- Home
- Show Content
सामाजिक नमुना प्रश्न छ
सामाजिक नमुना प्रश्न छ
सामाजिक नमुना प्रश्न छ २०७८
विषय : सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा (Soc.005)
कक्षाः ११
पूर्णाङ्कः ७५
समयः ३ घण्टा
सबै प्रश्नहरुको उत्तर दिनुहोस् ।
समूह क
तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस्। ११x१ = ११
१.सामाजिक अध्ययनको परिचय दिनुहोस् ।
२.अनलाइन पेमेन्टका दुई प्रमुख फाइदाहरू उल्लेख गर्नुहोस् ।
३. कम्प्युटर भनेको के हो ?
४.कस्तो सीपलाई संचार सिप भनिन्छ ?
५.पृथ्वीको कुल क्षेत्रफल कति छ ?
६.विश्वमा इतिहास लेखनको औपचारिक सुरुआत कहाँ र कहिले भएको हो ?
७.नेपालको संविधान २०७२ मा कतिओटा मौलिक हकहरूको व्यवस्था गरिएको छ ?
८.नेपालका सात प्रदेशहरू मध्य सवैभन्दा बढी र सवैभन्दा कम जनघनत्व भएका प्रदेशहरू कुन कुन हुन् ?
९.विकाश भनेको के हो ?एक वाक्यमा उत्तर लेख्नुहोस् ।
१०.कस्तो आर्थिक क्रियाकलापलाई स्थानीय अनौपचारिक आर्थिक क्रियाकलाप भनिन्छ ?
११.आश्रित जनसंख्या भन्नाले के बुझिन्छ ?
समूह ख
तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस् । ८ x ५ = ४०
१२.सामाजिक अध्ययन र सामाजिक शिक्षाविचको अन्तरसम्बन्ध कुनै पाँच बुँदामा उल्लेख गर्नुहोस् ।
अथवा
जीवनोपयोगी शिक्षाको स्वरूप (Nature) छोटकरीमा लेख्नुहोस् ।
१३. कृषिकालिन अर्थतन्त्रका कुनै पाँचवटा विशेषताहरू उल्लेख गर्नुहोस् ।
१४.समयको गणना कसरी गरिन्छ ?उदाहरणद्वारा प्रष्ट पार्नुहोस् ।
१५.एसियामा आर्थिक संकुचनले पारेका नकारात्मक प्रभावहरू उल्लेख गर्नुहोस् ।
१६.नेपालमा जातीप्रथाले निम्त्याएका सामाजिक विभेदीकरणको चर्चा गर्नुहोस् ।
१७.ग्रामिण बस्ती र सहरी बस्तिविच कस्तो सम्बन्ध रहेको हुन्छ ,चर्चा गर्नुहोस् ।
१८.तपाई आफ्नो फुर्सदको समयलाई कसरी सार्थक बनाउनुहुन्छ ?
१९.तीनखम्बे अर्थनीतिको पाँचवटा विशेषताहरू उल्लेख गर्नुहोस् ।
अथवा
सरकारी वित्तलाई कसरी सामाजिक विकाशमा उपयोग गर्दा प्रभावकारी होला ?
समुह ग
तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस् ।३ x ८ = २४
२०. पछिल्लो समय सामाजिक संजालको दुरुपयोग बढ्दै गएको तथा साइबर अपराध पनि बढ्दै गएको पाइन्छ । यस्तो परिस्थितिमा साइबर अपराध न्यूनीकरणका उपायहरू के के हुन सक्छन् ?चर्चा गर्नुहोस् ।
२१.नेपालको पर्यटन विकासको लागि भौगोलिक विविधता बाधक होइन साधक हो । यस भनाइलाई पुष्टि गर्नुहोस् ।
अथवा
विश्वमा लोकतन्त्रको उदय र विकाशको कालक्रमिक वर्णन गर्नुहोस् ।
२२. नेपाली युवाहरूलाई वैदेशिक रोजगारमा भन्दा स्वदेशमा नै रोजगारीको व्यवस्था मिलाउन सरकारलाई तपाई कस्तो सल्लाह दिनुहुन्छ
facebook :


- Reviews (0)
Nothing Found...Leave a review