- Home
- Show Content
मेरो सरूवा गरिदिनुस् हजुर
मेरो सरूवा गरिदिनुस् हजुर
एक जना शिक्षकले आफ्नो प्रधानाध्यापकसँग अनुरोध गरे "मलाइ यो विद्यालयमा काम गर्न मनै लागेन । मेरो यहाँबाट सरूवा गरिदिनुपर्यो। प्रधानाध्यापकले सोधे- ' तर, किन ? खास कारण केहो ?
शिक्षकले भने- 'यहाँका शिक्षक कर्मचारीहरूले एक अर्काको बारेमा कुरा काट्दा रहेछन्। त्यत्तिकै काम नगरेर बसिराख्दा रहेछन् । केहीले त आफ्नै साथीहरूलाइ गलत नजरले हेर्दारहेछन् । यहां धेरै काम गलत भै रहेका छन् । म यहाँ कुनै हालतमा पनि बस्न चाहन्न । "
प्रधानाध्यापकले शिक्षकलाई भने 'तपाइ यो विद्यालय छोड्न चाहनु हुन्छ भने ठीकै छ । तर जानु अगाडि कृपया एक काम गर्नुहोस् । त्यो के काम भने एउटा पानीले भरिएको गिलास हातमा समातेर एक थोपा पनि पानी नखसाएर सबै कार्यकक्षहरूमा तीन पटक घुमेर आउनुहोस्" शिक्षक आफ्नो प्रधानाध्यापकले भनेझैँ ३ पटक घुमेर आए । अनि प्रधानाध्यापकलाइ भने यहाँले भने अनुसार मैले गरें हजुर !'
त्यसपछि प्रधानाध्यापकले शिक्षकलाई सोधे 'तपाइ ३ पटक कार्यकक्षहरूमा घुम्दा कुनै कोठामा शिक्षक कर्मचारीले कुरा गरेर बसेको, कुरा काटेको वा अवाञ्छित गतिविधि गरेको केही देख्नु भयो ?" त्यतातिर त मैले ध्यान नै दिइन, हजुर !' शिक्षकले भने ।
"किन त्यस्तो भयो, थाहा छ ?"प्रधानाध्यापकले सोधे |" "थाहा छैन ।" शिक्षकले भने ।
प्रधानाध्यापकले शिक्षकलाई सम्झाउँदै भने पानीले भरिएको गिलास लिएर घुम्दा तपाइको पूरा ध्यान गिलासमा थियो । त्यसबाट पानी पटवक्कै नपोखियोस भन्नेमा मात्र थियो । हो, जीवन पनि यस्तै हो । जव हाम्रो पूरा ध्यान आफ्नो प्राथमिकतामा रहन्छ, हामीलाइ अरूले के गलत काम गरिरहेका छन् भनी हेर्ने फुर्सद नै हुँदैन । " आफ्नो प्राथमिकतामा ध्यान दिउ, अरूका गल्तिमा होइन ।
facebook :


fantastic
Only rated.
Leave a review