सामाजिक : कक्षा १० एकाइ तीन_ दोस्रो

सामाजिक : कक्षा १० एकाइ तीन_ दोस्रो

तयार पार्ने : वीरेन्द्र पोख्रेल

पद: सामाजिक शिक्षक (माध्यमिक)

विद्यालय : श्रीपुर माध्यमिक विद्यालय भरतपुर महानगरपालिका  -चितवन 

 

सामाजिक : कक्षा १० एकाइ  तीन =हाम्रो परम्परागत मूल्य र मान्यता(part Two)

 

पाठ ५ : हाम्रा राष्ट्रिय दिवसहरु

पाठ ६ : अन्तर्राष्ट्रिय व्यक्तित्व

पाठ ७ : विश्वबन्धुत्व

पाठ ८ : जेष्ठ नागरिकप्रतिको दायित्व

....................................

 

पाठ ५ : हाम्रा राष्ट्रिय दिवसहरु

३.५.१ राष्ट्रिय दिवसको अवधारणा :

 

  • देशमा कुनै विशेष कार्य भएको दिनलाई राष्ट्रिय दिवसको रूपमा मनाउने गरिन्छ ।

 

  • राष्ट्रिय दिवस राष्ट्रका महत्त्वपूर्ण घटना (जनताले अधिकार प्राप्त गरेका, कसैले देश र जनताको लागि बलिदानी दिएका वा विशेष परिवर्तनकारी) भएको दिनको स्मरण गर्दै मनाइन्छ ।

 

  • कुनै पनि देशका आफ्ना राष्ट्रिय दिवसहरू हुन्छन् । दिवसहरू राष्ट्रका चिनारी र गौरव गर्ने आधार हुन् ।

 

  • दिवसहरू राष्ट्रिय चाड हुन् ।

 

  • यी दिवसलाई दिवसको दिनमात्र नमनाई त्यसको मर्मलाई सदैव आत्मसात् गर्न सके मात्र दिवस मनाउनुको सार्थकता रहन्छ ।

 

 

३.५.२ नेपालमा मनाईने राष्ट्रिय दिवसहरू :

             बाल दिवस :

  • नेपालले संयुक्त राष्ट्र सङ्घको बाल अधिकार महासन्धिमा हस्ताक्षर गरेको दिन अर्थात् सन् १९९० सेप्टेम्बर १४ लाई आधार मानेर भाद्र २९ गते बाल दिवस मनाइन्छ ।

 

  • विद्यालय तथा समुदायमा बाल अधिकार सम्बन्धी चेतना जागरण, बाल र्याली, प्रवचन, खेलकुद आदि कार्यव्रmम गरेर यो दिवस मनाउने प्रचलन छ ।

 

             शिक्षा दिवस

  • नेपालमा वि.सं. २०३१ सालदेखि प्रत्येक वर्ष शिक्षा दिवस मनाइदै आएको छ ।

 

  • सरकारले वि.सं. २०६३ सालदेखि साक्षरता दिवसको दिनमा नै शिक्षा दिवस मनाउने निर्णय गरेको छ ।

 

  • अब प्रत्येक वर्षको सेप्टेम्बर ८ का दिन शिक्षा दिवस मनाइने व्यवस्था गरिएको छ ।

 

  • यस दिनमा शिक्षासँग सम्बन्धित विभिन्न कार्यालय तथा शिक्षण संस्थाहरूले विभिन्न खालका क्रियाकलापहरू सञ्चालन गरी शिक्षा दिवस मनाउने चलन छ ।

 

  • यस दिनमा शिक्षा क्षेत्रमा विशेष योगदान दिएका संस्थाहरू तथा व्यक्तिलाई सम्मान तथा पुरस्कार पनि दिने गरिएको छ ।

 

             संविधान दिवस

  • संविधान दिवस देशको संविधान घोषणा भएको दिन मनाउने गरिन्छ ।

 

  • देशमा लागू भएको संविधान घोषणा भएको दिनलाई संविधान दिवसका रूपमा मनाइने भएकाले यस दिवसको दिन परिवर्तन हुने गरेको छ ।

 

  • हाल २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको दिनलाई आधार मानेर हरेक वर्ष असोज ३ गते संविधान दिवस मनाइन्छ ।

 

             सहिद दिवस

  • प्रजातन्त्र र नागरिक अधिकार प्राप्तिका लागि गरिएको आन्दोलनमा सहादत प्राप्त गर्ने व्यक्तिलाई सहिद भनिन्छ ।

 

  • पुष्पगुच्छा अर्पण गर्ने, प्रभात फेरी निकाल्ने, प्रवचन तथा रक्तदान कार्यव्रmमहरू आयोजना गरी सहिदहरूको स्मरण गर्दै हरेक वर्ष माघ १६ का दिन यो दिवस मनाइन्छ ।

 

  • १०४ वर्षे निरङ्कुश राणा शासनको विरुद्धमा आफ्नो जीवन गुमाएका व्यक्तिहरू, वि.सं. २०४६ र सोभन्दा अगाडि तथा पञ्चायती व्यवस्था विरुद्धको सङ्घर्ष, २०६२÷०६३ को जन आन्दोलन एवम् गणतन्त्र र अधिकार प्राप्तिको लडाइँमा सहादत प्राप्त गर्नेहरूलाई पनि त्यसै दिन सम्झने गरिन्छ ।

 

             प्रजातन्त्र दिवस

  • हाम्रो देशमा वि.सं. २००७ साल फाल्गुन ७ गतेका दिन राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना भएको हो ।

 

  • प्रत्येक वर्ष फाल्गुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ ।

 

  • काठमाडाँैको टुँडिखेलमा विशेष समारोह गरी प्रजातन्त्र दिवस मनाइन्छ ।

 

  • यसैगरी देशभर विभिन्न कार्यव्रmम गरी प्रजातन्त्र दिवस मनाउनुको साथै सहिदहरूको सम्झना गरिन्छ ।

 

             अन्तर्राष्ट्रिय नारी दिवस दिवस

  • महिलाहरूले पुरुषसरह शैक्षिक, सामाजिक, आर्थिक र राजनीतिक अधिकार प्राप्तिका लागि सन् १९१० मार्च ८ का दिन अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको थियो ।

 

  • महिलाहरूको सङ्घर्षबाट अधिकार स्थापित भएको दिनको सम्झना गर्दै प्रत्येक वर्ष मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाउने गरिन्छ ।

 

  • उक्त दिन सरकारी कार्यालयमा महिला कर्मचारीहरूलाई बिदा दिने प्रचलन छ ।

 

  • विभिन्न सङ्घ संस्थाले उक्त दिन विशेष कार्यव्रmम गरेर मनाउने गर्छन् ।

 

             गणतन्त्र दिवस दिवस

  • प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा मनाइन्छ ।

 

  • २०६५ साल जेठ १५ गते तत्कालीन संविधान सभाको पहिलो बैठकले राजतन्त्रको विधिवत् अन्त्य भएको र गणतन्त्र स्थापनाको घोषणा गरेको थियो ।

 

             मजदुर दिवस

  • मजदुर दिवसलाई अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि भनिन्छ ।

 

  • श्रममा संलग्न हरेक व्यक्ति वा संस्थाहरूले मजदुरको हकहित र समृद्धिका लागि यो दिवस मनाउने गर्छन् ।

 

  • यो दिवस हरेक वर्ष : May 1 मा मनाईन्छ ।

 

 

३.५.३ प्रभावकारी रुपमा राष्ट्रिय दिवसहरू मनाउने तरिकाहरु सुझाव गर्नुहोस ।

  • राष्ट्रिय दिवसको बारेमा व्यापक रूपमा जनचेतना जगाउने ।

 

  • ड्ड केन्द्र देखि स्थानीय गाउँ समुदायसम्म विशेष समितिहरू गठन गरी कार्यव्रmमहरू सञ्चालन गर्ने ।

 

  • विद्यालयहरूमा रचनात्मक कार्यहरू गर्ने, जस्तै– वृक्षारोपण गर्ने, राष्ट्रिय दिनको महत्त्वका बारेमा गीत, कविता, प्रतियोगिता तथा सम्मेलन गर्ने, सम्बन्धित क्षेत्रमा विशेष योगदान दिएका व्यक्तिहरूलाई सम्मान गर्ने, समाजसेवीहरूलाई सम्मान गर्ने आदि ।

 

  • र्याली, सभा सम्मेलन गर्ने । सहिदहरूको सपना साकार गर्न प्रतिवेदन जाहेर गर्ने ।

 

  • पत्रपत्रिका तथा सञ्चारका माध्यमहरूले प्राथमिकताका साथ समाचार तयार गरी प्रकाशन तथाप्रसारण गर्ने ।

 

 

३.५.४ तपाईँको विद्यालयमा सहिद दिवस मनाउन तपाईँलाई प्रमुख आयोजक बनाइयो भने सो दिवस मनाउन तपाईँले के गर्नुहुन्छ, उल्लेख गर्नुहोस् ।

राष्ट्रिय दिवस मनाउन यदि मलाई प्रमुख आयोजक बनाएमा मैले निम्नलिखित कार्य गर्नेछु :

  • दिवस मनाउन योजना बनाउने ।

 

  • राष्ट्रिय दिवस मनाउन समितिको गठन गर्ने ।

 

  • समितिका सदस्यहरूलाई कार्यको जिम्मेवारी प्रदान गर्ने ।

 

  • प्रचारप्रसार गरी साधारण नागरिकका रूपमा जनचेतना जगाउन प्रयास गर्ने ।

 

  • विद्यालयमा रचनात्मक कार्य सञ्चालन गर्ने ।

 

  • स्थानीयस्तरमा विशेष योगदान तथा समाजसेवीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने ।

 

  • कुन दिवस हो त्यही दिवससँग मिल्ने गरी त्यस क्षेत्रको समीक्षा गर्ने ।

 

  • सबै कार्यहरूको प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा प्रस्तुत गर्ने ।

 

 

३.५.५ अन्तर्राष्ट्रिय नारी दिवस कहिले पर्दछ ? के नेपालमा यो दिवस पनि मनाउनु पर्ला ? किन ?तथ्यपरक तर्क दिनुहोस् ।

  • अन्तर्राष्ट्रिय नारी दिवस मार्च ८ का दिन पर्दछ ।

 

  • यो दिवस नेपालले पनि मनाउनुपर्दछ ।

 

किनभने :

  • महिला र पुरुष एक रथका दुई पाङ्गा भएकाले ।

 

  • नेपालका महिलाहरू पुरुषको तुलनामा सबै क्षेत्रमा पिछडिएकाले ।

 

  • नारीहरू सङ्गठित भएर पुरुषसरह हक अधिकार खोज्नका लागि ।

 

  • राज्यको सबै क्षेत्रमा महिलाको सहभागिता सुनिश्चित गर्नका लागि ।

 

  • महिला पुरुषको समान ज्यालाको व्यवस्था गर्न ।

 

 

पाठ ६ : अन्तर्राष्ट्रिय व्यक्तित्व

३.६.१ अन्तर्राष्ट्रिय व्यक्तित्वको अवधारणा :

  • विश्वका सबै मानिसहरूका लागि नै महत्त्वपूर्ण योगदान दिने व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय व्यक्तित्वको रूपमा लिइन्छ ।

 

  • उनीहरूको योगदान मानिसका लागि उपयोगी हुन्छ ।

 

  • कसैले विभिन्न प्रविधिको क्षेत्रमा, कसैले विकासको क्षेत्रमा, कसैले विभिन्न स्तरका मानिसहरूका लागि जीवनस्तर उकास्न सहयोग पु¥याई मानवीय जीवनलाई सुखमय बनाउने कार्य गरेका छन् ।

 

  • हामीहरूले उनीहरूको योगदानलाई सम्मानगर्ने, तिनीहरूका कार्यहरूको अनुशरण गर्ने बानीको विकास गर्न सक्नुपर्दछ ।

 

  • मदर टेरेसा, प्mलोरेन्स नाइटिङ्गेल, अब्राहम लिंकन, कैलाश सत्यार्थी, मार्टिन लुथर किङ, नेपाली डा.सन्दुक रुईत, विभिन्न आविष्कारकहरु, वैज्ञानिकहरु लगायत धेरै अन्तर्राष्ट्रिय व्यक्तित्वहरु छन् ।

 

  • हामीले पाठ्यपुस्तकमा २ जनाको बारेमा मात्र अध्ययन गर्नेछौं ।

 

३.६.२ अन्तर्राष्ट्रिय व्यक्तित्वहरुलाई सम्मान गर्न के गर्नुपर्ने हुन्छ ?

  • उनीहरूले गरेका योगदान जस्तै आपूmले पनि गर्न प्रयास गर्ने ।

 

  • उनीहरूलाई सहयोग हुने वातावरण मिलाई दिने ।

 

  • व्यक्तित्त्वहरूको योगदानलाई प्रचारप्रसार गरी समुदायलाई पनि सोही मार्गमा डो¥याउने ।

 

 

३.६.३ कैलाश सत्यार्थीसँगै नोबल शान्ति पुरस्कार विजेता मलाला युसुफजईको जीवनी विभिन्न सन्दर्भ सामग्रीबाट खोजी गरी तयार पार्नुहोस् ।

मलाला युसुफजई पाकिस्तानी स्कुले विद्यार्थी हुन । उनको जन्म सन् १९९७ जुलाई १२ मा उत्तर पश्चिम पाकिस्तानको मिङगोरामा भएको थियो । यिनी मुस्लिम समुदायकी हुन । यस समुदायमा विशेष गरी महिलाहरूलाई खुलेर बाहिर निस्कन दिइदैन । मलालाले महिलाहरूको शिक्षासम्बन्धी अधिकारका बारेमा आवाज उठाइन । उनले तालिवान विद्रोहीहरूको पनि आलोचना गरिन जसले गर्दा उनले गोली समेत खानु पर्यो । तर उनी हार नमानी एउटा विद्यार्थी, एउटा शिक्षक र एउटा कलमले विश्व परिवर्तन गर्न सक्छ भन्ने नाराका साथ प्रत्येक बालबालिकाको शिक्षा पाउने अधिकार सुनिश्चित गर्न लागिरहेकिछन् । उनले थुप्रै शान्ति पुरस्कार र सन् २०१४ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरिन । उनले थुप्रै पुस्तकहरू पनि लेखेकी छन् ।

 

 

३.६.४ अन्तर्राष्ट्रिय व्यक्तित्त्वको जीवनीबाट  हामीले कस्ता कुराहरू सिक्न सक्छौं ?

  • कुनै पनि कार्य गर्नका लागि लगनशीलता, प्रतिबद्धता र दृढ इच्छाको आवश्यकता पर्दो रहेछ ।

 

  • सफलताको लागि घर परिवार, विद्यालय र साथीहरूको राम्रो सहयोग आवश्यक पर्दो रहेछ ।

 

  • समाजका लागि योगदान दिन सक्ने व्यक्तिलाई हामीले सम्मान गर्न सक्नुपर्दछ ।

 

  • जीवनका बाटोहरुमा संघर्ष, कठिनाई तथा बाधाहरु आएपनि डटेर अगाडि बढ्न सकेमा मात्र सफलता प्राप्त हुनेरहेछ ।

 

पाठ ७ : विश्वबन्धुत्व

३.७.१ विश्वबन्धुत्त्वको अवधारणा :

  • यो संसार एउटा परिवार हो, पृथ्वीमा रहेका सबै मानिस एउटै परिवारका सदस्य हौँ भन्ने धारणा नै विश्वबन्धुत्त्व हो ।

 

  • वैदिक परम्परामा ‘वसुधैव कुटुम्बकम्’ को संस्कृतिले पनि विश्वबन्धुत्त्वको भावना विकास गर्दछ ।

 

  • सहयोग, मेलमिलाप र समानुभूतिले विश्वबन्धुत्त्वको भावनाको विकास गर्दछ ।

 

  • विश्वबन्धुत्त्व शान्ति स्थापनाको एक सशक्त माध्यम हो ।

 

  • संवादको थालनी, विविधताको स्वीकारोक्ति, आध्यात्मिकताको जागृति र आत्माको स्वच्छताबाट नै सारा संसार एउटा परिवार हुन सक्छ ।

 

  • एक देशले अर्का देशप्रति तथा एक व्यक्तिले अर्को व्यक्तिप्रति प्रेम, सद्भाव र सहयोग गरे मात्रै विश्वबन्धुत्व बढ्छ ।

 

  • मानव जातिमा पर्ने पीडा, भय, महामारी, गरिबी आदिबाट उन्मुक्ति पाउन संसारका मानिसमा समानुभूति र सहयोग हुनुपर्छ । यही समानुभूति र सहयोगबाट विश्वबन्धुत्व बढ्छ ।

 

  • व्यक्तिले अहम्वादलाई त्यागी मावन जातिको समृद्धि र सुखी जीवनका लागि काम गरेमा मात्र शान्ति छाउँछ ।

 

  • विश्वमा शान्ति कायम गर्न विश्वबन्धुत्व अपरिहार्य छ । यसबाट नै विश्व एकता बलियो हुन गई सबै मानिसमा विश्वबन्धुत्वको भावना हुन्छ, त्यहाँ द्वन्द्व हुँदैन, शान्ति हुन्छ ।

 

 

३.७.२ ‘विश्वमा शान्ति कायम गर्न विश्वबन्धुत्त्व अपरिहार्य छ ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।

‘विश्वमा शान्ति कायम गर्न विश्वबन्धुत्त्व अपरिहार्य छ ।’

यो संसार एउटा परिवार हो । त्यसैले पृथ्वीमा रहेका सबै मानिस एउटै परिवारका सदस्य हौँ । त्यसैले कुनै एक ठाउँका मानिसले पृथ्वीको नोक्सान पु¥याए भने सबै ठाउँका मानिसले त्यो नोक्सान व्यहोर्नुपर्छ । आजको युगमा विश्वको एक कुनाबाट केही घण्टाको यात्रामा अर्को कुनामा पुग्न सकिन्छ । सबै धर्म, जात, क्षेत्र, आस्था आदिलाई उच्च सम्मान प्रदर्शन गर्नु विश्ववन्धुत्वको सार हो । हरेक व्यक्तिले जाति, धर्म, भाषा र राष्ट्रको सीमाभन्दा माथि उठ्नु संविधान सभाको पहिलो बैठकले राजतन्त्रको विधिवत् अन्त्य भएको र गणतन्त्र स्थापनाको घोषणा गरेको थियो ।

 

 

पाठ ८ : जेष्ठ नागरिकप्रतिको दायित्व

३.८.१ जेष्ठ नागरिक अवधारणा र परिचय :

  • नेपालको प्रचलित कानुन बमोजिम ७० (सत्तरी) वर्ष उमेर पूरा गरिसकेको नागरिकलाई जेष्ठ नागरिक भनिन्छ ।

 

  • जेष्ठ नागरिकहरू हाम्रो समाज निर्माण कर्ता मात्र नभई सामाजिक तथा सांस्कृतिक ज्ञान, मूल्य मान्यता र परम्पराका धरोहर हुनुहुन्छ ।

 

  • प्रौढअवस्थाभन्दा अगाडि सव्रिmय भई काम गर्न सक्ने अवस्थामा ज्येष्ठ नागरिकहरूले आपूm, आफ्ना परिवार, समाज, देश र विश्वका लागि धेरै सहयोग गरेका हुन्छन् ।

 

  • उहाँहरूको अनुभवबाट हामीले विभिन्न समस्यामा कसरी आपूmलाई बचाउन सकिन्छ भन्ने कुरा थाहा पाउन सकिन्छ ।

 

  • उहाँहरूको त्याग, परिश्रम, लगनशीलताका कारण हामीले अहिलेको सुखसुविधा पाएका हौँ ।

 

 

३.८.२ जेष्ठ नागरिकलाई के कस्ता छुट र सुविधाको व्यवस्था गरिएको छ ?

जेष्ठ नागरिकलाई निम्न अनुसारको छुट र सुविधाको व्यवस्था गरिएको छ :

  • जेष्ठ नागरिकसम्बन्धी छुट्टै ऐनको व्यवस्था,

 

  • मासिक भत्ताको व्यवस्था,

 

  • सार्वजनिक सवारी साधनमा कम्तीमा दुई ओटा सिट सुरक्षित राख्नुपर्ने,

 

  • भाडादरमा कम्तीमा पचास प्रतिशत छुट दिनुपर्ने व्यवस्था,

 

  • स्वास्थ्य सेवामा छुट र निःशुल्क उपचारको व्यवस्था, आदि ।

 

 

३.८.३ ‘जेष्ठ नागरिकमा ज्ञान र अनुभवको भण्डार रहेको हुन्छ ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।

नेपालको प्रचलित कानुन बमोजिम ७० (सत्तरी) वर्ष उमेर पूरा गरिसकेको नागरिकलाई जेष्ठ नागरिक भनिन्छ । जेष्ठ नागरिकहरूले आफ्नो जीवनमा थुप्रै उतार चढाव भोगिसक्नु भएको हुन्छ । अनुभवले नै व्यक्तिलाई परिपक्व बनाउछ । आफूले भोगेका, अनुभव गरेका, देखेका कुराहरू बढी यथार्थ र सत्य हुन्छन् । जेष्ठ नागरिकहरू हाम्रो समाज निर्माणकर्ता मात्र नभई सामाजिक तथा साँस्कृतिक ज्ञान, मूल्य मान्यता र परम्पराका धरोहर हुनुहुन्छ । त्यसैले जेष्ठ नागरिकहरूमा ज्ञान र अनुभवको भण्डार हुन्छ । हामीले जेष्ठ नागरिकमा रहेका ज्ञान र अनुभवको भण्डारलाई सदुपयोग गर्न सक्नुपर्छ ।

 

 

३.८.४ विगत केही वर्षयता जेष्ठ नागरिक परिवारबाटै अपहेलित भइरहेका घटनाहरू सुन्न र पढ्न पाइन्छ ? यसका कारणहरू के के होलान् ? यसका समाधानका उपायसमेत उल्लेख गर्नुहोस् ।

जेष्ठ नागरिकहरु परिवारबाट अपहेलित हुने सम्भाव्य कारणहरु :

  • शरीरमा बल कम हुने, अल्छी लाग्ने, सरसफाइमा कम चासो वा जाँगर हुने,

 

  • कसै कसै वृद्ध मानिसहरूमा असन्तुष्टि व्यक्त गर्ने स्वभाव हुने

 

  • नयाँ पुस्तामा पश्चिमा जीवन शैलीको प्रभाव, व्यस्तता, आर्थिक अभाव तथा एकल परिवारको चाहना हुनु

 

  • सानैदेखि छोरा छोरीलाई घर बाहिर राखेर पढाउने प्रचलनले पुस्तेनी दुरी बढ्न गई बुढा बा आमाप्रति छोराछोरी जीम्मेवार नभईदिने

 

जेष्ठ नागरिकहरुलाई अपहेलनाबाट जोगाउने उपायहरु :

  • विद्यालय तहबाटै नैतिक शिक्षालाई अनिवार्य गर्ने,

 

  • प्रिवारमा सुमधुर सम्बन्ध कायम गर्ने,

 

  • हामीले पनि जेष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार गर्ने जुनकुरा भावी पुस्ताले सिको गरुन्,

 

  • जेष्ठ नागरिकहरुलाई सबैले सक्दो सहयोग र माया ममता दिने वातावरण बनाउने ।

 

  • जेष्ठ नागरिकहरुको अनुभव, सीप र ज्ञानको प्रचार प्रसार तथा उपयोग गर्ने ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login