कार्यमूलक अनुसन्धान : नमुना बहत्तर

कार्यमूलक अनुसन्धान : नमुना बहत्तर

कार्यमूलक अनुसन्धान : नमुना  बहत्तर

 

अनुसन्धानकर्ता : श्याम प्रसाद साह

तह / श्रेणी : मा.शि. , तृतिय

विषय : सामाजिक अध्ययन

विद्यालयको नाम : श्री सरस्वती मा.वि,ईनरुवा-९ बविया सुनसरी

 

 

कार्यमूलक अनुसन्धानको शीर्षक :“अधिकाशं विद्यार्थीहरू कक्षामा अनुपस्थित रहनु , उपस्थित पनि टिफिन पछाडी कक्षा छाड्नु र मैले पढाउने विषय समाजिक अध्ययन कक्षा -९ मा पढाई स्तर कमजोर हुनुको कारण” को एक अध्ययन

 

 

परिचय :-

जिल्ला सुनसरी ईनरुवा न.पा. वार्ड नं. ९ सथत श्री सरस्वती मा.वि बबिया वि.स. २०१६ सालमा स्थापित विद्यालय हो । यस विद्यालयमा अध्ययन गर्न आउने अधिकांश विद्यार्थीहरू ग्रामिण क्षेत्रबाट गरीब किसान अभिभावकहरूका छोरा छोरीहरू र न्यून आर्थिक अवस्था भएका र साक्षरता दर कम भएका परिवारबाट आउने गर्दछन् । भौतिक सुविधाको हिसाबले यो विद्यालय धेरै राम्रो नभए पनि कक्षा कोठाको प्रर्याप्तता , व्यवस्थित शौचालय , कम्प्युटर ल्याब भएको , सामान्य किसिमको खेल्ने चौर भएको , नियमित विद्युत आपुर्ति भएको र कम्पाउन्ड भित्र नै खाजाको लागि चमेना घर रहेको विद्यालय हो । शिक्षकहरू पुराना र अनुभवि तथा नयाँ शिक्षकहरू तालिम प्राप्त रहेका छन् । हाल केही दरवन्दि रित्तो रहेपनि पठन पाठन नियमित संचालन रहेका छन् । कक्षा १२ सम्म संचालन गर्दा भौतिक पुर्वधार र जनशक्ति रहेको विद्यालय हो।

 

 

मरो शिक्षण पेशामा लागेको ३२ बर्ष पुरा भई ३३ बर्ष चलिरहेको छ । यस विद्यालयमा सरुवा भई आएको लगभग एक शैक्षिक सत्र हुन लागेको छ । यस विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरू नियमित नहुने र टिफिनमा भाग्ने गरेको टिफिन पछिको कक्षामा अनुपस्थित हुने र पढाईको स्तर खस्कदै गइरहेको छ । राज्यले गरेको लगानी खेर गहीरहेको तथा अभिभावहरूकको लगानी र श्रम पनि अर्थहिन भई रहेको हुनाले यस प्रति एउटा जिम्मेवार शिक्षकको नाताले आफ्नो पेशाको मर्यादालाई ख्याल गरी उत्त अवस्थामा कसरी सुधार ल्यान सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर यो कार्यमूलक अनुसन्धान प्रारम्भ गरेको छ । शिक्षण सिकाइलाई उद्देश्य पूर्ण र प्रभावकारी बनाउने कुरामा शिक्षण सिकाइ प्रक्रिया संचालन गर्दा शिक्षकहरूले सामाना गर्नु परेका समस्याहरूलाई बैज्ञानिक ढंगले अध्ययन गरी समाधानका उपाय पत्ता लगाउनु नै  कार्यमूलक अनुसन्धान हो । आफुले सामना गर्नुपर्ने समस्याहरू र त्यसका सुधारका उपाय पत्ता लगाउने र प्राप्त उपाय तथा अनुभवलाई कक्षाकोठामा प्रयोग गर्न कार्य नै कार्यमूलक अनुसन्धान भएकोले यसै सेरोफेरोमा रही अनुसन्धान गर्ने प्रयासलाई केन्द्रित गरेको छु ।

 

 

१) समस्याको पहिचान :

कार्यमुलक अनुसन्धानका विभिन्न चरणहरूमध्ये पहिलो चरण समस्या कथन र समस्या पहिचान हो । शिक्षकले शिक्षणको क्रममा अनेकौ समस्याहरू सामाना गरी रहेका हुन्छन् तर ति सबै समस्याहरूको बारेमा एकै चोटी अनुसन्धान गर्न सकिदैन । समस्याहरूको चक्रबाट समस्यालाई प्राथमिकीकरण गरी एक एक गरेर अनुसन्धान गर्न सकिन्छ । यहाँ मैलै आफ्नो कक्षामा सामना गर्नुपर्ने समस्याको बारेमा उल्लेख गरेको छु । मैले कक्षाकोठामा भोग्नु परेका समस्या निम्न अनुसार रहेका छन् ।

 

क) कक्षा कोठामा विद्यार्थीहरू नियमित उपस्थित नहुनु ।

 

ख) टिफन पछिका कक्षाहरू छोड्नु

 

ग) मैले पठाउने विषयमा पढाई स्तर कमजोर हुनु ।

 

 

२) अध्ययनको उद्देश्य

यस विद्यालयमा विद्यार्थीको न्युन उपस्थिती एवम् शैक्षिक गुणस्तरको कारण पत्ता लगाउने उद्देश्यले यो कार्यमुलक अनुसन्धान गर्न लागेको हो । यस अनुसन्धानको निम्न लिखित उद्देश्यशरु रहेका छन् ।

 

क) कक्षामा टिफन पछिका घन्टीमा आधा भन्दा बढि विद्यार्थी अनुउपस्थिती हुनुका कारण पत्ता लगाउने ।

 

ख) विद्यार्थीको पढाई स्तर कमजोर हुनको कारण पत्ता लगाउने ।

 

ग) उक्त्त समस्याका समाधानका लागि उपयुत्त उपाय पत्ता लगाई कार्यान्वयन गर्ने ।

 

 

३) अध्ययनको सिमा

यो कार्यमूलक अनुसन्धान म आफु कार्यरत रहेको विद्यालय श्री सरस्वती मा.वि ईनरुवा -९ बवियामा केन्द्रित रहेको छ । विद्यालयका अधिकाशं विद्यार्थी टिफीन पछि कक्षा छोड्ने नियमित उपस्थित नहुने समस्या रहेपनि म कक्षा ९ को विद्यार्थीलाई केन्द्र विन्दुमा राखेर मात्र अध्ययन अनुसन्धान थालनि गरेको छु । कक्षा ९ कै विद्यार्थी र सम्वन्धित अभिभावकबाट सोधी खोज छलफल तथा अन्तरक्रिया गरी समस्या समाधानका उपाय पत्ता लगाएको छु

 

 

४) अध्ययनको समय अवधि

यो अध्ययन मैले २०७७/०८।१५ गते देखी २०७७/१०।१५ गते सम्ममा सम्पन्न गरेको छु ।

 

 

५) समस्याका कारणहरू

विद्यार्थीलाई सफल , उत्कृष्ट र प्रतिस्पर्धी बनाउन घर परिवारको वातावरण अभिभावकको भूमिक, शिक्षकको निगरानी र नियमित मुल्याकनले महत्वपुर्ण भूमिका खेल्दछ । मैले भोगेका समस्याहरूका बारेका कार्यरत सहपाठी शिक्षक , प्र.अ, वि व्य. स, अभिभावक तथा विद्यार्थीहरू सँग अन्तर क्रिया गर्दा समस्याका निश्चित कारणहरू पत्ता लगाई निम्न अनुसार बुदाँगद रुपामा प्रस्तुत गरीएको छ ।

 

क) विद्यार्थीले टिफिन बोकेर घरबाट नल्याउनु ।

 

ख) अभिभावकको भूमिका निश्क्रिय रहनु ।

 

ग) शिक्षक , प्र.अ र अभिभावकको नियमित अन्तर क्रिया नहुनु ।

 

घ) कमजोर तथा मध्यम स्तरका विद्यार्थीहरूका लागि विशेष व्यवस्था नहुनु ।

 

ङ) विद्यालय प्रसासन तथा शिक्षकले दण्ड र पुरस्कारको निती अवलम्बन नगर्नु ।

 

च) अभिभावक विद्यालयको सम्पर्कमा नआउनु ।

 

छ ) अभिभावकमा जनचेतनाको कमी हुनु ।

 

ज) विद्यालय प्रसासनले प्रत्यक विद्याथकिो प्रगती विवरण मासिक रुपमा उपलब्ध नगराउनु

 

झ) विद्यार्थीमा सामाजिकसिप विकासगर्न परियोजनाकार्य , शैक्षिक भ्रमण, सामूहिक कार्यमा विशेष ध्यान नदिनु । इत्यादी प्रमुख कारणहरू रहेका छन् ।

 

 

६) समस्या समाधानका लागि अपनाइएको रणनिति तथा कार्य योजना

 

पहिलो चक्र

क) योजना निमार्ण (Plan) :

सम्वन्धित अभिभावकसँग अन्तरक्रिया गर्न प्रभावकारी पत्राचार गरी समय, मिति र स्थानमा भेला बोलाई अभिभावकको रुपमा बुवा आमा दुवैलाई सभागी गराउने र अन्तक्रिया गर्ने र निष्कर्ष निकाल्ने।

 

 

ख) कार्यान्वयन (Act)

उपस्थित सम्पूर्ण अभिभावकहरूलाई प्र.अ. , कार्यरत शिक्षकहरूले कक्षा कोठामा भोग्नु परेका समस्या , सुधार गर्नु पर्ने उपाय र , प्र.अ. शिक्षक तथा प्रसासनले पुरा गर्नु पर्ने दायित्व तथा अभिभावकले खेल्नुपर्ने भूमिका लगायत , विद्यालय प्रशासनले पुरा गर्नु पर्ने दायित्व र अभिभावन गुनासाहरू समेत बुंदागत रुपमा रिपोट गरी वृहत अन्तक्रिया सम्पन्न गरीयो । शिक्षक , विद्यालय प्रसासन र अभिभावकले पुरा गर्नु पर्ने दायित्वको बारेमा प्रतिवद्धता जाहेर गर्न समेत लगाइयो ।

 

 

ग) अवलोकन (Observation):

अभिभावक सँगको अन्तरक्रिया पश्चात अवलोकन गर्दा कक्षा ९ का जम्मा विद्यार्थी संख्या ८० जना रहेकोमा ९० प्रतिशत विद्यार्थी नियमित उपस्थित हुनलागेको र खाजाको लागि टिफन बोकेर ल्याउन लागेको पाइयो । कक्षाकार्य र गृहकार्यको आधारमा मुल्याकन गर्दा पढाई स्तरमा अपेक्षा गरे अनुसार सुधार नभएता पनि अधिकांश सुधार भएको पाइयो ।

 

घ) प्रतिविम्वन (Reflection) :

अपेक्षा गरे अनुसार सुधार नभएकोले पुनःयोजना गर्नु पर्ने आवश्यकता देखियो । पुनःयोजनाको लागि मा.वि तहमा अध्यापनरत शिक्षक, प्र.अ तथा वि.व्य स. का अध्यक्ष सँग छलफल गरी अगामी योजना निमार्ण गर्ने निष्कर्षमा पुगियौ ।

 

 

दोश्रो चक्र

क) योजना निमार्ण (Plan):

पहिलो चरणमा सोचे अनुसारको उपलब्धि हासिल नभएकोले पढाई स्तरमा कमजोर भएका विद्यार्थीहरूलाई पहिचान गरी उपचारात्मक शिक्षण गर्न पर्ने र सबैभन्दा बढी उपस्थित हने तिन जना विद्यार्थीलाई र पढाई स्तर राम्रो भएका विद्यार्थीलाई पुरस्कार दिने योजना निमार्ण गरीयो ।

 

ख) कार्यान्वयन (Act)

योजना निमार्ण मुतावित पढाई स्तरमा कमजोर भएका विद्यार्थीहरूको छनोट गरी विद्यार्थीको पढाई स्तर,रुची र आवश्यकता अनुसार विषेश समयको व्यवस्थापन गरेर उपचारात्मक शिक्षण गरीयो । निरन्तर मुल्याङ्कन गर्दे गरीयो । कक्षामा सबै भन्दा बढी उपस्तित हुने विद्यार्थीलाई र पढाई स्तर राम्रो भएको विद्यार्थीलाई छनौट गरी पुरस्कार विवरण गरीयो । पढाई स्तर कमजोर भएका विद्यार्थीको लागि विद्यालय समय भित्रै जुनसुकै बेला (लिजर प्रियडमा) सम्वन्धित विषय शिक्षक सँग सिकाइ माग्दा सिकाइ दिने व्यवस्था मिलाईयो ।

 

 

ग) अवलोकन (Observation ) :

दोश्रो चरणका योजना बमोजिम कार्य गर्दा आफुले अपेक्षा गरे अनुसार उपलब्धि प्राप्त भएको अर्थात विद्यार्थीहरु नियमित उपस्थित हुन थालिएको र पढाई स्तरमा पनि उलेख्खय मात्रामा सुधार भएको पाईयो ।

 

घ) प्रतिविम्वन (Reflection) : दोश्रो चरणको प्रयास स्वरुप समस्त पक्षको मुल्याङकन गर्दा आफुले अध्यापन गरेको विषय र कक्षा कोठामा आएको वा सामान गर्नु पर्ने कुनै पनि समस्यालाई पनि कार्यमुलक अनुसन्धान मार्फत समस्या समाधान गर्न सकिन्छ । विद्यार्थीको नियमित उपस्थित गराउन अभिभावकको महत्वपुर्ण भुमिका रहेछ । पढाई स्तर कमजोर भएका विद्यार्थीहरुलाई उपचारात्मक शिक्षण द्वारा र विद्यार्थीले खुल्ला रुपमा निर्धक्क सँग आफ्नो विषयगत समस्यालाई सम्वधित शिक्षक सँग सिक्ने र सिकाउने वतावरण मिलाएमा विद्यार्थीहरुको शिकाई स्तरमा अपेक्षित सुधार ल्याउन सकिन्छ भन्ने यो अध्ययनको निष्कर्ष हो ।

 

७) अनुसन्धानको प्राप्ती/उपलब्धी : यो कार्यमुलक अनुसन्धानबाट कक्षामा अनियमित उपस्थित हुने र टिफिन पछाडी कक्षा छाड्ने विद्यार्थीहरुलाई ९८ प्रतिशत सुधार भएको पाईयो त्यती मात्र होइन पढाई स्तरमा कमजोर रहेको विद्यार्थीहरुको सिकाई उपलब्धिी धेरै हदसम्म सुधार भएको पाईयो । यदि मात्र होईन म एउटा शिक्षकको नाताले आफु सफल भएको समेत महसुस भयो । यो नतिजा विद्यार्थीको दैनिक उपस्थिती पुस्तिका,कक्षा कार्य,गृहकार्य, परियोजना कार्य तथा एकाई परिक्षाबाट प्राप्त भयो ।

 

८) प्रवोधिकरण तथा निष्कर्ण तथा सुझाव :

आफुले गरेको उपरोक्त कार्यमुलक अनुसन्धानबाट प्राप्त भएको नतिजा तथा सम्पुर्ण क्रियाकलापलाई आफ्ना विद्यालयका प्र.अ.,शिक्षक स्टाफ,वि.व्य.सं. पदाधिकारी,आफ्ना सम्वधित न.पा. का शिक्षा अधिकृत तथा अन्य छिमेकी विद्यालयका प्र.अ. तथा शिक्षक अधिभावकहरू विच आफुले कक्षा कोठामा भोगेका समस्या र उक्त समस्यालाई समाधान गर्न अपनाएका रणनीतिहरू र प्राप्त उपलब्धीहरूलाई सिलसिलेबार रुपमा प्रस्तुत गरी प्रवोधीकरण गरीयो ।

 

यसका साथै आफुले भोगेको समस्यालाई र आफ्नो पेशागत दक्षता विकास र समस्या समाधाको लागि कार्यमुलक अनुसन्धान गरी समस्या समाधान गर्न सकिन्छ भने निष्कर्ष निकालियो । विद्यार्थीमा अपेक्षीत सुधार ल्याउन सकिन्छ , त्यती मात्र नभएर अन्य शिक्षक मित्रहरूलाई पनि भोग्नु परेका समस्यालाई कार्यमूलक अनुसन्धानबाट समस्या समाधान गर्नु सकिन्छ भन्ने यो सुझाव दिन चाहान्छु ।

 

 

९. प्रतिवेदन लेखन : आफुले गरेको यो कार्यमुलक अनुसन्धानलाई संक्षिप्त रुपमा प्रतिवेदन तयार गरी राखियो र आवश्कता अनुसार उक्त प्रतिवेदन माथि छलफल तथा अनुभव आदन प्रदान गर्न प्रयोग गरीने छ । कक्षा कोठामा परी आएको समस्यालाई समाधान गर्न सकिन्छ ।

 

तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login