- Home
- Show Content
11 सामाजिक नमुना प्रश्न नौ
11 सामाजिक नमुना प्रश्न नौ
सामाजिक नमुना प्रश्न नौ २०७८
विषय : सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा (Soc.005)
कक्षाः ११
पूर्णाङ्कः ७५
समयः ३ घण्टा
सबै प्रश्नहरुको उत्तर दिनुहोस् ।
समूह क
तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस्। ११x१ = ११
१.सामाजिक अध्ययनसँग सहभागी हुने कुनै दुई विषय क्षेत्रको नाम लेख्नुहोस् ।
२.ब्राउजर भनेको के हो ?
३.अनलाइन भुक्तानीबाट तपाइले अनुभव गर्नुभएको कुनै एक समस्या लेख्नुहोस् ।
४.साइबर अपराधको परिभाषालाई एक वाक्यमा उल्लेख गर्नुहोस् ।
५.मानिसले पालन थालेको पहिलो घरपालुवा जनावर कुन हो ?
६.पृथ्वीलाई किन निलो ग्रह पनि भनिन्छ ?
७.नेपालको संविधान कहिले घोषणा भयो ?पूरा मिति लेख्नुहोस् ।
८.मतपत्र बदर हुने कुनै २ कारण लेख्नुहोस् ।
९.बस्तीको परिभाषा उल्लेख गर्नुहोस् ।
१०.नेपालमा सहकारीको जन्म कहिले र कुन सहकारीबाट भएको हो ?
११.कस्तो उपचारलाई एलोपेथिक उपचार पद्धति मानिन्छ ।
समूह ख
तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस् । ८ x ५ = ४०
१२.सामाजिक विज्ञान र सामाजिक अध्ययनबिच भिन्नता देखाउनुहोस् ।
अथवा
अनलाइन भुक्तानी गर्दा ध्यान दिनुपर्ने कुराहरू उल्लेख गर्नुहोस् ।
१३.मध्य पाषाण युगको परिचय दिएर यसका प्रमुख आर्थिक तथा सामाजिक विशेषताहरू उल्लेख गर्नुहोस् ।
१४.नेपालको तराई र पहाडी प्रदेशको भौगोलिक विशेषताबिच तुलना गर्नुहोस् ।
१५.औद्योगिक क्रान्तिका कुनै तीन सकारात्मक प्रभाव र कुनै तीन नकारात्मक प्रभावहरू उल्लेख गर्नुहोस्
१६.जनजाति पहिचानका मुख्य विशेषताहरूको सूची तयार पार्नुहोस् ।
१७.जनसंख्या व्यवस्थापनको परिचय दिई जनसंख्या व्यवस्थापनका कुनै चारवटा प्रत्यक्ष उपायहरू उल्लेख गर्नुहोस् ।
१८.सानो उद्योगको परिचय दिई कुनै चारवटा नेपाली उद्योगका समस्याहरू प्रस्तुत गर्नुहोस् ।
१९.नेपालको स्वास्थ्य सेवामा सामुदायिक सहभागिताको महत्त्वमाथि प्रकाश पार्नुहोस् ।
अथवा
आधुनिक उपचार पद्धतिले नेपालको स्वास्थ्य सेवाका क्षेत्रमा कस्तो भूमिका खेलेको छ ।
समुह ग
तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस् ।३ x ८ = २४
२०.डिजिटल साक्षरताको सिप भन्नाले के बुझिन्छ ? डिजिटल साक्षरताको आवस्यकता र महत्त्वलाई बुँदागतरूपमा उल्लेख गर्नुहोस् ।
२१.मानव जातिको उद्-भवबारे डार्बिनको विकासवादी सिद्धान्तका मुख्य मुख्य कुराहरू उल्लेख गर्नुहोस् ।
अथवा
किन कृषि युगको सुरुवात नदी किनारबाट भयो ?कुनै चारवटा कारणहरू उल्लेख गर्दै यस युगका प्रमुख विशेषताहरू पनि लेख्नुहोस् ।
२२.किशोरावस्था र स्वस्थ जीवनशैली एक अर्काका पूरक हुन् ,कसरी ?कारण दिएर स्वस्थ जीवनशैलीका उपायहरू पनि उल्लेख गर्नुहोस् ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review