कार्यमूलक अनुसन्धान : नमुना एकहत्तर

कार्यमूलक अनुसन्धान : नमुना एकहत्तर

कार्यमूलक अनुसन्धान : नमुना  एकहत्तर 

 

अनुसन्धानकर्ता : सोमनाथ सुवेदी,

तह :  विज्ञान शिक्षक, माध्यमिक तह

विद्यालय :  श्री राष्ट्रिय मा. वि. पोखरा–१, कास्की

 

अनुसन्धानको शीर्षक : कक्षा ९ का विद्यार्थीहरूलाई यौगिकहरूको अणुसुत्र लेख्न सक्षम बनाउने एक प्रयास

 

 

खण्ड क

परिचय

       पोखरा महानगरपालीका बगर स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय गण्डकीकै  एक ऐतिहासिक विद्यालय हो । यस विद्यालयले विशेष गरेर कास्की, म्याग्दी, पर्वत, बाग्लुङग र धादिङका गरिव किसानका छोराछोरीलाई कक्षा १ देखि १२ सम्म सर्वसुलभ र गणस्तरिय शिक्षा प्रदान गर्दै आईरहेको छ । विहानी र दिवा सत्रमा गरी करिब २५०० बिद्यार्थी अध्ययनरत छन् भने दरवन्दी र निजी गरेर ८० भन्दा बढि शिक्षक कर्मचारी रहेका छन् ।

 

       म सोमनाथ सुवेदी विगत ४ वर्ष देखि यस विद्यालयको माध्यमिक तहमा विज्ञान विषय अध्यापन गराईरहेको छु । यस विचमा मेरा आफ्नै भोगाइ र बुझाई छ । शिक्षणका क्रममा विषयवस्तु, शिक्षण सिकाई प्रकृया, कक्षाकोठा व्यवस्थापन, मुल्याङ्कन, विद्यार्थी अनुशासन लगाएत विविध समस्याहरू आउने गर्दछन् । कतिपय समस्याहरू सहकर्मी साथीहरूबाट समाधान भईरहेका छन त कतिपय समस्याहरू अलि गम्भिर प्रकृतिका हुने हुँदा समस्यालाई गहन रुपमा विश्लेषण गरेर मात्रै समाधान गर्न सकिन्छ । अथवा अनुसन्धानबाट मात्रै यस्ता समस्या समधान हुन सक्छन् ।

 

       पाठ्क्रमका महत्वपूर्ण विषयहरू विद्यार्थीहरूले ग्रहण गर्न नसक्दा, उक्त विषयवस्तुको औचित्य र महत्वपूर्ण विषयबस्तु छुटाई प्रदान गरेको शिक्षाको गुणस्तर माथी गम्भिर प्रश्न उठ्छ । माध्यमिक तहमा विज्ञानका  विविध क्षेत्र( भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र भू –तथा ज्योतिष विज्ञान) लाई  एकिकृत रुपमा संगठन गरिएको छ । विज्ञानका विविध क्षेत्रहरू मध्ये रसायन विज्ञान अझ विद्यार्थीहरूले कठिन रुपमा लिन्छन । विद्यालय तहका विद्यार्थीहरू रसायन विज्ञानका अणुसुत्र, रासायनिक समिकरण गाह्रो मान्दछन् । कक्षा ९ का विद्यार्थीहरूलाई सामान्य यौगिकको अणुसुत्र लेख्न समस्या भएकोले, पाठ्यक्रममा समावेश भएका अप्राङगारीक यौगिकहरूको अणुसुत्र सिकाउन यो अनुसधान गरिएको हो ।

 

 

समस्याको कथनः

 कक्षा ९ का विद्यार्थीहरू सामान्य अप्राङग्रारीक यौगिकहरूको समेत अणुसुत्रहरू लेख्न सकेनन् । गृर्हकार्य गर्दा र त्रैमासिक परिक्षामा उनिहरूले अणुसुत्र लेख्ने प्रश्नहरू अधिकांशले समाधान नै गरेनन त केहि विद्यार्थीहरूले प्रयास गरे तापनि त्रुटिपूर्ण लेखेको पाईयो । रासायनिक समिकरण पढाउँदा विद्यार्थीहरूमा अध्ययनमा रुचिनै पैदा गराउन सकिएन । कतिपय विद्यार्थीहरूले त तत्वको संकेत समेत लेख्न सकेनन । कक्षा ९ ख का विद्यार्थीहरू “यो अणुसुत्र कत्ति आउँदैन” भन्ने गन्ने गर्थे । 

 

रसायान विज्ञानमा अणुसुत्रको ज्ञान विना रासायनिक समिकरण अध्यापन गराउन सकिंदैन । अर्कोतर्फ अणुसुत्रको ज्ञान विना कक्षाउन्नोति गर्दा माथिल्लो कक्षामा गएर रसायन विज्ञान अध्ययन गर्न विद्यार्थीलाई कठिन हुनु त छँदै छ विद्यार्थीहरूमा अध्ययन प्रति उत्प्रेरणा जगाउन नै सकिंदैन ।

 

अध्ययनको उद्देश्य :

यस अनुसन्धाको उद्देश्य कक्षा  ९ का विद्यार्थीलाई पाठ्यक्रममा समावेश यौगिकहरूको अणुसुत्र लेख्न सक्षम बनाउने रहेको थियो । 

 

अनुसन्धान प्रश्नः

  •   कक्षा ९ का विद्यार्थीहरूलाई यौगिकहरूको अणुसुत्र लेख्न कसरी सक्षम बनाउन सकिएला ?

 

  •   कक्षा ९ का विद्यार्थीहरूले यौगिकहरूको अणुसुत्र लेख्न नसक्नुका कारणहरू के – के होलान् ?

 

 

खण्ड ख

अनुसन्धान विधी

अध्ययनको नमूना :

श्री राष्ट्रिय माध्मिक विद्यालयका कक्षा ९ का सबै विद्यार्थीहरू अध्ययनका जनसंख्या हुन भने कक्षा ९ ‘ग’ का सवै विद्यार्थीहरू, नि. मा. वि र माध्यमिक तहका विज्ञान शिक्षकहरू  यस अनुसन्धानका नमूना हुन ।

 

अनुसन्धानका विधीहरू :

               अवलोकन, लक्षित समूह छलफल, परिक्षाहरू, अन्तर्वाता, कक्षा कार्य, प्रश्नोत्तर आदि ।

 

अनुसन्धानका साधनहरू :

  • प्रश्नावली, परिक्षाका प्रश्नपत्रहरू, रुजूसुची, घटना टिपोट डायरी आदि ।

 

  • प्राथामिक तथा सहायक स्रोतका तथ्याङ्क

 

  • शिक्षकहरूबाट प्राप्त व्याख्यातमक प्रकृतिका सुचना, विद्यार्थीहरूको हाजिरी, परिक्षाको

 

  • उत्तरपुस्तिकाहरू, विद्यार्थीहरूको प्राप्ताङ्क, विद्याथीहरूको होमवर्क कपि आदि ।

 

खण्ड ग

नतिजा तथ्याङ्क वा सुचनाको विश्लेषण तथा व्याख्या

 

तथ्याङ्क संकलन :

               कक्षा ९ का विद्यार्थीहरू यौगिकहरूको अणुसुत्रको ज्ञानमा गम्भिर गल्तिहरू गरेकाले यस्को यथार्थ कारणहरू र समाधानका उपायहरू पत्ता लगाउनको लागि लक्षित समूह छलफल, प्रश्नवाली, अवलोकन, परिक्षाका उत्तरपुस्किा विश्लेषण आदिका माध्यमबाट सुचना संकलन गरियो । विद्यालयका अन्य विज्ञान शिक्षकहरूलाई उचित समय मिलाएर लक्षित समूह छलफल गराईयो । नि. मा. वि तहमा विज्ञान पढाउने शिक्षक (अम्बिका भण्डारी) संग विद्यार्थीका पुर्व अनुभव संग संबन्धीत सुचना संकलन गरियो । विद्यार्थीहरूको हाजिरि रजिस्टरबाट उनिहरूको नियमितता हेरियो । प्रश्नावलीका माध्यमबाट विद्यार्थीहरूबाट पनि सुचना संकलन गरियो ।

 

तथ्याङ्कको विश्लेषण

               माथिका साधनहरू प्रयोग गरी संकलन गरिएका सुचनाहरूलाई विश्लेषण गर्दा विद्यार्थीहरूमा अणुसुत्र सिक्नका लागि आवश्यक आधारभूत ज्ञानको अभाव रहेको, विद्यार्थीहरूलाई प्रयाप्त अभ्यास नगराइएको, शिक्षण प्रभावकारी हुन नसकेको र प्रयाप्त शैक्षिक सामाग्रीको र प्रविधीको प्रयोग हुन नसकेको भन्ने निष्कर्षमा पुगियो ।

माथी उल्लेखित समस्याको संबोधन गर्ने किसिमको प्रकृया अबलम्बन गरेमा उत्त समस्या समाधान हुनेमा शिक्षक साथीहरू जोड गरेका थिए ।

 

कार्यमूलक अनुसन्धानको चक्र र चरणगत (PAOR)  कार्यन्वयन योजना खाका :

 

चक्र र चरणगत गरिएका कार्यहरूको विवरण      

योजना :

कक्षा ९ का विद्यार्थीहरूलाई प्रभावकारी रुपमा यौगिकहरूको अणुसुत्र लेख्न सिकाउन गरिएको यस अनुसन्धानमा सहकर्मी शिक्षकहरूको सल्लाह, अनुभब, सुझाव तथा विद्यार्थीहको अघिल्लो परिक्षाहरूमा विद्यार्थीहरूको उत्तरपुस्तिका आधारमा समस्या समाधान गर्ने योजना निर्माण गरियो । कक्षा ९ का विद्यार्थीहरूलाई तत्वको संकेत, लेख्न लगाउने, इलेक्ट्रोन विन्यासको धाराणाको साथ साथै छलफल र प्रश्नोत्तरका माध्यमबाट विद्यार्थीहरूलाई संयुजताको ज्ञान गराउने, रेडिकलहरू र तिनीहरूको संयुजता एवम चार्जको वारेमा छलफल र प्रश्नोत्तरको माध्यमबाट लेख्ने र लेख्न लगाउने योजना बनाइयो ।

 

विद्यार्थीहरूलाई छलफल र प्रश्नोत्तर विधीको माध्यमबाट चरणबद्ध रुपमा अणुसुत्र लेख्न सिकाउने र लेख्न लगाउने, अभ्यास गराउने योजना बनाइयो । विद्यार्थीहरूको उपलब्धीको मापन गर्न प्रश्नहरू निमाण गरियो, परिक्षाको तयारी गरियो ।

 

 

कार्यन्वयन :

योजना अनुसार विद्यार्थीहरूलाई तत्वहरू संकेत लेखेर ल्याउन भनियो, संयुजताबारे छलफल गराइयो, छलफलकै माध्यमबाट रेडिकलहरू, रेडिकलहरूको चार्ज र संयुजता अध्यापन गराइयो, अभ्यासको लागि गृहकार्य समेत दिइयो ।

 

विद्यार्थीहरूकै सक्रियतामा अणुसुत्र चरणबद्ध रुपमा अध्यापन गराइयो, कक्षामा अभ्यास गराईयो, विद्यार्थीहरूको कक्षा कार्यको अवलोकन गरी डायरीमा टिपोट गरियो । परिक्षा संचालन गरि उत्तर पुस्तिका परिक्षण गरियो ।

 

अवोलकन :

               विद्यार्थीहरूलाई योजना अनुसार अणुसुत्र अध्यापन गराइसके पछि, होमर्वक चेक गर्दा, कक्षाकार्यको अवोलन गर्दा, परिक्षाको उत्तरपुस्तिका चेक गर्दा निम्नलिखित आँकडा पाइयो

 

नमूनामा समावेश जम्मा विद्यार्थी =  ६०

सवै होमवर्क गर्ने विद्यार्थी = ५८

सवै प्रश्नहरू मिलाउने = ३५

चारवटा प्रश्नको सहि जवाफ दिने = ५

तिनवटा प्रश्नको सहि जवाफ दिने = ७

दुई मात्र प्रश्न मिलाउने = ४

दुई भन्दा कम मिलाउने = ४

कक्षा कार्यमा सहभागी = ६०

 

अधिकांश विद्यार्थीहरू दाँया वाँया नगरी सकृय रुपमा कक्षाकार्य गरिरहेका थिए भने केहीले साथीहरूको हेर्न कोशिस गरेको पाइयो ।

 

परिक्षामा सहभागी = ६० जना

जम्मा  १० वटा प्रश्नहरू साधिएको                   

सबै प्रश्नहरूको उत्तर दिने = ३८

आठ प्रश्नहरूको सहि उत्तर दिने = ३

पाँच प्रश्नको सहि उत्तर दिने = १०

पाँच भन्दा कम प्रश्न मिलाउने ं = ९

 

 

 

 

प्रतिबिम्बन :

               कक्षा ९ का विद्यार्थीहरूलाई यौगिकहरूको अणुसुत्र सिकाउन गरिएको यस हस्तक्षेपकारी प्रयासबाट धेरै समाधान भएको माथिको तथ्याङ्कबाट थाहा पाइन्छ । अझै केहि विद्यार्थीहरूको अणुसुत्रको प्रतिको धाराणा बसिनसकेको ले नयाँ हस्तक्षेपकारी प्रयास आवश्यक देखियो जुन तल व्याख्या गरिएको छ ।

 

दोस्रो चक्र

योजना :

               ICT / Audio visual aid को साहताबाट सहजीकरण गर्ने र उपलब्धीको मापन गर्ने योजना बनाएँ ।

 

कार्यन्वयन :

               योजना अनुसार नै सहजीकरण गरी उपलब्धीको मापन गरियो ।

 

 

अवलोकन :

               दोस्रो हस्तक्षेपकारी प्रयासबाट विद्यार्थीहरूमा अझ धेरै सक्रियता देखिनुका साथै उपल्बधीमा समेत सुधार आयो । जुन तलको तथ्याङ्कले पनि पुष्ठि गर्दछ ।

परिक्षामा सहभागी = ६० जना

जम्मा  १० वटा प्रश्नहरू साधिएको

सबै प्रश्नहरूको उत्तर दिने = ४५

आठ प्रश्नहरूको सहि उत्तर दिने = ५

पाँच प्रश्नको सहि उत्तर दिने = १०

 

 

प्रतिबिम्बन :

दोस्रो हस्तक्षेपकारी प्रयासबाट विद्यार्थीहरूको अणुसुत्रको सिकाइमा ICT र Audio visual aid ले थप सहयोग गरेको पाईयो ।

 

निष्कर्ष र सिकाई

               अणुसुत्रको धाराण प्रभावकारी रुपमा दिनको लागि यस संग सम्बन्धीत अधारभूत ज्ञानको आवश्यक पर्ने, प्रयाप्त अभ्यास, विद्यार्थी केन्द्रित शिक्षण सिकाई र शिक्षणमा आधुनिक सुचना प्रविधीको प्रयोग आवश्यक रहेछ । यस अनुसन्धान पुर्व गरिएको अपेक्षा “ विद्यार्थीलाई प्रभावकारी रुपमा अणुसुत्र सिकाउने” पुरा भएको छ । यो अनुसन्धानको नतिजा विद्यालयका अन्य शिक्षकहरू समक्ष राख्ने छु ।

 

               अवको मेरो अनुसन्धान सन्तुलित रासायनिक समिकरण प्रभावकारी रुपमा अध्यापन गराउने उपायको खोजी हुनेछ ।

 

 

अनसुची – १

नि. मा. वि विज्ञान शिक्षकको लागि प्रश्नावली

१. विद्यार्थीहरूले तत्वको संक्रेत सहि तरिकाले लेख्न सक्थे ? कतिले सक्थे?

 

२. विद्यार्थीहरूलाई अणुसुत्रको ज्ञान थियो ? थियो भने के कति छ ?

 

३. तत्वको संयुजताको धारणा कसरी दिनुभयो ?

 

४. विद्यार्थीहरूको तत्वको संयुजताको  सिकाईमा कत्तिको रुचि थियो?

 

५. विद्यार्थीहरू कक्षामा नियमित थिए ?

 

६. तपार्इँको विषयमा विद्यार्थी सन्तुष्ट थिए ?

 

७. विद्यार्थीहरूले कक्षा ८ मा अणुसुत्र सिके ?

 

८. विद्यार्थीहरूलाई अणुसुत्रको धाराणा कसरी दिनुभयो ?

 

 

अनसुची – २

विद्यार्थीहरूका लागि प्रश्नावली

१. तिमीहरूले कक्षा ८ मा तत्वहरू सम्वन्धि के के अध्ययन गरेउ ?

 

२. हाइड्रोजन देखि क्याल्सियम सम्मका तत्वहरूको नाम भन्न सक्छौ ?

 

३. सवै तत्वको नाम भन्न सक्छौ? ( १ देखि २० सम्मका)

 

४. रेडिकलहरूको चार्जका आधारमा संयुजता लेख्न सक्छौ ?

 

५. तिमीलाई विज्ञानको कुन भाग मन पर्छ ?

 

६. तिमीले जानेका रेडिकल र तिनको संयुजता लेख ।

              

 

अनसुची – ३

परिक्षाको लागि प्रश्नहरू पहिलो (चक्रको लागि)

१. निम्न लिखित प्रश्नको अणुसुत्र लेख

  1. Calcium sulphate.
  2. Magnesium oxide
  3. Potassium Chloride
  4. Ammonium nitrate.
  5. Phosphorus pentoxide
  6. Ammonium Chloride
  7. Sodium Nitrate
  8. Silver Nitrate
  9. Potassium Chloride
  10. Sodium Bicarbonate

 

कक्षा कार्यका लागि सोधिएका प्रश्नहरू

१. निम्न लिखित प्रश्नको अणुसुत्र लेख

Correct the molecular formula of following Compounds if   wrong

  1. Ca (CO3)2 (Calcium carbonate)
  2. NH4Cl (Ammonium chloride)
  3. NH4(SO4)2 (Ammonium Sulphate)
  4. ALN3 (Aluminum Nitride)
  5. Mg2 N (Magnesium Nitride)
  6. MgO (Magnesium Oxide)
  7. NaNO3 (Sodium Nitrate)
  8. Fe3(SO4)2 (Ferric Sulphate)
  9. KCO3 (Potassium Carbonate)
  10. Na (NO2)2 (Sodium Nitrite)

 

 

परिक्षाको लागि प्रश्नहरू पहिलो (चक्रको लागि)

Correct the molecular formula of following Compounds if   wrong

  1. Ca (CO3)2 (Calcium carbonate)
  2. NH4Cl (Ammonium chloride)
  3. NH4(SO4)2 (Ammonium Sulphate)
  4. ALN3 (Aluminum Nitride)
  5. Mg2 N (Magnesium Nitride)
  6. MgO (Magnesium Oxide)
  7. NaNO3 (Sodium Nitrate)
  8. Fe3(SO4)2 (Ferric Sulphate)
  9. KCO3 (Potassium Carbonate)
  10. Na (NO2)2 (Sodium Nitrite)

 

 

तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।



  • Reviews (1)
  • Chakra bdr.
  • 4 Years, 2 Months ago

great

Leave a review

To leave a review, please login to your account. Login