सामाजिक : कक्षा १० एकाइ  एक

सामाजिक : कक्षा १० एकाइ  एक

तयार पार्ने : वीरेन्द्र पोख्रेल 

विद्यालय : श्रीपुर मावि भरतपुर ,चितवन

 

कक्षा १० सामाजिक अध्ययन ( एकाइ १ पठन सामाग्री )

 

१. दक्षताको आधारमा जनशक्तिको वर्गीकरण गर्नुहोस् ।

  • दक्ष जनशक्ति : आफ्नो कार्य वा पेसामा तलिमप प्राप्त र राम्रो सिप हासिल गरेका निपूर्ण जनशक्ति ।

 

  • अर्धदक्ष जनशक्ति : केही सिप हासिल गरेका तर पूर्ण रूपमा निपूर्ण नभइसकेका वा तालिम नपाएका जनशक्ति ।

 

  • अदक्ष जनशक्ति : कुनै काममा राम्रो सिप हासिल नगरेका सामान्य अराए लगाएको काम मात्र गर्न सक्ने जनशक्ति

 

२. कार्य अवधिको आधारमा दक्ष जनशक्तिको वर्गीकरण गर्नुहोस्

  • अल्पकालीन दक्ष जनशक्ति : कुनै खास कामका निम्ति तालिम दिएर तयार गरिएको दक्ष जनशक्तिलार्ई अल्पकालीन दक्ष जनशक्ति भनिन्छ, जस्तै– जनगणनाका निम्ति गणक, म्यादी प्रहरी, बाली स्याहार्ने व्यक्ति । यसका लागि छोटो अवधिका तालिम कार्यक्रमहरू सञ्चालन गरिएको हुन्छ ।

 

  • दीर्घकालीन दक्ष जनशक्ति : दीर्घकालीन दक्ष जनशक्तिहरू लामो अवधिको सेवाको निम्ति तयार गरिन्छन् । कर्मचारीहरू, सेना, प्रहरी, लगायतका सेवा क्षेत्रमा कार्यरत व्यक्तिहरू यस अन्तर्गत पर्दछन् ।

 

  • स्थिर वा दिगो दक्ष जनशक्ति : स्थिर वा दिगो दक्ष जनशक्तिले एकपटक सिप सिकेपछि जीवनभर जहिले र जहाँ पनि आफ्नो दक्षताको प्रयोग गर्न सक्छ । जस्तै : डाक्टर, इन्जिनियर, शिक्षक, वकिल, नर्स, मिस्त्री, कृषक, व्यवस्थापक आदि ।

 

३. मानव संसाधन विकास गर्न कस्ता उपायहरू अपनाउनु पर्दछ ?

  • विद्यालय, विश्वविद्यालय तथा तालिम केन्द्रहरूबाट प्राविधिक शिक्षा एवम् तालिम प्रदान गरेर

 

  • रोजगारी तथा काम गर्ने अवसर दिएर

 

  • उत्पादनशील क्षेत्रमा लगानी बढाएर

 

  • नियम कानुनले सहजता सिर्जना गरेर

 

४. मानव संसाधन व्यवस्थापन किन गरिन्छ ?

  • थोरै व्यक्तिबाट पनि धेरै काम लिन

 

  • मानिसको रुचि, क्षमता, दक्षता अनुसारको काममा लगाउन

 

  • संस्था एवम् राज्यको आवश्यकता पुरा गर्न

 

  • देश विकासका कामहरू योजना अनुसार पुरा गर्न

 

५ मानव संसाधन विकासको आवश्यकता किन पर्दछ ?

  • जनशक्तिको माग पूरा गर्न

 

  • राज्यलार्ई आवश्यक जनशक्तिको आपूर्ति गर्न

 

  • श्रमको लागत विश्लेषण गरी संगठनमा कामदार घटाउन वा बढाउन

 

  • देशमा के कति कामदार वा जनशक्ति आवश्यक छ भनी आवश्यकता पत्ता लगाउन र आवश्यक पर्ने विज्ञ जनशक्तिको पर्याप्तता एवम् संभाव्यवता पत्ता लगनउन

 

  • देशको काममा विविधता ल्याउन र बजारमा पाइने जनशक्तिको अवस्था आँकलन गर्न

 

  • उपलब्ध जनशक्तिको उचित व्यवस्थापन गरी संगठनको उत्पादकत्त्व बढाउन

 

६. नेपालमा मानव संसाधन विकासका लागि कस्ता योजना गर्नुपर्दछ ?

  • राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम र दक्ष जनशक्तिको उत्पादन गर्ने

 

  • जनशक्तिको माग र आपूर्तिबिच सन्तुलन कायम गर्ने

 

  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिममा जोड दिने

 

  • मानव संसाधनसँग सम्बन्धित निकायहरूको क्षमता अभिवृद्धि गर्ने

 

  • मानव संसाधन विकास सम्बन्धी नीति तयार गरी कार्यान्वयनमा ल्याउने

 

७. मानव विकास सुचाङ्कको अवधारणा बताउनुहोस् ।

कुनै पनि देशको आथिर्क, सामाजिक, शैक्षिक विकास लगायतका प्रगतिको स्तर वा अवस्था देखाउने सूचक नै मानव विकास सूचकाङ्क हो । सामान्यतया भौतिक जीवनमा आएको सुधारलार्ई मानवको विकासको आधारको रूपमा हेर्ने गरिन्छ । सन् १९९० भन्दा अगाडिसम्म कुनै देशको विकासको अवस्था हेर्न त्यस देशको प्रतिव्यक्ति आयलार्ई आधार मानेर हेर्ने गरिन्थ्यो ।

 

सन् १९९० देखि संयुक्त राष्ट्र सङ्घीय विकास कार्यव्रmमले मानव विकास सूचकका आधारमा मानवको विकासको अवस्था मापन गर्ने पद्धतिको विकास गरको थियो । जसअनुसार प्रत्येक देशको प्रतिव्यक्ति आय, देशका जनताका औसत आयु र साक्षरता प्रतिशतलार्ई सूचकका रूपमा गणना गरी मानव विकास सूचाङ्क निकालिन्थ्यो । गुणस्तरीय जीवनको मापनलार्ई ० देखि १ अङ्कलार्ई आधार मानी बढी अङ्क प्राप्त गर्ने देशलार्ई उच्च गुणस्तरीय जीवनयापन भएको मानिन्छ ।

 

८. सङ्घीय शासन पद्धतिको अवधारणा बारे लेख्नुहोस् ।

  • विकेन्द्रीकरणको शासकीय सिद्धान्त अनुसार एउटा सिंगो देशमा विभिन्न अधिकार सम्पन्न प्रदेशहरू र व्रिmयाशील स्थानीय तहहरू सहितको व्यवस्था सङ्घीयता हो ।

 

  • यस्तो व्यवस्थामा केन्द्र सरकारले प्रदेशहरूको रेखदेख र नियन्त्रण त गर्दछ, तर प्रदेशहरू आफ्नो विकास योजना आफैँ बनाउन र कर उठाउन स्वतन्त्र हुन्छन् ।

 

  • अधिकार सहितको प्रशासनिक विभाजन हुनुपर्ने माग बढ्दै गरेपछि वि.सं. २०६३ को अन्तरिम संविधानले नेपाल सङ्घीय राज्य भनेर उल्लेख गरेको थियो ।

 

  • यसलार्ई संस्थागत गर्ने कार्य वि.सं. २०७२ असोज ३ गते संविधान सभाबाट घोषणा भएको नेपालको संविधानले गरेको छ ।

 

  • संविधानले नेपालमा सातवटा प्रदेश रहने व्यवस्था गरेको छ ।

 

  • देशमा उपलब्ध स्रोतहरूको उचित बाँडफाँड गरी अधिकतम उपयोग गरेर विकास गर्ने र केन्द्रमा रहेको अधिकारलार्ई स्थानीय स्तरसम्म पु¥याउने उद्देश्यले नेपाल सङ्घीय राज्य बनेको छ ।

 

  • सङ्घीय राज्य निर्माणका लागि जनसङ्ख्या, भौगोलिक क्षेत्र, प्राकृतिक स्रोत साधन, क्षमता लागयतका आधार लिने गरिन्छ ।

 

९. नेपालमा सङ्घीय शासन पद्धतिको आवश्यकता किन परेको हो ? बुँदागत रुपमा लेख्नुहोस् ।

  • सेवा र सुविधा स्थानीय जनतासम्म पु¥याई सङ्घीय लोकतन्त्रिक गणतन्त्रलार्ई संस्थागत गर्न,

 

  • सामुदायिक विविधतालार्ई सम्बोधन गर्न,

 

  • देशको सामाजिक बनोटअनुसार विभिन्न वर्ग समुदायलार्ई शासन प्रणालीमा सहभागी हुने अवसर प्रदान गर्न,

 

  • स्थानीय नेतृत्त्वको क्षमता विकास गर्न,

 

  • विकासको गतिलार्ई तीब्रता दिई जनताको जीवनस्तर सुधार्न ।

 

१०. सङ्घीयताको फाईदा के कस्ता हुन सक्दछन् ?

  • सङ्घीय शासनले प्रदेशहरू बिचमा विकासमा प्रतिस्पर्धा बढ्ने,

 

  • स्थानीय स्रोत साधनको सदुपयोग हुने,

 

  • स्थानीय स्तरमा नै सेवा सुविधा प्राप्त हुने,

 

  • स्थानीय उत्पादन तथा क्षमताले गर्दा आत्म निर्भरता बढ्ने

 

११. सङ्घीय शासन पद्धतिमा केन्द्र सरकारले गर्ने कार्यहरू के के हुन्छन् ?

  • देशको सीमा सुरक्षा गर्ने र अन्तर्राष्ट्रिय आव्रmमण बाट जोगाउने,

 

  • राष्ट्रिय अर्थ नीति र बार्षिक बजेट बनाउने,

 

  • परराष्ट्र नीति अबलम्बन गर्ने,

 

  • मुद्रा आदिको निष्कासन, नियन्त्रण र कार्यान्वयन गर्ने

 

  • अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू गर्ने

 

  • सेनाको भर्ती तथा परिचालन गर्ने

 

  • राष्ट्रिय गौरवका विकास आयोजनाहरू सञ्चालन गर्ने

 

१२. सङ्घीय शासन पद्धतिमा प्रदेश वा प्रान्तीय सरकारले गर्ने कार्यहरू के के हुन्छन् ?

  • संविधानले तोकेअनुसार प्रदेश कर उठाउने तथा बजेट बनाउने

 

  • आवश्यकता अनुसार प्रदेशको विकास योजना बनाउने कार्यान्वयन गर्ने

 

  • प्रदेशको शान्ति सुरक्षा कायम राख्ने

 

  • केन्द्रसँग समन्वय गर्ने

 

  • शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, सञ्चार सम्बन्धी कार्यहरू गर्ने

 

  • विकासका पूर्वाधार निर्माणका कार्यहरू गर्ने

 

१३. सङ्घीय शासन पद्धतिमा स्थानीय सरकार(पालिका)ले गर्ने कार्यहरू के के हुन्छन् ?

  • संविधान र कानुनबमोजिम शासन व्यवस्था सञ्चालन गर्ने

 

  • स्थानीय जनताको आवश्यकता र आर्थिक क्षमताअनुसार विकास निर्माणका कार्य सञ्चालन गर्ने

 

  • स्थानीय स्तरमा आवश्यक नीति नियम बनाउने र कार्यान्वयन गर्ने

 

  • स्थानीय आर्थिक स्रोतको परिचालन गर्ने

 

  • जनतालार्ई छिटो छरितो सेवा सुविधा प्रदान गर्ने

 

१४. सङ्घीय शासन पद्धतिमा जनताले गर्ने कार्यहरू के के हुन सक्छन् ?

  • संविधान र कानुनको पालना गर्ने

 

  • सक्षम र इमान्दार व्यक्तिलार्ई सङघीय, प्रदेश र स्थानीय व्यवस्थापिकामा चुनेर पठाउने

 

  • सङघीय, प्रदेश र स्थानीय सरकारबाट सञ्चलित कार्यव्रmममा सहभागी हुन सहयोग गर्ने

 

  • समयमा कर तिर्ने र मतदानमा भाग लिने

 

  • विकास निर्माण कार्यमा सहभागी हुने ।

 

 

१५. नेपालका प्रदेशहरू बारे संक्षिप्तमा लेख्नुहोस् ।

प्रदेश नं. १

राजधानी : बिराटनगर

जिल्ला संख्या : १४

क्षेत्रफल : २५९०५ वर्ग कि.मी. जनसंख्या : ४५,३४,९४३ जना

जलविद्युत सम्भावना : अरुण र कोशी नदीमा

पर्यटकीय स्थल : पाथीभरा, सगरमाथा, मकालु, भेडेँटार, धरान, इलाम

शिक्षा विश्वविद्यालय : पूर्वाञ्चल विश्व विद्यालय

उद्योग : चिया, चिनी तथा जुट उद्योग र अन्य औद्योगिक क्षेत्र

जतजाति : राई, लिम्बु, लेप्चा, राजवंशी, कोचे, मेचे, बाहुन, क्षेत्री, शेर्पा, दलित आदि

जलविद्युत सम्भावना भएको, चिया उत्पादन, उच्च शिखर सगरमाथा, पहाडमा राइ, लिम्बु र तराइमा धिमाल लगायतका जनजातिहरूको बसोवास

 

प्रदेश नं. २

राजधानी : जनकपुर

जिल्ला संख्या : ८

क्षेत्रफल : ९६६१ वर्ग कि.मी. जनसंख्या : ५४,०४,१४५ जना

जलविद्युत सम्भावना : नभएको

पर्यटकीय स्थल : जनकपुर, बारा र सप्तरीका धार्मिक स्थलहरू,

शिक्षा विश्वविद्यालय : त्रिविका आङ्गिक तथा सम्बन्ध प्राप्त क्याम्पस

उद्योग : औद्योगिक क्षेत्र

जतजाति : मधेसी समुदायको बाहुल्यता, मैथेली, थारु

ऐतिहासिक तथा धार्मिक स्थल, समथर जमिन, खाद्यवाली, नगदेवाली, यादव, थारु, मुस्लिम र दलित जातिको बसोवास

 

   बाग्मती प्रदेश

राजधानी : हेटौंडा

जिल्ला संख्या : १३

क्षेत्रफल : २०,३०० वर्ग कि.मी. जनसंख्याः ५५,२९,४५२ जना

जलविद्युत सम्भावना : माथिल्लो तामाकोशी, खिम्ति, चिलिमे, त्रिशुली सुनकोशी

पर्यटकीय स्थल : पशुपतिनाथ, स्वयम्भू, भक्तपुर, धुलिखेल, जिरी, चितवन

शिक्षा विश्वविद्यालय : त्रिभुवन विश्व विद्यालय, कृषि तथा वन विश्व विद्यालय

उद्योग : औद्योगिक क्षेत्र

जातजाति : तामाङ, नेवार, बाहुन, क्षेत्री, दलित आदि

राजधानी सहितको प्रदेश, पर्यटकीय स्थल, तामाङ र नेवार जनजातिको बाहुल्यता

 

     गण्डकी प्रदेश

राजधानी : पोखरा

जिल्ला संख्या : ११

क्षेत्रफल : २१,५०४ वर्ग कि.मी. जनसंख्या : २४,०३,७५७ जना

जलविद्युत सम्भावना : कालिगण्डकी, बुढीगण्डकी

पर्यटकीय स्थल : पोखरा, मुस्ताङ, वन्दीपुर, लमजुङ, गोरखा दरवार

शिक्षा विश्वविद्यालय : पोखरा विश्व विद्यालय

उद्योग : औद्योगिक क्षेत्र

जातजाति : गुरुङ, मगर, बाहुन, क्षेत्री दलित, नेवार, थकाली

पर्यटकीय नगरी पोखरा, ऐतिहासिक तथा धार्मिक स्थल, ठूला ठूला नदी तथा तालहरू रहेको

 

   लुम्बिनी प्रदेश

राजधानी : देउखुरी

जिल्ला संख्या : १२

क्षेत्रफल :२२,२८८ वर्ग कि.मी. जनसंख्या : ४४,९९,२७२ जना

जलविद्युत सम्भावना : तिनाउ, राप्ती नदी

पर्यटकीय स्थल : लुम्विनी, तिलौराकोट, स्वर्गदारी, बर्दिया निकुञ्ज,

शिक्षा विश्वविद्यालय : लुम्बिनी विश्व विद्यालय

उद्योग : औद्योगिक क्षेत्र

जातजाति : मगर, बाहुन, क्षेत्री, दलित, थारु, मधेसी,

ऐतिहासिक तथा धार्मिक स्थल, नदिहरू, वन जङग्ल,पहाड र तराइ समेटिएको भूभाग

 

  कर्णाली प्रदेश

राजधानी : बीरेन्द्रनगर

जिल्ला संख्या : १०

क्षेत्रफल : २७९८४ वर्ग कि.मी. जनसंख्या : १५,७०,४१८जना

जलविद्युत सम्भावना : उच्च कर्णाली, भेरी

पर्यटकीय स्थल : राराताल, से फोक्सुण्डो ताल,

शिक्षा विश्वविद्यालय : मध्यपश्चिम विश्वविद्यालय

उद्योग : नभएको

जातजाति : बाहुन, क्षेत्री दलित, ठकुरी

विकासको दृष्टिले प्रचुर सम्भावता रहेको, वन जङ्गल, जडिबुटी नदि, ताल रारा, से फोक्सुण्डो, राष्ट्रिय निकुञ्ज, ठकुरी, वाहुन क्षेत्री र दलित वर्गको बाहुल्यता

 

            सुदुरपश्चिम प्रदेश

राजधानी : गोदावरी

जिल्ला संख्या : ९

क्षेत्रफल : १९९१५ वर्ग कि.मी. जनसंख्या : २५५२५१७ जना

जलविद्युत सम्भावना : चमेलिया, सेती नदी

पर्यटकीय स्थल : उग्रतारा, शैलेशवरी अपि सैपाल

शिक्षा विश्वविद्यालय : सुदुरपश्चिम विश्वविद्यालय

उद्योग : नभएको

जातजाति : गुरुङ, मगर, बाहुन, क्षेत्री दलित, थारु, ठकुरी

तराइ पहाड र हिमाल समावेश, तराइमा थारू समुदायको बसोवास, ऐतिहासिक, धार्मिक स्थल तथा पर्यटकीय स्थलहरू रहेका



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login