- Home
- Show Content
सामाजिक नमुना प्रश्न पाँच
सामाजिक नमुना प्रश्न पाँच
सामाजिक नमुना प्रश्न पाँच २०७८
विषय : सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा (Soc.005)
कक्षाः ११
पूर्णाङ्कः ७५
समयः ३ घण्टा
सबै प्रश्नहरुको उत्तर दिनुहोस् ।
समूह क
तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस्। ११x१ = ११
१.सामाजिक शिक्षा र सामाजिक अध्ययनको कुनै एक साझा विशेसता उल्लेख गर्नुहोस् ।
२.कस्तो कानुनलाई साइबर कानुन भनिन्छ ?
३.संचारका प्रमूख दुई अवरोधहरू उल्लेख गर्नुहोस् ।
४.तपाईंको विचारमा सामाजिक संजालको प्रमुख फाइदा के हो ?
५.औद्योगिक क्रान्तिको समयावधी उल्लेख गर्नुहोस् ।
६.विश्व इतिहास लेखनको औपचारिक सुरुवात कहिले भएको हो ?
७.नेपालको संविधानमा कति भाग,धारा र अनुसूचीहरू छन् ?
८.कस्तो जनसंख्यालाई सक्रिय जनसंख्या भनिन्छ ?
९. नेपालको कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान कति प्रतिशत रहेको छ ?
१०.WHO ले स्वास्थ्यलाई कसरी परिभाषित गरेको छ ।
११.बहुमतीय निर्वाचन कस्तो निर्वाचनलाई भनिन्छ ?
समूह ख
तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस् । ८ x ५ = ४०
१२.प्रिन्ट गर्दा अपनाइने चरणहरू उल्लेख गर्नुहोस् ।
अथवा
असल नेतृत्वका लागि अन्तरवैयक्तिक सम्बन्ध व्यवस्थापनको भूमिकाबारे चर्चा गर्नुहोस् ।
१३.पशुपालक समाज र कृषिपरक समाजका पाँचवटा समानता उल्लेख गर्नुहोस् ।
१४.पृथ्वीको तीन सतहको परिचय दिनुहोस् ।
१५. बेलायतमा नै औद्योगिक क्रान्ति प्रारम्भ किन भएको होला ?
१६. जातप्रथाका तीन अवधारणाको संक्षिप्त वर्णन गर्नुहोस् ।
१७. बढ्दो सहरीकरणले ग्रामिण बस्तीको पहिचान मेटिदै गएको वर्तमान सन्दर्भमा ग्रामिण बस्तीको पहिचान कायम राख्ने पाँचवटा उपायहरू लेख्नुहोस् ।
१८.दुर्व्यसन, कुलत तथा लागुपदार्थबाट बच्न अपानाउनु पर्ने सजगताहरू उल्लेख गर्नुहोस् ।
१९.नेपाली अर्थतन्त्रमा विप्रेषणको भूमिका कस्तो छ,चर्चा गर्नुहोस् ।
अथवा
नेपालको व्यापार घाटा न्यूनीकरणका उपायहरू प्रस्तुत गर्नुहोस् ।
समुह ग
तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस् ।३ x ८ = २४
२०.सामाजिक संजालले अन्तरवैयक्तिक सम्बन्ध स्थापित गर्न कसरी सघाउँछ ?
२१.मानव जातिको उद्भव र विकास सम्बन्धी मान्यताहरूको चर्चा गर्नुहोस् ।
अथवा
व्यक्तिले सामाजिक व्यवहारका रूपमा समाजमा प्रदर्शन गर्ने प्रमुख पक्षहरूको चर्चा गर्नुहोस् ।
२२.बस्ती विकास गर्दा पर्यावरणीय सन्तुलनलाई पनि ध्यान दिन आवश्यक हुन्छ । बस्तीको लागि पर्यावरणीय क्षेत्रको आवश्यकता र महत्त्व उल्लेख गर्नुहोस् ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review