- Home
- Show Content
note सामाजिक : कक्षा १० एकाइ चार
note सामाजिक : कक्षा १० एकाइ चार
तयार पार्ने : वीरेन्द्र पोख्रेल
पद: सामाजिक शिक्षक (माध्यमिक)
विद्यालय : श्रीपुर माध्यमिक विद्यालय भरतपुर महानगरपालिका -चितवन
सामाजिक : कक्षा १० एकाइ ४ : सामाजिक समस्या र समाधान (part one)
पाठ १ : सामाजिक समस्याका रुपमा मानव बेचविखन
पाठ २ : घरेलु हिंसा र छुवाछुत
पाठ ३ : केही गलत प्रथाहरु
....................................
पाठ १ : सामाजिक समस्याका रुपमा मानव बेचविखन
४.१.१ मानव बेचबिखनको अवधारणा र अर्थ
- मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ ले दिएको परिभाषा अनुसार “कुनै पनि उद्देश्यले मानिस किनबेच गर्ने, श्रम शोषण गर्ने, वेश्यावृत्तिमा लगाउने र कानुनी प्रावधान विपरीत मानिसको अङ्ग झिक्ने काम मानव बेचबिखन हो ।”
- विशेष गरी श्रम शोषण, यौन शोषण, बँधुवा मजदुर, बाल मजदुर र धर्म सन्तानका लागि मानव बेचबिखन हुने गरेको छ । भेदभाव र दबाबबाट प्रभावित महिला एवं बालबालिका, घरेलु तथा सामाजिक हिंसाबाट पीडित व्यक्ति बेचबिखनको जोखिममा पर्ने गरेका छन् ।
- वैदेशिक रोजगारीमा जाने मानिसहरू, बाल विवाह, बहु विवाह, बलात्कार आदिबाट पीडित व्यक्तिहरू मानव बेचबिखनको सिकार हुन सक्छन् । मानव बेचबिखन अन्र्तगत चेलिबेटी बेचबिखन, श्रमिकहरूको बेचबिखन, बालबालिका बेचबिखन र मानव अंग बेचबिखन पर्दछन् ।
४.१.२ चेलीबेटी बेचबिखन
- चेलीबेटी बेचबिखन एउटा सामाजिक समस्या हो । वर्षेनी हजारौँको सङ्ख्यामा नेपाली चेलीहरू विदेशमा बेचबिखन हुने गरेको पाइन्छ ।
- आज देशका प्रायःसबैजसो भू–भाग बाट भारत, अरब राष्ट्र तथा अन्य मुलुकहरूमा बेचिन्छन् । कतिपय नेपाली चेलीहरूलाई देहव्यापार तथा श्रमशोषणजस्ता कार्यमा संलग्न गराइएको पाइन्छ ।
- बेचिने चेलीहरूमध्ये अधिकांश चेलीहरू प्राणघातक रोग लागेपछि त्यहाँबाट फर्कन बाध्य बनाइन्छ ।
- स्वदेशमा फर्कने चेलीहरूलाई समाजले तिरस्कार गर्ने भएकाले उनीहरूको जीवन दुःखदायी हुन्छ ।
- चेलीहरूको उद्धार कार्यमा सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरू संलग्न रहेका छन् ।
४.१.३ चेलीबेटी बेचबिखनका कारणहरु :
- जनचेतनाको कमी (छोरीप्रति समाजले गर्ने व्यवहार, छोरा र छोरीप्रति हुने फरक व्यवहार)
- गरिबी, बेरोजगारी, खुला सिमाना, कानुनको प्रभावकारी कार्यान्वयमा कमी, घरेलु हिंसा,
- पश्चिमी समाजको नक्कल, सहरमुखी जीवनशैली र छिटोछिटो पैसा कमाउने लोभ
- डर, धाक, धम्की तथा शक्तिको दुरूपयोग गरेर,
- नक्कली विवाह गरेर तथा झुठो प्रलोभन देखाएर श्रमशोषण गरेर,
- लागूपदार्थ सेवन गराएर, चरित्र हत्या गरेर
४.१.४ चेलीबेटी बेचबिखन रोकथामका उपायहरु :
- सबै छात्राहरूलाई निःशुल्क र अनिवार्य शिक्षा उपलब्ध गराउने र उमेर पुगेका महिलाहरूको क्षमता वृद्धि गर्न सिप तथा रोजगारमूलक तालिम प्रदान गर्ने,
- गाउँ समुदायमा सभा, जुलुस, सडक नाटक, पम्प्लेटमार्फत जनजागरण गर्ने,
- पत्रपत्रिका, रेडियो तथा टेलिभिजनमार्फत चेलीबेटी बेचबिखनको घटना हुनसक्ने बारेमा सबैलाई सचेत गर्ने,
- समुदायमा रहेका विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरूमार्फत प्रचारप्रसार गर्ने,
- वैदेशिक रोजगार कम्पनी र तिनका दलालहरूको निगरानी गर्ने,
- बेचबिखनमा संलग्न व्यक्तिलाई कडा कारवाही गर्ने ।
४.१.५ बालबालिका बेचबिखन
- विभिन्न स्वार्थ पूर्ति गर्न परिवारको सहमति वा विमतिमा बालबालिकालाई बिव्रmी वितरण गर्नु बालबालिका बेचबिखन हो ।
- बालबालिकालाई परिवारबाट टाढा पु¥याई जोखिम युक्त, घरेलु, निकृष्ट तथा सर्कसमा काम गर्न लगाउने, अङ्ग झिक्ने, माग्न लगाउने जस्ता कार्यमा लगाइन्छ ।
- यसैले बालबालिकाको सुरक्षार्थ समुदाय, अभिभावक, परिवार र बालबालिका स्वयम् पनि चनाखो रहनुपर्छ ।
- महिला तथा बालबालिका मन्त्रालय, नेपाल प्रहरी, सिविन, सिविस, बाल संरक्षण समितिहरू लगायतका सरकारी र गैरसरकारी संस्थाहरू यस विरुद्ध सव्रिmय छन् ।
४.१.६ बालबालिका बेचबिखन कारणहरु :
- परिवारिक गरिबी,
- अभिभावकहरुको बेवास्ता,
- तस्करको गतिविधि,
- घरको तनावपूर्ण वातावरण,
- बालबालिका स्वयम्को महत्त्वाकाङ्क्षी स्वभाव
४.१.७ बालबालिका बेचबिखन रोकथामका उपायहरु :
- सबै बालबालिकालाई शिक्षाको अवसर दिलाउने,
- अभिभावकलाई सचेतना वृद्धि गर्ने,
- होटल तथा उद्योगहरूमा निगरानी राख्ने,
- सरकारी तथा गैर सरकारी निकायको सव्रिmयता बढाई समस्यामा परेका बालबालिकालाई उद्धार तथा पुनःस्थापना गर्ने ।
४.१.८ मानव अङ्ग बेचबिखन
- मानव शरीरका कतिपय अङ्गले काम नगर्ने अवस्थामा हिजोआज ती अङ्ग प्रतिस्थापन गर्न सकिन्छ ।
- यस्ता बिरामीका लागि परिवारका सदस्य वा अन्य व्यक्तिलाई दाता बनाई मानव अङ्ग प्रतिस्थापन गर्न सघाउ पु¥याइन्छ ।
- तर परिवारका सदस्य नभएमा वा उनीहरूले जोखिम मोल्न तयार नभएमा अन्य व्यक्तिबाट अङ्ग किनबेच हुने गरेको छ ।
- प्रतिस्थापित मानव अङ्गमध्ये करिब ४२ प्रतिशत अवैधानिक मानव अङ्ग व्यापारबाट हुने गरेको छ ।
- हाल नेपाल र भारतमा मिर्गौला प्रत्यारोपण गर्ने कार्य अत्याधिक मात्रामा हुने गरेको छ । यसका साथै कलेजो, आँखाको कर्निया, फोक्सो जस्ता मानव अङ्गको बेचबिखनले तीव्रता पाउन थालेको छ ।
४.१.९ मानव अङ्ग बेचबिखन कारणहरु :
- व्यापक आर्थिक गरिबी,
- अशिक्षा तथा न्युन चेतनास्तर,
- उच्च महत्त्वाकाङ्क्षा र प्रलोभन
- डर, त्रास र परिबन्धमा पर्नु ।
४.१.१० रोकथामका उपायहरु :
- गरिबी निवारण कार्यलाई प्रभावकारी बनाउने,
- स्वास्थ्य सचेतता अपनाउने,
- उपचारका नाममा अङ्ग निकाल्न सक्ने गलत आशयप्रति सचेत हुने,
- बिरामी कुरुवाको व्यवस्था गर्ने,
पाठ २ : घरेलु हिंसा र छुवाछुत
४.२.१ घरेलु हिंसाको अवधारणा
- आनीबानी, बोली वचन, मर्यादा, अधिकार, हक र पहुँचलगायतका विषयलाई लिएर घर परिवारभित्र परिवारका सदस्यमाथि हुने नकारात्मक व्यवहार, दबाब, कुटपिट आदिलाई घरेलु हिंसा भनिन्छ ।
- दाइजो, चल अचल सम्पत्ति लेनदेन, अवैध सम्बन्ध, दुव्र्यसन, गरिबी र अशिक्षा जस्ता कारण महिलामाथि घरेलु हिंसा भइरहेको छ ।
- महिलालाई लोग्ने सासु, ससुरा, देवर, जेठाजु, आदिबाट अपशब्द बोल्ने, गाली बेइजति गर्ने, कुटपिट गर्ने, यातना दिने, हत्या गर्ने जस्ता घटना घरेलु हिंसाका घटना हुन् ।
- हिजोआज पुरुषहरू माथि पनि महिलाबाट घरेलु हिंसा हुन थालेको छ । महिलाले मादकपार्थ सेवन गरेर गाली बेइजति गर्ने, लोग्नेलाई कुटपिट गर्ने वा गराउने, यातना दिने जस्ता पुरुषमाथिको घरेलु हिंसा हुन् ।
४.२.२ घरेलु हिंसाका कारणहरु :
- दाइजो
- चल अचल सम्पत्तिको लेनदेन
- अवैध सम्बन्ध
- दुव्र्यसन
- अशिक्षा
- गरिबी
( परीक्षामा लेख्दा हरेक बुँदाको व्याख्या गरेर लेख्नुपर्ने )
४.२.३ घरेलु हिंसाका असरहरु :
- व्यक्ति तनावमा हुने, मानसिक विचलन हुने, डराउने र निराश हुने,
- काम गर्ने उत्साह, जोस र जाँगरमा कमी आउने,
- लागू पदार्थ सेवन, आत्महत्या जस्ता गलत निर्णय लिन सक्ने,
- पारिवारिक बेमेल हुने तथा पारिवारिक सम्बन्ध टुट्ने,
- सामाजिक कलह सिर्जना हुने, समाजमा मान, मर्यादा र इज्जतमा कमी आउने,
- परिवारका जेष्ठ नागरिक तथा बालबालिकामा नकारात्मक असर पर्ने ।
४.२.४ घरेलु हिंसा नियन्त्रणका उपायहरु :
- चेतना जागरण र सचेतना वृद्धि गर्ने,
- समान व्यवहार गर्ने,
- सम्पत्तिमा समान स्वामित्व स्थापित गर्ने,
- परिवारका हरेक व्यक्तिका विचारहरूलाई सम्मान गर्ने,
- सामूहिक निर्णयबाट काम अघि बढाउने,
- सभ्य बन्ने र अनुशासनमा रहने,
- हिंसा भएमा तुरुन्तै प्रहरी चौकी वा सम्बन्धित निकायमा खबर गर्ने,
- ८. हिंसा विरुद्द एकताबद्ध प्रतिकार गर्ने ।
४.२.५ छुवाछुतको अवधारणा
- जात, धर्म, पेसा, क्षेत्र, लिङ्ग, अपाङ्गता, शारीरिक प्रणाली आदिका आधारमा गरिने भेदभावलाई छुवाछुत भनिन्छ ।
- कुनै व्यक्ति, जाति वा समूहले छोएको नखानु, सामान्य व्यवहारमा प्रतिबन्ध गर्नु, छुवाछुत हो ।
- नेपालमा वि.सं. २०२० सालमा नै छुवाछुत प्रथाको अन्त्य भएको घोषणा गरिएको भएपनि हालसम्म यो प्रथा कायम रहेको देखिन्छ ।
- नेपालको संविधान, २०७२ ले छुवाछुत तथा जातीय भेदभाव विरुद्धको हकलाई मौलिक हकको रूपमा समावेश गरी छुवाछुत प्रथालाई संवैधानिक रूपमा नै गैरकानुनी बनाएको छ ।
४.२.६ छुवाछुत प्रथाले पारेको प्रभाव (असर)
- मानिस मानिसबिच विभेद कायम गरेको,
- समाजमा विद्रोहले जन्म लिएको,
- मानव अधिकारको हनन भएको,
- सामाजिक न्याय हुन नसकेको,
- दलितहरू राज्यको मूल प्रवाहमा आउन नसकेको,
- सामाजिक आर्थिक र राजनीतिक रूपले दलित जाति पछाडि परेको,
- व्यक्तिमा हिनता बोध र आत्मग्लानि हुने,
- सामाजिक सहयोग र सद्भावको पक्ष कमजोर रहने ।
४.२.७ छुवाछुत प्रथा अन्त्य गर्न गर्नुपर्ने कार्य :
- समुदायमा सचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने,
- व्यवस्थापनमा वहस र पैरवी गर्ने, पर्चा पम्प्लेट तथा रेडियो, टेलिभिजनबाट नियमित कार्यक्रम सञ्चालन गर्ने,
- मानव अधिकारको संरक्षण र विकासमा जोड दिने,
- दलित जातिलाई शिक्षा निःशुल्क र अनिवार्य गर्ने,
- समान व्यवहार गर्ने,
- कानुनको प्रभावकारी रूपमा कार्यान्वयन गरी कानुन उलङ्घन गर्नेलाई दण्डित गर्ने,
- दलित जातिहरूमा पनि एकले अर्कोलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्ने,
- दलितलाई सकारात्मक विभेदका माध्यमबाट राज्यको हरेक अङ्गमा सहभागी गराउने ।
पाठ ३ : केही गलत प्रथाहरु
४.३.१ घुम्टो प्रथा
- विवाहित महिलाहरूले मान्यजन र पुरुषहरूको अगाडि घुम्टोले अनुहार छोप्नुपर्ने प्रचलनलाई घुम्टो प्रथा भनिन्छ । यस्तो प्रथा नेपालको पूर्वी र मध्य तराईमा प्रचलनमा छ ।
- यस्तो अन्धविश्वासी रुढिवादी प्रथाका कारण घुम्टोभित्र लुक्नुपर्दा महिलाहरूको व्यक्तित्त्व विकासमा बाधा भइरहेको छ ।
- यस्तो प्रथाले महिला र पुरुषबिचको विभेद बढाउन सहयोग पु¥याएको छ । घुम्टोका कारण विवाहपश्चात् प्रायः सबै महिलाहरू अगाडि बढ्नबाट वञ्चित छन् ।
- शिक्षा र अवसरबाट वञ्चित हुनु परेको कारण घरेलु हिंसा बढ्न सक्छ ।
- शिक्षा, सामाजिक जागरण, राजनीतिक र सामाजिक दबाबमार्फत यस्ता कार्यहरूमा सुधार ल्याउन सकिन्छ ।
४.३.२ दाइजो प्रथा
- विवाह गर्दा दुलहीको घरबाट दुलहालाई दिइने सम्पत्ति (रूपैयाँ, सुन र अन्य सामग्री) लाई दाइजोको रूपमा लिइन्छ ।
- हाम्रो समाजमा केटीको पक्षबाट भने जतिको सम्पत्ति नदिएमा विवाह नगर्ने, विवाह गर्ने निधो गरेपछि पनि दाइजो भने जति नदिएमा विवाह नगर्ने भनी केटी पक्षलाई मानसिक तनाव दिने जस्ता कार्यले गर्दा दाइजो प्रथा हाम्रो समाजका लागि एकप्रकारको कलङ्कको रूपमा रहेको छ ।
- विवाह गरिसकेपछि पनि केटापक्षको घर परिवारका सदस्यहरूले शारीरिक र मानसिक यातना दिएका घटनाहरू हामीले दिन प्रतिदिन सुनेका छौँ ।
- ंयो प्रथाले खास गरेर तराई क्षेत्रलाई बढी प्रभावित गरेको छ भने अन्य क्षेत्रमा पनि यसको असर परेको छ ।
४.३.३ दाइजो प्रथाको असर :
- महिलाले शारीरिक तथा मानसिक यातनाबाट पीडित हुनुपर्ने,
- अभिभावकलाई मानसिक तनाव,
- सम्मानित जीवन जिउन नपाउने
- अनावश्यक ज्यान जाने अवस्था र आत्महत्यासमेत गर्ने,
- चेलिबेटीको विवाह गर्न कठिनाइ,
- समाजमा द्वन्द्वले प्रश्रय पाउने,
- महिलाविरुद्ध हिंसाले प्रश्रय पाएको ।
४.३.४ दाइजो प्रथालाई निराकरणका लागि गर्नुपर्ने कार्यहरु :
- चेतनामूलक कार्य सञ्चालन गरी सबैलाई दाइजो प्रथाविरुद्ध सङ्गठित गर्ने,
- दाइजो लिन दिन नपाउने कानुनी व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने,
- छात्रालाई अनिवार्य र निःशुल्क शिक्षा दिई सक्षम र आत्मनिर्भर बनाउने,
- सिपमूलक तथा रोजगारमूलक तालिम दिई महिलाहरूलाई स्वावलम्बी बनाउन सहयोग गर्ने,
- महिलाहरू नै सङ्गठित भई सशक्त रूपमा प्रतिकार गर्ने,
- दाइजो खोज्नेहरूलाई सामाजिक बहिस्कार गर्ने ।
४.३.५ देउकी तथा झुमा प्रथा
- आफ्नै छोरी वा धनी मानिसले गरिबका छोरी किनेर सानै उमेरमा देवतालाई चढाउने प्रथा देउकी प्रथा हो ।
- यो प्रथा नेपालको सुदूर पश्चिमाञ्चलको पहाडी क्षेत्रमा प्रचलित रहेको थियो ।
- नेपालको उत्तरी भेगमा बसोबास गर्ने शेर्पा समुदायका माइली छोरीलाई बौद्ध गुम्बाहरूमा सेवा गर्न चढाउने प्रचलन छ । यस प्रचलनलाई झुमा प्रथा भनिन्छ ।
- तिन ओटी छोरी भएमा माइली छोरी झुमा र तिन ओटा छोरा भएमा माइला छोरालाई ढावा (लामा) का रूपमा गुम्बाको हेरचाह गर्ने काममा लगाइन्छ ।
- चेतना वृद्धि, कडा कानुनी प्रबन्ध, शिक्षा र अवसरको वृद्धि मार्फत यस्ता अनुचित सामाजिक व्यवहारलाई निरुत्साहित गर्न सकिन्छ ।
४.३.६ देउकी तथा झुमा प्रथाको असर
- महिलाले आफ्ना इच्छाअनुसार स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकारको हनन भएको,
- महिलाले आफ्ना इच्छाअनुसार विवाह गरी वैवाहिक जीवन बिताउने अधिकारको हनन् भएको,
- समाजमा विकृतिहरू फैलिएको,
- मानव भएर मानवको जीवन बिताउनबाट महिला बञ्चित भएको ।
४.३.७ देउकी तथा झुमा प्रथा हटाउने उपायहरु :
- चेतनामूलक कार्यक्रम सञ्चालन गरी सबैलाई देउकी तथा झुमा प्रथाका विरुद्ध सङ्गठित पार्ने,
- अभिभावकहरूलाई छोराछोरीहरू देवताका नाममा नचढाउन सुझाव दिने,
- छोरीलाई अनिवार्य शिक्षा र आत्मनिर्भर बनाउन सबैले सहयोग गर्ने,
- हरेक समाजमा मानिसहरू जागरुक भई देउकी तथा झुमा प्रथाका विरुद्धमा एकताबद्ध भई लागि पर्ने,
४.३.८ देउकी तथा झुमा प्रथा बीच समानता
- दुवै प्रथामा छोरीहरूलाई देवताको नाममा चढाउने अवस्था,
- देवताको नाममा चढाएको महिलाहरूले विवाह गर्न नपाउने,
- दुवैमा महिलाहरूको अधिकार हनन हुने,
- दुवैले समाजमा विकृति पैmलाउने,
- दुवै बिस्तारै कम हुँदै गएको ।
४.३.८ देउकी तथा झुमा प्रथा बीच भिन्नता
- देउकी प्रथामा छोरीहरूमध्ये कुनै पनि छोरी भएपनि हुने तर झुमा प्रथामा माहिली छोरी नै चढाउनुपर्ने,
- देउकी सुदूरपश्चिमाञ्चलको पहाडी जिल्लामा प्रख्यात छ भने झुमा हिमाली क्षेत्रमा बढी प्रचलित छ ।
- देउकी प्रथामा गरिबको छोरी किनेर पनि चढाउन सकिने तर झुमा प्रथामा त्यस्तो नभएको ।
४.३.९ छाउपडी प्रथा
- महिलाहरूले महिनावारी हुँदा घरभन्दा एकान्त स्थानको छाउ (गोठ) मा बसी कष्टपूर्ण रूपले समय बिताउनुपर्ने सामाजिक नियम भएको प्रथा छाउपडी हो ।
- यो प्रथा नेपालका सुदूर र मध्यपश्चिमाञ्चल क्षेत्रका केही ग्रामीण क्षेत्रमा प्रचलनमा छ ।
- महिलाहरूको मासिक धर्मको प्रक्रियालाई गलत ढङ्गबाट व्याख्या गरी असुरक्षा र जोखिमको अवस्थाबाट महिलाहरूलाई गुज्रन बाध्य पार्ने यस प्रथालाई गलत सामाजिक प्रयोगका रूपमा लिइएको हो ।
- नियमित शारीरिक प्रक्रियालाई गलत व्याख्या गरी अन्ध विश्वासमा चल्नु यसको अर्को ठुलो कमजोरी हो ।
४.३.१० छाउपडी प्रथाबाट पर्ने असरहरु :
- महिलाहरूमा शारीरिक पीडा भन्दा पनि मानसिक पिडा धेरै महसुस हुने,
- सर्पको डसाइ तथा जङ्गली जीवजन्तुको आक्रमणमा परि ज्यान समेत जाने,
- यौन हिंसामा पर्न सक्ने,
- गलत प्रथाको कारण समाज अन्धकारमा रहिरहने ।
४.३.११ छाउपडी प्रथा उन्मुलनका उपायहरु :
- रजस्वला प्राकृतिक प्रक्रिया हो पाप होईन भन्ने सचेतना वृद्धि गर्ने,
- समान सामाजिक व्यवहार र लैङ्गिक समता कायम गर्ने,
- रजस्वला हुँदा गोठमा नबसी घरको छुट्टै कोठामा बस्ने व्यवस्था मिलाउने,
- सरसफाईमा ध्यान दिने तर गोठमा नबस्ने अभियान चलाउने ।
४.३.१२ हाम्रो समाजमा बालविवाह पनि एक सामाजिक समस्याका रुपमा रहेको छ यसबाट कस्ता असरहरु पर्दछन् ?
बालविवाहबाट हुने असर
- बालबालिकाहरूले आफ्नो ज्ञान, सिप, क्षमता तथा व्यक्तित्त्व विकास गर्न अवरोध हुने,
- बाल अधिकारको हनन् हुने,
- अध्ययन कार्यका लागि कठिनाई आउन सक्ने,
- आफूले इच्छाएको व्यक्तिसँग विवाह गर्न नपाउने जसबाट उसको मानव अधिकार हनन् हुने ।
४.३.१३ बालविवाह तथा दाइजो प्रथा कसरी उन्मुलन गर्न सकिन्छ ? सुझाव दिनुहोस् ।
बालविवाह तथा दाइजोप्रथा उन्मूलनका लागि गर्नुपर्ने कार्यहरू :
- दाइजो नलिने र बाल विवाह नगराउनेलाई सरकारद्वारा विशेष प्रोत्साहन दिने,
- दाइजो लिने र बालविवाह गर्नेलाई सामाजिक बहिष्कार गर्ने र कानुनी रूपमा कडा कारवाही गर्ने,
- विद्यालयको पाठ्यक्रममा बालविवाह विरुद्धको सामग्री समावेश गरी अध्ययन गर्ने,
- चेतनामूलक कार्यक्रम सञ्चालन गरी सबैलाई सचेत बनाउने ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review