कार्यमूलक अनुसन्धान : नमुना  पचहत्तर

कार्यमूलक अनुसन्धान : नमुना  पचहत्तर

कार्यमूलक अनुसन्धान : नमुना  पचहत्तर

अनुसन्धानकर्ता:  Damodar Pandey

विद्यालय: Teacher of Shree Rambha Secondary School

 

१.कार्यमूलक अनुसन्धानको शीर्षक

यो कार्यमूलक अनुसन्धानको शीर्षक “कक्षाकार्यमा विद्यार्थीहरूको सहभागिता अभिबृद्धि गर्ने उपायहरू” रहेको छ ।

 

 

२. समस्याको पृष्ठभूमि

विद्यार्थीको सिाकाइ अभिबृद्धिका लागि विद्यार्थी स्वयम कक्षामा सक्रिय सहभागी हुनु पर्दछ । परम्परागत रुपमा गरिने व्याख्यान विधिको शिक्षणले विद्यार्थीलाई आकर्षण गर्न नसक्ने भएकाले कक्षा कार्यलाई रोचक, उत्साहजनक, तथा सहभागितामूलक कसरी बनाउने भनी यो कार्यमूलक अनुसन्धान गरिएको छ ।

 

कक्षामा शिक्षण गर्दा सिकाइ क्रियाकलाप सञ्चालनमा शिक्षकको मात्र सक्रियताले शिक्षण कार्य प्रभावकारी हुदैन । तसर्थ कक्षाका सम्पूर्ण विद्यार्थीहरूलाई कक्षाकार्यमा सक्रिय रुपमा सहभागी वनाउनुपर्दछ । कक्षाका केही विद्यार्थीहरू कक्षा कार्यमा सहभागि भई सिकाईका लागि क्रियासिल हुन नसकेको पाईन्छ । यो कार्यमूलक अनुसन्धानमा शिक्षण सिकाई कार्यमा सक्रिय हुन नसकेका विद्यार्थीहरूलाई कसरी सक्रिय रुपमा सहभागि वनाउन सकिन्छ भन्ने सम्वन्धमा कक्षा १२ को व्यावसायिक अध्ययन विषयमा यो अनुसन्धान गरिएको छ ।  यो कार्यमूलक अनुसन्धान श्री रम्भा माध्यमिक विद्यालय, रम्भा–५ ताहुँ, पाल्पामा मिति २०७७/०८/२० देखि २०७७/०९/१७ सम्म कक्षा १२ को व्यावसायिक अध्ययन विषय को योजना पाठ शिक्षण गर्ने क्रममा गरिएको हो ।

 

३.  समस्याको पहिचान

रम्भा गाउँपालिका स्थित श्री रम्भा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू मध्ये अधिकांश विद्यार्थीहरू निकै टाढादेखि हिडेर विद्यालय आउनु पर्ने भएकाले पनि विद्यार्थीहरूले घरमा गई प्रयाप्त समय अध्ययनमा लगाउन पाउँदैनन् । जसले गर्दा उनीहरूमा अध्ययनमा उत्साह र अभिरुची निकै कमी रहेको पाईन्छ । यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरू सानो कक्षा देखि नै शिक्षकको डर त्रास र सजाय जस्ता नकारात्मक उत्प्रेरणाका माध्यमवाट मात्र अध्ययनमा संलग्न भएको सन्दर्भमा बालमैत्री विधिको प्रयोगद्वारा अध्ययन कार्यमा संलग्न गराउनु निकै चुनौतिपूर्ण कार्य रहेको छ ।

 

परम्परागत रुपमा प्रयोगमा आएको व्याख्यान विधिको प्रयोग गर्दा विद्यार्थीहरूमा अध्ययन प्रति रुची कम हुने एकछिन ध्यान दिए पनि पिरियड भरी विद्यार्थीको ध्यान केन्द्रीत हुन कठिन हुने तथा विद्यार्थी केवल शिक्षकको मर्यादा पालनका लागि मात्र शिक्षकलाई ध्यान दिने तर पढेको/पढाएको कुरा विद्यार्थीले पछि बताउन नसक्ने भएकाले यो विधिको विकल्पको रुपमा विद्यार्थी केन्द्रित विधिलाई प्रयोग गर्नु अपरिहार्य भएको छ । कक्षामा परियोजना कार्य गर्न विद्यार्थीहरूले उत्साह नदेखाउने तथा कार्यमा सहभागिता जनाएता पनि केवल शिक्षकको आज्ञापालनका लागि मात्र सीमित हुने भएकाले विद्यार्थीहरूलाई  कसरी स्वस्फुर्त रुपमा कक्षा कार्य, सामुहिक कार्य तथा परियोजना कार्य गर्न उत्साह अभिबृद्धि गर्न सकिन्छ भनी यो कार्यमूलक अनुसन्धान गरिएको छ ।

 

 

४. उद्देश्य

यो कार्यमूलक अनुन्धानका प्रमुख उद्देश्यहरू निम्नानुसार छनः

क. शिक्षण सिकाई कार्यमा विद्यार्थीको सहभागिता वृद्घि गर्ने ।

 

ख. ज्ञान र शिपको आदानप्रदान गरी विद्यार्थीको सिकाई अभिवृद्घि गर्ने ।

 

ग. विद्यार्थीहरूमा सहयोग, सहकार्य र समन्वय वृद्घि गर्ने ।

 

घ. विद्यार्थीहरूमा कक्षाकार्यमा सहभागिताका लागि उत्साहमा अभिवृद्घि गर्ने ।

 

ङ. शैद्धान्तिक विषयवस्तुलाई विद्यार्थीहरूमा स्मरणीय वनाउने ।

 

च. शिक्षक र विद्यार्थीवीच सौहार्दपूर्ण वातावरण निर्माण गर्ने ।

 

५  कार्यमूलक अनुसन्धानको विधि

५.१ पहिलो अनुसन्धान चक्र

यो कार्यमूलक अनुसन्धानमा निम्न चक्र प्रयोग गरिएको छः

 

क. योजना

कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई शैद्धान्तिक विषयवस्तु शिक्षण गर्दा विगतमा शिक्षक केन्द्रित विधिमा आधारारित व्याख्यान विधि प्रयोग गरिएकोमा अवदेखि विद्यार्थीलाई बढि सक्रिय बनाउने कुराको जानकारी कक्षामा गराएँ । जस अनुसार १६ जना विद्यार्थीहरूलाई ४–४ जनाका दरले ४ ओटा समूहमा विभाजन गरी प्रत्येक समूहलाई छुट्टाछुट्टै  विषयवस्तु अध्ययन गरि टिपोट गर्न लगाइयो । यसरी टिपोट गरेका बुँदाका आधारमा भोली पल्ट अगाडि आएर प्रस्तुती गर्नु पर्ने योजना तयार भयो ।

 

ख. कार्य

योजना अनुरुप विद्यार्थीहरूलाई विषयवस्तु छुट्टाई कार्य गर्न दिइयो । भोलीपल्टको कक्षामा विद्यार्थीहरूले दिइएको कार्य सम्पन्न गरी ल्याए ।

 

ग. अवलोकन

विद्यार्थीहरूले निर्धारिता विषयवस्तुमा किताब पढी प्रस्तुत गर्नुपर्ने विषयवस्तु तयार पारी ल्याएका रहेछन् । अगाडी आई प्रस्तुत गर भन्दा विद्यार्थीहरूले अप्ठ्यारो महसुस गरे । हामी कपिमा लेखेर ल्याएका छौँ, यो हेर्नुहोस् भनी कपि देखाए । केही विद्यार्थीले हामी बताउँछौँ । तर अगाडी आएर होइन आफ्नै ठाउँबाट भने ।

 

घ. प्रतिविम्वन

यो कार्य बाट के देखियो भने विद्यार्थीहरूमा आफले लेखेर ल्याएको कुरा अगाडी आएर प्रस्तुत गर्दा अरुले के भन्लान् । गल्ति पो हुने हो कि भन्ने डर त्रास भएको पाइयो ।

विद्यार्थीमा भएको यस्तो डर त्रास हटाई ढुक्क सँग प्रस्तुती दिन दोस्रो कार्य योजना निर्माण गरी कार्यान्वयन गर्न आवश्यक देखियो ।

 

५.२ दोस्रो अनुसन्धान चक्र

यो कार्यमूलक अनुसन्धानमा निम्न चक्र प्रयोग गरिएको छः

 

क. योजना

पहिलो चक्रमा जस्तै यस चक्रमा १६ जना विद्यार्थीहरूलाई ४–४ जनाका दरले ४ ओटा समूहमा विभाजन गरी प्रत्येक समूहलाई छुट्टाछुट्टै  विषयवस्तु अध्ययन गरि टिपोट गर्न लगाइयो । यसरी टिपोट गरेका बुँदाका आधारमा भोली पल्ट प्रस्तुती गर्नु पर्ने योजना तयार भयो । यस पटक विद्यार्थीहरूलाई अगाडी आई प्रस्तुती दिँदा भविश्यमा हुने फाइदाहरूका बारेमा जानकारी दिँदै परामर्श गरियो । भोली पल्ट स्वेच्छाले जसले अगाडी आएर बताउन चाहन्छ उसले अगाडी आई बताउने अन्यले आफ्नै स्थानबाट बताउने भनी विद्यार्थीहरूलाई बताइयो ।

 

ख. कार्य

योजना अनुरुप विद्यार्थीहरूलाई विषयवस्तु छुट्टाई कार्य गर्न दिइयो । भोलीपल्टको कक्षामा विद्यार्थीहरूले दिइएको कार्य सम्पन्न गरी ल्याए ।

 

ग. अवलोकन

विद्यार्थीहरूले निर्धारिता विषयवस्तुमा किताब पढी प्रस्तुत गर्नुपर्ने विषयवस्तु तयार पारी ल्याएका रहेछन् । जसलाई जहाँबाट बताउन मन छ तेहीबाट बताउन पाउने तर अगाडी आएर बताउँदा हुने फाइदाहरूबाट सकेसम्म कोही पनि बञ्चित नहोउ भन्दा सुरुमा केही विद्यार्थीले अगाडी आएर प्रस्तुत गरे भने केही विद्यार्थीले आफ्नै स्थानवाट प्रस्तुत गरे । 

 

घ. प्रतिविम्वन

यस पटक विद्यार्थीहरूमा पहिला भन्दा थप हौसला बृद्धि भएको पाइयो ।

 

विद्यार्थीमा भएको यस्तो डर त्रास हटाई ढुक्क सँग प्रस्तुती दिन दोस्रो कार्य योजनालाई निरन्तरता दिइयो । दोस्रो चक्र दुइपटक दोहोरिँदा सम्म सम्पूर्ण विद्यार्थीहरू अगाडी आई आफ्नो प्रस्तुती ढुक्क सँग दिन सक्ने भए ।

 

दोस्रो चक्रबाट लक्षित उपलब्धि हासिल भएको हुनाले यो क्रियाकलापलाई निरन्तरता दिइयो ।

 

६. सारांश

कक्षा १२ मा व्यावसायिक अध्ययन शिक्षण गर्दा देखा परेका समस्या समाधान गर्नका लागि यो कार्यमूलक अनुसन्धान गरिएको हो । यस अनुन्धानमा पहिलो कार्ययोजनामा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई अवदेखि शिक्षक मात्र सक्रिय नभई विद्यार्थीलाई बढि सक्रिय बनाउने कुराको जानकारी कक्षामा गराएँ ।

 

जस अनुसार १६ जना विद्यार्थीहरूलाई ४–४ जनाका दरले ४ ओटा समूहमा विभाजन गरी प्रत्येक समूहलाई छुट्टाछुट्टै  विषयवस्तु अध्ययन गरि टिपोट गर्न लगाइयो । यसरी टिपोट गरेका बुँदाका आधारमा भोली पल्ट अगाडि आएर प्रस्तुती गर्नु पर्ने योजना तयार भयो । योजना अनुरुप विद्यार्थीहरूलाई विषयवस्तु छुट्टाई कार्य गर्न दिइयो । भोलीपल्टको कक्षामा विद्यार्थीहरूले दिइएको कार्य सम्पन्न गरी ल्याए । विद्यार्थीहरूले निर्धारिता विषयवस्तुमा किताब पढी प्रस्तुत गर्नुपर्ने विषयवस्तु तयार पारी ल्याएका रहेछन् । अगाडी आई प्रस्तुत गर भन्दा विद्यार्थीहरूले अप्ठ्यारो महसुस गरे ।

 

हामी कपिमा लेखेर ल्याएका छौँ, यो हेर्नुहोस् भनी कपि देखाए । केही विद्यार्थीले हामी बताउँछौँ । तर अगाडी आएर होइन आफ्नै ठाउँबाट भने । यो कार्यबाट के देखियो भने विद्यार्थीहरूमा आफले लेखेर ल्याएको कुरा अगाडी आएर प्रस्तुत गर्दा अरुले के भन्लान् । गल्ति पो हुने हो कि भन्ने डर त्रास भएको पाइयो ।

विद्यार्थीमा भएको यस्तो डर त्रास हटाई ढुक्क सँग प्रस्तुती दिन दोस्रो कार्य योजना निर्माण गरी कार्यान्वयन गर्न आवश्यक देखियो ।

पहिलो चक्रमा जस्तै दोस्रो चक्रमा पनि १६ जना विद्यार्थीहरूलाई ४–४ जनाका दरले ४ ओटा समूहमा विभाजन गरी प्रत्येक समूहलाई छुट्टाछुट्टै  विषयवस्तु अध्ययन गरि टिपोट गर्न लगाइयो । यसरी टिपोट गरेका बुँदाका आधारमा भोली पल्ट प्रस्तुती गर्नु पर्ने योजना तयार भयो । यस पटक विद्यार्थीहरूलाई अगाडी आई प्रस्तुती दिँदा भविश्यमा हुने फाइदाहरूका बारेमा जानकारी दिँदै परामर्श गरियो । भोली पल्ट स्वेच्छाले जसले अगाडी आएर बताउन चाहन्छ उसले अगाडी आई बताउने अन्यले आफ्नै स्थानबाट बताउने भनी विद्यार्थीहरूलाई बताइयो । योजना अनुरुप विद्यार्थीहरूलाई विषयवस्तु छुट्टाई कार्य गर्न दिइयो । भोलीपल्टको कक्षामा विद्यार्थीहरूले दिइएको कार्य सम्पन्न गरी ल्याए । विद्यार्थीहरूले निर्धारिता विषयवस्तुमा किताब पढी प्रस्तुत गर्नुपर्ने विषयवस्तु तयार पारी ल्याएका रहेछन् । जसलाई जहाँबाट बताउन मन छ तेहीबाट बताउन पाउने तर अगाडी आएर बताउँदा हुने फाइदाहरूबाट सकेसम्म कोही पनि बञ्चित नहोउ भन्दा सुरुमा केही विद्यार्थीले अगाडी आएर प्रस्तुत गरे भने केही विद्यार्थीले आफ्नै स्थानवाट प्रस्तुत गरे । विद्यार्थीमा भएको यस्तो डर त्रास हटाई ढुक्क सँग प्रस्तुती दिन दोस्रो कार्य योजनालाई निरन्तरता दिइयो । दोस्रो चक्र दुइपटक दोहोरिँदा सम्म सम्पूर्ण विद्यार्थीहरू अगाडी आई आफ्नो प्रस्तुती ढुक्क सँग दिन सक्ने भए ।

दोस्रो चक्रबाट लक्षित उपलब्धि हासिल भएको हुनाले यो क्रियाकलापलाई निरन्तरता दिइयो ।

 

७. निष्कर्ष

कक्षाका सिकाईमा रुची नराख्ने विद्यार्थीहरूको पनि कक्षाकार्यमा सहभागिता अभिबृद्धि गरी सिकाई उपलब्धि वढाउनका लागि समूह कार्य उपयुक्त भएता पनि समूह कार्य प्रति नै अपनत्व जागृत कसरी गर्ने भनी गरिएको यो कार्यमूलक अनुसन्धानवाट प्राप्त नतिजा अनुसार निरन्तर परामर्श, सिकाई क्रियाकलापमा आफ्नै ढङ्गबाट स्वेच्छिक सहाभागिता तथा समूहको अनुकरण बाटै विद्यार्थीका सिकाई रुचीपूर्ण हुनुका साथै विद्यार्थीको सहभागिता र उत्साहमा वृद्धि गर्न सकिन्छ ।

 

 

८. प्रवोधिकरण र भावि योजना

कार्यमूलक अनुसन्धान कार्य सम्मन्न भएपछि अनुसन्धान प्रक्रिया र यसवाट प्राप्त नतिजा विद्यालयका सम्पूर्ण शिक्षक स्टाफ समक्ष प्रस्तुत गरी सल्लाह, सुझाव तथा पृष्ठपोषण लिने कार्य गरियो । शिक्षक मित्रहरू, जसले यो कार्यमूलक अनुसन्धानलाई हेरी सल्लाह, सुझाव प्रदान गर्नुभएको छ, उहाँहरू धन्यवादका पात्र हुनुहुन्छ । उहाँहरूवाट प्राप्त सुझावहरूलाई समेत ध्यानमा राखी भविष्यमा कक्षामा शिक्षण कार्य गरिने छ ।

 

अवका दिनमा शिक्षण कार्य गर्दा यो कार्यमूलक अनुसन्धान वाट विकास भएको शिक्षण विधिलाई प्रयागमा ल्याईने छ । संधै भरि एउटै विधि प्रयोग गर्दा विद्यार्थीहरूमा रुची कम हुने हुँदा अन्य यस्तै रोचक तथा विद्यार्थीहरूलाई उत्साहका साथ सहभागि भई दिगो रुपमा सिकाई हुने अन्य शिक्षण विधिहरूको खोजि गर्नका लागि थप अनुसन्धान कार्य जारी राख्ने योजना समेत रहेको छ ।

 

तपाई पनि जुनसुकै तह र विषयको Action रिसर्च Share गर्न चाहनुहुन्छ भने siknethalo@gmail.com मा email गर्न सक्नुहुन्छ ।



  • Reviews (1)
  • nabaraj038
  • 4 Years, 1 Month ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login