- Home
- Show Content
ऐच्छिक नेपाली नमुना प्रश्न
ऐच्छिक नेपाली नमुना प्रश्न
ऐच्छिक नेपाली नमुना प्रश्न एक २०७८
कक्षा : ११
पूर्णाङ्कः ७५
विषयः ऐच्छिक नेपाली (३३१)
समयः ३ घण्टा
परीक्षार्थीले सकेसम्म आफ्नै शब्दमा मौलिक उत्तर दिनुपर्ने छ । किनारामा दिइएका अङ्कले पूर्णाङ्कलाई जनाउँछ ।
समूह - क
१.तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् : ३×५ =१५
क.तलको कथांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :
दुई घण्टा ढोका कुरेपछि बिस्तार बिस्तार चाकरीबाज आउन थाले र दरबारको अघिल्तिरको चौर मान्छेले भरियो । निन्याउरो मुख लाएर केशवराज छुट्टै बसेका थिए । छुट्टै बस्नाको उनको महान् उद्देश्य के थियो भने घुइँचामा कसलाई नजर हुन्छ कसलाई हुँदैन, थाहा पाइँदैन, राम्रो चाकरी पाइन्छ र एकान्तको मौका | पर्यो भने माफीको कुरा पनि बिन्ती गर्न पाइन्छ ।
अ.प्रस्तुत कथांशका आधारमा केशवराजका स्वभावगत विशेषता उल्लेख गर्नुहोस् ।
आ. प्रस्तुत कथांश मूल भाव उल्लेख गर्नुहोस् ।
ख) तलको कवितांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :
गाली गर् चाहे प्रशंसा वस्तु दुइटै एक हो,
वास्तविक कर्तव्यपथमा हिँड्नु मेरो काम हो,
भोक, तृष्णा, दाह, मूर्छा खालि मनको भुल हो
हिँड्नु नै कर्तव्य पथमा सत्य या आनन्द हो।
प्रश्नहरू :
अ.माथिको कवितांशमा प्रयोग भएको छन्दको नाम लेखी उक्त छन्दको गणसङ्केत समेत देखाउनुहोस् ।
आ.दिइएको कवितांशमा प्रयोग भएको शब्दशक्तिबारे उल्लेख गर्नुहोस् ।
ग) तलको निबन्धांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :
मानव सँधै एउटैसँग रमाउन सक्तैन किनकि समय चलायमान हुन्छ, उथलपुथल गराउँछ । एउटै परिस्थितिसँग मात्र कुचुक्किएर बस्तै बस्तैन, बस्नुहुँदैन । त्यसैले समय एक खेल हो । खेलमा दुवैको जित हुन सक्तैन । किनकि जितहार, हारजित भइरन्छ । यस खेलका खेलाडी नारी पुरुष दुवै हुन् । कदापि एउटैले जितको वर्चस्व थाम्न सक्तैनन् ।
अ. प्रस्तुत निबन्धांशमा 'नारी' समानताका लागि केकस्ता कार्य गर्नुपर्छ भनिएको छ ?
आ.प्रस्तुत निबन्धांशका आधारमा निबन्धकारको मूल प्रवृत्तिबारे लेख्नुहोस् ।
समूह - ख
तलका प्रश्नहरूको सङ्क्षिप्त उत्तर दिनुहोस् : ४×५ =२०
१.कथाको परिभाषा दिई यसका तत्त्वहरू पनि उल्लेख गर्नुहोस् ।
अथवा
निबन्धकार तारानाथ शर्माका निबन्धगत विशेषता उल्लेख गर्नुहोस् ।
२."गोरे अब त्यस फुटपाथ स्टेट (सडक पेटी-राज्य )को सम्राट थियो ,टिकी पट साम्राज्ञी। चिम्से ,घैटे ,मन्त्री,मिनिस्टर ।"प्रस्तुत कथांशमा व्यक्त शब्दशक्ति उल्लेख गर्नुहोस् ।
३.शान्त रसको उदाहरणसहित परिचय दिनुहोस् ।
अथवा
गङ्गारामको न्याय एकाङ्कीमा प्रयोग गरिएको हर्के पात्रको चरित्र चित्रण गर्नुहोस् ।
४.छिमेकी कथाको शीर्षक सार्थकता देखाउनुहोस् ।
समूह - ग
तलका कुनै दुई उद्धरणहरूको सप्रसङ्ग व्याख्या दिनुहोस् : २×५ =१०
क. आकाश छुने टाकुरा हाम्रो भेटेर भेटिन्न
पौरखी हाम्रा पुर्खाको पाइला मेटेर मेटिन्न
ख.ठुला मानिसहरू इज्जतका कुरामा बडा इखालु हुन्छन् र पछिसम्म सम्झिरहन्छन् ।
ग.विज्ञान प्रकृति प्रदत्त ज्ञानका विश्लेषणबाट उपलब्ध बन्ने ,बनाइएका ऋतुरङ्ग हुन् ,रङ्गीन ऋतु हुन् ।
समूह - घ
तलका कुनै दुई प्रश्नहरूको विवेचनात्मक उत्तर दिनुहोस् : प्रश्न न. (क) अनिवार्य छ : २×१० =२०
क.उपन्यासको परिचय दिई ''घामका पाइला'' उपन्यासको पवन कस्तो चरित्रको पात्र हो ?उसका सबल र दुर्बल पक्षहरू उल्लेख गर्नुहोस् ।
ख.छिमेकी कथामा नेपाली गाउँले समाजको चित्रण कसरी गरिएको छ ,विवेचनात्मक उत्तर लेख्नुहोस् ।
समूह - ङ
तलका प्रश्नहरूको उत्तर दिनुहोस् : २×५ =१०
अ.सुनामी कथामा व्यक्त सन्देश उल्लेख गर्नुहोस् ।
आ.छिनासिम छुने रहर नियात्रा निबन्धका घटनाहरू टिपोट गर्नुहोस् ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review