- Home
- Show Content
ऐच्छिक नेपाली नमुना प्रश्न पाँच
ऐच्छिक नेपाली नमुना प्रश्न पाँच
ऐच्छिक नेपाली नमुना प्रश्न पाँच २०७८
कक्षा : ११
पूर्णाङ्कः ७५
विषयः ऐच्छिक नेपाली (३३१)
समयः ३ घण्टा
परीक्षार्थीले सकेसम्म आफ्नै शब्दमा मौलिक उत्तर दिनुपर्ने छ । किनारामा दिइएका अङ्कले पूर्णाङ्कलाई जनाउँछ ।
समूह - क
१.तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् : ३×५ =१५
क.तलको कथांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :
माफ गर मेरो छोरा । तिमीप्रति अपार ममता हुँदाहुँदै पनि नियतीको क्रुर चक्रमा परेर म तिम्रो अपराधी हुन् पुगेकी हुँ ।म कसरी तिमीलाई मेरो हृदयमा भएको तिम्रो माया देखाऊँ ।म के गरेर तिम्रो विश्वास जितूं । तिमीलाई पुरानै अवस्थामा फर्काऊँ ।
प्रश्नहरू :
अ.अनुच्छेदमा म पात्रको कस्तो मनोदशाको चित्रण पाइन्छ ?
आ.कथाकारले कोसँग कस्तो आत्मग्लानी गरेकी छन् ?
ख.तलको कवितांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :
ए मान्छे !
च्यातिएका वाक्यका टुक्राहरूमा
पटक पटकमा बेग्लाबेग्लै अर्थ नलाऊ
मैले आफ्नै कहानी बिर्सिसकेकी छु ।
प्रश्नहरू :
अ. कविले आफ्नै कहानी किन बिर्सिएकी हुन् ?
आ.कवितामा मानव जीवनको कस्तो प्रतीकात्मक अर्थ पाइन्छ ?
ग.तलको निबन्धांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :
ऋतु र रङ्गहरू मसित रङ्गीन बन्न पुग्छन् । मसित रङ्गीन बन्दा ममा ऋतु रङ्गहरू तरङ्गित भइदिन्छन् । यी दुवै आपसमा तरङ्गित भइदिँदा एउटा नयाँ र नौलो रङ्गका तरङ्ग रोमान्चित हुन थाल्छन् । आखिर रोमाञ्च भन्नु ऋतुहरूको रङ्गीन गर्भका रङ्गगर्भ भनूँ या गर्भेणी रङ्ग न हुन् ?
प्रश्नहरू :
अ. ऋतु रङ्गहरू तरङ्गित भइदिँदा के हुन्छ ?
आ.यस अनुच्छेदको मूल आशय के हो ?
समूह - ख
तलका प्रश्नहरूको सङ्क्षिप्त उत्तर दिनुहोस् : ४×५ =२०
क.कथाका तत्त्वहरूको छोटो वर्णन लेख्नुहोस् ।
अथवा
कथाकार गुरुप्रसाद मैनालीका कथागत प्रवृतिहरू लेख्नुहोस् ।
ख.सरला चापागाईंद्वारा लिखित नारी निबन्धको मूलभाव स्पष्ट पार्नुहोस् ।
ग.साहित्यमा रसको भूमिका उल्लेख गर्दै नवरसको सूची निर्माण गर्नुहोस् ।
अथवा
शब्दशक्तिका प्रकारहरूको सङ्क्षेपमा चर्चा गर्नुहोस् ।
घ.'दोषी चस्मा 'कथामा केशवराजको कस्तो मनोविज्ञान प्रकट भएको छ ।
समूह - ग
तलका कुनै दुई उद्धरणहरूको सप्रसङ्ग व्याख्या गर्नुहोस् : २×५ =१०
क.छिमेकी भनेका जिउँदाका जन्ती र मर्दाका मलामी हुन् ।
ख.बैँसको तालमा नाचौला कहाँ मादलै नरहे
नेपाली हामी रहौंला कहाँ नेपालै नरहे
ग.बाबा,आज म हाम्रो पितृभूमि छोएर आउँछु,नरोइकन खेलिरहनु है ।
समूह - घ
तलका कुनै दुई प्रश्नहरूको विवेचनात्मक उत्तर दिनुहोस् : प्रश्न न. क अनिवार्य छ । २×१० =२०
क.प्रगतीवादी उपन्यासकारका रूपमा धनुषचन्द्र गोतामेलाई चिनाउँदै 'घामका पाइला'उपन्यासलाई युगसापेक्ष परिवर्तनको अभिलाषा बोकेको आंचलिक उपन्यास भनिन्छ,किन ?स्पष्ट पार्नुहोस् ।
ख.लछमनियाको गौना कथामा नारी यौनमनोविश्लेषणको कस्तो वास्तविकता समेटिएको छ ? चर्चा गर्नुहोस् ।
ग.मोदनाथ प्रश्रितका कवितागत विशेषताहरू उल्लेख गर्दै 'कहिले देख्न पाउँला 'कविताको मूलभाव प्रष्ट पार्नुहोस् ।
समूह - ङ
तलका प्रश्नहरूको सङ्क्षिप्त उत्तर दिनुहोस् : २×५ =१०
क.गङ्गारामको न्याय एकाङ्कीले समेटेको कथानक तथा उद्देश्य पक्ष केलाउनुहोस् ।
ख.फुटपाथ मिनिस्टर्स कथाकी बालपात्र टिकीको चरित्र चित्रण गर्नुहोस् ।
सफलताको शुभकामना
facebook :


- Reviews (0)
Nothing Found...Leave a review