- Home
- Show Content
सामाजिक नमुना प्रश्न सात
सामाजिक नमुना प्रश्न सात
सामाजिक नमुना प्रश्न सात २०७८
विषय : सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा (Soc.005)
कक्षाः ११
पूर्णाङ्कः ७५
समयः ३ घण्टा
सबै प्रश्नहरुको उत्तर दिनुहोस् ।
समूह क
तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस्। ११x१ = ११
१.सामाजिक अध्ययनका पिता भनेर कसलाई चिनिन्छ ?
२.निर्णय प्रक्रिया भन्नाले तपाई के बुझ्नुहुन्छ ?लेख्नुहोस् ।
३. सामाजिक शिक्षा आर्जन गर्ने कुनै दुई माध्यमहरू के-के हुन् ?
४.डिजिटल साक्षरताको अर्थलाई एक वाक्यमा उल्लेख गर्नुहोस् ।
५.मानवका स्वरूपमा देखापरेको पहिलो नरबाँनर प्रजातीको नाम के हो ?
६.अब्राहम लिंकनले प्रजातन्त्रलाई कसरी अर्थ्याएका छन् ?
७.बालिग मताधिकार भनेको के हो ?
८.राष्ट्रियता भन्नाले के बुझिन्छ ?
९.जनसंख्याको परिभाषालाई एक वाक्यमा लेख्नुहोस् ।
१०.नेपालको कृषि पेशालाई किन निर्वाहमुखी भनिएको हो ?एक वाक्यमा लेख्नुहोस् ।
११.होमियोप्याथिक उपचार पद्धतिका आविस्कारक को हुन् ?
समूह ख
तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस् । ८ x ५ = ४०
१२.कम्प्युटरको प्रयोग गर्ने तरिकालाई सूचीबद्ध गर्नुहोस् ।
अथवा
इन्टरनेटलाई तपाईले कुन कुन कामको लागि किन उपयोग गर्नुभएको छ । लेख्नुहोस् ।
१३.कृषि युगले स्थायी वासोवास,समाजको व्यवस्था,पारिवारिक वातावरण र व्यवस्थित संस्कृतिको विकास गरायो ,कसरी ?
१४.मानव तथा वातावरणविचको सम्बन्धलाई दिगो बनाउने उपायहरू प्रस्तुत गर्नुहोस् ।
१५.औद्योगिक क्रान्तिको परिणामलाई पाँच बुँदामा उल्लेख गर्नुहोस् ।
१६.नेपाली समाजको बहुसांस्कृतिकता र सामाजिक एकतालाई संरक्षण गर्ने उपाय लेख्नुहोस् ।
१७.सामान्यतया बस्तीहरू कति प्रकारका हुन्छन् ?सूची तयार गरि कुनै दुई प्रकारको व्याख्या गर्नुहोस् ।
१८.नेपालको अर्थतन्त्रका विशेसताहरूलाई सूचीबद्ध गर्नुहोस् ।
१९.देशको आर्थिक विकासमा सहकारी क्षेत्रको योगदानलाई बुँदागतरूपमा लेख्नुहोस् ।
अथवा
आयुर्वेदिक उपचार पद्धति स्थानीय स्रोत साधनमा आधारित हुन्छ ,कसरी ?पुष्टि गर्नुहोस् ।
समुह ग
तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस् ।३ x ८ = २४
२०.सामाजिक संजालका कुन कुन एप्लिकेसनबाट तपाईले के कस्तो फाइदा लिनुभएको छ ।यसलाई आफ्नो पढाइ र अन्तरवैयक्तिक सम्बन्धसँग जोडेर व्याख्या गर्नुहोस् ।
२१.सामाजिक विविधताको महत्त्व र यसलाई सुधार तथा संरक्षण गर्नुपर्ने उपायहरू लेख्नुहोस् ।
अथवा
मानव उद्-विकासका विभिन्न चरणहरूलाई उल्लेख गर्दै संक्षिप्त परिचय दिनुहोस् ।
२२.शारीरिक तथा मानसिक वृद्धि विकासका लागि पोषणयुक्त तथा सन्तुलित खानाको महत्त्वमाथि प्रकाश पार्नुहोस् ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review