ऐच्छिक नेपाली नमुना प्रश्न तीन

ऐच्छिक नेपाली नमुना प्रश्न तीन

ऐच्छिक नेपाली नमुना प्रश्न तीन २०७८

 

कक्षा :  ११                                                            

पूर्णाङ्कः ७५                                                 

विषयः ऐच्छिक नेपाली (३३१)                                          

समयः ३ घण्टा

 

परीक्षार्थीले सकेसम्म आफ्नै शब्दमा मौलिक उत्तर दिनुपर्ने छ । किनारामा दिइएका अङ्कले पूर्णाङ्कलाई जनाउँछ ।

 

समूह - क

 १.तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :         ३×५ =१५

 

क.तलको कथांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्।

“ओहो ! मैले फेरी पनि त्यही सपना देखे। कस्तो भीषण सपना ! मैले के पाप गरेकी रहेछु कुन्नि ? एकचोटि भोगेको त्यो क्रुर र बीभत्स घटनालाई सपनाको माध्यमबाट बारम्बार भोग्दै मैले पटक-पटक त्यो आतङ्क सहनुपरेको छ। अनि आफ्नो त क्रूर विवशता सम्झिदै पटकपटक मरे सरी हुन बाध्य हुनुपरेको छ ।“

प्रश्नहरू :

 

अ.यस कथांशमा कसले देखेको सपनाको उल्लेख गरिएको छ ? यस सपनालाई नै कथाको पृष्ठभूमि हो भनेर कसरी भन्न सकिन्छ?

 

आ.सपनामा देखेको कुरालाई किन क्रुर र विभत्स घटना भनिएको हो ?

 

ख.तलको  कवितांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्।

 

शास्त्र गोली   बमहरूको घोर वर्षण  भइरहोस् ।

 

अग्नि झैं  तरबार तिखा धारले बाटो भरोस ।

 

एकदिन मर्ने सबैको देह जस्तो  यो पनि

 

 मन्त्र यही नै पाठ पर्दै लक्ष्य अफ्नो पुग्छु म।

 

प्रश्नहरू :

अ.यस कवितामा केको वर्षा  होस् भनिएको छ?

 

आ.यस कवितांशमा कविले केले बाटो छेके पनि पर्वाह छैन भनेका छन्?

 

ग.तलको निबन्धांश  पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्।

नारी अथाह शक्ति हो । यसैले अब नारीले आफ्नो शक्ति विवेक र बैचारिकतालाई  सीमित घेराभित्र मात्र राखेर हेरिनु  हुँदैन । अब घेरिएर, बेरिएर बस्ने समय छैन। अबका नारीले त हरेक क्षेत्रमा आक र  हाक दिन सक्नु पर्दछ ,अनिमात्र नारी सशक्तिकरणको उजागर हुन सक्दछ।

प्रश्नहरू :

अ.नारीलाई किन अथाह शक्तिको रूपमा हेरिन्छ?

 

आ.अबका नारी कस्तो हुनु आवश्यक छ?

 

 

समूह ख

तलका प्रश्नहरूको संक्षिप्त उत्तर दिनुहोस्।     ४X५=२०

१) साहित्यको एक विधाका रूपमा कथाको परिचय दिनुहोस् ।

              अथवा

कथाकार गुरूप्रसाद मैनालीका कथागत प्रवृतिहरू उल्लेख गर्नुहोस् ।

 

२) मन्दाक्रान्ता छन्दको सोदाहरण परिचय दिनुहोस् ।

 

३)  कविताका तत्वहरू उल्लेख गरी कुनै एकको बारेमा चर्चा गर्नुहोस् ।

अथवा

निबन्धकार तारानाथ शर्माको सामान्य परिचय दिइ यात्रा निबन्धकारका रूपमा उनका मुख्य प्रवृत्तिहरू उल्लेख गर्नुहोस्।

 

४) "नेपालै नरहे" कवितामा कविले देशभक्ति कस्तो भावना व्यक्त गरेका छन्?

 

 

समूह ग

तलका  कुनै दुई उद्धरणको सप्रसङ्ग व्याख्या गर्नुहोस्।    २X५=१०

 

क) "जाउला पख न....। म ठूलो हुला पैसा कमाउला,अनि उ तिनीहरूले जस्तै राम्रा लुगा लगाएर त र म सिनेमा हेर्न जाउला।"

 

ख) ए मान्छे

च्यातिएका वाक्यका  टुक्राहरूमा  

पटकपटक बेग्लाबेग्लै अर्थ नलाऊ

मैले आफ्नै कहानी बिर्सिसकेकी छु !

 

 

ग) आईमाईको नियती नै सहनु हो ,पुरुषहरू त गारोसाँघुरो पर्यो कि कुनै आड वा छेकबार खोज्न थाल्छन् ।

 

 

समूह घ

तलका प्रश्नहरूको विवेचनात्मक उत्तर दिनुहोस् ।  प्रश्न न. क. अनिवार्य छ ।    २X१०=२०

क) उपन्यासको परिचय लेखी "घामका पाइला उपन्यास आधुनिक यथार्थवादी एवं आंचलिक उपन्यास हो ?"उपन्यासका आधारमा यस भनाइको पुष्टि गर्नुहोस् ।

 

 

ख) "लक्ष्मनियाको गौना "कथाको मुख्य सन्देश के हो?

 

ग) कवि मोदनाथ प्रश्रीतको सामान्य परिचय दिई उनका काव्यगत प्रवृत्तिहरू उल्लेख गर्नुहोस् ।

 

 

समूह ङ

तलका प्रश्नहरूको उत्तर दिनुहोस्।        २x५=१०

क) कथाका तत्वहरू उल्लेख गरी कथानकका बारेमा स्पष्ट पार्नुहोस् ।

 

ख) निबन्ध कति प्रकारका हुन्छन र ति के- के हुन् ? लेख्नुहोस् ।

 

समाप्त 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login