- Home
- Show Content
ऐच्छिक नेपाली नमुना प्रश्न दुई
ऐच्छिक नेपाली नमुना प्रश्न दुई
ऐच्छिक नेपाली नमुना प्रश्न दुई २०७८
कक्षा : ११
पूर्णाङ्कः ७५
विषयः ऐच्छिक नेपाली (३३१)
समयः ३ घण्टा
परीक्षार्थीले सकेसम्म आफ्नै शब्दमा मौलिक उत्तर दिनुपर्ने छ । किनारामा दिइएका अङ्कले पूर्णाङ्कलाई जनाउँछ ।
समूह - क
१.तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् : ३×५ =१५
(क) तलको कथांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :
एउटै सिरान गरेर सुतेपछि कहिलेकाहीं गोडा लाग्छ नाइँ, झगडा भो भन्दैमा धर्म छोड्नु हुन्छ ? आफूले साँचो मनले उपकार गरेपछि यसको आत्माले पनि कर लाउँछ । अमृत रोपेको ठाउँमा विष फलेको कतै सुनेका छौ ? माटाको भर टुङ्गो, टुङ्गाको भर माटो, संसार भरै भरमा अडेको छ । यो भरको ताँदो छिन्नेवित्तिकै सबै भताभुङ्ग हुन्छ।
प्रश्नहरू
(अ) प्रस्तुत कथांशका आधारमा गुमाने पात्रको स्वभावगत विशेषता उल्लेख गर्नुहोस् ।
(आ) माथिको कथांशले व्यक्त गरेको विचारबारे स्पष्ट पार्नुहोस् ।
(ख) तलको कवितांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :
छोडी विध्वंश सामग्री बोकेर शान्तिको ध्वजा
स्वच्छ विज्ञान चम्केको कहिले देख्न पाउँला ?
प्रश्नहरू
(अ) माथिको कवितांशको छन्दको नाम लेखी उक्त छन्दको गणसङकेतसमेत देखाउनुहोस्।
(ख) दिइएको कवितांशमा प्रयोग भएको शब्दशक्तिबारे उल्लेख गर्नुहोस् ।
(ग) तलको निबन्धांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :
दिन स्वच्छ थियो । नीलो आकाश नाङ्गा पर्वतहरूलाई त्यसै त्यसै निहुँला जस्तै गरेर हजारौं म्वाइँ खाइरहेको थियो । सूर्य प्रशस्त सौन्दर्यले पृथ्वीलाई सिँगारिरहेको थियो ।सारा हिमालको हिउँ झरेर कञ्चन कुइरोमा फेरिई रुवा जस्तै नदी बग्ने खोँचहरूमा टनाटन भरिए जस्तो देखिन्थ्यो।
प्रश्नहरू
(अ) माथिको निबन्धाशमा प्रकृतिको मानवीकरण कसरी गरिएको छ ? लेख्नुहोस् ।
(आ) प्रस्तुत निबन्धांशका आधारमा निबन्धकारको मूल प्रवृत्तिबारे लेख्नुहोस् ।
समूह - ख
तलका प्रश्नको सङ्क्षिप्त उत्तर दिनुहोस् : ४ x ५ = २०
१. कथाका तत्त्वहरू उल्लेख गरी कथानकका बारेमा स्पष्ट पार्नुहोस् ।
अथवा
निबन्धकार सरला चापागाईंका निबन्धगत विशेषता उल्लेख गर्नुहोस् ।
२.“गोरे अब त्यस फुटपाथ स्टेट (सडक पेटी-राज्य को सम्राट थियो, टिकी पट साम्राज्ञी । चिम्से, घेटे, मन्त्री, मिनिस्टर ।” प्रस्तुत कथांशमा व्यक्त शब्दशक्ति उल्लेख गर्नुहोस्।
३. रसका प्रकारहरू उल्लेख गर्दै करुण रसलाई सोदाहरण चिनाउनुहोस् ।
अथवा
गङ्गारामको न्याय एकाङ्कीको मूल सन्देश लेख्नुहोस् ।
४. “सन्त्राशदेखि पर" कथाको शीर्षक सार्थकता देखाउनहोस् ।
समूह - ग
तलका कुनै दुई उद्धरणको सप्रसङ्ग व्याख्या गर्नुहोस् : २ x ५ = १०
क) आमा, हजुरलाई मेरो माया लाग्दैन हगि, फेरि पनि बाढी आयो भने हजुरले फेरि पनि मलाई नै पानीमा छाडिदिनुहुन्छ, होइन ?
(ख) समयको लामो सडक छ ।
युगहरू छन् गल्ली, गल्ली !
मेरो आत्मा, एक दर्शक,
खोज्छ सुन्दर, हल्ली, हल्ली !
(ग) ऋतुरङ्गहरू र रङ्गऋतुहरू मैसित गुनगुनाइरहेका हुन्छन् । रङ्गमा ऋतु सन्निहित छन् : ऋतुहरूमा रङ्ग अन्तर्निहित छन्।
समूह - घ
तलका प्रश्नहरूमध्ये कुनै दुईको विवेचनात्मक उत्तर दिनुहोस् ।
प्रश्न न. (क) अनिवार्य छ : २ x १० = २०
क) उपन्यासकार धच गोतामेका औपन्यासिक प्रवृत्ति उल्लेख गर्दै “घामका पाइला" उपन्यासको शीर्षक सार्थकता पुष्टि गर्नुहोस् ।
ख) “दोषी चस्मा” कथामा केशवराजको कस्तो मनस्थितिको विश्लेषण गरिएको छ ?
(ग) “एउटा च्यातिएको पोस्टर” निबन्धमा व्यक्त नारीवादी दृष्टिकोण स्पष्ट पार्नुहोस्।
समूह - ङ
१०. तलका प्रश्नको उत्तर दिनुहोस् : २ x ५ = १०
(क) लछमनियाको गौना कथामा व्यक्त सन्देश उल्लेख गर्नुहोस् ।
(ख) घामका पाइला उपन्यासको पहिलोदेखि पाँचौं परिच्छेदका मुख्य मुख्य घटनाहरू टिपोट गर्नुहोस्।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review