अहङ्कारी बाघ

अहङ्कारी बाघ

जङ्गलमा  एउटा गाई चरिरहेको अबस्थामा केहि पर बाघलाइ देख्यो र डरले त्यो गाई नजिकैको पोखरीमा पस्यो । बाघ पनि त्यस गाईलाइ खानको लागि सोही पोखरिमै पस्यो ।पोखरिमा पानी कम तर हिलो बढी भएकोले दुबै बिस्तारै भासिदै गए तर एक अर्का नजिक नजिक पुगे पनि हल्लन र बाघले गाइलाइ भेट्टाउने अबस्था थिएन ।

 

सोहि समयमा बाघलाइ गाइले सोध्यो -तिम्रो कोहि मालिक छन् ? बाघले गज्रदै भन्यो- म जङ्गलको राजा हुँ मलाइ किन चाहियो मालिक ?

 

अनि गाइले भन्यो- त्यो तिम्रो शक्तिको अहिलेको परिस्थितिमा के काम ? त्यस पछि बाघले गाइलाइ भन्यो- तिमी पनि त दलदल हिलोमा फसिरहेका छौ । यो सुनेर गाइले मुस्कुराउंदै भन्यो -मेरो मालिक जब साँझपख घरमा आउँछ मलाइ नदेखेपछि मालिक अबश्य मलाइ खोज्दै यहाँ लिन आउछ तर तिमिलाइ कस्ले लान्छ ?

 

साँच्चिकै एकैछिनमा मालिक आएर गाइलाइ झिकेर घरतिर लैजान्छ,बाघ रातभरी पोखरिमा नै रहेको कारण बिहान मृत्यु हुन्छ । मान्छेले चाहेर पनि बाघलाइ निकाल्न सक्दैनथ्यो किनकी निकालेमा गाइ र मानिस दुबैलाइ खतरा थियो ।

 

त्यसैले म नै सर्वेसर्वा  हुँ । मलाई कसैको सहयोग चाहिदैन भन्नु नै अहंकार र घमण्ड हो । त्यसैले घमण्डिहरु सबैलाई चेतना होस् । कि  बाघको जस्तो हालत भोग्न  नपरोस् । 



  • Reviews (1)
  • Chakra bdr.
  • 4 Years, 2 Months ago

????????????????????????????????????????

Leave a review

To leave a review, please login to your account. Login