- Home
- Show Content
सामाजिक : कक्षा १० एकाइ चार-दोस्रो
सामाजिक : कक्षा १० एकाइ चार-दोस्रो
तयार पार्ने : वीरेन्द्र पोख्रेल
पद: सामाजिक शिक्षक (माध्यमिक)
विद्यालय : श्रीपुर माध्यमिक विद्यालय भरतपुर महानगरपालिका -चितवन
सामाजिक : कक्षा १० एकाइ ४ : सामाजिक समस्या र समाधान (part Two)
पाठ ४ र ५ : सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय संस्थाहरु
पाठ ६ : सामाजिक समस्याको पहिचान र समस्या समाधानको सिप
....................................
पाठ ४ र ५ : सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय संस्थाहरु
४.४.१ रेडक्रस (परिचय)
- स्विस नागरिक हेनरी जाँ ड्युनाको पहलमा मानव सेवाका लागि सन् १८६३ मा स्विट्जरल्यान्डमा स्थापित यो संस्था विश्वव्यापी रूपमा व्रिmयाशील छ ।
- सेतो पृष्ठभूमिमा रातो जोड (क्रस) चिह्न युक्त झन्डाले विश्वभर रेडक्रसको गतिविधिलाई प्रतिविम्बित गर्छ ।
- संसारभर रेडक्रसको नामले प्रचार भए पनि इस्लाम बाहुल्य मुलुकहरूमा यसलाई रातो अर्धचन्द्र र इजरायलमा रेडस्टार नामबाट चिनिन्छ ।
- हाम्रा विद्यालय तथा विश्व विद्यालयहरुमा पनि रेडक्रसको संगठनको रुपमा जुनियर तथा युवा रेडक्रस सर्कलहरु रहेका छन् ।
४.४.२ रेडक्रसका गतिविधिहरु :
- युद्धको समयमा घाइतेको उद्धार तथा उपचार,
- युद्धरत पक्षहरूबिच मध्यस्थता र युद्ध विरामको अनुगमन,
- प्राकृतिक प्रकोप वा विपत्तिमा स्वास्थ्य सेवा,
- आपत्कालीन वासस्थान, भाडाकुँडा र खाद्य सहयोग,
- रक्त सञ्चार सेवा, आधारभूत स्वास्थ सेवा र स्वच्छ खानेपानी सेवा,
- रेडक्रस सर्कल तथा अन्य व्यक्तिहरुलाई प्राथमिक उपचार सम्बन्धी तालिम सञ्चालन ।
४.४.३ नेपालमा रेडक्रस सोसाइटी
- विश्वमा रेडक्रस अभियान प्रारम्भ भएको एकसय वर्षपछि वि.सं. २०२० साल भदौ १९ गते तद्अनुनुसार सन् १९६३ सेप्टेम्बर ४ तारिखका दिन नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको हो ।
- कुनै पनि राष्ट्रमा सोसाइटी स्थापना हुनुअघि त्यस देशको सरकारले सन् १९४९ को जेनेभा महासन्धिहरूमा हस्ताक्षर गरेको हुनुपर्दछ ।
- वि.सं. २०२० साल माघ २४ गते नेपालको सरकारले जेनेभा महासन्धिहरू अनुमोदन गरेपश्चात् २०२१ साल असोजमा नेपाल रेडक्रस सोसाइटीलाई आई.सि.आर.सि.तथा फेडरेसनले क्रमशः मान्यता र सदस्यता प्रदान गरे ।
४.४.४ नेपाल रेडक्रसको उद्देश्य
- धर्म, वर्ण, लिङ्ग, वर्ग, जातजाति, भाषा, राष्ट्रियता वा राजनीतिक विचारधाराको आधारमा भेदभाव नगरी मानवीय विपत्तिलाई रोक्न वा कम गर्न प्रयास गर्ने नेपाल रेडक्रसको उद्देश्य हुनेछ ।
रेडक्रसका सिद्धान्तहरु
(१) मानवता (२) निष्पक्षता (३) तटस्थता (४) स्वतन्त्रता (५) ऐच्छिक सेवा (६) एकता (७) विश्व व्यापकता
४.४.५ स्काउट (परिचय)
- बेलायती नागरिक वेडेन पावेलले स्वयंसेवी सैनिक दस्ताका रूपमा स्काउट गठन गरेका हुन् ।
- मानव हितमा खट्न पहिलो विश्वमा सन् १९०७ मा बेलायतमा स्काउट गठन गरिएको हो ।
- युद्ध मोर्चामा खटाइबाट परिपक्व वेडेन पावेलले बेरोजगार युवा जमातलाई बिग्रिनबाट बचाई सत्मार्गमा लगाउन यस प्रकारको सोच बनाएका थिए ।
- उक्त सोचअनुसार समाज सेवामा योगदान पुर्याउन उनले २० जना युवाहरूलाई सङ्गठित गरी स्काउटको स्थापना गरेका थिए । हाल १९० भन्दा बढी देशमा करोडौँको सङ्ख्यामा यसका सदस्यहरू रहेका छन् ।
- स्काउट स्वयम्सेवी संस्था हो । यो गैर राजनीतिक संस्था हो । यसले सबै जातजाति, भाषाभाषी र धर्मावलम्बीहरूलाई समेट्न सक्दछ ।
४.४.६ स्काउटका गतिविधिहरु
- प्रकोप वा विपत्तिका अवस्थामा उद्धार गर्ने,
- भिड व्यवस्थापनमा खट्ने,
- युवाहरूमा अनुशासन, कला, सिप र दक्षता कायम गराउने,
- वृक्षारोपण तथा सरसफाइ गर्ने,
- खानेपानी योजना जस्ता वातावरणीय गतिविधिहरू सञ्चालन गर्ने ।
४.४.७ स्काउटका ३ प्रतिज्ञाहरु
- राष्ट्र र सत्य ÷निष्ठा÷ईश्वर÷धर्मप्रति आफ्नो कर्तव्य पालन गर्दछु,
- सधैँ परोपकार गर्दछु,
- सधैँ स्काउट नियम पालन गर्दछु ।
४.४.८ नेपालमा स्काउट
- नेपालमा वि.सं.२००९ साल आषाढ ५ गते स्काउटको स्थापना भएको हो । नेपाल स्काउटको केन्द्रीय कार्यालय काठमाडाँैको लैनचौरमा रहेको छ ।
- वि.सं. २०५० मा तत्कालीन संसदले स्काउट नियम बनाएर स्काउटलाई सुदृढ र व्यवस्थित बनाउने लक्ष्य लिएको छ ।
- सामुदायिक विकास कार्यअन्तर्गत विरुवाहरू रोप्ने, खानेपानीको व्यवस्था गर्न सहयोग गर्ने, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग पु¥याउने, सिप तथा रोजगारमूलक तालिम प्रदान गरी व्यक्तिलाई स्वावलम्बी बनाउन सहयोग गर्ने, सिलाइ बुनाइ, मत्स्यपालन, तथा अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालनजस्ता कार्यहरू नेपाल स्काउटमार्फत हुँदै आएको छ ।
- स्काउटहरूले तालिममार्फत नयाँ ठाउँ पत्ता लगाउने, आत्मनिर्भर व्यक्ति बन्ने,जोखिमपूर्ण काम गर्ने र समुदायलाई सहयोग गर्ने जस्ता सिपहरूको विकास गरेका हुन्छन् ।
४.४.९ निम्न शब्दहरूको प्रयोग गरेर स्काउटको विषयमा पाँच वाक्यहरू तयार गर्नुहोस् । उच्चस्तर, हाँकयुक्त, ४ देखि २५ वर्ष, प्रतिज्ञा, जनता र राष्ट्र सहयोग, आनन्द विश्वव्यापी, शान्ति ।
- स्काउटहरूले उच्चस्तरको अनुशासन पालना गर्छन् ।
- उनीहरू हाँकयुक्त (चुनौतीपूर्ण) कार्य गर्नपछि पर्दैनन् ।
- ४ देखि २५ वर्षसम्मका बालबालिका र युवाहरू यसका सदस्य बन्न सक्छन् ।
- यिनीहरूले तिनओटा प्रतिज्ञा गर्छन् जुन सधैँ पालना गर्छन् ।
- जनता र राष्ट्रको सेवा गर्नु उनीहरूको मुख्य कार्य हो ।
- उनीहरू सधैँ आनन्दित हुन्छन् । पिर चिन्ता लिदैनन् ।
- स्काउट विश्वव्यापी संस्था हो । यसका शाखाहरू विश्वभर छरिएका छन् ।
- रेडक्रसको मुख्य उद्देश्य विश्वमा भातृत्त्वको विकास गरी शान्ति स्थापना गर्नु हो ।
४.४.१० एस. ओ. एस.
- एस.ओ.एस.को पूरा अर्थ "Save Our Soul" हाम्रो आत्माको रक्षा गरौँ हो । यसका सञ्चालक अष्ट्रियाका हर्मन माइनर हुन् । उनको जन्म सन् १९४९ मा भएको हो । उनले अष्ट्रियाको इम्स्टमा एस.ओ.एस.को स्थापना गरेका थिए ।
- हाल १३३ भन्दा बढी देशहरूमा यो संस्था कार्यरत छ ।
- नेपालमा वि.सं. २०१८ सालमा भक्तपुर जिल्लाको सानोठिमीमा एसओएस बालग्रामको स्थापना भएको थियो ।
- हाल सुनसरीको इटहरी, काभ्रेको बनेपा, भक्तपुरको सानोठिमी, काठमाडाँैको जोरपाटी, कास्कीको पोखरा, चितवन र सुर्खेतमा यो संस्था खोलिएको छ ।
- एसओएस बालग्रामका आमा, दाजुभाइ, दिदीबहिनी घर र बालग्राम गरी चारओटा सिद्धान्तमा आधारित रहेको छ ।
४.४.११ एस. ओ. एस. का गतिविधिहरु
- यसको मुख्य उद्देश्य आमाबाबु नभएका र आमाबाबुको माया र ममता पाउन नसकेका बालबालिकाहरूका लागि घरकै वातावरण, माया प्रेम र सुरक्षा दिई विद्यालयमा पढाउने व्यवस्था गरी उनीहरूको सर्वाङ्गीण विकास गर्नु हो ।
- डा. हर्मन माइनरले दोस्रो विश्वयुद्धमा अभिभावक गुमाएका बालबालिकाहरूको पालनपोषणका लागि एसओएस बालग्रामको अवधारणा अघि सारेका हुन् । यस्ता बालग्रामहरूमा धेरै घरहरू हुन्छन् र प्रत्येक घरमा २ जना महिलाहरू मातृवात्सल्य प्रदान गर्दै पारिवारिक वातावरणमा साना बालबालिकाका हेरचाहको लागि खटाइएको हुन्छन् भने बालबालिकाहरू दाजुभाइ दिदीबहिनीका रूपमा हुर्केका हुन्छन् ।
- यस संस्थाको १३४ देशहरूमा १५६७ ओटा बालग्रामहरू रहेको छ ।
४.४.१२ अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूले हाम्रो देशको विकासमा सहयोग पु¥याइरहेको भए पनि तिनिहरुका केहीे नकारात्मक पक्ष पनि छन्, त्यस्ता नकारात्मक पक्षहरु उल्लेख गर्नुहोस् ।
- हाम्रो आवश्यकताअनुरूप सहयोग नगरी उनीहरूको इच्छाबमोजिम सहयोग गर्ने प्रवृक्ति रहेको,
- संस्थाहरूले दिने रकमको पारदर्शिता नभएको,
- वास्तविक लक्षित समूहमा कार्यक्रम पुग्न नसकेको,
- सङ्घ संस्थाले दिने सहयोगमा निरन्तरता हुन नसकेको ।
पाठ ६ : सामाजिक समस्याको पहिचान र समस्या समाधानको सिप
४.६.१ ‘वर्तमान अवस्थामा पनि नेपाली बाल बालिकाहरू श्रम गर्न बाध्य छन् ।’ यस सन्दर्भका कारणहरू लेख्नुहोस् ।
उत्तर : नेपाली बालबालिकाहरू श्रम गर्न बाध्यहुनुका कारणहरू
- गरिबी, शिक्षा र चेतनाको कमि
- अभिभावकको बेवास्ता र घरको तनाव,
- महत्त्वाकाङ्क्षी स्वभाव
- बालबालिका सम्बन्धी सरकारी कार्यक्रमहरू प्रभावकारी नहुनु
- पढेर पनि काम पाइने ग्यारेन्टी नभएको (बेरोजगारी समस्या)
- कुनै पनि घटनालाई हतारमा निर्णय नगरी सोचविचार गरेर निर्णय गर्ने बानी बसाउने
४.६.२ बाल विवाहका नकारात्मक पक्षहरू के के हुन् ? लेख्नुहोस् ।
उत्तर : बालविवाहका नकरात्मक असरहरू यस प्रकार रहेका छन् ।
- बालबालिकाहरूले आफ्नो व्यक्तित्त्व विकास गर्न अवरोध हुने,
- अध्ययन कार्यका लागि कठिनाई आउन सक्ने,
- आफूले इच्छाएको व्यक्तिसँग विवाह गर्न नपाउने जसबाट उसको मानव अधिकार हनन हुने,
- अपरिपक्व उमेरमा गरेको विवाहले पछि सम्बन्ध राम्रो नभई टुट्न सक्ने
- प्रजनन् स्वास्थ्यमा नकरात्मक असर पर्ने,
- बाल मृत्युदर र मातृ मृत्युदर बढने,
- जनसंख्या वृद्धि हुने ।
४.६.३ मानिसहरूमा राम्रो के हो ? खराब के हो ? भन्नेतर्फ सोच्ने बनाउन के कस्ता उपायहरू अपनाउनुपर्ला ? उपायहरू लेख्नुहोस् ।
उत्तर : मानिसलाई राम्रो के हो नराम्रो के हो भनेर सोच्ने बनाउनको लागि निम्न उपायहरू अपनाउन सकिन्छः
- शिक्षाको अवसर सुनिश्चित गर्ने
- अधिकार सँगै आफ्नो कर्तव्य तथा उत्तरदायित्त्व बोध गराउने
- विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने
- आध्यात्मिक चिन्तन तथा योग ध्यान गर्ने
facebook :


- Reviews (0)
Nothing Found...Leave a review