ऐच्छिक नेपाली नमुना प्रश्न चार

ऐच्छिक नेपाली नमुना प्रश्न चार

ऐच्छिक नेपाली नमुना प्रश्न चार  २०७८

 

कक्षा :  ११                                                            

पूर्णाङ्कः ७५                                                 

विषयः ऐच्छिक नेपाली (३३१)                                          

समयः ३ घण्टा

 

परीक्षार्थीले सकेसम्म आफ्नै शब्दमा मौलिक उत्तर दिनुपर्ने छ । किनारामा दिइएका अङ्कले पूर्णाङ्कलाई जनाउँछ ।

 

समूह - क

 १.तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :         ३×५ =१५

 

क.तलको कथांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :

दिनदशा ,आपत् विपत् कसलाई पर्दैन ?बलको तुजुक थियो ,मलाई सधैँ यत्तिकै पुग्छ भनेर घमण्ड गर्थ्यो ,पमेश्वरले घमण्ड तोडे बैगुनीलाई गुनले मार्नु भन्छन् ,एउतै गाउँमा बढेर यो उमेर भो ,दौँतरी हो,यस्तो आपत् मा पनि देखेको नदेख्यै गरे पाप लाग्दैन ?

प्रश्नहरू :

अ.धनजितेलाई के कुराको घमण्ड थियो ?

 

आ.यस अनुच्छेदको सार लेख्नुहोस्

 

ख. तलको कवितांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :

 

आकाश छुने टाकुरा हाम्रो भेटेर भेटिन्न

पौरखी हाम्रा पुर्खाको पाइला मेटेर मेटिन्न

प्रश्नहरू :

अ.हाम्रा टाकुराहरू कस्ता छन् ?

 

आ.पुर्खाका पाइला हामी किन मेट्न सक्दैनौँ ?

 

 

ग. तलको निबन्धांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :

रङ्ग रङ्गै हुनु,शाश्वत प्राकृत विज्ञानको प्रारूप प्रकृति र विज्ञान,विज्ञान र प्रकृति आपसमा समन्वित छन् विज्ञान प्रकृतिप्रदत्त ज्ञानका विश्लेषणबाट उपलब्ध बन्ने,बनाइएका ऋतुरङ्ग हुन् रङ्गीन ऋतु हुन्

प्रश्नहरू :

अ.प्रस्तुत निबन्धांशमा ऋतुहरूको कस्तो वर्णन पाइन्छ ?

 

आ.विज्ञान र प्रकृतिबीच कस्तो सम्बन्ध छ ?

 

 

समूह - ख

तलका प्रश्नहरूको सङ्क्षिप्त उत्तर दिनुहोस् :         ४×५ =२०

१.कथाको छोटो परिचय दिई कुनै तीन परिभाषासमेत उल्लेख गर्नुहोस्

               अथवा

निबन्धकार तारानाथ शर्माका निबन्धगत प्रवृतिहरू उल्लेख गर्नुहोस्

 

२.'उफ् !यो कस्तो अग्निपरीक्षा लिँदै थिए भगवानले मेरो ' यस कथांशमा के कस्तो व्यङ्ग्यार्थ पाइन्छ ?स्पष्ट पार्नुहोस्

 

 

३.शब्दशक्तिको परिचय दिई अभिधा शब्दशक्तिलाई उदाहरणसहित चिनाउनुहोस्

                         अथवा

करुण रसको सोदाहरण परिचय दिनुहोस्

 

 

४.सन्त्रासदेखि पर कथामा जीवनलाई हेर्ने कस्तो दृष्टिकोण पाइन्छ ?

 

 

समूह - ग

तलका  कुनै दुई उद्धरणहरूको सप्रसङ्ग व्याख्या गर्नुहोस् :         २×५ =१०

 

अ.बुझें बुझें ,म त्यति पनि बुझ्दिन ? तिमी त बडा अनौठा मानिस रहेछौ यस्तो जाबो कुरामा ........

 

 

आ.छोडि विध्वंश सामग्री बोकेर शान्तिको ध्वजा

स्वच्छ विज्ञान चम्केको कहिले देख्न पाउँला ?

 

 

इ.मैले तँलाई कुवा बेचेको हो ,पानी होइन  

 

 

समूह - घ

तलका  कुनै दुई प्रश्नहरूको विवेचनात्मक उत्तर दिनुहोस् : प्रश्न न. क अनिवार्य छ  २×१० =२०

क.घामका पाइला उपन्यासमा तपाईलाई सबैभन्दा मन परेको पात्र कुन हो ?उसका सबल र दुर्वल पक्षहरुको चर्चा गर्नुहोस्

 

ख.फुटपाथ मिनिस्टर्स कथामा सडक बालबालिकाको कस्तो अवस्थाको विवेचना गरिएको छ ?स्पष्ट पार्नुहोस्

 

ग.आकाङ्क्षा कवितामा कविले आफ्नो लक्ष्यसम्म पुग्न कस्तो सङ्कल्प गर्नुपर्ने धारणा राखेका छन् ?विवेचना गर्नुहोस्

 

 

समूह - ङ

तलका   प्रश्नहरूको  उत्तर दिनुहोस् :         २×५ =१०

 

क.गङ्गारामको न्याय एकाङ्कीलाई किन सामाजिक यथार्थवादी एकाङ्की भनिन्छ ?स्पष्ट पार्नुहोस्

 

ख.लछमनियाको गौना कथाकी नारी चरित्र लछमनियाको चरित्र चित्रण गर्नुहोस्

 

सफलताको शुभकामना !!



  • Reviews (1)
  • Bir bahadur
  • 4 Years, 4 Months ago

Only rated.

Leave a review

To leave a review, please login to your account. Login