- Home
- Show Content
सामाजिक : कक्षा १० एकाइ दुई
सामाजिक : कक्षा १० एकाइ दुई
तयार पार्ने : वीरेन्द्र पोख्रेल
पद: सामाजिक शिक्षक (माध्यमिक)
विद्यालय : श्रीपुर माध्यमिक विद्यालय भरतपुर महानगरपालिका -चितवन
एकाइ २ : विकासका पूर्वाधारहरु
पाठ १ : दिगो विकास
२.१.१ दिगो विकासको अवधारणा र विकासक्रमबारे लेख्नुहोस् ।
- टिकाउ हुने, लामो समयसम्म प्रतिफल दिईरहने विकास कार्य नै दिगो विकास हो ।
- दिगो विकास भनेको भविष्यका सन्ततिका लागि समेत हुने गरी विकास निर्माण कार्य सञ्चालन गर्नु हो ।
- संयुक्त राष्ट्र सङ्घले सन् १९७२ मा स्विडेनको स्टकहोममा आयोजना गरेको मानवीय वातावरण सम्बन्धी प्रथम विश्व सम्मेलन बाट पहिलो पटक दिगो विकासको अवधारणा सुरु भएको हो ।
- सन् १९८३ मा संयुक्त राष्ट्र सङ्घको साधारण सभाले वातावरण र विकास सम्बन्धी आयोग गठन गर्ने प्रस्ताव पारित गर्यो ।
- सोही बर्ष डिसेम्बरमा नर्वेका तत्कालीन प्रधानमन्त्री ग्रो हार्लेम ब्रन्टल्यन्डको अध्यक्षतामा वातावरण र विकास सम्बन्धी आयोग गठन भयो ।
- आयोगले सन् १९८७ भएको संयुक्त राष्ट्र सङ्घको ४२ औँ साधारण सभामा मा “हाम्रो साझा भविष्य" (Our Common Future) शीर्षकको प्रतिवेदन तयार गरेपछि दिगो विकासको अवधारणाले मूर्त रूप पाएको हो ।
- त्यस प्रतिवेदनले दिगो विकासको परिभाषा यसरी प्रस्तुत गर्यो : "Development that meets the needs of the present without compromising the ability of the Future generations to meet their own needs"अर्थात् भावी पुस्ताका आवश्यकतालाई मध्यनजर गर्दै वर्तमान मानवीय आवश्यकतालाई परिपूर्ति गर्ने विकास नै दिगो विकास हो ।
२.१.२ दिगो विकासका उदेश्यहरु :
- वातावरणको प्रभावकारी संरक्षण गर्ने गरी विकासका कार्य सञ्चालन गर्नु
- मानवीय विकास र प्रगतिमा जोड दिने,
- गरिबी निवारणमा सहयोग पुर्याउने,
- प्राकृतिक स्रोत र साधनको सावधानीपूर्वक प्रयोग गर्दै गरिबी निवारणमा सहयोग पुर्याउने,
- भविष्यलाई असर नपर्ने गरी उच्च, स्थिर र दिगो आर्थिक वृद्धि हासिल गर्ने,
- विकासका क्षेत्रमा सामाजिक न्याय कायम गर्ने
- स्रोत र साधनको निरन्तर उपयोग गरिरहन सक्ने गरी संरक्षणका उपाय अवलम्बन गर्ने
२.१.३ दिगो विकासका विशेषताहरु :
- दिगो विकासले स्रोत र साधनको दिगो व्यवस्थापन गर्न मद्दत गर्दछ ।
- भावी पिँढीका लागि सुन्दर भविष्य हस्तान्तरणमा सहयोग गर्दछ ।
- विकासका कार्य गर्दा वातावरण संरक्षणमा जोड दिन्छ ।
- स्रोत साधन प्राप्ति, परिचालन एवम् संरक्षणमा सहयोग गर्दछ ।
- स्रोत र साधनको न्यायपूर्ण वितरणमा ध्यान पुर्याउँछ ।
- पुनः चक्रण, नवीकरण र पुनः प्रयोग हुने साधन प्रयोग र प्रवद्र्धनमा जोड दिन्छ ।
२.१.५ नेपालमा दिगो विकासका चुनौती र समाधानका उपायहरु :
|
दिगो विकासको चुनौतीहरु |
|
क. पहाडी तथा दुर्गम भुवनोट
ख. प्राविधिक ज्ञानको अभाव
ग. सीमित आर्थिक आधारहरू
घ. व्यापक गरिबी
ङ. राजनैतिक अस्थिरता
च. जनसहभागिताको अभाव
छ. तीव्र जनसङ्ख्या वृद्धि |
|
चुनौती समाधानका उपायहरु |
|
क. वातावरणीय पक्षलाई जोड दिने
ख. जनसङ्ख्या वृद्धि नियन्त्रण
ग. खनिज तथा जल सम्पदाको उचित उपयोग
घ. वैकल्पिक उर्जाको विकास
ङ. अव्यवस्थित सहरीकरण
च. विकासमा जनसहभागितामा वृद्धि |
पाठ २ : नेपालमा सञ्चालित विकास आयोजनाहरु
२.२.१ विकास आयोजनाको अवधारणा र परिभाषा
- निश्चित समयावधिमा सम्पन्न गरिसक्ने गरी विविध लक्ष्यका साथ साधन र स्रोतको प्रयोग गरेर सुव्यवस्थित तवरबाट सञ्चालित विकासका कार्यक्रमहरू नै विकास आयोजनाहरू हुन् ।
- समग्र राष्ट्रलाई पहिचान दिलाउने, देशका अधिकांश जनता लाभान्वित हुने बढी स्रोत र साधन एवम् लगानी आवश्यक पर्ने राष्ट्रिय तहबाट सञ्चालित तथा सरकारद्वारा नै राष्ट्रिय गौरवका आयोजना भनी घोषणा गरिएका विकास आयोजनाहरुलाई राष्ट्रिय गौरवका आयोजना भनिन्छ ।
- वि.स. २०७७ सम्म यस्ता राष्ट्रिय गौरवका आयोजनाहरू २२ ओटा रहेका छन् । यस्ता आयोजनाहरू समयअनुसार थपघट हुन सक्छन् ।
राष्ट्रिय गौरवका आयोजनाहरूको नाम :
१) गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना
२) पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना
३) निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना
४) पशुपति क्षेत्र विकास कोष
५) लुम्बिनी विकास कोष
६) राष्ट्रपति चुरे–तराइ–मधेस संरक्षण कार्यक्रम
७) मेलम्ची खानेपानी आयोजना
८) माथिल्ली तामाकोशी जलविद्युत आयोजना
९) बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना
१०) पश्चिम सेती जलविद्युत आयोजना
११) विद्युत प्रसारण आयोजना (मिलेनियम च्यालेञ्ज एकाउण्ट – नेपाल)
१२) भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना
१३) बबई सिँचाइ आयोजना
१४) रानीजमरा कुलरिया सिँचाइ आयोजना
१५) सिक्टा सिँचाइ आयोजना
१६) काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजना
१७) मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजना
१८) हुलाकी राजमार्ग आयोजना
१९) कोशी राजमार्ग आयोजना
२०) कालीगण्डकी कोरिडोर आयोजना
२१) कर्णाली कोरिडोर आयोजना
२२) मेट्रो तथा रेलमार्ग
क) पूर्व–पश्चिम रेलमार्ग आयोजना
ख) काठमाडौं मेट्रोरेल आयोजना
२.२.३ विकास आयोजनाको महत्त्व बुँदागत रुपमा टिपोट गर्नुहोस् ।
- देशको आर्थिक एवम् सामाजिक विकासमा गति प्राप्त हुन्छ ।
- स्वदेशमै रोजगारीको अवसर सिर्जना हुन्छ ।
- कृषि उत्पादनको उत्पादकत्व बढ्छ ।
- देश र जनताको आयस्तर बढ्छ ।
- बजारको विस्तार हुनुको साथै स्वदेशी सामानले विदेशी बजार पाउँछ ।
- सरल र सहज रूपमा सेवा सुविधा प्राप्त हुन्छ ।
- देश आत्म निर्भर हुन मद्दत पुग्छ ।
पाठ ३ विकासका पूर्वाधार : दक्ष जनशक्ति र रोजगार
२.३.१ विकासका पूर्वाधार अवधारणा र परिभाषा
- देशको दैनिक कार्य सुचारु ढङ्गबाट सञ्चालनका निमित्त आवश्यक पर्ने स्रोत, साधन, प्रविधि र संरचनाहरू नै विकासका पूर्वाधार हुन् ।
- कुनै पनि देशको विकासका लागि नभई नहुने कुराहरू जस्तै शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, शान्ति सुरक्षा, उर्जा, खानेपानी आदिले जनताको जिवनस्तर सुधार गरी देशको विकासमा महत्त्वपूर्ण भुमिका खेलेको हुन्छ । यिनीहरूलाई नै विकासका पूर्वधारहरू भनिन्छ ।
- विकासका पूर्वधारहरूको विकासका लागि स्रोत र साधनको आवश्यकता पर्छ ।
- स्रोत र साधनहरू दुई किसिमका हुन्छन्ः प्राकृतिक स्रोत र साधन तथा मानव संसाधन ।
२.३.२ दक्ष जनशक्ति, विकास र रोजगार बिच सम्बन्ध
- राम्रो शिक्षा हासिल गरेका, सिपयुक्त र श्रमप्रति समर्पित व्यक्तिहरूले सजिलै रोजगारीको अवसर प्राप्त गर्दछन् ।
- देशका शैक्षिक संस्थाहरू तथा तालिम प्रदायक केन्द्रहरूले बजारको माग र देशको आवश्यकताबमोजिम दक्ष जनशक्ति उत्पादन गर्छन् । त्यस्ता जनशक्ति कामको खोजी गर्ने खालका मात्र नभई आफैँ रोजगारीको सिर्जना गर्ने उद्यमशील, स्वावलम्बी, स्वाभिमानी र सिपयुक्त हुनुपर्छ ।
- मानव संसाधन विकास र प्राकृतिक स्रोत एवम् साधनको उचित परिचालन गरेर मात्र देशको विकास सम्भव छ ।
- “दक्ष जनशक्ति नै रोजगारको अवसर हो’ त्यसैले राज्यले सबै नागरिकलाई दक्ष जनशक्तिका रूपमा रूपान्तरण गर्न सकेको खण्डमा नागरिक आपैmँले स्वरोजगारको क्षेत्र पहिचान गरी देशको चौतर्फी विकासमा सहयोग गर्न सक्छ ।
२.३.३ दक्ष जनशक्तिको महत्त्व
- उपलब्ध प्राकृतिक स्रोत र साधनको उचित रुपमा परिचालन गर्न ।
- स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न ।
- कृषि क्षेत्रको उत्पादकत्व वृदि गरी देश र जनताको आयस्तर बढाउन ।
- स्वदेशी सामानको उत्पादन बढाई निर्यातजन्य व्यापार गर्न ।
- देशलाई आत्मनिर्भरता तर्फ उन्मुख गराउन ।
२.३.४ दक्ष जनशक्ति उत्पादन गर्ने उपायहरु :
- समयानुकूल वैज्ञानिक शिक्षा र समाजको मागअनुरूपको तालिमहरू प्रदान गर्ने
- देशको आवश्यकता अनुरूप प्राविधिक शिक्षा र व्यवहारिक शिक्षा प्रणाली विकास गर्ने
- नागरिकहरूलाई सूचना प्रविधिसँग अध्यावधिक गराउने
- अध्ययन र अनुसन्धान गराउने
- नयाँ जनशक्तिका लागि पूर्व सेवाकालीन र कार्यरतका लागि पुनर्ताजगी तालिम दिने
- देशमा नयाँ नयाँ रोजगारीका अवसर सिर्जना गर्ने
- सिप र क्षमता भएका नागरिकलाई सरकाले नै निशुल्क शिक्षा, तालिम र अनुसन्धानको व्यवस्था मिलाउने ।
पाठ ४ : समकालीन विकास लक्ष्य र नेपाल
२.४.१ के हो त समकालिन विकास लक्ष्य ?
- सन् १९९० पछि विश्वमा शीत युद्धको युग समाप्ति सँगै विश्वका राष्ट्रहरूले विकासमा ढिलो हुन थालेको महसुस गर्दै विभिन्न प्रकारका विकास लक्ष्य निर्धारण गर्दै कार्यान्वयन गर्न थाले ।
- यसै बिच सन् १९९० मा बसेको संयुक्त राष्ट्र सङ्घ महासभाको बैठकले विश्वबाट गरिबी घटाउने उद्देश्य लिई अन्तर्राष्ट्रिय विकासका लक्ष्यहरू किटान गरेको थियो ।
एक वाक्यमा भन्नुपर्दा :
संसारलाई रोग, भोक, निरक्षरता, गरीबि र विभेदबाट मुक्त गराई विकास र समृद्दि ल्याउन बनाईएको विश्वव्यापी योजना नै समकालिन विकास लक्ष्य हो ।
२.४.२ सहस्राब्दी विकास लक्ष्य
- सन् २००० सेप्टेम्बरमा भएको संयुक्त राष्ट्र सङ्घीय सम्मेलनले १५ वर्षे सहस्राब्दी विकास लक्ष्यहरू (Millenium Development Goals) निर्धारण गरेको थियो ।
- यसमा विकासोन्मुख राष्ट्रहरूमा रहेको आर्थिक तथा मानवीय गरिबीलाई अन्त्य गर्ने प्रतिबद्धताका साथ घोषणा पत्र जारी गरिएको थियो ।
- त्यस घोषणा पत्रमा ७ ओटा सहस्राव्दी विकास लक्ष्य र २१ ओटा विकासका परिसूचक समावेश गरिएको थियो । नेपालले भने त्यसमा पनि १ लक्ष्य थपेर ८ ओटा लक्ष्य पूरा गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो ।
- सो विकास लक्ष्यमा सन् १९९० लाई आधार मानी सन् २०१५ सम्ममा तोकिएका लक्ष्य हासिल गर्नुपर्ने समय सीमा तोकिएको थियो ।
- नेपालसहित विश्वका १८९ राष्ट्रहरूले यस विकास लक्ष्यमा प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेका थिए ।
२.४.३ दिगो विकासका लक्ष्यहरू (सन् २०१६— सन् २०३०)
- सन् २०१५ मा सहस्राब्दी विकास लक्ष्य अन्तर्गतका योजना र कार्यक्रमहरू समाप्त भएपछि सन् २०१६ देखि सन् २०३० सम्मको योजनाबद्ध विकासको अर्को चरणका रूपमा दिगो विकासका लक्ष्यलाई कार्यान्वयनमा ल्याइएको हो ।
- सन् २०१५ सेप्टेम्बरको संयुक्त राष्ट्र सङ्घको महासभाले दिगो विकासका लक्ष्य तथा गन्तव्यहरू स्वीकृत गरेको थियो ।
- यो भर्खर सुरु भएको हुनाले यसका कतिपय सूचक र कार्यान्वयनका रणनीतिहरू बनाउन भने अझै बाँकी रहेको छ ।
- हाल सम्ममा जम्मा १७ ओटा लक्ष्य र १६९ ओटा गन्तव्यहरू निर्धारण गरिएका छन् ।
२.४.४ नेपालले दिगो विकाससँग सम्बन्धित लक्ष्यहरू निर्धारित समयमा प्राप्त गर्न के के गर्नुपर्ला ?
दिगो विकासका लक्ष्यहरू प्राप्त गर्नका लागि नेपालले निम्न कार्यहरू गर्नु पर्दछ ।
- समयमा नै नीति, कार्य नीति र कानुनहरू बनाएर कार्यान्वयन गर्ने
- राजनीतिक स्थिरता कायम गर्ने
- भ्रष्टाचार नियन्त्रण गर्ने
- सम्बन्धित व्यक्ति र निकायलाई बढी जिम्मेवारी बनाउने
- आवश्यक स्रोतहरूको खोजी गर्ने
- स्रोत र साधनको सही परिचालन गर्ने
- तोकिएको समयामा तोकिएको कार्य सम्पादन गर्ने ।
पाठ ५ : स्थानीय तहमा विकास प्रस्ताव तर्जुमा
२.५.१ स्थानीय तह भनेको के हो ?
- नेपालको संविधान अनुसार नेपालमा तिन तहको सरकार रहने व्यवस्था छ । केन्द्रमा केन्द्रीय सरकार, प्रदेशमा प्रदेश सरकार र स्थानीय क्षेत्रमा स्थानीय सरकार रहनेछ ।
- गाउँ पालिका र नगरपालिका हाम्रो देशका स्थानीय निकायहरू हुन् ।
- स्थानीय स्तरको विकास निर्माणको कार्य सञ्चालन गर्ने अधिकार स्थानीय सरकार र निकायलाई हुन्छ ।
- स्थानीय निकायले आवश्यकता अनुसार स्थानीय समुदायका व्यक्तिहरू संलग्न रहेको उपभोक्ता समितिहरू निर्माण गरी विकास निर्माणका कार्यहरू सञ्चालन गर्दछन् ।
२.५.२ योजना र योजना तर्जुमा
- उपलब्ध स्रोत र साधनको उचित प्रयोग गर्ने गरी निश्चित अवधिमा तोकिएका उद्देश्यहरू पूरा गर्न कार्यक्रमको समग्र खाका तयार पार्नुलाई योजना तर्जुमा भनिन्छ ।
- के गर्ने ? किन गर्ने ? कसले गर्ने ? कसरी गर्ने ? कहाँ गर्ने ? कहिले गर्ने ? भन्ने जस्ता प्रश्नहरूको पहिले नै तय गरेर बनाइएको खाका नै योजना हो ।
- स्थानीय निकायले आवश्यकता अनुसार स्थानीय समुदायका व्यक्तिहरू संलग्न रहेको उपभोक्ता समितिहरू निर्माण गरी विकास निर्माणका कार्यहरू सञ्चालन गर्दछन् ।
- सरोकारवाला उपभोक्ता समितिले विकास प्रस्ताव तर्जुमा तयार गरी सम्बन्धित निकाय गाउँपालिका वा नगरपालिकाको कार्यालयमा पेस गर्नुपर्दछ ।
२.५.३ स्थानीय स्तरमा विकास प्रस्ताव तर्जुमा ढाँचा
१. आवश्यता पहिचान :
स्थानीय तहमा विविध आवश्यकताहरू हुन सक्छन्, जस्तै : विद्यालय भवन निर्माण, बाटो निर्माण, वन संरक्षण आदि । त्यसैले सबैभन्दा पहिले त्यहाँ के के विकासका कार्यगर्नु आवश्यक छ भनी आवश्यकता पहिचान गरिन्छ ।
२. विकल्पको छनोट : एकै ठाउँमा धेरै प्रकारका आवश्यकता हुन सक्दछन् । ती मध्ये प्राथमिकताका आधारमा अति आवश्यक र सम्भावित बजेट सीमा भित्र पर्ने विकल्प छनोट गर्ने गरिन्छ ।
३. प्रस्ताव तयारी : विकास आयोजना छनौट भइरहेके पनि त्यसको विस्तृत प्रस्ताव तयारी गरिन्छ । जसमा परिचय, उद्देश्य, प्रभावित क्षेत्र र परिवार सङ्ख्या, लागत, जन श्रमदान, कार्य सञ्चालन स्थल, सुरु मिति र अवधि, स्रोत र सामाग्री, कार्यान्वयन, कार्यान्वयन पश्चात् फाइदा, उपभोक्ता समितिको नामावली, उपसंहार आदि पक्षहरू उल्लेख गरिन्छ । यसरी तयार पारिएको विकास प्रस्तावको मस्यौदालाई नगरपालिका वा गाउँपालिका कार्यालयमा पेस गरिन्छ ।
४. लगानीको स्रोतको लेखाजोखा : उक्त विकास आयोजना सञ्चालनका लागि उपभोक्ताबाट हुने योगदान र स्थानीय निकायबाट प्राप्त हुने अनुमानित बजेट दुवै समावेश गरिएको हुन्छ ।
५. समझदारी÷सम्झौता : विकास प्रस्तावलाई स्थानीय निकायले गाउँ परिषद वा नगर परिषदबाट पारित गराए पछि स्थानीय उपभोक्ता समिति र स्थानीय निकाय प्रतिनिधि बिचको सर्त सहितको सम्झौता हस्ताक्षर हुन्छ र कार्यका निमित्त स्वीकृति प्रदान गरिन्छ ।
६. कार्यान्वयन : समितिको रेखदेखमा निर्माण कार्य सञ्चालन गरिन्छ ।
७. अनुगमन तथा मूल्याङ्कन : स्थानीय निकायको प्राविधिक वा स्थानीय सरोकारवालाले कामको निरीक्षण, प्रगति अवलोकन, सर्त पालना गरे नगरेको अनुगमन र समग्र कार्यक्रमको लेखाजोखागर्ने, आवश्यक निर्देशन दिने लिने कार्य गरिन्छ ।
८. कार्य सम्पादन : स्थानीय निकायका प्राविधिकबाट प्राविधिक जाँच गराएपछि आयोजना सम्पन्न गरी अन्तिम किस्ताको निकासा दिइन्छ र अन्त्यमा कार्य सम्पन्नको प्रमाण पत्र दिइन्छ ।
२.५.४ विकास प्रस्ताव नमुना
- परिचय : आवश्यकताहरू मध्ये छनोट गरिएको पहिलो आवश्यकता नै प्राथमिकतामा परेको विकल्प हो भन्ने आसय आउने गरी विकास योजनाको परिचय लेख्ने
- उद्देश्य : केका लागि कस्ता खालका विकास निर्माण गर्ने हो उल्लेख गर्ने
- प्रभावित क्षेत्र : आयोजनाले कुन कुन क्षेत्रमा कस्तो असर पर्न सक्छ उल्लेख गर्ने
- लागत : अनुमानित खर्च कति लाग्ला उल्लेख गर्ने
- जनश्रम दान : जनश्रमदानको सम्बन्धमा कति, कसरी, केका लागि सम्भव छ उल्लेख गर्ने
- कार्य सञ्चालन स्थलः कहाँ विकास निर्माण गर्ने हो त्यसको अवस्थिति उल्लेख गर्ने
- काम सुरु गर्ने मिति र अवधि : कहिले सुरु गर्ने र कहिले सम्ममा पूरा गर्ने हो उल्लेख गर्ने
- स्रोत र सामाग्रीः (प्राकृतिक तथा मानव संसाधनको उपयोगका बारेमा उल्लेख गर्ने जस्तैः सिमेन्ट, बालुवा, गिट्टी, ढुङ्गा, मिस्त्री, अन्य कामदार आदि )
- कार्यान्वयनः यस आयोजनको कार्यान्वयन कसरी गर्ने भन्ने बारेमा उल्लेख गर्ने जस्तैः सरोकारवाला प्रतिनिधिहरू सम्मिलित समावेशीको सिद्धान्तअनुरूप निर्माण गरिएको निर्माण उप समितिको चयन, आयोजना प्रस्ताव ढाँचाको निर्माण, सुझाव सङ्कलन, प्रस्ताव पेस र स्वीकृति आदि)
- कार्यान्वयन पश्चात् फाइदाः आयोजनाको कार्यान्वयनपछि कसलाई के फाइदा पुग्दछ लेख्ने
- उपभोक्ता समितिको नामावलीः यस प्रश्नअनुसार उपभोक्ता समितिको ठाउँमा भवन पुनः निर्माण समितिको नाम लेख्ने ।
- उपसंहार ÷ निष्कर्षः यस आयोजनाको छोटो समिक्षात्मक टिप्पणी सहित निष्कर्ष र सुझाव लेख्ने
२.५.५ स्थानीय विकासमा जन सहभागिता
|
विकास कार्यमा जनसहभागिता हुँदा हुने फाइदा |
|
क.सही विकास आयोजना छनौट हुन सक्छ ।
ख.जनतामा अपनत्त्वको भावना विकास हुन्छ ।
ग.जन सहभागिता जुटाउन सहज हुन्छ ।
घ.आयोजनामा भ्रष्टाचार र अनियमितता हुने सम्भावना न्यून हुन्छ ।
ङ.अनुदानको सहि सदुपयोग गर्न मदत पुग्दछ । |
|
जनसहभागिता नहुँदा हुने बेफाइदा |
|
क.विकास आयोजना जनताको आवश्यकता अनुसार नहुन सक्छ ।
ख.जनताले बेवास्ता गर्ने हुन सक्छ ।
ग.आयोजना सम्पन्न भए पश्चात् पनि त्यसको रेखदेख र दिगोपना नहुन सक्छ ।
घ.भ्रष्टाचार र अनियमितता हुन सक्छ । |
facebook :


Only rated.
Leave a review