पाँच बुंदामा प्रस्तुत गर्नुहोस् ।

अथवा

सुरक्षित पासवर्डको प्रयोग किन र कसरी गर्नुपर्छ ?चर्चा गर्नुहोस् ।

 

१३.ढुंगे युगकप जीवन पद्धतिका प्रमुख विशेषताहरू लेख्नुहोस् ।

 

१४.भौगोलिक विविधताले अर्थतन्त्रमा पार्ने असरलाई उदाहरण दिएर लेख्नुहोस् ।

 

१५.युरोपेली औपनिवेशिकताको सुरुआत हुनुका कारणलाई सूचीबद्ध गर्नुहोस् ।

 

१६.मधेशीको बदलिँदो पहिचानमाथि टिप्पणी गर्नुहोस् ।

 

१७.वि.स.२०७२ असोज २ गते घोषणा भएको नेपालको संविधानका मूलभूत विशेषताहरू लेख्नुहोस् ।

 

१८.ग्रामीण र सहरी बस्तिबिच फरक देखाउनुहोस् ।

 

१९.परम्परागत स्वास्थ्य सेवा पद्धतिको परिचय दीई कुनै तीन प्रकारको बारेमा संक्षिप्त चर्चा गर्नुहोस् ।

अथवा

सामुदायीक कार्यमा स्काउटको भूमिका महत्त्वपूर्ण मानिन्छ । कारण दिएर लेख्नुहोस् ।

 

 

समुह ग

तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस् ।३ x ८ = २४

 

२०.कम्प्युटरले आर्थिक ,सामाजिक,शैक्षिक क्षेत्रको कामलाई व्यवस्थित गर्न सहयोग पुर्याएको  । कसरी ? उदाहरणसहित लेख्नुहोस् ।

 

२१.विश्व इतिहास लेखन कार्यमा हेरोडोटसको योगदान महत्त्वपूर्ण मानिन्छ । पुष्टि गर्नुहोस् ।

अथवा

लोकतन्त्रको परिचय दिएर यसको संस्थागत विकास गर्ने उपायहरू लेख्नुहोस् ।

 

२२.योग तथा ध्यानको पृष्ठभूमि उल्लेख गर्दै यसबाट हुने फाइदाहरूको चर्चा गर्नुहोस् ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login