- Home
- Show Content
शिक्षा र विकास नमुना प्रश्न एक
शिक्षा र विकास नमुना प्रश्न एक
शिक्षा र विकास (Education and Development) [Ed.203]
नमुना प्रश्नपत्र एक -२०७८ (Model Question 2078)
कक्षा (Grade): 11
समय(Time) : 3 Hrs.
पूर्णाङ्क (Full Marks): 75
परीक्षार्थीले सकेसम्म आफ्नै शब्दमा मौलिक उत्तर दिनुपर्नेछ । किनारामा दिइएका अङ्कले पूर्णाङ्कलाई जनाउँछ । (The candidates are required to give their answers in their own words as far as practicable. The figures in the margin indicate full marks.)
समूह क (Group A)
अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू (Very Short Answer Questions)
सबै प्रश्नहरूको उत्तर दिनुहोस् (Attempt All Questions.) ११ x १ = ११
१. शिक्षाका दुईओटा स्वरुपहरूको नाम लेख्नुहोस् ।
Write the name of any two forms of education.
२.अधिकारमा आधारित शिक्षा किन आवश्यक छ ? कुनै दुई कारणहरू लेख्नुहोस् । Why is right based education needed? Give two reasons.
३.दिगो विकास लक्ष्य अन्तर्गतको शिक्षा सम्बन्धी लक्ष्य लेख्नुहोस् । Write the education related goal of sustainable development Goals (SDGS).
४. परम्परागत स्थानीय प्रविधिको रुपान्तरण गर्ने एक व्यावहारिक उपाय लेख्नुहोस् ।Write a practical way of transforming traditional local technology.
५. सामाजिक न्याय कसरी प्रवर्धन गर्ने कुनै एउटा तरिका लेख्नुहोस् ।Write one way of promoting social justice.
६.समुदायका सीमान्तकृत वर्गको सशक्तिकरणका लागि शिक्षाले खेल्ने एक मुख्य भूमिका पहिचान गर्नुहोस्। Identify one major role of education for empowering the marginalized class of the community.
७. हरित अर्थतन्त्रको कुनै दुई महत्व लेख्नुहोस् । Write any two importance of green economy.
८. जीविकोपार्जन भनेको के हो ?What is livelihood?
९.शिक्षामा संलग्न कुनै दुई प्रादेशिक संस्थाको नाम लेख्नुहोस् ।Write any two provincial organizations involved in education.
१०. तपाईंको समुदायमा रहेका आयआर्जनका कुनै दुई सम्भावनाहरू लेख्नुहोस् ।Write any two possibilities of income generation in your society.
११. शिक्षाको विकासको लागि स्थानीय तहले खेल्ने एउटा प्रमुख भूमिका पहिचान गर्नुहोस् ।Identify one role of local body in the development of education.
समूह ख (Group B)
संक्षिप्त उत्तरात्मक प्रश्नहरू (Short Answer Questions)
सबै प्रश्नहरूको उत्तर दिनुहोस् । (Attempt All Questions) ८ x ५ = ४०
१२. शिक्षा र विकास बिचको अन्तरसम्बन्ध प्रष्ट्याउनुहोस् । Show the interrelationship between education and development.
अथवा
शिक्षाका कुनै पाँचओटा आयामहरूको एक एक ओटा प्रयोग लेख्नुहोस् । Write one practical application of each of the five dimensions of education.
१३. जीवनपर्यन्त सिकाइ अभिवृद्धि गर्ने कुनै पाँचओटा व्यावहारिक उपायहरू सुझाउनुहोस् ।Write any five practical ways of promoting lifelong learning.
१४. विद्यालय तहको शिक्षामा कार्यकुशल सिप तथा जीवनोपयोगी सिपसम्बन्धी शिक्षा सुनिश्चित गर्ने कुनै पाँच ओटा उपायहरू सुझाउनुहोस् । Write any five ways of ensuring soft sills and life skills based education in school level.
१५. स्थानीय श्रुति परम्पराहरूको कुनै पाँचओटा महत्वहरू उल्लेख गर्नुहोस् ।Write five importance of local oral traditions.
१६. सामाजिक न्यायमा आधारित शिक्षाका प्रमुख चार विशेषताहरूको सूची तयार गरी कुनै दुईओटाको छोटकरीमा वर्णन गर्नुहोस् ।Write the main characteristics of social justice based education and explain any two of them in brief.
१७. जीविकोपार्जनका लागि शिक्षाले खेल्ने कुनै पाँचओटा भूमिकाहरूको सूची बनाई कुनै दुईको छोटकरीमा वर्णन गर्नुहोस् ।Make a list of any five roles that education play in livelihood and explain any two of them.
१८.परिवार, विद्यालय र समुदायबिचको अन्तर्सम्बन्धको वर्णन गर्नुहोस् । Explain the interrelationship between family, school and community.
अथवा
समुदायमा सञ्चालन हुने शैक्षिक र विकासका गतिविधिमा तपाई कसरी सहभागी हुनुहुन्छ ? उदाहरण सहित लेख्नुहोस्। How do you participate in the education and development related activities in your community? Write with example.
१९.नेपालमा हाल लागू भइरहेको आधारभूत तह (कक्षा १-३) को एकीकृत पाठ्यक्रमको ढाँचा उल्लेख गर्नुहोस् ।Write the structure of the basic level (class 1-3) integrated curriculum of Nepal.
समूह ग (Group C)
लामो उत्तरात्मक प्रश्नहरू (Long Answer Questions)
सबै प्रश्नहरूको उत्तर दिनुहोस् । (Attempt All Questions) ३ x ८= २४
२०.परम्परागत, प्रगतिवादी र आधुनिक शिक्षाबिचको अन्तरसम्बन्धलाई उदाहरणसहित व्याख्या गर्नुहोस्।Explain the interrelationship between traditional, progressive and modern education with examples.
२१. नेपालमा सबैका लागि शिक्षाको पहुँचमा प्रगतिको समीक्षा गर्दै दिगो विकासका शिक्षा सम्बन्धी लक्ष्य पूरा गर्ने व्यावहारिक उपायहरू पहिचान गर्नुहोस् ।Analyze the progress of access in education for all in Nepal and also identify the ways of fulfilling the sustainable development goal related to education.
अथवा
नेपालको शिक्षाको अभ्यासलाई कसरी सामाजिक न्यायमा आधारित बनाउन सकिएला ? कुनै चार उपायहरूको छोटकरीमा व्याख्या गर्नुहोस् । How can the educational practices be made social justice based in Nepal? Explain any four in brief.
२२.स्थानीय तहमा रहेका शिक्षामा संलग्न संघसंस्थाहरूबाट लिइने सेवालाई प्रभावकारी बनाउने कुनै चार उपायहरूको छोटकरीमा व्याख्या गर्नुहोस् । Explain briefly any four ways of enhancing the effectiveness of the local level institutions involved in education.
सफलताको सुभकामना
facebook :


- Reviews (0)
Nothing Found...Leave a review