- Home
- Show Content
note सामाजिक : कक्षा १० एकाइ तीन
note सामाजिक : कक्षा १० एकाइ तीन
तयार पार्ने : वीरेन्द्र पोख्रेल
पद: सामाजिक शिक्षक (माध्यमिक)
विद्यालय : श्रीपुर माध्यमिक विद्यालय भरतपुर महानगरपालिका -चितवन
सामाजिक : कक्षा १० एकाइ तीन =हाम्रो परम्परागत मूल्य र मान्यता(part one)
पाठ १ : हाम्रा राष्ट्रिय सम्पदा
पाठ २ : नेपालका लोकगीत
पाठ ३ : नेपालका लोकबाजा
पाठ ४ : हाम्रा लोक तथा शास्त्रीय नृत्य
....................................
पाठ १ : हाम्रा राष्ट्रिय सम्पदा
३.१.१ राष्ट्रिय सम्पदाको अवधारणा र अर्थ
- कुनै व्यक्ति वा समुहको स्वामित्वमा नरहेको सबैको साझा स्वामित्वमा रहेको सम्पति
- देशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउने महत्वपूर्ण स्थान, वस्तु, कला, सँस्कृति, र प्राकृतिक परिवेश नै हाम्रा राष्ट्रिय सम्पदा हुन् ।
- प्राकृतिक तथा मानव निर्मित हामी सबैको साझा सम्पति नै सम्पदा हो ।
- सम्पदाहरु हाम्रा पूर्खाका आदर्श, धरोहर, उच्च कालीगढी नमुना, सभ्यता तथा परम्पराका द्योतक हुन् ।
- हाम्रा महत्त्वपूर्ण सम्पदामध्ये केही सम्पदाहरू युनेस्कोको विश्व सम्पदा सूचीमा समेत सूचीकृत भएका छन् ।
३.१.२ हाम्रो प्रण : विश्व सम्पदाको सूचीमा परेका सम्पदाहरूको संरक्षण बारेको लेख
कुनै पनि देशमा रहेका प्राकृतिक तथा साँस्कृतिक दृष्टिकोणले ऐतिहासिक रहेका सम्पदाहरू लाई विश्व सम्पदा सूचीमा राख्ने विश्वव्यापी मान्यता अनुरूप नेपालका दसओटा स्थान पनि विश्व सम्पदाको सूचीमा परेका छन् । तिनीहरूको संरक्षण गरी हाल रहेको महत्त्व अझ बढाउनु आजको आवश्यकता हो । यस्ता सम्पदाहरूको संरक्षणका लागि सरकार र स्थानीय समुदायको सहभागितामा सम्वद्र्धन गर्न जरुरी हुन्छ ।
ऐतिहासिक कला र संस्कृतिको जगेर्ना गर्ने, सरसफाइमा ध्यान दिने, उक्त स्थानको सुरक्षामा ध्यान दिने, पर्यटक स्थलको रूपमा विकास गर्ने, सेवा र सुविधाहरूमा वृद्धि गर्ने, विभिन्न माध्यमबाट व्यापक रूपमा प्रचार प्रसार गरी ऐतिहासिक महत्त्व बारेमा सबैलाई जानकारी गराउने, संरक्षणका लागि स्थानीय समुदायलाई सहभागिता गराउने कार्यमा प्राथमिकता दिने जस्ता कार्यहरू गर्न सकेमा विश्व सम्पदाहरूको संरक्षणमा सहयोग पुग्दछ । यसबाट पर्यटकीय स्थलको रूपमा विकास भई देशले वैदेशिक मुद्रासमेत आर्जन गर्न सक्दछ । तसर्थ सबै पक्षले सम्पदाहरूको संरक्षण र विकासमा जोड दिनु आजको खाँचो भएको छ ।
३.१.३ विश्व सम्पदाको सूचीमा परेका सम्पदाहरूको संरक्षण कसरी गर्न सकिन्छ ?
कुनै पनि देशमा रहेका प्राकृतिक तथा साँस्कृतिक दृष्टिकोणले ऐतिहासिक रहेका सम्पदाहरू लाई विश्व सम्पदा सूचीमा राख्ने विश्वव्यापी मान्यता अनुरूप नेपालका दसओटा स्थान पनि विश्व सम्पदाको सूचीमा परेका छन् । तिनीहरूको संरक्षण गरी हाल रहेको महत्त्व अझ बढाउनु आजको आवश्यकता हो । यस्ता सम्पदाहरूको संरक्षणका लागि सरकार र स्थानीय समुदायको सहभागितामा सम्वद्र्धन गर्न जरुरी हुन्छ । ऐतिहासिक कला र संस्कृतिको जगेर्ना गर्ने, सरसफाइमा ध्यान दिने, उक्त स्थानको सुरक्षामा ध्यान दिने, पर्यटक स्थलको रूपमा विकास गर्ने, सेवा र सुविधाहरूमा वृद्धि गर्ने, विभिन्न माध्यमबाट व्यापक रूपमा प्रचार प्रसार गरी ऐतिहासिक महत्त्व बारेमा सबैलाई जानकारी गराउने, संरक्षणका लागि स्थानीय समुदायलाई सहभागिता गराउने कार्यमा प्राथमिकता दिने जस्ता कार्यहरू गर्न सकेमा विश्व सम्पदाहरूको संरक्षणमा सहयोग पुग्दछ । यसबाट पर्यटकीय स्थलको रूपमा विकास भई देशले वैदेशिक मुद्रासमेत आर्जन गर्न सक्दछ । तसर्थ सबै पक्षले सम्पदाहरूको संरक्षण र विकासमा जोड दिनु आजको खाँचो भएको छ ।
पाठ २ : नेपालका लोकगीत
३.२.१ लोकगीतको परिचय :
- विभिन्न स्थान, जाति, धर्म, संस्कृति अनुसार विभिन्न चाडपर्व, उत्सव, जात्रा, मेला, विवाह, व्रतबन्ध आदिमा परम्परादेखि गाउँदै आएको गीतलाई नै लोकगीत भनिन्छ ।
- यसलाई ग्रामगीत, लोकगीत, जनगीत र गीत पनि भनिन्छ ।
- तिहारमा देउसी, दसैँमा मालश्री गीत, तीजमा तीजेगीत र रोपाइँमा असारे गीत, उधौँली, उभौंली पर्वमा राईहरूले गाउने चण्डी गीत, लिम्बूहरूको पालम, शेर्पाहरूको स्याब्रु, तामाङहरूको सेलो, मगरहरूको कौरा आदि नेपालको प्रचलित लोकगीतहरू हुन् ।
३.२.२ लोकगीतको विशेषता :
- लोकगीतको रचनाकार र रचनाकाल अज्ञात हुन्छ ।
- यो मौखिक वा श्रुतिपरम्परामा आधारित हुन्छ ।
- यो सामूहिक अभिव्यक्त हुन्छ ।
- यो सरल र सहज हुन्छ ।
- यसमा लोकतत्वको प्रधानता हुन्छ ।
३.२.३ लोकगीतको किसिम :
भूगोल, जाति, उमेर, लिङ्गभेद, सहभागिता, प्रस्तुति, विषय, आकार, गायन भाव, गायन अवसर आदिका आधारमा लोकगीतको वर्गीकरण गर्ने गरिन्छ ।
- भूगोलका आधारमाः हिमाली लोकगीत, पहाडी लोकगीत, तराईका लोकगीत, पूर्वेली गीत, पश्चिमेली गीत, आदि
- जातीय आधारमाः गन्धर्व गीत (राग, मंगल, हँस्यौली आदि), बाहुन गीत (भजन, खेली कीर्तन आदि), क्षेत्रीगीत (खाँडो), गुरुङगीत (सालैजो, यानीमायाँ, सुनीमायाँ आदि)
- उमेरका आधारमाः बालगीत ( ताराबाजी लै लै, कुखुरी काँ, टप टप टोपी लेखको ताना आदि) , युवागीत (प्रेमपरक, चुड्का, खेलीगीत, आदि) , वृद्धगीत ( सुनीमायाँ, यानीमायाँ, माँगल आदि)
- लिङ्गभेदका आधारमाः नारीगीत (रत्यौली, भैली, तीजका गीत आदि), पुरुष गीत (देउसी, दाइँगीत, भजन चुड्का आदि) र नारीपुरुष संयुक्त गीत (नारीपुरुषले गाउने दोहोरी गीत)
- प्रकार्यका आधारमाः मनोरञ्जनात्मक गीत (बाह्रमासे गीत, बालगीत आदि), श्रमगीत (दाइँ गीत, असारे गीत, भदौरे गीत ), पर्वगीत (भैलो, देउसी, मालश्री आदि), संस्कार गीत( छँैटी गीत, व्रतबन्ध, विवाह तथा मृत्युमा गाइने मङ्गल गीतहरू आदि), धार्मिक गीत( भजन, चुड्का आदि) त्यस्तै गरी विभिन्न आधारमा लोकगीतहरू विभिन्न प्रकारका हुन्छन् ।
३.२.४ लोकगीतको महत्व :
- लोकगीत समग्र देशको संस्कृति र पहिचान हो ।
- यसले नेपाली जातिहरूको संस्कृति बोल्छ, एक अर्कालाई चिनाउँछ, मैत्री सम्बन्ध कायम गर्न मद्दत गर्छ ।
- मनोरञ्जन दिन्छ, थकाइ मार्छ, स्पूmर्ति बढाउँछ, मानिसको आयु बढाउँछ ।
- जनमानसको आवाजलाई उच्च तह वा शासक वर्ग समक्ष पुर्याउँछ ।
३.२.५ लोकगीतको संरक्षण गर्ने उपायहरु :
- लोकगीत गाउने, रचना गर्ने र सङ्गीत भर्ने कलाकारलाई सम्मान र प्रोत्साहन गर्ने,
- विदेशी गीत सङ्गीतको अनुसरण नगर्ने,
- लोकगीत गाउने र रचना गर्ने अनि सङ्गीत भर्ने कलाकारलाई सम्मान र प्रोत्साहन गर्ने,
- स्थानीय तथा राष्ट्रिय स्तरमा लोकगीत प्रतियोगिता सञ्चालन गर्ने,
- लोकगीत तथा सङ्गीत एकेडेमी स्थापना गर्ने,
- विवाह, भोजभतेर, पर्व, उत्सव आदिमा लोकगीतको प्रयोग गर्ने ।
पाठ ३ : नेपालका लोकबाजा
३.३.१ लोकबाजाको परिचय :
- विभिन्न लोकगीत गाउने व्रmममा लोकबाजा पनि सँगसँगै बजाउने प्रचलन छ ।
- विभिन्न समय, सन्दर्भ र गीतको लय एवम् भाकाअनुसार बजाइने बाजाहरूमा विविधता रहन्छ ।
- लोकबाजाहरू विभिन्न पर्व, जात्रा, मेला, विवाह, भोज भतेर आदिमा लोकगीतहरू सँगै बजाइन्छ ।
- लोकगीत जस्तै लोकबाजाहरू पनि स्थान विशेष, जाति विशेष, पर्व विशेष, धर्म विशेष आदिका आधारमा फरकफरक हुन्छन् ।
३.३.२ लोकबाजाको प्रकार :
बनोट तथा प्रयोगका आधारमा निम्न चार प्रकारमा वर्गीकरण गरिएको पाइन्छ :
- तारबाजाः तार प्रयोग गरी बनाइएको तथा रेटेर वा कोट्याएर बजाइने बाजालाई तारबाजा भनिन्छ । सारङ्गी, टुङना, एकतारे, आर्बाजो, उर्नी, यलम्बर आदि ।
- शुषिरबाजाः बाँस या धातुबाट बनेको फुकेर बजाइने बाजालाई शुषिरबाजा भनिन्छ । बाँसुरी, मुरली, शङ्ख, सहनाई, नरसिङ्गा आदि ।
- आनद्धबाजाः छालाको प्रयोग गरेर बनाइएको तथा काठको सानो लट्ठी वा हातले ठोकेर बजाइने बाजा आनद्धबाजा हो । यसलाई चर्मबाजा पनि भनिन्छ । ढोल, च्याब्रुङ, ढोलक, यलपो, धिमे, दमाहा, ढ्याङ्ग्रो आदि ।
- घनबाजाः एक आपसमा ठोकेर बजाइने बाजालाई घनबाजा भनेर भनिन्छ । मुजुरा, झ्याली, झुर्मा, झ्याम्टा, घन्टी आदि ।
३.३.३ लोकबाजाको संरक्षणका उपायहरु :
- नेपाली बाजाहरूको अध्ययन अनुसन्धान गर्ने
- नेपाली लोकबाजाका वादकहरूलाई सेवाको अवसर तथा प्रोत्साहन गर्ने
- नेपाली लोकबाजा सङ्ग्रहालय स्थापना गर्ने र त्यसको व्यवस्थित रूपमा सञ्चालन गर्ने
- राष्ट्रिय वाद्यवादन प्रतिष्ठान स्थापना गर्ने
- प्राचीन र मौलिक लोकबाजाहरूको संरक्षण गर्ने
- वाद्य सङ्गीतका प्रतिभाहरूलाई प्रोत्साहन गर्ने र उनीहरूलाई प्रशिक्षण दिने
- विदेशी व्यान्डबाजाको प्रयोग कम गर्ने
- विदेशी बाजाको खरिदमा कर बढी लगाउने ।
पाठ ४ : हाम्रा लोक तथा शास्त्रीय नृत्य
३.४.१ नृत्यको परिचय :
- बाजाको तालले दिएको सङ्केत, गीतको भावले दिएको सुन्दरता र गीतको शब्दले दिएअनुसारको शरीरका अङ्गको सञ्चालन गर्ने कलात्मक विधिलाई नृत्य भनिन्छ ।
- जसमा खुट्टाको चाल र हातको मुद्रा प्रमुख हुन भने अरू अङ्गको चाल र हाउभाउ सहयोगी हुन् । अङ्ग, प्रत्यङ्ग र उपाङ्ग सञ्चालनद्वारा व्यक्त गर्ने विधा भएकाले यसलाई आङ्गीक अभिनय पनि भनिन्छ ।
- साधरणतया नृत्यलाई दुई भागमा विभाजन गर्न सकिन्छ :
क) शास्त्रीय नृत्य
ख) लोक नृत्य
३.४.२ लोक नृत्य :
- स्थानीय मेला, पर्व, विवाह भोज भतेर आदिमा स्थानीय वेशभूषा र स्थानीय बाजाको प्रयोग गरेर गरिने नृत्यलाई लोकनृत्य भनिन्छ । यस्ता लोकनृत्य ठाउँ, परम्परा, धर्म आदि अनुसार फरकफरक हुन्छ ।
- यस किसिमको लोकनृत्य कुनै जातिको लोक संस्कृति र परम्परामा आधारित र जाति विशेष हुन्छ ।
- जस्तै रत्यौली, कौरा नाच, देउडा नाच, घाटुनाच आदि ।
३.४.३ शास्त्रीय नृत्य :
- सङ्गीतको शास्त्रीय नियमअनुसार निश्चित गरिएको लयमा ताल र अभिनय आदिको सीमाभित्र रही सोही अनुसारको हाउभाउ, मुद्रा वा अङ्ग प्रत्यङ्ग सञ्चालन गरी नाच्नुलाई शास्त्रीय नृत्य भनिन्छ ।
- कुनै देवी देवता वा शास्त्रमा आधारित विधिपूर्वक गरिने नृत्य शास्त्रीय नृत्य हो । शास्त्रीय गीत र बाजाको तालमा शास्त्रीय नृत्य नाचिन्छ ।
- यो जाति विशेषको हुन् वा नहुन पनि सक्छ भने यस्तो नृत्यमा विशेषप्रकारको पहिरन र नृत्य परम्परा हुन्छ ।
- जस्तैः सोरठी नृत्य, आर्यतारा, चर्या नृत्य आदि ।
३.४.४ लोक तथा शास्त्रीय नृत्यको महत्व :
- नृत्यले मुलुकको संस्कृतिलाई झल्काउँछ
- नृत्यले एक अर्कासँग चिनाउँछ र मैत्रीपूर्ण सम्बन्ध कायम गराउनमा मद्दत पु¥याउँछ
- यसले मनोरञ्जन प्रदान गर्दै थकाइ मार्छ र स्पूmर्ति बढाउँछ
- यसले शरीरलाई आकर्षक बनाउँछ र सन्तुलित राख्दछ ।
- आन्तरिक एवम् वाह्य भ्रमणका अवसरहरू प्राप्त हुन्छन् ।
- साँस्कृतिक पर्यटन विकासमा मदत पुग्छ ।
३.४.५ लोक तथा शास्त्रीय नृत्य संरक्षणका उपायहरु :
- पर्याप्त प्रचारप्रसार गर्ने,
- पश्चिमी सङ्गीतको पछि नलागी आफ्नो मौलिक नृत्यहरूतर्पm आकर्षण बढाउने खालका क्रियाकलापहरू गर्ने,
- युवापुस्तालाई सिकाउने,
- सरकारीस्तरबाट संरक्षणका उपायहरू अपनाउने,
- केही नृत्यहरूलाई आधुनिकीकरण गर्ने,
- जनचेतना जगाउने ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review