- Home
- Show Content
कार्यमूलक अनुसन्धान : नमुना त्रिहत्तर
कार्यमूलक अनुसन्धान : नमुना त्रिहत्तर
कार्यमूलक अनुसन्धान : नमुना त्रिहत्तर
अनुसन्धानकर्ताको नाम : रोमप्रसाद पाण्डेय (स्रोतब्यक्ति)
ठेगाना : वनगाड कुपिण्डे नगरपालिका ,सल्यान
अनुसन्धानको शीर्षक : विद्यालय सुधार योजनाको निर्माण र कार्यान्वयन कसरी गराउन सकिएला कार्यमुलक अनुसन्धान र प्रतिवेदन २०७५
अनुसन्धानको पृष्ठभूमि :
विद्यालय शिक्षामा समन्यायिक पहुँच सुनिश्चित गर्न, गुणस्तर अभिवृद्धि गर्न एवम् संस्थागत सक्षमता अभिवृद्धि गर्न नेपाल सरकारले शिक्षा क्षेत्रमा विभिन्न योजना तथा कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । यसै सिलसिलामा आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम, दोस्रो (BPPEPII ) को संस्थागत सक्षमता अभिवृद्धि गर्ने उद्देश्य अन्तर्गत आर्थिक वर्ष २०५६/०५७ देखि १२ जिल्लामा परीक्षणका रूपमा विकेन्द्रीकृत शैक्षिक योजनाको रूपमा विद्यालय सुधार योजना प्रारम्भ गरी आर्थिक वर्ष २०५८/०५९ देखि देशभरि लागू गरियो । आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम, दोस्रो (धएभए(क्ष्क्ष) को समाप्तिपश्चात कार्यान्वयनमा ल्याइएका “सबैका लागि शिक्षा कार्यक्रम”, “विद्यालय क्षेत्र सुधार कार्यक्रम” र हाल कार्यान्वयनमा रहेको “विद्यालय क्षेत्र विकास योजना” ले समेत विद्यालय सुधार योजनालाई एक महत्वपूर्ण साधनका रूपमा अङ्गीकार गर्दै आइरहेको छ । (वि सु यो निर्माण सहयोगी पुस्तिका २०७४)
विद्यालय सुधार योजनाको मूल ध्येय विद्यालयको समग्र पक्षको सुधारमार्फत शैक्षिक गुणस्तर अभिवृद्धि गर्नु हो । त्यसैले विद्यालय क्षेत्र विकास कार्यक्रमले निर्धारित गरेका उद्देश्यहरू पूरा गर्नका लागि एक महत्वपूर्ण सुधार संयन्त्रका रूपमा विद्यालय सुधार योजनालाई आत्मसात् गरिएको छ । सामुदायिक विद्यालयले अनिवार्य रूपमा सरोकारवालाहरूको अर्थपूर्ण सहभागितामा विद्यालय सुधार योजना निर्माण र कार्यान्वयन गर्नुपर्ने व्यवस्था भएता पनि यस क्षेत्रमा रहेका ८५ प्रतिशत विद्यालयहरुले शैक्षिक गुणस्तर अभिवृद्धिमा सरोकारवालाहरूको अर्थपूर्ण सहभागिता बनाउन नसकेकाले वास्तविक अर्थमा विद्यालय सुधार योजना निर्माण र कार्यान्वयन गर्न सिप प्रदान गराउन चाहना बढ्यो र त्यसलाई नै कार्यमुलक अनुसन्धानको विषय बनाएर अध्ययनको काम सुरु गरें।
समस्याको पहिचान
वनगाड कुपिण्डे नगरपालिका भित्र ६५ वटा सामुदायिक विद्यालयहरु छन । जसमा ८ वटा माध्यमिक ११ वटा आधारभुत र ४६ वटा प्राथमिक । २०७४ को फागुनको महिनामा यस क्षेत्रमा स्रोतब्यक्तिको हैसियतले प्रवेश गरेपछि विद्यालय सुधार योजनाका आधारमा नगरको शैक्षिक कार्यक्रम अगाडि बढाउन प्र अ बैठकमा विद्यालय सुधार योजना अध्यावधिकको अवस्था के छ ? बुभmन खोजे केही प्र अ बाट निर्माण नै नभएको केहिबाट अद्यावधिक नभएको जस्ता उत्तरहरु प्राप्त गरेकाले कसरी सबै विद्यालयहरुले विद्यालय सुधार योजना निर्माण ,अद्यावधिक र कार्यान्वयन गर्ने बनाउन सकिन्छ भनि कार्यमुलक अनुसन्धानको प्रक्रिया सुरु गरेको हो ।
पहिलो चरण
योजना
कति विद्यालयले विद्यालय सुधार योजना निर्माण र अद्यावधिक गरेका रहेछन त्यसको जानकारी लिने ।
क्रियाकलाप
बैठकको समापन गर्नु भन्दा पहिले अबको ७ दिन भित्र अद्यावधिक वा अद्यावधिक नगरिएको विद्यालय सुधार योजना जे छ बुझाउन अनुरोध गरें उक्त दिनको बैठक सकियो।
अवलोकन
७ दिन पश्चात जम्मा भएका विद्यालय सुधार योजना केलाउन थाले । जम्मा १० वटा विद्यालय सुधार योजना प्राप्त भएकोमा माध्यमिक विद्यालयका ४ आधारभुत विद्यालयका ३ र प्राथमिक विद्यालयका ३ वटा रहेको । प्राप्त १० मध्ये अद्यावधिक गरिएका ३ वटामा २ माध्यमिक विद्यालयका र १ प्राथमिक विद्यालयका थिए।
प्रतिबिम्बन
शिक्षण सिकाइलाई ब्यवस्थित बनाउन स्व उत्प्रेरित प्र अ भएका विद्यालयले विद्यालय सुधार योजना अद्यावधिक गरे पनि अन्यले विद्यालय सुधार योजना निर्माण र अद्यावधिक तर्फ ध्यान दिएको पाइएन ।
दोश्रो चरण
योजना
विद्यालय सरोकारवाला र प्र अ हरुसगै राखेर विद्यालय सुधार योजना निर्माण सम्बन्धी कार्यशाला संचालन गर्दा विद्यालय सुधार योजना निर्माण र अद्यावधिक गर्ने विद्यालयको संख्या बढ्छ वा बढ्दैन पत्ता लगाउने ।
क्रियाकलाप
पहिलो बैठक सञ्चालन भएको ३० दिन पश्चात पुन प्र अ बैठक आवह्वान गरे जम्मा भएका विद्यालय सुधार योजनाका सम्बन्धमा छलफल पश्चात विद्यालय सुधार योजना निर्माण र अद्यावधिक सम्बन्धी कार्यशाला संचालन हुने र सोका लागि सहभागीहरुको सुची र सहभागी हुने मिति र स्थान समेत तय गरी संचारको जिम्मेवारी समेत बााडफाँड गरे ।
सहभागी संख्या अधिक हुने भएकाले समग्र सहभागीलाइ चार समुहमा विभाजन गरें । दुरीका हिसाबले चारवटा स्थान पनि तय गरे । सहपाठी स्रोतब्यक्ति सरको सहयोगमा चार दिन सम्म निरन्तर कार्यशाला संचालन गरे । कार्यशालामा ९५ प्रतिशत सहभागीहरुको उपस्थिति रहेको थियो । कार्यशालामा मल्टीमिडियाको समेत प्रयोग गरेको थिएँ । कार्यशाला संचालन पश्चात सबै विद्यालयलाई विद्यालय सुधार योजना निर्माण सहयोगी पुस्तिका २०७४ र सो का आधारमा निर्माण गरिएको खाका समेत वितरण गरिएको थियो । यसका साथै २०७५ बैसाख मसान्त भित्र विद्यालयले विद्यालय सुधार योजना निर्माण गरी बिब्यसबाट स्वीकृत भए पछि मात्र सो योजनाका आधारमा विद्यालयलाई प्राप्त हुने अनुदान निकासाको सिफारीस गर्न सकिने भएकाले २०७५ बैसाख मसान्त सम्म बुझाउन अनुरोध गरें।
अवलोकन
प्रअ तथा अन्य सरोकारवालासँगको कार्यशाला संचालन पश्चात लेखाजोखा समितिबाट लेखाजोखा र सुझाव प्रदान गर्नकालागि नमुना छनौट गरिएका विद्यालय ब्यवस्थापन समितिको बैठकमा सहभागी र कार्यान्वयन सम्बन्धमा सहजीकरण गर्ने कार्य पश्चात ज्येष्ठ महिनाभर वि सु यो संकलन तर्फ लागे र ज्येष्ठ मसान्त सम्म आउदा शाखामा विब्यसले स्वीकृत गरेका वि सु यो ७५ प्रतिशत जम्मा भएको पाएँ।
प्रतिबिम्बन
बिगत लामो समयदेखि शैक्षिक गुणस्तर अभिवृद्धिमा सरोकारवालाहरूको अर्थपूर्ण सहभागिता बनाउन विद्यालय सुधार योजना निर्माण र कार्यान्वयन गर्ने कार्यक्रम रहेको भएतापनि सम्बन्धित क्षेत्रमा कार्य गर्नेहरुको उदासिनताका कारण विद्यालय सुधार योजना निर्माणका सम्बन्धमा समेत निराशाजनक अवस्थामा रहेकोले कार्यावयनको पाटो सुन्य जस्तो रहेकोमा कार्यशाला र अनिवार्यताको आभास गराउन सके विद्यालयहरु योजनाबद्ध विकासमा अगाडि बढ्छन भन्ने दृढ बिश्वास जागेको छ । अबको योजना वि स यो लाई कार्यान्वयनमा लैजान कसरी सकिन्छ भन्ने प्रश्न सिर्जना भएको छ।
नोट :यो सामग्री PDF मा पनि हेर्न सक्नुहुन्छ
तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review