- Home
- Show Content
सामाजिक नमुना प्रश्न आठ
सामाजिक नमुना प्रश्न आठ
सामाजिक नमुना प्रश्न आठ २०७८
विषय : सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा (Soc.005)
कक्षाः ११
पूर्णाङ्कः ७५
समयः ३ घण्टा
सबै प्रश्नहरुको उत्तर दिनुहोस् ।
समूह क
तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस्। ११x१ = ११
१.सामाजिक विज्ञान कहिलेदेखि विकसित हुँदै आएको मानिन्छ ?
२.कम्प्युटरसँग जोडिएका कुनै दुई आउटपुट उपकरणको नाम लेख्नुहोस् ।
३.अनलाइन भुक्तानी भन्नाले के बुझिन्छ ?
४.कस्तो परिणाम देखिएमा समाधानको अर्को विकल्प खोज्नुपर्छ ?
५.चार्ल्स डार्विनले मानवका पुर्खा कसलाई मानेका छन् ?
६.विश्वमा सर्वप्रथम लोकतन्त्रको अभ्यास गर्ने देश कुन हो ?
७.भित्री मधेशमा बसोबास गर्ने कुनै दुई आदिवाशीको नाम लेख्नुहोस् ।
८.समावेशीकरण भनेको के हो ?
९.जनसंख्या व्यवस्थापनका दुईओटा अप्रत्यक्ष उपायहरू उल्लेख गर्नुहोस् ।
१०.कति करोडभन्दा माथिको स्थिर पुँजीबाट संचालित उद्योगलाई के भनिन्छ ?
११.योगको शाब्दिक अर्थ लेख्नुहोस् ।
समूह ख
तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस् । ८ x ५ = ४०
१२.जीवनोपयोगी शिक्षाको मुख्य उद्देश्य विद्यार्थीलाई व्यावहारिक ज्ञान दिनु हो ,कसरी ?
अथवा
प्रिन्टरको परिचय दिएर यसको उपयोगिताको चर्चा गर्नुहोस् ।
१३.वातावरणमा परेको दुष्प्रभाव र यसको परिणामले कसरी मानिसलाई हानि गरिरहेको छ ?
१४.औद्योगिक क्रान्तिका पाँचओटा कारण लेखी छोटकरीमा व्याख्या गर्नुहोस् ।
१५.लोकतन्त्रको परिभाषा लेखेर यसको संथागत विकास गर्ने उपायहरू लेख्नुहोस् ।
१६.नेपालको सन्दर्भमा जातप्रथाले उब्जाएका कुनै पाँचओटा समस्याहरू उल्लेख गर्नुहोस् ।
१७.समानुपातिक निर्वाचन प्रणालीका सबल र दुर्बल पक्षहरू उल्लेख गर्नुहोस् ।
१८.नेपालको अर्थतन्त्रका विशेषताहरू उल्लेख गरी कुनै दुईको व्याख्या गर्नुहोस् ।
१९.नेपालको अर्थतन्त्रमा विप्रेषणको प्रभाव र विस्तारबारे छोटो चर्चा गर्नुहोस् ।
अथवा
सूर्य नमस्कारबाट किशोर किशोरीलाई हुने फाइदाहरू लेख्नुहोस् ।
समुह ग
तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस् ।३ x ८ = २४
२०.निर्णयको परिचय दिएर कुनै पनि समस्याको निर्णय गर्दा पार गर्नुपर्ने चरणलाई क्रमबद्धरूपमा लेख्नुहोस् ।
२१.मानव उद् -विकासका विभिन्न चरणहरूलाई उल्लेख गेडी संक्षिप्त परिचय पनि दिनुहोस् ।
अथवा
ढुंगे युग र कृषि युगका प्रमुख विशेषताहरूबिच तुलना गर्नुहोस् ।
२२.योगको परिचय दिई योग सुरू गर्नुपूर्व ध्यान दिनुपर्ने कुराहरू उल्लेख गर्नुहोस् ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review