- Home
- Show Content
सामाजिक : कक्षा १० Note
सामाजिक : कक्षा १० Note
तयार पार्ने : विरेन्द्र पोख्रेल
पद : माध्यमिक सामाजिक शिक्षक
विद्यालय : श्रीपुर माध्यमिक विद्यालय , भरतपुर महानगरपालिका चितवन
पाठ एक : मानव संसाधन विकास
१.१ मानव संसाधन
= मानव संसाधनले कुनै पनि कामका लागि आवश्यक पर्ने सामान्य तथा प्राविधिक मानव स्रोतलाई बुझाउँछ । यसले सामान्य कामदारदेखि उच्च तथा दक्ष प्राविधिकसम्मका मानव जनशक्तिलाई समेट्छ ।
देशको आर्थिक, सामाजिक, सांस्कृतिक र वैज्ञानिक उन्नतिका लागि मानव स्रोतको आवश्यकता पर्छ ।
- कुनै काम राम्रोसँग गर्न सक्ने व्यक्ति वा व्यक्तिको समूहलार्ई जनशक्ति भनिन्छ ।
- देशमा व्रिmयाशील किसान, व्यापारी, मजदुर, डाक्टर, इन्जिनियर, सवारी चालक, प्राविधिक, शिक्षक, नर्स, कलाकार, कर्मचारी, कालिगढ लगायतका जे जति व्यक्तिहरू छन्् ती सबैलार्ई जनशक्ति भनिन्छ ।
१.२ जनशक्तिको वर्गीकरण : दक्षताको आधारमा
क.दक्ष जनशक्ति
आफ्नो कार्य वा पेसामा तलिमप प्राप्त र राम्रो सिप हासिल गरेका निपूर्ण जनशक्ति ।
ख.अर्धदक्ष जनशक्ति
केही सिप हासिल गरेका तर पूर्ण रूपमा निपूर्ण नभइसकेका वा तालिम नपाएका जनशक्ति ।
ग.अदक्ष जनशक्ति
कुनै काममा राम्रो सिप हासिल नगरेका सामान्य अराए लगाएको काम मात्र गर्न सक्ने जनशक्ति ।
१.३ जनशक्तिको वर्गीकरण: कार्य अवधिको आधारमा
क.अल्पकालीन दक्ष जनशक्ति ः
कुनै खास कामका निम्ति तालिम दिएर तयार गरिएको दक्ष जनशक्तिलार्ई अल्पकालीन दक्ष जनशक्ति भनिन्छ, जस्तै– जनगणनाका निम्ति गणक, म्यादी प्रहरी, बाली स्याहार्ने व्यक्ति । यसका लागि छोटो अवधिका तालिम कार्यक्रमहरू सञ्चालन गरिएको हुन्छ ।
ख.दीर्घकालीन दक्ष जनशक्ति ः
दीर्घकालीन दक्ष जनशक्तिहरू लामो अवधिको सेवाको निम्ति तयार गरिन्छन्् । कर्मचारीहरु, सेना, प्रहरी, लगायतका सेवा क्षेत्रमा कार्यरत व्यक्तिहरू यस अन्तर्गत पर्दछन्् ।
ग.स्थिर वा दिगो दक्ष जनशक्ति ः
स्थिर वा दिगो दक्ष जनशक्तिले एकपटक सिप सिकेपछि जीवनभर जहिले र जहाँ पनि आफ्नो दक्षताको प्रयोग गर्न सक्छ । जस्तै ः डाक्टर, इन्जिनियर, शिक्षक, वकिल, नर्स, मिस्त्री, कृषक, व्यवस्थापक आदि ।
१.४ मानव संसाधन विकास
देशका काम गर्न सक्ने उमेरका व्यक्तिहरूलार्ई शिक्षा, तालिम र अवसर एवम् स्रोत साधन उपलब्ध गराएर दक्ष मानव संसाधनका रूपमा उपयोग गर्नु मानव संसाधन विकास हो ।
मानव संसाधन विकास गर्ने उपायहरु ः
o विद्यालय, विश्वविद्यालय तथा तालिम केन्द्रहरुबाट प्राविधिक शिक्षा एवम् तालिम प्रदान गरेर
o रोजगारी तथा काम गर्ने अवसर दिएर
o उत्पादनशील क्षेत्रमा लगानी बढाएर
o नियम कानुनले सहजता सिर्जना गरेर
१.५ मानव संसाधन व्यवस्थापन
भएका मानव संसाधनलार्ई उनीहरूको दक्षता, सिप, संख्या, आवश्यता आदिका आधारमा कहाँ कति जनशक्ति राख्ने, कस्तो संख्यामा राख्ने, कहिले सम्म राख्ने, कसलार्ई के के जिम्मेवारी दिने आदि कार्यलार्ई मानव संसाधन व्यवस्थापन भनिन्छ । र मानवीय संसाधन व्यवस्थापन हो ।
मानव संसाधन व्यवस्थापन किन गरिन्छ ?
o थोरै व्यक्तिबाट पनि धेरै काम लिन
o मानिसको रुचि, क्षमता, दक्षता अनुसारको काममा लगाउन
o संस्था एवम् राज्यको आवश्यकता पुरा गर्न
o देश विकासका कामहरु योजना अनुसार पुरा गर्न
१.६ मानव संसाधन विकासको आवश्यकता
- जनशक्तिको माग पूरा गर्न
- राज्यलार्ई आवश्यक जनशक्तिको आपूर्ति गर्न
- श्रमको लागत विश्लेषण गरी संगठनमा कामदार घटाउन वा बढाउन
- देशमा के कति कामदार वा जनशक्ति आवश्यक छ भनी आवश्यकता पत्ता लगाउन र आवश्यक पर्ने विज्ञ जनशक्तिको पर्याप्तता एवम् संभाव्यवता पत्ता लगनउन
- देशको काममा विविधता ल्याउन र बजारमा पाइने जनशक्तिको अवस्था आँकलन गर्न
- उपलब्ध जनशक्तिको उचित व्यवस्थापन गरी संगठनको उत्पादकत्त्व बढाउन
१.७ मानव संसाधन विकासको महत्व
- मानव संसाधनको विकासले संस्थाको उद्देश्यअनुसारका सक्षम जनशक्ति प्राप्त गर्न मद्दत गर्दछ ।
- संस्थामा जनशक्ति भर्ती र तिनको उपयोग, जनशक्तिको कार्य क्षमता, सिप र प्रविधिको आधारमा गर्न सकिन्छ ।
- संस्थाको स्तरोन्नति, संस्थाको सुधार तथा यसका मूल्य मान्यता र संस्थागत संरचना संरक्षणका निम्ति सहयोग गर्दछ ।
- यसले समग्र योजना, सङ्गठन, नीति निर्माण, आपसी सहयोग तथा बजेट व्यवस्था र नाफा घाटाको सम्पूर्ण अवस्थाको व्यवस्थापन गर्न सहयोग गर्दछ ।
- मानव संसाधन विकास योजनाले जनशक्तिको प्रभावकारी उपयोगमा सहयोग पु¥याउँछ ।
१.९ नेपालमा मानव संसाधन विकासमा देखा परेका समस्याहरू ः
- प्राविधिक एवम् व्यवस्थापकीय सिप र क्षमता भएका व्यक्तिहरू पर्याप्त रोजगारीको अवसर नपाएको भन्दै पलाएन भइरहेका छन्् ।
- देशमा उत्पादित जनशक्ति र देशमा माग भएको जनशक्तिबिचमा तालमेलको अभाव हुन सकेको छैन ।
- विशेष गरी ग्रामीण क्षेत्र, महिला, दलित तथा अन्य पिछडिएका क्षेत्र, वर्ग, समुदायमा मानव संसाधन विकासले अपेक्षित गति लिन सकेको छैन ।
- विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने र देशको परिवर्तित आवश्यकताबमोजिम परिस्थिति सुहाउँदो जनशक्तिको सङ्ख्यात्मक र गुणात्मक क्षमता विकास गर्ने क्षेत्रमा समस्या रहेको छ ।
- आफ्नै देशमा जनशक्तिको अभावका कारण कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधार विकास लगायतका विकास निर्माण कार्यमा मानव संसाधन अभाव छ ।
- स्पष्ट मानव संसाधन नीतिको अभावको कारणले देशभरी छरिएर रहेका उत्पादनशील जनशक्तिको उचित व्यवस्थापन गरी राष्ट्र निर्माणको अभियानमा लगाउन सकिएको छैन ।
..........................................................................................
| मानव विकास सुचाङ्क र नेपाल |
क. मानव विकास सुचाङ्क भनेको के हो ?
=कुनै पनि देशको आथिर्क, सामाजिक, शैक्षिक विकास लगायतका प्रगतिको स्तर वा अवस्था देखाउने सूचक नै मानव विकास सूचकाङ्क हो ।
ख.मानव विकास सुचाङ्कसम्बन्धी अन्य जानकारी
= सामान्यतया भौतिक जीवनमा आएको सुधारलार्ई मानवको विकासको आधारको रूपमा हेर्ने गरिन्छ ।
= सन् १९९० भन्दा अगाडिसम्म कुनै देशको विकासको अवस्था हेर्न त्यस देशको प्रतिव्यक्ति आयलार्ई आधार मानेर हेर्ने गरिन्थ्यो ।
= सन् १९९० देखि संयुक्त राष्ट्र सङ्घीय विकास कार्यव्रmमले मानव विकास सूचकका आधारमा मानवको विकासको अवस्था मापन गर्ने पद्धतिको विकास गरको थियो । जसअनुसार प्रत्येक देशको प्रतिव्यक्ति आय, देशका जनताका औसत आयु र साक्षरता प्रतिशतलार्ई सूचकका रूपमा गणना गरी मानव विकास सूचाङ्क निकालिन्थ्यो ।
= गुणस्तरीय जीवनको मापनलार्ई ० देखि १ अङ्कलार्ई आधार मानी बढी अङ्क प्राप्त गर्ने देशलार्ई उच्च गुणस्तरीय जीवन यापन भएको मानिन्छ ।
= सन् २०१० देखि मावन विकास सूचाङ्क निकाल्ने सूत्रमा केही परिवर्तन गरिएको छ ।
ग.गुणस्तरीय जीवन निर्माणका लागि ध्यान दिनुपर्ने पक्षहरु उल्लेख गर्नुहोस्?
क.परिवारको आकार सानो बनाउने स्तरीय
ख.स्तरीय शिक्षाको व्यवस्था गर्ने
ग.उपयुक्त उमेरमा बिहे गर्ने
घ.उपयुक्त उमेरमा प्रथम गर्भधारण गर्ने
ङ.दुई बच्चाका बिचमा जन्मान्तर गर्ने
च.स्वास्थ्य र सरसफाइमा ध्यान दिने
छ.पोसिलो खाना खाने
ज.लैङ्गिक समानता कायम गर्ने
झ.आमाबाबुको जिम्मेवारी वहन गर्ने र बचत गर्ने
घ.मानव विकास सूचकांकमा पछाडि पर्नुका कारणहरू के के हुन् ?
- राजनीतिक अस्थिरता
- अशिक्षा
- गृह युद्ध
- महामारी भोकमरी, खडेरी, प्राकृतिक प्रकोप
- जनतामा राष्ट्रियताको भावनाको अभाव
- बौद्धिक पलाएनता
- प्राकृतिक स्रोत र साधनहरूको उचित परिचालन गर्न नसक्नु
घ.कमजोर मानव विकास सूचकाङ्क भएका देशहरूका चुनौतीहरू लेख्नुहोस् ?
- राजनीतिक स्थिरता कायम गर्नु
- जनताको निरक्षरता उन्मुलन र कक्षा छाड्ने र दोहोराउने दर घटाई टिकाउदर बढाउनु
- बालबालिकाको शिक्षामा पहँुच वृद्धि गर्नु
- आय आर्जनका नयाँ, आधुनिक र भरपर्दा उपायहरू अवलम्बन गर्नु
- देशका जनशक्तिलार्ई विदेश पलाईन हुनबाट रोक्नु र स्वदेशमा नै परिचालन गर्नु
- प्राकृतिक स्रोत साधनको उपयोग बढाउनु
- जनतालार्ई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु
- परिवार नियोजनलार्ई प्रभावकारी बनाउनु
- कुलत मुक्त वातावरण तयार पार्नु
- स्वच्छ र सफा वातावरण तयार पार्नु
- मानवको दैनिक आनिवानीमा परिवर्तन गर्नु
.................................................................
| पाठ ३ : क्षेत्रीय विकासको अवधारणा र सङ्घीयता |
विकासको अवधारणाभित्र निम्न लिखित पक्ष समेटिन्छन् :
- देशको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक उन्नति
- वस्तु र सेवाको उत्पादकत्व वृद्धि
- मागको प्रभावकारी र लक्ष्यमूलक सम्बोधन
- वैयक्तिक समानता र स्वतन्त्रता
- परम्परागत सोचबाट आधुनिक सोचतर्फ अग्रसरता
- सामाजिक मान्यता र विश्वासको प्रभावकारी उपयोग
- आर्थिक एवम् सामाजिक रूपान्तरण
- गरिबी निवारण र आवश्यकता पूर्ति
- न्यून आर्थिक अवस्थितिबाट मुक्ति र आत्म सम्मानको भावना अभिवृद्धि
३.१ नेपालमा क्षेत्रीय विकास अवधारणा
नेपालको समानुपातिक विकास गर्ने दृष्टिले नेपालमा विकास क्षेत्रको अवधारणा ल्याइएको थियो
- वि.सं. २०२९ सालमा चार विकास क्षेत्रमा विभाजित गरिएकोमा २०३७ सालमा महाकाली र सेती अञ्चललार्ई छुट्टै विकास क्षेत्रको रूपमा विभाजन गरी पाँच विकास क्षेत्र बनाइएको हो ।
- प्रत्येक विकास क्षेत्रमा हिमाली, पहाडी र तराई प्रदेशलार्ई समावेश गराई विकासका कार्यहरू सञ्चालन गरिँदै आएको थियो ।
- यसले गर्दा प्राकृतिक स्रोतको समानुपातिक विभाजन हुनुका साथै पहाडी र तराई प्रदेशबिचको क्षेत्रीय असन्तुलन हटाई राष्ट्रिय एकताको अभिवृद्धि गर्न सहज हुने अपेक्षा गरिएको थियो ।
- तर यस अवधारणाले पूर्ण रूपमा कार्य गर्न सकेन । जनताका चाहना र देशको अपेक्षित विकासमा गति आउन सकेन ।
- विकास क्षेत्रहरूमा विभाजन गरिएपनि पूर्ण रूपमा केन्द्रमा आश्रित भएका कारण विकास क्षेत्रहरूले क्षेत्रीय विकासको भन्दा क्षेत्रीय प्रशासनिक कार्यलार्ई मात्र सहयोग गरेको देखियो ।
- परिणाम स्वरूप जनताको चाहना सङ्घीयता तर्फ उन्मुख भयो ।
पाठ ३.२ सङ्घीय शासन पद्धतिको अवधारणा
- सङ्घीय अवधारणाको पिताको रूपमा जोहान्स अल्थुसियमलाई लिइन्छ । फ्रान्सबाट आप्mनो सहर इम्डेनलाई स्वतन्त्र राख्न उनले यो अवधारणा सन् १६०३ मा ल्याएका हुन् ।
- यसव्रmममा उनले आफ्नो आवश्यकता आफैँ पूरा गर्न र आरामदायी जीवनयापन गर्न पाउनुपर्छ भन्ने अवधारणा अघि सारे । त्यसै अवधारणाले पछि सङ्घीय स्वरूपको सिर्जना भएको मानिन्छ ।
- विकेन्द्रीकरणको शासकीय सिद्धान्त अनुसार एउटा सिंगो देशमा विभिन्न अधिकार सम्पन्न प्रदेशहरु र व्रिmयाशील स्थानीय तहहरु सहितको व्यवस्था सङ्घीयता हो ।
- यस्तो व्यवस्थामा केन्द्र सरकारले प्रदेशहरुको रेखदेख र नियन्त्रण त गर्दछ, तर प्रदेशहरु आप्mनो विकास योजना आपैmँ बनाउन र कर उठाउन स्वतन्त्र हुन्छन् ।
पाठ ३.३ : नेपालमा सङ्घीय शासन पद्धतिको अवधारणा
- अधिकार सहितको प्रशासनिक विभाजन हुनुपर्ने माग बढ्दै गरेपछि वि.सं. २०६३ को अन्तरिम संविधानले नेपाल सङ्घीय राज्य भनेर उल्लेख गरेको थियो ।
- यसलार्ई संस्थागत गर्ने कार्य वि.सं. २०७२ असोज ३ गते संविधान सभाबाट घोषणा भएको नेपालको संविधानले गरेको छ ।
- संविधानले नेपालमा सातवटा प्रदेश रहने व्यवस्था गरेको छ ।
- देशमा उपलब्ध स्रोतहरूको उचित बाँडफाँड गरी अधिकतम उपयोग गरेर विकास गर्ने र केन्द्रमा रहेको अधिकारलार्ई स्थानीय स्तरसम्म पु¥याउने उद्देश्यले नेपाल सङ्घीय राज्य बनेको छ ।
- सङ्घीय राज्य निर्माणका लागि जनसङ्ख्या, भौगोलिक क्षेत्र, प्राकृतिक स्रोत साधन, क्षमता लागयतका आधार लिने गरिन्छ
पाठ ३.४ नेपालमा सङ्घीय शासन पद्धतिको आवश्यकता
- सेवा र सुविधा स्थानीय जनतासम्म पु¥याई सङ्घीय लोकतन्त्रिक गणतन्त्रलार्ई संस्थागत गर्न,
- सामुदायिक विविधतालार्ई सम्बोधन गर्न,
- देशको सामाजिक बनोटअनुसार विभिन्न वर्ग समुदायलार्ई शासन प्रणालीमा सहभागी हुने अवसर प्रदान गर्न,
- स्थानीय नेतृत्त्वको क्षमता विकास गर्न,
- विकासको गतिलार्ई तीब्रता दिई जनताको जीवनस्तर सुधार्न ।
पाठ ३.५ सङ्घीयताको फाईदा
- सङ्घीय शासनले प्रदेशहरू बिचमा विकासमा प्रतिस्पर्धा बढ्ने,
- स्थानीय स्रोत साधनको सदुपयोग हुने,
- स्थानीय स्तरमा नै सेवा सुविधा प्राप्त हुने,
- स्थानीय उत्पादन तथा क्षमताले गर्दा आत्म निर्भरता बढ्ने
पाठ ३.६ केन्द्र सरकारले गर्ने कार्यहरु
- देशको सीमा सुरक्षा गर्ने र अन्तर्राष्ट्रिय आव्रmमण बाट जोगाउने,
- राष्ट्रिय अर्थ नीति र बार्षिक बजेट बनाउने,
- परराष्ट्र नीति अबलम्बन गर्ने,
- मुद्रा आदिको निष्कासन, नियन्त्रण र कार्यान्वयन गर्ने
- अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरु गर्ने
- सेनाको भर्ती तथा परिचालन गर्ने
- राष्ट्रिय गौरवका विकास आयोजनाहरु सञ्चालन गर्ने
पाठ ३.७ प्रदेश वा प्रान्तीय सरकारले गर्ने कार्यहरु
- संविधानले तोकेअनुसार प्रदेश कर उठाउने तथा बजेट बनाउने
- आवश्यकता अनुसार प्रदेशको विकास योजना बनाउने कार्यान्वयन गर्ने
- प्रदेशको शान्ति सुरक्षा कायम राख्ने
- केन्द्रसँग समन्वय गर्ने
- शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, सञ्चार सम्बन्धी कार्यहरु गर्ने
- विकासका पूर्वाधार निर्माणका कार्यहरू गर्ने
पाठ ३.८ स्थानीय सरकार(पालिका)ले गर्ने कार्यहरु
- संविधान र कानुनबमोजिम शासन व्यवस्था सञ्चालन गर्ने
- स्थानीय जनताको आवश्यकता र आर्थिक क्षमताअनुसार विकास निर्माणका कार्य सञ्चालन गर्ने
- स्थानीय स्तरमा आवश्यक नीति नियम बनाउने र कार्यान्वयन गर्ने
- स्थानीय आर्थिक स्रोतको परिचालन गर्ने
- जनतालार्ई छिटो छरितो सेवा सुविधा प्रदान गर्ने
पाठ ३.९ जनताले गर्ने कार्यहरु
- संविधान र कानुनको पालना गर्ने
- सक्षम र इमान्दार व्यक्तिलार्ई सङघीय, प्रदेश र स्थानीय व्यवस्थापिकामा चुनेर पठाउने
- सङघीय, प्रदेश र स्थानीय सरकारबाट सञ्चलित कार्यव्रmममा सहभागी हुन सहयोग गर्ने
- समयमा कर तिर्ने र मतदानमा भाग लिने
- विकास निर्माण कार्यमा सहभागी हुने ।
सङ्घीयता, लोकतन्त्र र प्रजातन्त्र
क. एउटा सिंगो देशलाई संवैधानिक रुपमा नै शक्तिको बाँडफाँड गरी अधिकार सम्पन्न विभिन्न प्रदेश तथा स्थानीय तहहरुको संरचना बनाई शासन गर्ने प्रणालीलाई संघीयता भनिन्छ ।
ख. नेपालमा केन्द्र(संघ), प्रदेश र स्थानीय तह गरी तिन तहको सरकार रहने संवैधानिक व्यवस्था छ । तिनै तहमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका रहेको छ ।
ग. संघ भन्नाले केन्द्र सरकारलाई जनाउँछ भने संघीयताले शासन प्रणालीलाई जनाउँछ ।
घ. कुनै पनि देशमा राजा नभई राष्ट्रपति राष्ट्राध्यक्ष हुने प्रणाली गणतान्त्रिक व्यवस्था हो ।
ड्ड. लोकतन्त्र भनेको प्रजातान्त्रिक व्यवस्था नै हो ।
सङ्घीयता, लोकतन्त्र र प्रजातन्त्र बारे थप.....
नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश हो । सङघीय राज्य भनेको देशमा केन्द्र र प्रान्तमा अधिकार बाँडफाँड गरी केन्द्रको अधिकार जनतासम्म पुराइने व्यवस्था भएको देश हो । यसका लागि देशमा विभिन्न स्वायत्त प्रान्त वा प्रदेशको व्यवस्था गरिएको हुन्छ । लोकतान्त्रिक राज्य भनेको जनताले आफ्ना प्रतिनधि छानेर शासन सञ्चालन गर्ने व्यवस्था हो । जहाँ सार्वभौमसत्ता जनतामा निहित हुन्छ । गणतन्त्रात्मक देश भनेको देशको सर्वोच्च पदमा जनताका छोराछोरी लोकतान्त्रिक पद्धतिबाट पुग्ने र निश्चित अवधिसम्म रहने व्यवस्था हो । यसमा जनताको विश्वास जित्न सक्ने व्यक्ति राष्ट्रपति र उपराष्ट्रपति हुन पाउँछन्् ।
विश्वमा संङ्घीयता लागु भएका देशहरूको विवरण
१.अमेरिका (५० राज्य)
२.अर्जेन्टिना
३.अष्ट्रेलिया
४. अष्ट्रिया
५.बेल्जियम
६. बोष्निया हर्जगोभिना
७. ब्राजिल
८. क्यानडा
९. ऋयmयचयक
१०.इथोपिया
११. जर्मन
१२. इराक
१३. मलेसिया
१४. स्वीजरल्याण्ड
१५. सुडान
१६. पाकिस्तान
१७. दक्षिण अफ्रिका
१८. केन्या
१९. Federated States of Micronesia
२०. नाइजेरिया
२१. रसिया
२२. Saint Kitts and Nevis
२३.भेनेजुयला
२४. नेपाल
२५. United Arab Emirates
facebook :


- Reviews (0)
Nothing Found...Leave a review