सामाजिक नमुना प्रश्न दश

सामाजिक नमुना प्रश्न दश

सामाजिक नमुना प्रश्न दस २०७८

 

विषय : सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा (Soc.005)

कक्षाः ११                   

पूर्णाङ्कः ७५            

समयः ३ घण्टा

 

   सबै प्रश्नहरुको उत्तर दिनुहोस् ।

 

 

समूह क

तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस्।           ११x१ = ११

 

१.जीवनोपयोगी शिक्षाको कुनै दुईवटा महत्त्व लेख्नुहोस् ।

 

२.नेपालमा सामाजिक विषयको उत्पत्ती र विकासको थालनी कहिलेबाट भएको पाइन्छ ?

 

३.WWW को पूरा रुप लेख्नुहोस् ।

 

४.व्यक्तिगत समस्या उत्पन्न हुने कुनै दुईवटा कारणहरू लेख्नुहोस् ।

 

५.चार्ल्स डार्विनले मानवजातिको उत्पत्ती समबन्धमा लेखेको पहिलो पुस्तकको नाम लेख्नुहोस् ।

 

६.पृथ्वीको बाहिरी सतहमध्ये कति भाग पानी र कति भाग जमिनले ढाकेको छ ?

 

७.वर्तमान नेपालको संविधान कुन निकायद्वारा निर्माण गरिएको हो ?

 

८.गोप्य मतदान किन आवस्यक पर्छ ? एक वाक्यमा लेख्नुहोस् ।

 

९.जनसंख्या व्यवस्थापनका एकएक ओटा प्रत्यक्ष र अप्रत्यक्ष उपाय लेख्नुहोस् ।

 

१०.आन्तरिक व्यापार भनेको के हो ?

 

११.विना औषधी नै रोगको निदान गर्ने परम्परागत उपचार पद्धतिको नाम लेख्नुहोस् ।

 

 

समूह ख

तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस् । ८ x ५ = ४०

 

१२.इमेल प्रयोग गर्नको लागि कुन कुन प्रक्रिया पूरा गर्नुपर्छ ?

अथवा

अनलाइन पेमेन्टबाट हुने फाइदाहरूको सूची तयार पार्नुहोस् ।

 

१३.दास युगको परिचय दिई यस युगका प्रमुख विशेषताहरू पनि  उल्लेख गर्नुहोस् ।

 

१४.नेपालको हिमाली क्षेत्रको भौगोलिक र आर्थिक विशेषताहरूको चर्चा गर्नुहोस् ।

 

१५.आद्योगिक क्रान्ति भनेको के हो ?आद्योगिक क्रान्ति हुनुका कारणहरू लेख्नुहोस् ।

 

१६.जाताप्रथाको अवधारणाहरूको सूची तयार गरी दैवी अवधारणाबारे चर्चा गर्नुहोस् ।

 

१७.नेपालको अर्थतन्त्रका विशेषताहरू उल्लेख गरी कुनै दुईको व्याख्या गर्नुहोस् ।

 

१८.योगका प्रमुख अङ्गहरू लेखी कुनै दुईको छोटो परिचय दिनुहोस् ।

 

१९.विप्रेषण भनेको के हो ? वैदेशिक रोजगारमा जानुपूर्व गर्नुपर्ने तयारीलाई बुँदागतरूपमा उल्लेख गर्नुहोस् ।

अथवा

उद्यमशीलता भनेको के हो ? यसको कुनै चारवटा महत्त्व पनि उल्लेख गर्नुहोस् ।

 

 

समुह ग

तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस् ।३ x ८ = २४

२०.नेपालको सन्दर्भमा अनलाइन भुक्तानी कत्तिको सम्भव छ ? छ भने कसरी ? छैन भने कसरी ?

 

२१.ढुंगे युगको जीवन पद्धतिलाई चरणबद्ध रूपमा व्याख्या गर्नुहोस् ।

अथवा  

पुँजीवादको जन्म कसरी हुन्छ ? पुँजीवादी अर्थ व्यवस्थाका विशेषताहरू उल्लेख गर्नुहोस् ।

 

२२.दुर्व्यसनको परिभाषा लेखेर लागुपदार्थको दुर्व्यसनमा फस्न सक्ने कारण र यसबाट बच्ने उपायहरूको चर्चा गर्नुहोस् ।



  • Reviews (2)
  • 9849637004
  • 4 Years, 2 Weeks ago

good

  • kunwerbijay
  • 4 Years, 4 Months ago

Please upload Principles of account questions

Leave a review

To leave a review, please login to your account. Login